24 February 2009

अतित

. 24 February 2009
4 प्रतिक्रिया

छबिलाल न्यौपाने, अर्बेनि७,गुल्मी

अतित फेरि पाउने भए
आफै लाइ भुलि दिने थिए
आसुको मुल्य पाउने भए
सागर सारा भराइ दिने थिए
सपना को महल् सच्चा भै दिए
चन्द्रमा बनि उदाइ दिने थिए

तर

सकिन फेरि अतितलाइ भेट्टाउन
उ त सार्है टाढा पो पुगिसकेछ
दुई थोपा आशु पनि खशाल्न सकिन
आखा को आशु पो रित्तिसकेछ
चन्द्रमा बन्ने रहरमा रातको प्रतिक्षा गरे
तर औसीको रातले पो घेरिसकेछ


यस्तै यस्तै मेरा रहरहरु
अतित मा नै सबै सकिसकेछ
बिर्सन्छु भन्छु अतित का कथाहरु
झन पुरानो अनि आलो पो भै दिएछ
बिर्सनु परयो अबत यि ब्याथा र कथाहरु
जति सम्झियो उति लम्बिदो पो रहेछ
हाल - ksa , riyadh
बाँकी यता >>

18 February 2009

संस्कार

. 18 February 2009
10 प्रतिक्रिया

मंसिरको महिना त्यसै पनि रमाइलो। त्यसमाथि जवानिको रसले भरिएका किशोर किशोरि हरुको जिवनको घडि साटासाट गर्ने महिना । धनमान दम्पतिले पनि घरमा उमेर पुगेर कुनै नयाँ जिवनसाथिको पर्खाइमा धपक्क बलेर बसेकी छोरि मनमायाको बारेमा सोचेर बसिरहेका थिए । पहिले देखि नै आफ्नो छर छिमेकमा निकै नाम, दाम अनि ख्याति कमाएर बसेकाले आफ्नो मुटुको टुक्रा जस्तो छोरि लाई जहाँ भन्यो त्यहि अन्माएर डोलि चढाउन चाहन्थ्ये । छोरि मनमायालाई माग्न धेरै ठाउबाट प्रस्ताव आएका थिए । सकेसम्म आफ्नो संस्कार र मुल्य मान्यता हरुको परिवेशमा हुर्किएको स्वच्छ छबिको ज्वाई हेर्ने चाहना थियो उनमा । नाम कहलिएका देखि उच्च धरानिया र प्रतिष्ठित ब्यक्तिहरु पनि उनको छोरि माग्न नाअएका होइनन तर धनमान दम्पतिले कुनै न कुनै खोट देखाएर फर्काइदिन्थे ।
यसपालि भने त्यस्तो भएन । धनमान सरकारि जागिर गर्ने हुनाले उनैको अफीसमा कतै बाट सरुवा भएर एकजना सुब्बा तहको र शारिरिक बनावट पनि निकै खाइलाग्दो भएको युबक आयो । उनले मनमनै बिचार गरे यो चाहि मेरो छोरिलाई सुहाउने केटा रहेछ । हुन पनि सुब्बा तहका रामनाथ हेर्दा निकै भलादमि असल र ईमान्दार देखिन्थे । आखिर २ महिनाको समय पश्चात दुबै पक्षबाट कुरा मिल्न गयो र माघमा बिबाह हुने तरिकाले तिथि मिथि तोकेर दुबै तर्फबाट बिबाहको लागि आ-अफ्नो तयारिमा दमदार जुटे ।
आज बिबाहको दिन । बेहुला पक्षको घर अलि टाढा भएको हुनाले बिबाहको लागि ठुलै होटेल् बुक गरिएको थियो । सबैतिर रंगि-बिरंगि प्रकासको अवतरण । आगन्तुक हरु पनि त्यहाको रमझम र उल्लासमय वातावरण देखेर छक्क परिरहेका थिए । सबैकुराको प्रबन्ध सकिएपछि होटेलको एउटा तलामा भोजनको कार्यक्रम भैरहेको थियो भने उतापट्टि बेहुलिका संगी साथिहरु मनमायालाई जिस्काउदै बसिरहेका थिए जे होस भोजनस्थलमा भैरहेको गतिबिधिलाई उनिहरुले नियाल्दै जन्तिहरु तर्फका केटाहरुलाई जिस्काउने गर्थे बेला बेलामा । भोजनको कार्यक्रममा सहभागी तरु- तरुनिहरु पनि भिन्न भिन्न किसिमका ब्यक्ति हरु थिए । बिभिन्न प्रकारका मासुका परिकार हरु संगै सफ्ट ड्रीङ्स देखि लिएर हार्ड ड्रीङ्स सहित आधुनिक खानपानको ब्यवस्था थियो त्यहाँ । भोज सुरु भयो सबै आ-आफ्नो गतिबिधिमा प्रस्तुत भै रहे । यता बेहुला बनेर गएका रामनाथलाई भित्र-भित्रै असजिलो महशुस भैरहेको थियो । लोकगीत र भजनको धुनमा रमाउने रामनाथलाई पप र रकको कर्णभेदि आवाज र आखै तिर्मिराउने प्रकासका किरणहरुले असहज बनाइरहेको छ । मनमा सन्तुस्ष्ट नभएपनि त्यो वातावरणमा उसले सम्हालीरहेको छ आफुलाई ।
भोज कै क्रममा एकजना गगल्स धारि युबकले रामनाथको आगाडि बियरले भरिएको गिलास राखिदियो । रामनाथ कालो हुदै भन्यो "हजुर मेरो पिउने बानि छैन"।
हावामा चुरोटको धुवाँ ब्वाङ्ग उडाउडै आइरहेकी अर्कि युबतिले तुम्बा र तिनपानिको गिलास राख्दै अदवका साथ भनि 'यो हजुरको लागि सर' । रामनाथले अस्विकार गर्दै भन्यो "म शुद्द् शाकाहारि हु चल्दैन हजुर परै राख्नुस" ।
फेरि हातमा रक्सीको गिलास समाउदै आएको अर्को ब्यक्तिले चुरोट टक्रयाउदै भन्यो 'हजुर लिनुस' । रामनाथ आबेशमा आएर प्रतिवाद गर्दै भन्यो "मेरो चुरोट पिउने बानि छैन" ।
उता अर्को कोठाबाट बेहुलाको चरित्र र गतिबिधिलाई नियालीरहेकी मनमायाले एक्कासि कालिमाइले झै रणचण्डि भएर अक्समात बेहुलाहरुको भोजनकक्षमा कराउदै प्रबेश गरिन र भन्न थालिन । "ओ सुब्बा साब, यस्तो अदभुत स्वभाव र सत्ययुगको संस्कार लिएर तिमि कुन ग्रहबाट आएको ? केहि पनि नचल्ने कस्तो बानि तिम्रो ? तिमि जस्तो नामर्द संग मेरो बिबाह हुन सक्दैन । ड्याडि यो बिबाह यहि समाप्त गर्नु होस । म यो संग जिवन बिताउन सक्दिन' । आफ्नो हुनै लागेको जिवनसाथिको यस्तो कुरा सुनेर रामनाथको मुख चुक जस्तै कालो र अमिलो भयो । मुखबाट कुनै वाक्य नै फुटेन झट्ट कोठाबाट निस्किदै पछडि हेर्दै नहेरि सरासर बाटो लाग्यो । बिबाहमा सरिक युबायुबतिहरुले खुसि र उमंगका साथ सिट्टि र ताली बजाउदै वरपर नै थर्किने गरि हाँसेर मोज मस्ति गरिरहे ।
बाँकी यता >>

