27 December 2008

शुभकामना

. 27 December 2008
6 प्रतिक्रिया

साथि हरु नमस्कार्...... सुरु हुन गैरहेको नयाँ बर्ष २००९ को उपलक्ष्यमा आदरणिय दाजु भाई दिदिबैनी तथा सम्पुर्णमा शुभकामना ब्यक्त गर्न चाहन्छु । बिषेश गरि ब्लगर् मित्र हरु संगै तन्किएको यो मित्रताको डोरिलाई यो बर्षले अझै शसक्तरुपमा तन्काइ नयाँ बिहानिको सुरुवात संगै नयाँ कल्पना र खोजिको उच्च बिन्दुमा पुरयाउन सकोस भन्ने शुभकामना दिन चाहन्छु।
बाँकी यता >>

17 December 2008

मात

. 17 December 2008
13 प्रतिक्रिया

मदिराको माया दियौ कुन नशाको मात लाग्यो

प्रेम जडित ऐनाभित्र तिरस्कारको खात लाग्यो


प्रभातको घाम जस्तै कोपिलै थियौ बसन्तमा

पुतली झै उडि जाने कहिले तिम्रो पात लाग्यो


खेल्दै थियौ पालुवामा अबोध बनि हिजो आस्ति

बसन्ता नै उजाड पार्ने कहिले तिम्रो धार लाग्यो


पिडाँ मात्रै दियौ सधै साहाराम बाच्न खोज्दा

निस्वार्थको पर्खाइमा जिवनभरको दास लाग्यो


पवन बनि खेल्दै थियौ शैशबमा रमी रमी

यौबनको नशा रोप्ने कुन मालिको साथ लाग्यो


मादलु र खैजडीमा दोहोरिमा बस्दा बस्दै

बिनय छोडि गितार तिमिलाई कहिले देखि हात लाग्यो


सापटिको क्षणिक हाँसो उपहारको पासो थापी

स्वार्थी मनको माला दियौ दुनियाको बात लाग्यो


अमृतको थोपा जस्तो पबित्र थियौ आगमनमा

गंगा जलले नचोखिने कस्तो यो दाग लाग्यो


बाह्रहाते पटुकिमा रोधि घरमा नाच्दा नाच्दै

डिस्को र क्याबिन छिर्ने कस्तो तिमिलाई मात लाग्यो
बाँकी यता >>

14 December 2008

गजल

. 14 December 2008
5 प्रतिक्रिया

छबिलाल न्यौपाने" रियाद"



कति दिन्छौ भावनाका भावबाहिनि माधुर्यता
मिष्टभासि भएपुग्छ अनन्त सम्म तिम्रो साथ

रोदनका पिडाँहरु मैत्रीभावको पल्लविमा
अनुपम् र निशोकताको गरिमामय तिम्रो साथ

बसन्तको सुबासमा सप्तरङि फुलहरु बिच
नवजागृत सोचाइमा पिडाँ भुल्नु पत्रबाट

निरासा र बिछोडलाई दिर्घकालिन फल सम्झि
जिबन्तताको फुलछर्दै भगवान प्रति आत्मसाथ

क्षितिजसम्म फैलिदै जाओस सत्प्रेरणाको आलौकिक
छर्दैजानु आदर्शको ध्वनि सम्पुर्णको मन माझ

छोट्याउदै छु प्रतिक्षाको परदेशको लामो बाटो
निस्वार्थको पर्खाइलाई फुलाउनेछौ सबै माझ

कति दिन्छौ भावनाका भावबाहिनि माधुर्यता
मिष्टभासि भए पुग्छ अनन्तसम्म तिम्रो साथ
बाँकी यता >>

