27 December 2008

शुभकामना

. 27 December 2008
6 प्रतिक्रिया

साथि हरु नमस्कार्...... सुरु हुन गैरहेको नयाँ बर्ष २००९ को उपलक्ष्यमा आदरणिय दाजु भाई दिदिबैनी तथा सम्पुर्णमा शुभकामना ब्यक्त गर्न चाहन्छु । बिषेश गरि ब्लगर् मित्र हरु संगै तन्किएको यो मित्रताको डोरिलाई यो बर्षले अझै शसक्तरुपमा तन्काइ नयाँ बिहानिको सुरुवात संगै नयाँ कल्पना र खोजिको उच्च बिन्दुमा पुरयाउन सकोस भन्ने शुभकामना दिन चाहन्छु।
बाँकी यता >>

17 December 2008

मात

. 17 December 2008
13 प्रतिक्रिया

मदिराको माया दियौ कुन नशाको मात लाग्यो

प्रेम जडित ऐनाभित्र तिरस्कारको खात लाग्यो


प्रभातको घाम जस्तै कोपिलै थियौ बसन्तमा

पुतली झै उडि जाने कहिले तिम्रो पात लाग्यो


खेल्दै थियौ पालुवामा अबोध बनि हिजो आस्ति

बसन्ता नै उजाड पार्ने कहिले तिम्रो धार लाग्यो


पिडाँ मात्रै दियौ सधै साहाराम बाच्न खोज्दा

निस्वार्थको पर्खाइमा जिवनभरको दास लाग्यो


पवन बनि खेल्दै थियौ शैशबमा रमी रमी

यौबनको नशा रोप्ने कुन मालिको साथ लाग्यो


मादलु र खैजडीमा दोहोरिमा बस्दा बस्दै

बिनय छोडि गितार तिमिलाई कहिले देखि हात लाग्यो


सापटिको क्षणिक हाँसो उपहारको पासो थापी

स्वार्थी मनको माला दियौ दुनियाको बात लाग्यो


अमृतको थोपा जस्तो पबित्र थियौ आगमनमा

गंगा जलले नचोखिने कस्तो यो दाग लाग्यो


बाह्रहाते पटुकिमा रोधि घरमा नाच्दा नाच्दै

डिस्को र क्याबिन छिर्ने कस्तो तिमिलाई मात लाग्यो
बाँकी यता >>

14 December 2008

गजल

. 14 December 2008
5 प्रतिक्रिया

छबिलाल न्यौपाने" रियाद"



कति दिन्छौ भावनाका भावबाहिनि माधुर्यता
मिष्टभासि भएपुग्छ अनन्त सम्म तिम्रो साथ

रोदनका पिडाँहरु मैत्रीभावको पल्लविमा
अनुपम् र निशोकताको गरिमामय तिम्रो साथ

बसन्तको सुबासमा सप्तरङि फुलहरु बिच
नवजागृत सोचाइमा पिडाँ भुल्नु पत्रबाट

निरासा र बिछोडलाई दिर्घकालिन फल सम्झि
जिबन्तताको फुलछर्दै भगवान प्रति आत्मसाथ

क्षितिजसम्म फैलिदै जाओस सत्प्रेरणाको आलौकिक
छर्दैजानु आदर्शको ध्वनि सम्पुर्णको मन माझ

छोट्याउदै छु प्रतिक्षाको परदेशको लामो बाटो
निस्वार्थको पर्खाइलाई फुलाउनेछौ सबै माझ

कति दिन्छौ भावनाका भावबाहिनि माधुर्यता
मिष्टभासि भए पुग्छ अनन्तसम्म तिम्रो साथ
बाँकी यता >>