10 February 2009

गजल

. 10 February 2009
7 प्रतिक्रिया

हुन त गजल लेख्ने मेरो पुरानो बानि चाहि होइन तर पनि ब्लगिङको सुरुवात संगै साथिहरुको हौसला र प्रेरणाबाट प्रभाबित भएर खुट्टा लरबराउदै भएपनि हिडिराखु जस्तो लागिरहेछ यो यात्रामा । खासगरि गजलमा हुनुपर्ने गुण र मर मसलाहरुको  बारेमा पुर्णतया जानकारी नभएको हुनाले यो गजल पस्केको छु  थप सरसल्लाहको लागि तपाइहरुको जोसिलो कलमको अपेक्षा

सज्जनलाई ठाउ छैन यत्रतत्र जालीहरु
पथभ्रष्ट भएपछि देश हाक्ने मालीहरु

अन्यायको बिरुद्धमा हात जोडदै हिडेपनि
 न्याय छैन पाइन्छ यहाँ मुटु घोच्ने गालीहरु

गरिबिको छाति माथि पजेरोको पाङ्ग्रा गुडदा
 बिरोध हैन देखिराछ स्वागतका रयालीहरु

झुपडिका आशाहरु महल् सम्म पुरयाए नि 
बर्षौ भयो नछाएको पानि चुहिने पालीहरु

प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रको नारा बेच्दै 
अखण्डतालाई खण्ड पार्न छुटयाउडैछ्न थालीहरु

बलिदान र समर्पणको मुल्य चाटने भोगीहरु 
निमोठदैछन देशप्रेम् र राष्ट्रीयताका बालीहरु
बाँकी यता >>

23 January 2009

गजल

. 23 January 2009
14 प्रतिक्रिया

मस्कार मीत्रहरु । केहि दिनको ब्यस्ततापछि पुन फर्केको छु तपाइहरुको माझमा । एक हप्ते छुट्टिलाई अति नै सोचनिय र् शोभनिय बनाउदै छोटो रमाइलो घुमघामको यात्रालाई पनि एउटा टाँसो बनाई टासौला भन्ने बिचारमा थिए तर अलि भनेजस्तो भएनछ । साथिमाथि परेको बिपत्तिका कारण उसैको सहयोगमा हिडदा सातादिन चिप्लिएर गएको थाहै भएन । यो बिचमा धेरै नै साथिहरुका अति गहकिला र पढनै पर्ने पाठहरुबाट पनि बञ्चित हुन पुगे । त्यसको लागि क्षामा चाहन्छु।

