21 June 2011

गजल

. 21 June 2011
8 प्रतिक्रिया

ब्लगिङ नगरेको पनि धेरै भैसकेछ । कहिले ईन्टरनेट संजालको समस्या,कहिले ब्यस्तता त कहिले अल्छिपनको रोग ।  निरन्तर हुन्छु भन्दाभन्दै पनि समस्याहरुलाई निराकरण गर्न नसक्नुले ब्लगर साथिहरुसंगको सहयात्रा अलि पातलिदै गैरहेको छ। यो समयाबधि भित्र भेट गर्न नसकेका सम्पुर्ण मित्रजनहरुलाई हार्दिक सम्झना तथा नमस्कार भन्दै बिगतमा कोरिएको यो गजल टाँसेर औपचारिकता पुरा गर्ने जमर्को गरेको छु ।




नयनले नपढाउ प्रेमका ति पाठहरु
अझै अघि नबढाउ मुट् दुख्ने बातहरु

जलिराछ जिन्दगी स्वार्थको हुरि चल्दा
हुरि माझ नबढाउ दियो बाल्ने हातहरु


यौबनको मातसंगै मनभित्र आगो बाल्दा
राप लाग्छ जिन्दगिमा परै राख तापहरु

मित्रताको दोबाटोमा स्वच्छ भै बसे पनि
सपनिमा नआउन  डाहा गर्छन रातहरु

आक्षेप र उपेक्षाको समाधिमा सूर्य”लाई
फुल टिपि नचढाउ ईश्र्या गर्छन् पातहरु
बाँकी यता >>