14 October 2010

दसैं

. 14 October 2010
4 प्रतिक्रिया

बार्षिक प्रतिक्षाको घडीलाई समाप्त पार्दै आइरहेको बडा दसैंले यसपाली पनि सबैको आँगन कुल्चिसकेको छ। दसैंको रौनक शहर देखि गाउँ गाउँ हुदै बेदेश सम्म पनि उत्तिकै रूपमा फैलिरहेको छ। एक आपसमा शुभकामना आदान प्रदान गर्दै ज्येष्ठ नागरिक बाट टिका ग्रहण गरी आसिर्बाद लिई दुर्गा भगवतीको प्राथना गर्न विदेशमा बस्ने नेपालीहरूको निकै पहिले देखि बनेका योजनाहरुलाई सजीव बनाउन जन्म ठाउँ भित्रिने क्रम जानी नै छ । लामो समय सम्म भेटघाट हुन नसकेका आफंतहरुलई दसैंले भेटाउने काम पनि गर्ने हुदा होला दसैं लाई छुटेका पारवारिक नाता र भेटघाट हुने जमर्को को चाड पनि भन्न सुहाएको।

आफ्नो भने यो दसैं अनि निरर्थक नै भयो। धेरै वर्ष पछि यो दसै लाई आफ्नो ठाउमा खुसियाली साथ मनाउन पाइएन। विवशतामा खुम्चिएर मातृभूमि छोडेर तलबको आकारले जीवन निर्धारण गरोस् भन्ने मानसिकता बोकेर विदेश भासिनेहरु प्राय को कथा मेरो जस्तै छ होला। कुनै पनि सुखद घडीमा रम्न र रमाउन समयको आवश्यकता पर्छ भने झैँ सस्कृति र परम्परालाई आत्मसात् गर्न देशभित्र नै हुनुपर्ने रहेछ। दसैं भनेर बन्द कोठामा केही साथीहरुको बीच नाचगान गरे झैँ गरेपनि वास्तविक खुसी र उमंगहरू बटुल्न जन्मथलोमा जस्तो स्वच्छ र शीतल नहुदो रहेछ। तैपनि मन बहलाउने काम भने झैँ एक आपशमा समझदारी बोकेर जँहा छौ त्यहिँबाट मन हर्षित पार्नुको विकल्प देखिन मैले पनि ।
दसैं कसैको लागि दशा नबनोस्। दिनभरी काम गरेर खाने ज्यामी र महलमा बसेर खानेहरु सबैलाई उत्तिकै खुसी हासो मिलोस् । धनि गरिब बीचको विभेद यो परम्परागत चाडमा लागू नहोस। झुपडी देखि महल सम्म बस्ने सबैले दसैलाई खुसी र धुमधामका साथ ग्रहण गर्न सकून् । दुर्गा भवानीले सबैको मनोकामना पुरा गरून् ।

ब्लग मित्रहरु लगायत सम्पूर्ण नेपालीहरुमा बडा दसैंको हार्दिक मंगलमय शुभकामना ! दुर्गा भवानीको रक्षार्थमा मान्यजनको आसिर्बादमा परेको टिका जमराले सबैको मनोकामना पुरा गर्दै जीवन खुसीको बाटोतिर लम्कियोस।

जय दुर्गा माता !!
बाँकी यता >>