हुन त हजुरहरु जस्ता गजलकारहरुको अगाडि मैले के नै लेख्न सक्थे र तैपनि तपाइहरुको मार्गनिर्देशनबाट प्रभाबित भएर नै यसपट्टि पाइला सारेको हु । सत्य नै भन्नु पर्दा ब्लग्को सुरुवात अगाडि मैले गजलको परिभाषालाई बुझ्नै नसकेको रहेछु र मिले नमिलेका कुराहरु पनि समाबेश गर्दै गए । अनि हजुरहरुले औल्याइदिनुभएका मिठा प्रतिकृया सहितका ठुलो धनरासिका अमुल्य सुझावहरुका भकारिहरु नै मेरा गोरेटोका संबाहक भैदिए।

हो, गजलमा शेरको ठुलो महत्व हुने रहेछ । अनि अनुप्रास सहितको मतलाको पनि महान भुमिका, मक्ताको पनि । त्यसैले मित्रहरु जानि नजानि यो गजलको पोखरिमा पौडिने दुस्साहास गरेको छु । आसा छ बितेका दिनहरुमाझै सुझावको लगाम समाउन पाउने छु।

पठाएर गएपछि मुटु चिर्ने घातहरु
फेरि किन गर्छौ प्रिय सम्झाउने बातहरु

ढलिराछ जिन्दगी यो स्वार्थको हुरी चल्दा
हुरी माझ किन चाहियो दियो बाल्ने हातहरु

तन चल्यो मन चल्यो जवानीमा तिमीलाई
नाता जोडौँ भन्दाखेरी मिल्दैन रे जातहरु

चढाएर रुख माथी तानिदियौ पाउ मेरा
कठै भनी दया गर्छौ हिर्काएर लातहरु

पार गरोस् सयौं जुनी तिम्रो नयाँ सम्बन्धले
आँसु पुछ्दै कटाउछु अनिँदा  यी रातहरु

आक्षेप र उपेक्षाको समाधिमा सूर्यलाई
फूल टिपि नचढाए ईष्र्या गर्छन् पातहरु
बाँकी यता >>

07 January 2009

बिधुतिय साइनो

. 07 January 2009
13 प्रतिक्रिया

सधैजसो आज पनि उनि नै आमन्त्रीत गर्छिन मलाई सेलफोनमा । खै किन हो कुन्नि आजभोलि त म पनि उनि भनेपछि हुरुक्कै भाको हो कि? उनको आवाजको रिङ्ग् मोबाइलमा ट्यार गर्ने बित्तिकै मेनेजर संग केहि न केहि बाहाना बनाएर होस् या बिसन्चोको कारण देखाएर होस डिउटि बाट फुत्किहाल्ने कोठातिर । भेटघाटको शुरुका दिनहरुमा त धेरै नै भाउ खाने ।आखिर २-४ दिनको तितो मिठो शब्दरुपि खाजा के पस्केको थिए मिठो लागेछ क्यारे। समय मिल्यो कि मिसकल अनि कल पनि। करिब करिब छ महिना जति भयो होला उनि संग बायुमण्डलिय तरंगको साइनो सुरु भएको। यथार्तमा भन्नु पर्दा यो लामो अवधिमा सिलेस्ट र म बिच भावनाको साइनोले यति जरा गाडिसकेको छ कि एक दिन पनि नेटवर्किय सन्जालले बाटो बिरायो कि एक अर्काबिच दोषारोपण यानिकि उनिबाट म टाढा हुन चाहे रे उनि म बाट । 'ल ल सिलेस्ट म आइपुगे एकैछिन ल। राहतको आस्वासन् दिदै कोठातिर लाग्छु। कोठामा गयो कि सिधै इन्टरनेटमा युनिफर्म् चेन्ज, खाना तयार,नुहाउने अनि अरु कुरा त छोडौ साथिले तयार गरेको खाना खान पनि हतार।

भनु भने उनि फिलिपिन्सको मनिलामा म मध्यपुर्बको रियादमा अनि शुरु हुन्छ हाम्रो तरंगित साइनो आकसमा तैरिदै। ''हैन तिमि किन यसरि मरिहत्ते गरेको भन्या 'आकाशको फल आखाँतरि मर' भनेझै यो कल्पनापनि गर्न नसकिने नातालाई किन जरा रोप्न चाहिरहेकि छौ। ठुलो बनाएर झयाङगिन दिनु भन्दा त सानैमा लडाउनु नि"? तर उत्तरमा जरा काटने हैन सिकारु जि फुलाउने फलाउने रे पो त अझै त्यति मात्र कहाँ हो र संगै जिउने मर्ने रे । फेरी कोसिस् गर्छु सम्झाउने। "हा.. हा.. हा.. तिमि जस्ता महासागर पारिका पुर्णिमाका जुनहरु यो धर्तिको गहिराइबाट धेरै नै देखिसके सिलेस्ट। जो पुर्णेमा संगै आउछन अनि औसि संगै अस्ताउछन, तिनिहरुले मलाई गर्ने माया केबल मेरो महिनाभरि बगाएको पसिनाको मुल्यमा लक्षित हुन्छ। यौबनको मातलाई बिधुतिय क्यामारामा कैद गराएर धनको डोरि तान्ने सागरपारिका परिहरुसंग म दिक्क भैसकेको छु सिलेस्ट ।अब चुडाइडेउ तिम्रो मेरो तो तारलाई तिम्रो डेस्कटपबाट "।