03 December 2008

प्रतिज्ञा

. 03 December 2008
7 प्रतिक्रिया

हिजो बिहान जस्तै आजपनि फुटलाझै टाउको दुखिरहेछ । राति उठेर एकपट्क् पानि पियो उसले। भित्र आगो बले झै बलेरहेछ निभ्ने कुरै लिदैन। धारमा गएर टाउको भिजायो, टन्टन्ति दुखेको छ।सितन् पनि टन्नै खाएको हो , राति खाना पनि राम्रो संग खाएकै हो तर पनि सन्चो भएन सोच्यो पक्कै पनि हिजोको रक्सी नक्कलि परेछ कि क्या हो? हिजो अलि बढि पनि भए जस्तो छ त्यो मनोज् ले थपेको थप्यै गर्यो । अरु चिज भए त्यसरि कहाँ थप्छ त्यसरि? प्राय हरेक दिन उसले कुनै न कुनै बहानमा पिउने गर्छ । खुसिम त पिउनै पर्यो ,दुखमा त झन् कसरि दुख बीर्सने । बस एउटा बहाना भए पुग्यो । ओखति पछुतो लाग्छ उसलाई। आफैलाई धिक्कार्छ उसले धेरै पटक् यस्तो भएको हो "अब त किन पिउँला र यो बैगुनि झोल । पैसाको नास त भयो भयो उल्टै सास्ति पनि । आजैदेखि म अब यो कहिल्यै छुदै छुन्न । ल म मरिजाउ छुन्न" । उसले सगर्व घोषणा गर्यो, भित्र भित्रै खुसी हुदै बिजयि मुस्कानका साथ ।

हुन त उसले यस्तो कसम धेरै पटक् खाइसकेको छ बिगतमा पनि । हरेक दिन बिहान छोडछु भन्छ। त्यो नभए प्रत्येक महिनाको एक् गतेबाट चाँहि पक्कै। कैयौ पटक् मन्दिरमै गएर छाडछु भनेको छ उसले। अनि फेरी प्रत्येक साँझ आफै संग सम्झौता गर्ने गर्छ। सुत्र फेला पार्छ हप्तामा एकदिन् मात्र पिउने र त्यो पनि हाफ क्वाटर मात्र। उसलाई लाग्छ अब चै यो पक्का निर्णय हो। यसमा अरु कुनै सम्झौता गर्ने छैन। यसबाट फाइदै फाइदा छ, यसैबाट बिस्तारै रक्सीबाट छुटकारा पाउन पनि सकिन्छ, सकिएन भनेपनि हप्ता भरि सम्म पैसा पनि रहने, मन् पनि रहने । यस्तो सुत्र फेला परेकोमा आफै दंग पर्छ ।

बिहान ओछयानबाट उठेर चिया पियो, नुहायो र छिटै खाना खएर अफिस गयो । दिउसो पनि बिसन्चो भै नै रहयो । टाउको दुखन चै अलि कम् भयो र दिउसोको खाजा पछि हयाङओभर पनि क्रमस: अलि कम् हुदै गयो । पाँच बजे सम्म निक्कै सन्चो भैइसकेको महसुस भयो । अफिसबाट घर फर्कदा बाटामा सेकुवा हम्केको देखेपछि उसको मन् चन्चल् हुन थाल्यो । मुखबाट पानि आउन थाल्यो। भोक र तिर्खा झन् झन् जागेर आयो र सोच्यो अलि जाडो पनि त छ आज । यो साँझको पाँच बजे देखि सात बजे सम्मको समय काटनै गार्हो । थकाई भोक तिर्खा सबै लाग्ने। बिहानको प्रतिज्ञा क्रमस: फितलो हुदै गयो। राम्ररी सन्चो पनि त भएको छैन। हिजोको तल् तल् मेटाउनलाई अलिकति पिउँदा कसो ठिक नहोला । अलिकति सेकुवा र हाफ क्वाटर सम्म खाएर भोलिदेखि चाँहि ठयाम्मै पिउन छाडनु पर्ला जस्तो छ । भोलिदेखि रक्सीको सट्टा त्यो पैसाले फलफुल किनेर खाने गर्नु पर्यो, स्वास्थ्य पनि राम्रो हुने । धन पनि गुमाउनु, स्वास्थ्य पनि गुमाउनु । अब म यस्तो कदापि हुन दिन्न, कदापि भन्ने प्रतिज्ञा गर्छ ।

यो नयाँ सम्झौताको खाका तयार हुदा नहुदै उ भट्टि भित्र छिरिसकेको थियो।

साथिहरु तापाइहरुबाट यस सम्बन्धि कुनै नयाँ उपायको अपेक्षा राखेको छु।
बाँकी यता >>