03 December 2008

प्रतिज्ञा

. 03 December 2008
7 प्रतिक्रिया

हिजो बिहान जस्तै आजपनि फुटलाझै टाउको दुखिरहेछ । राति उठेर एकपट्क् पानि पियो उसले। भित्र आगो बले झै बलेरहेछ निभ्ने कुरै लिदैन। धारमा गएर टाउको भिजायो, टन्टन्ति दुखेको छ।सितन् पनि टन्नै खाएको हो , राति खाना पनि राम्रो संग खाएकै हो तर पनि सन्चो भएन सोच्यो पक्कै पनि हिजोको रक्सी नक्कलि परेछ कि क्या हो? हिजो अलि बढि पनि भए जस्तो छ त्यो मनोज् ले थपेको थप्यै गर्यो । अरु चिज भए त्यसरि कहाँ थप्छ त्यसरि? प्राय हरेक दिन उसले कुनै न कुनै बहानमा पिउने गर्छ । खुसिम त पिउनै पर्यो ,दुखमा त झन् कसरि दुख बीर्सने । बस एउटा बहाना भए पुग्यो । ओखति पछुतो लाग्छ उसलाई। आफैलाई धिक्कार्छ उसले धेरै पटक् यस्तो भएको हो "अब त किन पिउँला र यो बैगुनि झोल । पैसाको नास त भयो भयो उल्टै सास्ति पनि । आजैदेखि म अब यो कहिल्यै छुदै छुन्न । ल म मरिजाउ छुन्न" । उसले सगर्व घोषणा गर्यो, भित्र भित्रै खुसी हुदै बिजयि मुस्कानका साथ ।

हुन त उसले यस्तो कसम धेरै पटक् खाइसकेको छ बिगतमा पनि । हरेक दिन बिहान छोडछु भन्छ। त्यो नभए प्रत्येक महिनाको एक् गतेबाट चाँहि पक्कै। कैयौ पटक् मन्दिरमै गएर छाडछु भनेको छ उसले। अनि फेरी प्रत्येक साँझ आफै संग सम्झौता गर्ने गर्छ। सुत्र फेला पार्छ हप्तामा एकदिन् मात्र पिउने र त्यो पनि हाफ क्वाटर मात्र। उसलाई लाग्छ अब चै यो पक्का निर्णय हो। यसमा अरु कुनै सम्झौता गर्ने छैन। यसबाट फाइदै फाइदा छ, यसैबाट बिस्तारै रक्सीबाट छुटकारा पाउन पनि सकिन्छ, सकिएन भनेपनि हप्ता भरि सम्म पैसा पनि रहने, मन् पनि रहने । यस्तो सुत्र फेला परेकोमा आफै दंग पर्छ ।

बिहान ओछयानबाट उठेर चिया पियो, नुहायो र छिटै खाना खएर अफिस गयो । दिउसो पनि बिसन्चो भै नै रहयो । टाउको दुखन चै अलि कम् भयो र दिउसोको खाजा पछि हयाङओभर पनि क्रमस: अलि कम् हुदै गयो । पाँच बजे सम्म निक्कै सन्चो भैइसकेको महसुस भयो । अफिसबाट घर फर्कदा बाटामा सेकुवा हम्केको देखेपछि उसको मन् चन्चल् हुन थाल्यो । मुखबाट पानि आउन थाल्यो। भोक र तिर्खा झन् झन् जागेर आयो र सोच्यो अलि जाडो पनि त छ आज । यो साँझको पाँच बजे देखि सात बजे सम्मको समय काटनै गार्हो । थकाई भोक तिर्खा सबै लाग्ने। बिहानको प्रतिज्ञा क्रमस: फितलो हुदै गयो। राम्ररी सन्चो पनि त भएको छैन। हिजोको तल् तल् मेटाउनलाई अलिकति पिउँदा कसो ठिक नहोला । अलिकति सेकुवा र हाफ क्वाटर सम्म खाएर भोलिदेखि चाँहि ठयाम्मै पिउन छाडनु पर्ला जस्तो छ । भोलिदेखि रक्सीको सट्टा त्यो पैसाले फलफुल किनेर खाने गर्नु पर्यो, स्वास्थ्य पनि राम्रो हुने । धन पनि गुमाउनु, स्वास्थ्य पनि गुमाउनु । अब म यस्तो कदापि हुन दिन्न, कदापि भन्ने प्रतिज्ञा गर्छ ।

यो नयाँ सम्झौताको खाका तयार हुदा नहुदै उ भट्टि भित्र छिरिसकेको थियो।

साथिहरु तापाइहरुबाट यस सम्बन्धि कुनै नयाँ उपायको अपेक्षा राखेको छु।
बाँकी यता >>

15 November 2008

प्रेम् कस्तो ?