"फेरि अर्को कुरा एकचोटि टुक्रीसकेको यो मेरो मुटुलाई पुन मित्रताको मलम लिएर मसाज गर्ने नर्स हरु पनि धेरै नै भेटे। बिक्षिप्त आत्मा अनि टुटिसकेको धैर्यताको बाँधबाट छताछुल्ला भएका मेरा भावनाहरु शिशिरले भताभुंग परिएको बिरुवा झै केबल रसबिहिन भावनाले सजिएको एकल जिवनका क्षणहरु मिर्मिरे उषासंगै सन्ध्याको लाँलिमा सजिब बन्न सक्दैनन भने तिमि कसरि सम्हाल्न सक्छौ मेरो मनलाई ।अझै यो त कहालिलाग्दो अनन्त गगन र बिशाल धर्तिको मिलन् सपना झै लाग्ने क्षितिजपरिकि सहकर्मिलाई मायाको घुम्टो ओढाएर आखाँमा बसाउने काल्पनिक सपना सपनामै सिमित हुनेछ। जिवनका हरेक घुम्ति र पाइलाम साथ दिन्छु भन्ने तिम्रा ति जोसिला आस्वासनहरुलाई म सलाम गर्छु तर तिम्रो महत्वकांक्षा र मेरो सपनको दुरि आकास पाताल जस्तै छ। एउटै महादेशको भएपनि अधिक् टाढा छु। मेरो भावाकासमा तिम्रो सम्झना मात्र पनि बादल बनेर मडारिनु सिवाए अर्को उपाए देख्दिन म" ।

यति भनेर पनि टेर पुछ्छरै नलगाउने। फेरि शुरु हुन्छ उनको महभारत।

उनि पहिले जापानमा बसेकि रे स्टाफ नर्सको जागिर गरेर। अहिले जगिर को सिलसिलामा रियाद(जहां म कार्यरत छु) को लागि नै कोसिस गर्दै छन् रे। जापानको बसाई सकिसकेपछि फेरि पैसाको अभाव खडकियो रे अनि मनिलामा चाहि राम्रो जागिर पाएपनि मनग्ये पैसा नहुने रे। अझ त्यसैमाथि म संगको साइनोको डोरि पनि एउटै दिशातिरबाट हुन पुगेछ नभेटि नछोडने रे। अगाडि मक्ख पादै भन्छिन मेरो ५० प्रतिशत काम भै सक्यो अब म छिटै तिम्रो अंगालोमा बेरिन आउदै छु । खुसि को प्रतिक्षामा बस्नु । हैन भगवान यो के हुन लागिरहेको छ् ।बिस्वास गरु कि नगरु । बिस्वास नगरौ भने उनि भन्छिन "म अरु जस्तो हजार बृक्ष डुलेर हिडने पंछि हैन ।मलाई एउटा राम्रो जिवन साथिको आवस्यक छ जो तिमि पुरा गर्न सक्छौ मलाई देशि भन्दा अन्तरदेशिय साइनो मनपर्छ। काम भन्दा कुरा गर्ने स्वार्थिहरुको दुनियामा बाच्नु छैन मलाई" । वास्तपमा भन्दा उनि संग आफ्नो भन्ने कोहि छैन रे उनि ठुलै भएपछि माता पिताको स्वर्गबास भएको रे। कोहि आफन्तको साहाराबाट स्टाफनर्सको अध्ययन पुरागरि ५ बर्ष जागिर खएकि रे सुर्योदयको देशमा। अनि एउटा आफ्नो भनाउदो अत्यन्तै माया गर्नेले पनि धोका दियो रे। त्यसपछि आफ्नै देशका मानिसहरुसंग नाता जोडन मन नपराउने रे।

हुन पनि साच्चिकै जस्तो पनि लाग्छ । प्राय उनि नै मलाई फोन् गर्छिन। खातका खात मेल पठाउछिन एकदिन टाढा भयो कि । भन्छिन सत्यताको माया प्रेममा जस्तो सुकै परिस्थितिले पनि एकदिन सामाना गर्नु पर्छ सत्य संग। रोमियो र जुलियटको जस्तो जोडि हुन्छ हाम्रो। लियोनार्दोले मोनालाई जस्तै गर्ने छु मिलनको बाटो रहेन भने। फेरि स्वतन्त्रताको नाममा घाटि नै रेटिने यो ठाउँमा आएपनि कसरि नाता जोडने हो कुन्नि? त्यसको लागि सबै कागज पत्र तयार गरेरै आफै ल्याउछिन रे मसंग त मात्रै अबिबाहित लेखिएको पासपोट मात्रै भए पुग्ने रे । हुनपनि यसपालिको नया बर्ष र कृसमसको उपहार स्वरुप एउटा राम्रो घडि र कार्ड पोस्ट् गरिछ्न मेरै ठेगानामा। अनि मैले चाहि केहि नपठाउने भनेर ठुस्स। आखिर तिम्रा जिसस नै जानुन र मेरा पशुपतिनाथले नै जानुन यो सम्बन्धले कस्तो रुप लिन्छ भनेर। मलाई पनि उनि संगको मायाले नतानेको होइन। हुन त तर यो नेटवर्किय साइनोले पुर्णता पाउला भन्नेमा शंका नै लाग्छ। चार अक्षरको 'सफलता' र दुई अक्षरको 'प्रेम' बिचको यो आसाबिहिन पाइलहरुले लक्षमा पुरयाईदेओस हाम्रोलागि भन्ने आसाको दियो त पक्कै म बाट पनि बाल्नु नै पर्ला जस्तो छ। यसरि कति दिन सम्म सम्झना र बिधुतिय तरंगको साहाराम अगाडि बढने हो ?

