15 June 2012

अस्त र उदयको चपेटामा- सूर्य

. 15 June 2012
4 प्रतिक्रिया

पूर्वको लालिमा उदाएको सूर्य दिनसंगै ढल्दै पश्चिममको डाँडामा अस्त हुनुपर्ने, सन्ध्या संग मितेरि गास्दै रमाउने जुन प्रभातको उदयसँगै मलिन हुदै खुम्चिनु पर्ने । आ-आफ्नै अस्त र उदयको प्रक्रिया भोगिरहेका सम्पूर्ण बस्तुबिच झल्किएको वास्तविकता म मा पनि लागु हुनु कुनै नयाँ कुरा त पक्कै होइन  तर एउटा नियमसंगत तरिकाले नहुनु भने पक्कै अघोसित  बेवास्ताको रुप नै हो।यस्तै आरोह-अवरोहका बिच मेरा ब्लगिङका दिनहरु गुज्रिएका छन् । हुन त यो अवधिमा मैले थुप्रै कुरा पाए।धैरै सिके।तर गुमाउन भने केहि गुमाइन।यस्लाई म बचेको र उभ्रेको समयको प्राप्ति नै भन्दछु।

ध्रुव सत्य नै हो। जन्मे पछि मानिसले मृत्युको प्रतिक्षा गरिरहेकै हुन्छ। त्यहि प्रतिक्षाको बिच आउने क्रिया-प्रतिक्रिया, अवसर-चुनौति अनि आवेग र उदवेगहरुको उतार चढाव नै जीवन बनेर जन्म र मृत्युको बिच घुमिरहन्छ।यहि चक्रमा बनेका छापहरुको अस्तित्व नै जीवनलाई चिनाउने एउटा माध्याम रहेछ।तर यहाँ जीवनको कुरा अस्त र उदयको चपेटामा जोडिनु पक्कै सान्दर्भिक नहोला तर मेरा ब्लगिङका बर्षहरु पनि यसरी नै बितेका छन।आरम्भको मनोगत शैलिमा अडिग रहन नसक्नु र गोरेटोमा हुनुपर्ने समायोजनको प्रक्रियामा हृास आउनु यो अवधिका मुख्य चुनौति बने।

            समानान्तर ब्लगरहरुले चढेको खुडकिलोले शिखरलाई पछ्याउदै गरेको देख्न  पाउनु त मेरो सौभाग्य नै मान्छु म। शुरुबाति ब्लगिङ फितलो भएपनि समय संगै परिवर्तनको पथमा मेरो पनि पक्कै केहि उत्साहजानक सहभागिता झल्किएको अनुभुति भएकै हो तर निरन्तर लागिरहन नसक्नु दु:खको कुरा । अर्को कुरा ब्लग संसार र समग्र तरंग भित्र गासिएको छुट्टै प्रकारको आत्मियता पनि टुक्रदै र टाढिदै जाने रहेछ भन्ने कुरा मैले यो बिचको अन्तरालमा मनन गरेको छु। नयाँ कुरा पछयाउन नपाउनु,आगन्तुकहरुलाई स्वागत र प्रोत्साहन गर्न नपाउनु र समकक्षि लगायत पुरानाहरुलाई सम्मान दिन नसक्नु नमज्जाको बिषय बन्न पुगे।
अग्रजहरुको मार्गलाई पछयाउदा पाएको सुखद र हौसलाका अनुभूतिहरुलाई मनको भकारिभित्र टम्मै पारेर राखेको छु तर एकतर्फि मायाको स्वाद के स्वाद भने झै प्रतिक्रिया र प्रसंगमा दर्सिन नपाउनु नजिक भएर पनि टाढिएको जस्तो भान हुने रहेछ। जे होस समयसंग जोडिनुपर्ने आम आवस्यकतालाई मध्यनजर गर्दै बेला-बखत झुल्किनै मन लाग्छ।यस्लाई चट्कै माया मार्न नसकिने रहेछ।त्यसैले कहिलेकाही अस्त र उदयको दोधारमा उभिन पुग्छु र अस्त भन्दा त ढीलै भएपनि उदाकै राम्रो मानि झुल्किन पुग्छु ब्यस्तताका बादल पन्छाएर। अब त स्थितिले सोझो रुप लिएको जस्तो पनि भान हुदैछ जस्का कारण निरन्तरताको निकटमै आइपुगे जस्तो पनि लाग्छ। ब्लगमा देखा परि सिर्जना र चिन्तनहरु पस्किन नसके पनि यो अवधिमा निस्क्रिय नै भएर बसेको भने छैन। केहि चिन्तन मनन र सिर्जनाहरु डायरिमा संकलित भएकै छन। प्रस्तुत गर्ने काइदा मात्र नमिलेको हो।

मित्रहरु! यस्तै-यस्तै वास्तविकताहरु कथा बनेका छन मेरो जीवन संग आजभोलि।पुरानो बसाइलाई नयाँ बनाउने कोसिस,पहाड र तराइको अब्यवस्थित बसाई, र पारिवारिक स्तिथिलाई परिमार्जन गर्ने उद्देश्यका कारण म आफैमा हराइरहे। हजुरहरुप्रति (ब्लगर) मेरो मान ,सम्मान,आत्मियता र मित्रता  उत्तिकै रुपमा रहेको छ।मलाई यो तरंगमा जन्म दिदै बामे सर्न सिकाइ आफ्नै कोसिसमा अडिग रहन सहयोग गर्ने सबैलाई मुरि-मुरि धन्यबाद दिन चाहन्छु। कछुवाको चालमै भएपनि हिडिरहेका यि पाइला टेक्नमा यहाँहरुले दर्शाएको आक्षरिक र मौखिक सहयोगको लागि म आभारी छु।यो बिचमा धेरै साथीहरुको आगमन भएको छ ब्लगमा तर मेरो परिचय बाँकी नै भएपनि यसैबाट स्वागत दिन चाहन्छु। मेरो गोरेटोमा पाइला टेक्दै सुझाव,सल्लाह,हौसला र तालि दिनुहुने सबैमा मैत्रिभाव जगाउदै धन्यबाद प्रकट गर्दछु। हाम्रो साथ जीवन्त र दीगन्त बनिरहोस। कामना.................

*********************************************************************************
बाँकी यता >>