07 January 2009

बिधुतिय साइनो

. 07 January 2009

सधैजसो आज पनि उनि नै आमन्त्रीत गर्छिन मलाई सेलफोनमा । खै किन हो कुन्नि आजभोलि त म पनि उनि भनेपछि हुरुक्कै भाको हो कि? उनको आवाजको रिङ्ग् मोबाइलमा ट्यार गर्ने बित्तिकै मेनेजर संग केहि न केहि बाहाना बनाएर होस् या बिसन्चोको कारण देखाएर होस डिउटि बाट फुत्किहाल्ने कोठातिर । भेटघाटको शुरुका दिनहरुमा त धेरै नै भाउ खाने ।आखिर २-४ दिनको तितो मिठो शब्दरुपि खाजा के पस्केको थिए मिठो लागेछ क्यारे। समय मिल्यो कि मिसकल अनि कल पनि। करिब करिब छ महिना जति भयो होला उनि संग बायुमण्डलिय तरंगको साइनो सुरु भएको। यथार्तमा भन्नु पर्दा यो लामो अवधिमा सिलेस्ट र म बिच भावनाको साइनोले यति जरा गाडिसकेको छ कि एक दिन पनि नेटवर्किय सन्जालले बाटो बिरायो कि एक अर्काबिच दोषारोपण यानिकि उनिबाट म टाढा हुन चाहे रे उनि म बाट । 'ल ल सिलेस्ट म आइपुगे एकैछिन ल। राहतको आस्वासन् दिदै कोठातिर लाग्छु। कोठामा गयो कि सिधै इन्टरनेटमा युनिफर्म् चेन्ज, खाना तयार,नुहाउने अनि अरु कुरा त छोडौ साथिले तयार गरेको खाना खान पनि हतार।

भनु भने उनि फिलिपिन्सको मनिलामा म मध्यपुर्बको रियादमा अनि शुरु हुन्छ हाम्रो तरंगित साइनो आकसमा तैरिदै। ''हैन तिमि किन यसरि मरिहत्ते गरेको भन्या 'आकाशको फल आखाँतरि मर' भनेझै यो कल्पनापनि गर्न नसकिने नातालाई किन जरा रोप्न चाहिरहेकि छौ। ठुलो बनाएर झयाङगिन दिनु भन्दा त सानैमा लडाउनु नि"? तर उत्तरमा जरा काटने हैन सिकारु जि फुलाउने फलाउने रे पो त अझै त्यति मात्र कहाँ हो र संगै जिउने मर्ने रे । फेरी कोसिस् गर्छु सम्झाउने। "हा.. हा.. हा.. तिमि जस्ता महासागर पारिका पुर्णिमाका जुनहरु यो धर्तिको गहिराइबाट धेरै नै देखिसके सिलेस्ट। जो पुर्णेमा संगै आउछन अनि औसि संगै अस्ताउछन, तिनिहरुले मलाई गर्ने माया केबल मेरो महिनाभरि बगाएको पसिनाको मुल्यमा लक्षित हुन्छ। यौबनको मातलाई बिधुतिय क्यामारामा कैद गराएर धनको डोरि तान्ने सागरपारिका परिहरुसंग म दिक्क भैसकेको छु सिलेस्ट ।अब चुडाइडेउ तिम्रो मेरो तो तारलाई तिम्रो डेस्कटपबाट "।

"फेरि अर्को कुरा एकचोटि टुक्रीसकेको यो मेरो मुटुलाई पुन मित्रताको मलम लिएर मसाज गर्ने नर्स हरु पनि धेरै नै भेटे। बिक्षिप्त आत्मा अनि टुटिसकेको धैर्यताको बाँधबाट छताछुल्ला भएका मेरा भावनाहरु शिशिरले भताभुंग परिएको बिरुवा झै केबल रसबिहिन भावनाले सजिएको एकल जिवनका क्षणहरु मिर्मिरे उषासंगै सन्ध्याको लाँलिमा सजिब बन्न सक्दैनन भने तिमि कसरि सम्हाल्न सक्छौ मेरो मनलाई ।अझै यो त कहालिलाग्दो अनन्त गगन र बिशाल धर्तिको मिलन् सपना झै लाग्ने क्षितिजपरिकि सहकर्मिलाई मायाको घुम्टो ओढाएर आखाँमा बसाउने काल्पनिक सपना सपनामै सिमित हुनेछ। जिवनका हरेक घुम्ति र पाइलाम साथ दिन्छु भन्ने तिम्रा ति जोसिला आस्वासनहरुलाई म सलाम गर्छु तर तिम्रो महत्वकांक्षा र मेरो सपनको दुरि आकास पाताल जस्तै छ। एउटै महादेशको भएपनि अधिक् टाढा छु। मेरो भावाकासमा तिम्रो सम्झना मात्र पनि बादल बनेर मडारिनु सिवाए अर्को उपाए देख्दिन म" ।