कोमलता भित्रको कठोरता, सरलता भित्रको जटिलता, निश्छलताभित्रको कुटिलता, लाई बुझेर हो या नबुझेर मनको आखाँले देख्न नसकेपनि चर्म आखाँले देखेको आवरणलाई आधार बनाएर उनि प्रति लिप्त हुनु मुर्खता हो या असमक्षता अनभिज्ञ छु। लाखौ प्रेमिहरुकि मनमोहक तस्बिरमा सजिएकि मोनालिसाको बहुचर्चित मुस्कान लाई त बिस्वका करोडौ बिस्लेशकहरुले पनि परिभाषित गर्न सकेका छैनन् भने तिम्रो खुसि र उमंगको बहारलाई पनि मैले भौतिक आकृतिको भरमा बर्णन गर्न सक्दिन सिलेस्ट। तिमिले बेदनाले छटपटिएको बेला बाडेको रोदन हो या खुसिले मातिएको बेला अनायासै जोडिन पुगेको साइनो हो त्यो तिमिलाई नै थाहा होला तर जे भएपनि यो वायुमण्डलिय आकासमा साहारा खोज्दै भौतारिरहेका हामिदुइबिचको नाता जुनि जुनि फैलीदै जाओस मिलनको पर्खाईबिच भएपनि अनन्तसम्म............................

साथिहरु हुन त हाम्रो साइनो पनि बिधुतिय नै हो जस्तो लाग्द्छ। उनको साथ छुटेपनि हाम्रो चाहि नछुटोस है
बाँकी यता >>

27 December 2008

शुभकामना

. 27 December 2008
6 प्रतिक्रिया

साथि हरु नमस्कार्...... सुरु हुन गैरहेको नयाँ बर्ष २००९ को उपलक्ष्यमा आदरणिय दाजु भाई दिदिबैनी तथा सम्पुर्णमा शुभकामना ब्यक्त गर्न चाहन्छु । बिषेश गरि ब्लगर् मित्र हरु संगै तन्किएको यो मित्रताको डोरिलाई यो बर्षले अझै शसक्तरुपमा तन्काइ नयाँ बिहानिको सुरुवात संगै नयाँ कल्पना र खोजिको उच्च बिन्दुमा पुरयाउन सकोस भन्ने शुभकामना दिन चाहन्छु।
बाँकी यता >>

17 December 2008

मात

. 17 December 2008
13 प्रतिक्रिया

मदिराको माया दियौ त्यै नशाको मात लाग्यो
प्रेम जडित ऐनाभित्र तिरस्कारको खात लाग्यो

प्रभातको घाम जस्तै कोपिलै थियौ बसन्तमा
पुतली झै उडि जाने कहिले तिम्रो पात लाग्यो

पिडाँ मात्रै दियौ सधै साहाराम बाच्न खोज्दा
निस्वार्थको पर्खाइमा जिवनभरको दास लाग्यो

पवन बनि खेल्दै थियौ शैशबमा रमी रमी
यौबनको नशा रोप्ने कुन मालिको साथ लाग्यो

मादलु र खैजडीमा दोहोरिमा बस्दा बस्दै
ड्रम र गितार चाहिँ कहिले देखि हात लाग्यो

सापटिको क्षणिक हाँसो उपहारको पासो थाप्दा
स्वार्थी मनको माला दियौ दुनियाको बात लाग्यो

बाह्रहाते पटुकिमा रोधि घरमा नाच्दा नाच्दै
डिस्को र क्याबिन छिर्ने कस्तो यो मात लाग्यो
बाँकी यता >>

14 December 2008

गजल

. 14 December 2008
5 प्रतिक्रिया

छबिलाल न्यौपाने" रियाद"



कति दिन्छौ भावनाका भावबाहिनि माधुर्यता
मिष्टभासि भएपुग्छ अनन्त सम्म तिम्रो साथ

रोदनका पिडाँहरु मैत्रीभावको पल्लविमा
अनुपम् र निशोकताको गरिमामय तिम्रो साथ

बसन्तको सुबासमा सप्तरङि फुलहरु बिच
नवजागृत सोचाइमा पिडाँ भुल्नु पत्रबाट

निरासा र बिछोडलाई दिर्घकालिन फल सम्झि
जिबन्तताको फुलछर्दै भगवान प्रति आत्मसाथ

क्षितिजसम्म फैलिदै जाओस सत्प्रेरणाको आलौकिक
छर्दैजानु आदर्शको ध्वनि सम्पुर्णको मन माझ