. 15 November 2008
3 प्रतिक्रिया

आधुनिकताको खेल् जस्तो जिवनको मेल जस्तो
प्रेमपनि आजकालको बर्षायामको भेल् जस्तो

बेदनाको मुशाफिरलाइ मिष्टभासि आभास दिदै
प्रेमिकाको प्रणेता भै मुटु चोर्ने खेल् जस्तो

पियुस जस्तो स्वच्छ मनलाइ बिषादिको झोल् बनाई
सररर बास्ना दिने चमेलिको तेल् जस्तो

आधुनिकताको खेल् जस्तो जिवनको मेल् जस्तो
प्रेमपनि आजकालको बर्षायामको भेल् जस्तो
बाँकी यता >>

11 November 2008

घाउ

. 11 November 2008
5 प्रतिक्रिया

आजभोलि जिन्दगि कुन्नि किन सस्तो लाग्छ
श्वास फेर्दा फेर्दै पनि मरिसकेको जस्तो लाग्छ

आफन्तै ले पनि बाबु के भो तलाइ भन्नु साटो
जिउदो लास आयो भनि छोडिदिन्छन् त्यसै बाटो

सुनिदिने कोहि छैन यो संसारमा मनका कुरा
कोहिले मुखमा रामराम त बगलिमा छुरा

सधैजसो अतितमात्र बल्झाइदिन्छन रातहरु
रुझाएकै छु परेलि संगालेर घातहरु

हुरि आइ उडाइदियो मेरा सपना जताततै
देखिराछ जिन्दगि यो देखिदैन घाउ कतै
बाँकी यता >>

26 October 2008

दिपावलि क्षितिजपारि.......... अनुभुति र सम्झनामा

. 26 October 2008
0 प्रतिक्रिया

"हैन कति तास मात्र खेलेको भन्या, टिकाको लागि तयार हुनु पर्दैन। येस्तै हो भने त म अबदेखि आउदिन नि टिका भनेर उति टाढाबाट" । 'ओहो, मेरो मायालु बहिनि त सारै रिसाए जस्तो छ नि ।मैले त तासमा जितेर तिमिलाइ बहुमुल्य उपाहार पो दिउला भनेको नि यसपालि।नरिसाउन ल',"अ हो हो अब पनि खेल्ने हो भने चाहि दिने होइन म आफै दिनु पर्ला जस्तो छ। पोहोर त टिका लगाउन पाइन त्सैले अहिले त धरै चोटिको भग् लिनु छ बुझ्नुभो"।'हुन्छ मेरि फुच्चि बहिनि म तिम्रो लगि दुइ चोटिको हैन धरै चोटिको को नै दिउलानि' । "हैन दाई त्यसो नभन्नु करिब् ६ वटा बसन्तहरु पार गरेर आउने यो तिहारमा पनि हजुरको निधारमा टिकारुपि उन्नतिको कामनाले भगवानलाई पुज्न पाइन भने म एक्लै हुनेछु"। 'धत् लाटि म त ठटटा पो गरेको हो म चाहन्छु हरपल तिम्रा खुसि हरु तिम्रो ओठमा दौडिरहुन्' "हो, दादा म पनि तपाइकै जिवन् दर्शन् अंगालेर बाचिरहेकि छु र बाँचु पनि यो बर्षको टिका संगै दिएको आसिर्बाद्ले चरि जस्तै प्वाख हालेर क्षितिजको मन्द पवन् सङै बहकिन पाउ"।'अ हेर हेर कति कुरा जानेको यसरि भावनात्मक हावा लगाएर शुलिमा नचढाउ त्यो त म प्रतिको सामिप्यता रहदाको आभास मात्रै हो जब तिमि आफ्नो संसारमा रमाउन थाल्नेछौ अनि समाप्त हुनेछन् तिम्रा भावनाका यि भेलहरु'।"होइन दादा मेरा यि बचन् हरु मनभित्रका ढुकढुकिहरु हुन् जो कहिलेपनि हराउदैन। ल ल छोडनुस् यि कुरा बाहिर क्लबका साथिहरु आइसके एकिछिन् त नाचेर भए पनि रमाइलो गर्नु परो नि यत्रो बर्ष् पछि तिहारमा भेट् भएको" । ल हुन्छ नि त मेरि फुच्चि म आइहाले। (बाहिर क्लबका साना भाइ बैनि हरु ।सुपारि चाम्रो भन्ने गित् मा नाच्दै थिए) ल ल दाइलाइ नचाउनु पर्यो । दाइ को नाच शुरु हुन्छ। हैन, भाउजु चै कता नि । (भित्रबाट भाउजु लाइ पनि तान्दै साथमा नचाउदै) आहा कति रमाइलो यस्तो पो तिहार्, यो दिन त कहिले पनि नछुटोस तिहारमा ।