यति भनेर पनि टेर पुछ्छरै नलगाउने। फेरि शुरु हुन्छ उनको महभारत।

उनि पहिले जापानमा बसेकि रे स्टाफ नर्सको जागिर गरेर। अहिले जगिर को सिलसिलामा रियाद(जहां म कार्यरत छु) को लागि नै कोसिस गर्दै छन् रे। जापानको बसाई सकिसकेपछि फेरि पैसाको अभाव खडकियो रे अनि मनिलामा चाहि राम्रो जागिर पाएपनि मनग्ये पैसा नहुने रे। अझ त्यसैमाथि म संगको साइनोको डोरि पनि एउटै दिशातिरबाट हुन पुगेछ नभेटि नछोडने रे। अगाडि मक्ख पादै भन्छिन मेरो ५० प्रतिशत काम भै सक्यो अब म छिटै तिम्रो अंगालोमा बेरिन आउदै छु । खुसि को प्रतिक्षामा बस्नु । हैन भगवान यो के हुन लागिरहेको छ् ।बिस्वास गरु कि नगरु । बिस्वास नगरौ भने उनि भन्छिन "म अरु जस्तो हजार बृक्ष डुलेर हिडने पंछि हैन ।मलाई एउटा राम्रो जिवन साथिको आवस्यक छ जो तिमि पुरा गर्न सक्छौ मलाई देशि भन्दा अन्तरदेशिय साइनो मनपर्छ। काम भन्दा कुरा गर्ने स्वार्थिहरुको दुनियामा बाच्नु छैन मलाई" । वास्तपमा भन्दा उनि संग आफ्नो भन्ने कोहि छैन रे उनि ठुलै भएपछि माता पिताको स्वर्गबास भएको रे। कोहि आफन्तको साहाराबाट स्टाफनर्सको अध्ययन पुरागरि ५ बर्ष जागिर खएकि रे सुर्योदयको देशमा। अनि एउटा आफ्नो भनाउदो अत्यन्तै माया गर्नेले पनि धोका दियो रे। त्यसपछि आफ्नै देशका मानिसहरुसंग नाता जोडन मन नपराउने रे।

हुन पनि साच्चिकै जस्तो पनि लाग्छ । प्राय उनि नै मलाई फोन् गर्छिन। खातका खात मेल पठाउछिन एकदिन टाढा भयो कि । भन्छिन सत्यताको माया प्रेममा जस्तो सुकै परिस्थितिले पनि एकदिन सामाना गर्नु पर्छ सत्य संग। रोमियो र जुलियटको जस्तो जोडि हुन्छ हाम्रो। लियोनार्दोले मोनालाई जस्तै गर्ने छु मिलनको बाटो रहेन भने। फेरि स्वतन्त्रताको नाममा घाटि नै रेटिने यो ठाउँमा आएपनि कसरि नाता जोडने हो कुन्नि? त्यसको लागि सबै कागज पत्र तयार गरेरै आफै ल्याउछिन रे मसंग त मात्रै अबिबाहित लेखिएको पासपोट मात्रै भए पुग्ने रे । हुनपनि यसपालिको नया बर्ष र कृसमसको उपहार स्वरुप एउटा राम्रो घडि र कार्ड पोस्ट् गरिछ्न मेरै ठेगानामा। अनि मैले चाहि केहि नपठाउने भनेर ठुस्स। आखिर तिम्रा जिसस नै जानुन र मेरा पशुपतिनाथले नै जानुन यो सम्बन्धले कस्तो रुप लिन्छ भनेर। मलाई पनि उनि संगको मायाले नतानेको होइन। हुन त तर यो नेटवर्किय साइनोले पुर्णता पाउला भन्नेमा शंका नै लाग्छ। चार अक्षरको 'सफलता' र दुई अक्षरको 'प्रेम' बिचको यो आसाबिहिन पाइलहरुले लक्षमा पुरयाईदेओस हाम्रोलागि भन्ने आसाको दियो त पक्कै म बाट पनि बाल्नु नै पर्ला जस्तो छ। यसरि कति दिन सम्म सम्झना र बिधुतिय तरंगको साहाराम अगाडि बढने हो ?

कोमलता भित्रको कठोरता, सरलता भित्रको जटिलता, निश्छलताभित्रको कुटिलता, लाई बुझेर हो या नबुझेर मनको आखाँले देख्न नसकेपनि चर्म आखाँले देखेको आवरणलाई आधार बनाएर उनि प्रति लिप्त हुनु मुर्खता हो या असमक्षता अनभिज्ञ छु। लाखौ प्रेमिहरुकि मनमोहक तस्बिरमा सजिएकि मोनालिसाको बहुचर्चित मुस्कान लाई त बिस्वका करोडौ बिस्लेशकहरुले पनि परिभाषित गर्न सकेका छैनन् भने तिम्रो खुसि र उमंगको बहारलाई पनि मैले भौतिक आकृतिको भरमा बर्णन गर्न सक्दिन सिलेस्ट। तिमिले बेदनाले छटपटिएको बेला बाडेको रोदन हो या खुसिले मातिएको बेला अनायासै जोडिन पुगेको साइनो हो त्यो तिमिलाई नै थाहा होला तर जे भएपनि यो वायुमण्डलिय आकासमा साहारा खोज्दै भौतारिरहेका हामिदुइबिचको नाता जुनि जुनि फैलीदै जाओस मिलनको पर्खाईबिच भएपनि अनन्तसम्म............................