छोट्याउदै छु प्रतिक्षाको परदेशको लामो बाटो
निस्वार्थको पर्खाइलाई फुलाउनेछौ सबै माझ

कति दिन्छौ भावनाका भावबाहिनि माधुर्यता
मिष्टभासि भए पुग्छ अनन्तसम्म तिम्रो साथ
बाँकी यता >>

03 December 2008

प्रतिज्ञा

. 03 December 2008
7 प्रतिक्रिया

हिजो बिहान जस्तै आजपनि फुटलाझै टाउको दुखिरहेछ । राति उठेर एकपट्क् पानि पियो उसले। भित्र आगो बले झै बलेरहेछ निभ्ने कुरै लिदैन। धारमा गएर टाउको भिजायो, टन्टन्ति दुखेको छ।सितन् पनि टन्नै खाएको हो , राति खाना पनि राम्रो संग खाएकै हो तर पनि सन्चो भएन सोच्यो पक्कै पनि हिजोको रक्सी नक्कलि परेछ कि क्या हो? हिजो अलि बढि पनि भए जस्तो छ त्यो मनोज् ले थपेको थप्यै गर्यो । अरु चिज भए त्यसरि कहाँ थप्छ त्यसरि? प्राय हरेक दिन उसले कुनै न कुनै बहानमा पिउने गर्छ । खुसिम त पिउनै पर्यो ,दुखमा त झन् कसरि दुख बीर्सने । बस एउटा बहाना भए पुग्यो । ओखति पछुतो लाग्छ उसलाई। आफैलाई धिक्कार्छ उसले धेरै पटक् यस्तो भएको हो "अब त किन पिउँला र यो बैगुनि झोल । पैसाको नास त भयो भयो उल्टै सास्ति पनि । आजैदेखि म अब यो कहिल्यै छुदै छुन्न । ल म मरिजाउ छुन्न" । उसले सगर्व घोषणा गर्यो, भित्र भित्रै खुसी हुदै बिजयि मुस्कानका साथ ।

हुन त उसले यस्तो कसम धेरै पटक् खाइसकेको छ बिगतमा पनि । हरेक दिन बिहान छोडछु भन्छ। त्यो नभए प्रत्येक महिनाको एक् गतेबाट चाँहि पक्कै। कैयौ पटक् मन्दिरमै गएर छाडछु भनेको छ उसले। अनि फेरी प्रत्येक साँझ आफै संग सम्झौता गर्ने गर्छ। सुत्र फेला पार्छ हप्तामा एकदिन् मात्र पिउने र त्यो पनि हाफ क्वाटर मात्र। उसलाई लाग्छ अब चै यो पक्का निर्णय हो। यसमा अरु कुनै सम्झौता गर्ने छैन। यसबाट फाइदै फाइदा छ, यसैबाट बिस्तारै रक्सीबाट छुटकारा पाउन पनि सकिन्छ, सकिएन भनेपनि हप्ता भरि सम्म पैसा पनि रहने, मन् पनि रहने । यस्तो सुत्र फेला परेकोमा आफै दंग पर्छ ।

बिहान ओछयानबाट उठेर चिया पियो, नुहायो र छिटै खाना खएर अफिस गयो । दिउसो पनि बिसन्चो भै नै रहयो । टाउको दुखन चै अलि कम् भयो र दिउसोको खाजा पछि हयाङओभर पनि क्रमस: अलि कम् हुदै गयो । पाँच बजे सम्म निक्कै सन्चो भैइसकेको महसुस भयो । अफिसबाट घर फर्कदा बाटामा सेकुवा हम्केको देखेपछि उसको मन् चन्चल् हुन थाल्यो । मुखबाट पानि आउन थाल्यो। भोक र तिर्खा झन् झन् जागेर आयो र सोच्यो अलि जाडो पनि त छ आज । यो साँझको पाँच बजे देखि सात बजे सम्मको समय काटनै गार्हो । थकाई भोक तिर्खा सबै लाग्ने। बिहानको प्रतिज्ञा क्रमस: फितलो हुदै गयो। राम्ररी सन्चो पनि त भएको छैन। हिजोको तल् तल् मेटाउनलाई अलिकति पिउँदा कसो ठिक नहोला । अलिकति सेकुवा र हाफ क्वाटर सम्म खाएर भोलिदेखि चाँहि ठयाम्मै पिउन छाडनु पर्ला जस्तो छ । भोलिदेखि रक्सीको सट्टा त्यो पैसाले फलफुल किनेर खाने गर्नु पर्यो, स्वास्थ्य पनि राम्रो हुने । धन पनि गुमाउनु, स्वास्थ्य पनि गुमाउनु । अब म यस्तो कदापि हुन दिन्न, कदापि भन्ने प्रतिज्ञा गर्छ ।

यो नयाँ सम्झौताको खाका तयार हुदा नहुदै उ भट्टि भित्र छिरिसकेको थियो।

साथिहरु तापाइहरुबाट यस सम्बन्धि कुनै नयाँ उपायको अपेक्षा राखेको छु।
बाँकी यता >>

15 November 2008

प्रेम् कस्तो ?