साथिहरु हुन त हाम्रो साइनो पनि बिधुतिय नै हो जस्तो लाग्द्छ। उनको साथ छुटेपनि हाम्रो चाहि नछुटोस है

13 प्रतिक्रिया:

आकार said...

हैन, कुरा त गहिरो नै रहेछ नि !
आफू पहिले नै कतै नअल्झेको भए, उनलाई हेर्दा पनि के नै फरक पर्छ र !!!
धन्य छ यो, साइनो को लमीलाई !!!

wosti nuwakote said...

sikaru jee sikar vet nu bhayako ma malai dharai khusi lageko 6 malai as chha aba chai ali romantic lekh leknu hola bhanne has ta namasker

Dilip Acharya said...

बिद्युतिय साइनो अब बिद्युतिय मात्रै नरहि भौतिक तहसम्मै गहिरी सकेको जस्तो आभास भयो मलाई त ! ।

कहाँ तपाई त नाम मात्रै सिकारु राखेर, मान्छे त 'वस्ताद' हुनुहुँदो रहेछ ।

तपाई हाम्रो साईनो त छँदैछ, 'उनी' संगको तपाइको साईनोको पनि सफलताको कामना गर्छु!!

बि. जे. बान्तवा / भोजपुर said...

Sikaaru jee becareful hai, malai ta kataa kataa eutaa saathiko yaad aayo, tapaiko jastai real story bhaeko. tyasaile ma ta ohohoho.....

सिकारु said...

सर्वपर्थम् सबैमा धन्यबाद। आकारजिले भनेझै फरक त नपर्ने हो तर बि जे मित्रको अनुभव सुन्दा त कुरा अलि गहिरो नै होला जस्तो छ। जे होस दिलिप दाजिले भनेजस्तै कुरा त भौतिक गहिराइमै पुगेको हो कि जस्तो छ फेरी यो माया जालको कुरालाई पनि कसैले सिकाउदा सिकाउदै बिचैमा छोडेर गइन। त्यसैले सबै उस्तै हुन्छन कि जस्तो लाग्छ मलाई त तरपनि हेर्दै छु तरङले कुन आकासमा तैराउछ।

अनि दिलिप दाजि सिकारु त सिकारु नै हो। तर तपाइहरुको माया पाएमा बस्तात पनि बन्न सकिन्छ कि?

दीपक जडित said...

मलाई पनि दिलीपजीको कुरा सहि लाग्यो है भन्नलाई सिकारु तर वडा उस्ताद हुनुहुँदो रै'छ ।

थाहै नपाई जिन्दगीमा भ्रमका प्वाँखहरु पलाउंछन् , झर्छन , फेरी पलाउँछन् , फेरी झर्छन् - उडान भर्दा भने प्वाँखको अवस्था ख्याल गर्नै पर्छ है नत्र दुर्घटनाले ढोल ठोक्दैन म यहाँ छु भनेर ।

बेदनाथ पुलामी ( उमेश ) said...

ल सिकारु जी लाइ त गजबै पो भैरहेको रहेछ यो बिधुतीय तरंग को साइनोमा - म चाहि अलिक पछि नै भएछु - अनि म पनी आकार जी र दिलीप जी को कुरामा 'होस्टे मा हैसे' थप्छु है ।
उनी सँगको सम्बन्ध जेसुकै होस हैन अटूट नै रहोस र हामी सँगको मित्रता पनी ।

आफ्नो लेखाइलाइ - बढवा दिदै जानुस है - मेरो यही शुभकामना छ ।

उजेली said...

कस्तो चालु सिकारू हुनुहुँदो रहेछ तपाईँ त !! कुन चैँ विषयको सिकारू हो तपाईँ भनेर खोज्ने बेला आयो अब ।

सिकारु said...

उजेलि जि म चाहि आवस्यक पर्ने बिषयको सिकारु पो ।
प्रतिकृयाको लागि सबै मित्रहरुलाई धन्यबाद ।

Aagan Team said...

Sampurna Nepali harule ekpatak visit garnai parne blog, www.aagan.blogspot.com

Anonymous said...

भाई लेखनशैली राम्रो छ । प्रगतिको कामना - विस्नु भुसाल- रियाद

Chhabilal said...

सिकारु भाइ राम्रो तथा मार्मिक् पनि छ् र अझ राम्रो हुनि छ भन्ने आशामा पनि छु कोशिस् गरे फल् मिठो खान् पाइन्छ्
धन्याबाद्

छबिलाल् न्यौपाने (गुल्मि, अर्बेनि)
साउदि अरब्
रियाद्

md gabbu said...

sikaru ji sarba pratham ta ma k bhanna man lagyo bhane tapai ta sikaru hoina sikaru ko guru po hunuhudo rahecha.tapai ko yo bidhutiye saino safal hos bhane kamna garda chu.aru pani lekhharu lekhdai janu. anta ma naya barsa 2065 saal ko subha kamna.

Post a Comment