. 15 November 2008
3 प्रतिक्रिया

आधुनिकताको खेल् जस्तो जिवनको मेल जस्तो
प्रेमपनि आजकालको बर्षायामको भेल जस्तो

बेदनाको मुशाफिरमा मिष्ठभाषी आभास छर्दै
प्रेमिकाको प्रणेता  भै मुटु चोर्ने खेल  जस्तो

पियुस जस्तो स्वच्छ मन ढल जस्तो बनाएर
सररर बास्ना दिने चमेलिको तेल जस्तो

आधुनिकताको खेल् जस्तो जिवनको मेल् जस्तो
प्रेमपनि आजकालको बर्षायामको भेल् जस्तो
बाँकी यता >>

26 October 2008

दिपावलि क्षितिजपारि.......... अनुभुति र सम्झनामा

. 26 October 2008
0 प्रतिक्रिया

"हैन कति तास मात्र खेलेको भन्या, टिकाको लागि तयार हुनु पर्दैन। येस्तै हो भने त म अबदेखि आउदिन नि टिका भनेर उति टाढाबाट" । 'ओहो, मेरो मायालु बहिनि त सारै रिसाए जस्तो छ नि ।मैले त तासमा जितेर तिमिलाइ बहुमुल्य उपाहार पो दिउला भनेको नि यसपालि।नरिसाउन ल',"अ हो हो अब पनि खेल्ने हो भने चाहि दिने होइन म आफै दिनु पर्ला जस्तो छ। पोहोर त टिका लगाउन पाइन त्सैले अहिले त धरै चोटिको भग् लिनु छ बुझ्नुभो"।'हुन्छ मेरि फुच्चि बहिनि म तिम्रो लगि दुइ चोटिको हैन धरै चोटिको को नै दिउलानि' । "हैन दाई त्यसो नभन्नु करिब् ६ वटा बसन्तहरु पार गरेर आउने यो तिहारमा पनि हजुरको निधारमा टिकारुपि उन्नतिको कामनाले भगवानलाई पुज्न पाइन भने म एक्लै हुनेछु"। 'धत् लाटि म त ठटटा पो गरेको हो म चाहन्छु हरपल तिम्रा खुसि हरु तिम्रो ओठमा दौडिरहुन्' "हो, दादा म पनि तपाइकै जिवन् दर्शन् अंगालेर बाचिरहेकि छु र बाँचु पनि यो बर्षको टिका संगै दिएको आसिर्बाद्ले चरि जस्तै प्वाख हालेर क्षितिजको मन्द पवन् सङै बहकिन पाउ"।'अ हेर हेर कति कुरा जानेको यसरि भावनात्मक हावा लगाएर शुलिमा नचढाउ त्यो त म प्रतिको सामिप्यता रहदाको आभास मात्रै हो जब तिमि आफ्नो संसारमा रमाउन थाल्नेछौ अनि समाप्त हुनेछन् तिम्रा भावनाका यि भेलहरु'।"होइन दादा मेरा यि बचन् हरु मनभित्रका ढुकढुकिहरु हुन् जो कहिलेपनि हराउदैन। ल ल छोडनुस् यि कुरा बाहिर क्लबका साथिहरु आइसके एकिछिन् त नाचेर भए पनि रमाइलो गर्नु परो नि यत्रो बर्ष् पछि तिहारमा भेट् भएको" । ल हुन्छ नि त मेरि फुच्चि म आइहाले। (बाहिर क्लबका साना भाइ बैनि हरु ।सुपारि चाम्रो भन्ने गित् मा नाच्दै थिए) ल ल दाइलाइ नचाउनु पर्यो । दाइ को नाच शुरु हुन्छ। हैन, भाउजु चै कता नि । (भित्रबाट भाउजु लाइ पनि तान्दै साथमा नचाउदै) आहा कति रमाइलो यस्तो पो तिहार्, यो दिन त कहिले पनि नछुटोस तिहारमा ।

हो त्यो दिन नै आज अतित बनेर बल्झिरहेको छ। सायद् कोर्नु पर्ने र सम्झनु त नपर्ने हो तर बेलाको बोलि भने झै चाडको बेला तैपनि बेदेशमा यादत आइहाल्ने रहेछ र मनमा गुम्साएर राखेको कुरालाइ बाहिर निकालेमा मन् हलुका हुन्छ भन्छन त्यसैले मन् हलुकाको लागि बिगतको सम्झना सहित २-४ शब्द दिपावलि संङै। अर्थहिन अक्षरहरु यहाँ असरल्ल छरेर तिम्रो नजर् भरि पारेर केहि काम् भएन।यि फगत् निर्धा अक्षर हरु तिम्रो लागि आँसु या हाँसो जे बनेपनि लेखिहाले दुख नमान्नु म त लालिगुराँस फुलेको हेर्न चाहान्थे हिमाल हाँसेको जस्तो हास्न चाहन्थे तर कालि नदि बिरहि बनेको मात्र देख्छु । हो मलाइ थाहा छ तिमिले भने झै बलिष्ठ पाखुरि देशका खम्बा हुन। तर के गर्नु र मलाइ पनि थियो नि जस् जसको रगत् कालिमा बगेको छ तो रगत् कालिको बाध बाध्न प्रयोग भएको भए हाम्रा दिन हरु कति रमाइला हुन्थे र बारिका पाटाहरु कति उर्बर् हुन्थे होला टुकिको कालो धुवा खाएर लेख्ने चिठि तिमिले पनि बिजुलिको ताजा प्रकासमा लेख्ने थियौ होला अनि तिनै बलिष्ठ पाखुरि हुम्ला,जुम्लामा र आफ्नै गाँउमा सडक पुरयाउन पहरा फोर्नमा प्रयोग गर्न सकेको भए आज यो बर्षदिनको रमाइलो चाँडमा तिम्रो न्यानो हातको सप्तरङि टिकाले मेरो सानो निधारमा बास पाउथ्योहोला। तर बिडम्बना लाखौ पौरखि हातहरु यसरि नै बिलौना गर्दै बिलाइरहेका छन् र विजय खोजिरहेकाछन् खरानिमा। तर आसागरौ कुनै दिन तो चौबाटो,त्रीबेणि, दोभान या गोरेटो कुनै ले त फेरि हाम्रो बाटोलाई मिलाउने छ त्यै दिपाबलिको भैलो र देउसिको सुमधुर संगितमा सप्तरङि टिका र र मखमलिको मालाको साथमा।

हो तिमिले भने झै धैरै चोटिको उपहार एकैचोटि दिएजस्तै भयो । तिमिलाई दिन भनि संगालेका हाँसो र खुसिका पोकाहरु क्षितिजमै बिलिन हुनपुगे ।त्यै दिपावलिको यादलाइ स्मरण गर्दै तिम्रो आशिर्बाद् अनि सयपत्री र मखमलिको मालासंगै आँगनभरि साथि संगि हरु देउसि भैलोमा नाचिरहेको गुन्जायमन ध्वनिलाई एनाले जस्तै प्रतिबिम्बित गर्न पाएपनि हुन्थ्यो भन्ने कल्पनालाई कल्पेर बस्न बाध्य भएको छु।हो चरिले जस्तै प्वाख हालेर उडन पाए त एक् दिनको लागि भए पनि आउथे होला तर बिडम्बना बिबशताले चर्किएको यो गरिबिको घाउलाई रियलको मलमले सेक्दासेक्दै,थाह छैन कति दिपावलिमा तिम्रा हातहरुले मेरो निधार स्पर्स गर्न नसक्ने हुन। अपरिभाषित जिन्दगिको यो मोडमा खाडिमा बगिरहेको मुल्यहिन पसिना माथि दिपावलिको रंगिलो टिकारुपि रुमालले पसिना पुस्ने रहर पनि रहरमै सिमित हुदैछ। आँगनमा गुन्जिरहेको देउसि,बरन्डामा खेलिरहेका तास,घरभरि चम्किरहेको दिपावलिको झीलिमिलि,तिमिले बनाएको मिठो परिकार र संसारनै जित्नु भनि भोकै बसि निधारमा बसालिदिएको टिका अतित बनेर घुमिरहेको छ आँखा आगाडि तर निराशा बिच आसाको दियो जगाउदै एकदिन त पक्कै पनि तिम्रो सप्तरंगि टिका र मखमलिको मालालाई गलामा सजाउने ठुलो रहर लिएर त्यै तिमिले गतसालको तिहारमा दिएको उपहाररुपि डायरिलाई तिम्रो निधार बनाएर यहि कलमरुपि टिकाले तिमिलाई भेटने प्रयास गर्दै रंगाएका यि अनार्थिक् शब्दहरु बिधुतिय तरंगमा समाबेश भै तिमिलाइ पुगेहोलान भन्दै बिदा चाहन्छु,केबल त्यै तिहार,त्यै टिका,त्यै परिकार,त्यै अनुभुति र त्यै सम्झनामा ...............................
बाँकी यता >>

19 October 2008

हाम्रा नेता

. 19 October 2008
0 प्रतिक्रिया

ग्राहक-यो टाइको कति हो दाई
पसले-पाँच सय रुपया
ग्राहक-ओहो। यो पैसाले त जुतै आउछ नि
पसले-आएर के गर्नु, जुता त घाटिमा बाध्नुहुन्न होलानि ।


मालिक-कस्तो ब्रेक लगाएको? झन्डै शिशामा ठोकिए।
ड्राइभर्-मालिक अगाडि ढुंगा थियो त्यसैले
मालिक-बेबकुफ् हर्न बजाउनु पर्दैन त?


रमा- तारा आज कति चिटिक्क परेर बसेकि?
बाहिर जाने प्रोग्राम छ कि क्या हो?
तारा-हैन आज दालमा नुन् चर्को भएछ,तेसैले उहाँको मन् येतै तिर भुलोस भनेर नि।

बाँकी यता >>