हो त्यो दिन नै आज अतित बनेर बल्झिरहेको छ। सायद् कोर्नु पर्ने र सम्झनु त नपर्ने हो तर बेलाको बोलि भने झै चाडको बेला तैपनि बेदेशमा यादत आइहाल्ने रहेछ र मनमा गुम्साएर राखेको कुरालाइ बाहिर निकालेमा मन् हलुका हुन्छ भन्छन त्यसैले मन् हलुकाको लागि बिगतको सम्झना सहित २-४ शब्द दिपावलि संङै। अर्थहिन अक्षरहरु यहाँ असरल्ल छरेर तिम्रो नजर् भरि पारेर केहि काम् भएन।यि फगत् निर्धा अक्षर हरु तिम्रो लागि आँसु या हाँसो जे बनेपनि लेखिहाले दुख नमान्नु म त लालिगुराँस फुलेको हेर्न चाहान्थे हिमाल हाँसेको जस्तो हास्न चाहन्थे तर कालि नदि बिरहि बनेको मात्र देख्छु । हो मलाइ थाहा छ तिमिले भने झै बलिष्ठ पाखुरि देशका खम्बा हुन। तर के गर्नु र मलाइ पनि थियो नि जस् जसको रगत् कालिमा बगेको छ तो रगत् कालिको बाध बाध्न प्रयोग भएको भए हाम्रा दिन हरु कति रमाइला हुन्थे र बारिका पाटाहरु कति उर्बर् हुन्थे होला टुकिको कालो धुवा खाएर लेख्ने चिठि तिमिले पनि बिजुलिको ताजा प्रकासमा लेख्ने थियौ होला अनि तिनै बलिष्ठ पाखुरि हुम्ला,जुम्लामा र आफ्नै गाँउमा सडक पुरयाउन पहरा फोर्नमा प्रयोग गर्न सकेको भए आज यो बर्षदिनको रमाइलो चाँडमा तिम्रो न्यानो हातको सप्तरङि टिकाले मेरो सानो निधारमा बास पाउथ्योहोला। तर बिडम्बना लाखौ पौरखि हातहरु यसरि नै बिलौना गर्दै बिलाइरहेका छन् र विजय खोजिरहेकाछन् खरानिमा। तर आसागरौ कुनै दिन तो चौबाटो,त्रीबेणि, दोभान या गोरेटो कुनै ले त फेरि हाम्रो बाटोलाई मिलाउने छ त्यै दिपाबलिको भैलो र देउसिको सुमधुर संगितमा सप्तरङि टिका र र मखमलिको मालाको साथमा।

हो तिमिले भने झै धैरै चोटिको उपहार एकैचोटि दिएजस्तै भयो । तिमिलाई दिन भनि संगालेका हाँसो र खुसिका पोकाहरु क्षितिजमै बिलिन हुनपुगे ।त्यै दिपावलिको यादलाइ स्मरण गर्दै तिम्रो आशिर्बाद् अनि सयपत्री र मखमलिको मालासंगै आँगनभरि साथि संगि हरु देउसि भैलोमा नाचिरहेको गुन्जायमन ध्वनिलाई एनाले जस्तै प्रतिबिम्बित गर्न पाएपनि हुन्थ्यो भन्ने कल्पनालाई कल्पेर बस्न बाध्य भएको छु।हो चरिले जस्तै प्वाख हालेर उडन पाए त एक् दिनको लागि भए पनि आउथे होला तर बिडम्बना बिबशताले चर्किएको यो गरिबिको घाउलाई रियलको मलमले सेक्दासेक्दै,थाह छैन कति दिपावलिमा तिम्रा हातहरुले मेरो निधार स्पर्स गर्न नसक्ने हुन। अपरिभाषित जिन्दगिको यो मोडमा खाडिमा बगिरहेको मुल्यहिन पसिना माथि दिपावलिको रंगिलो टिकारुपि रुमालले पसिना पुस्ने रहर पनि रहरमै सिमित हुदैछ। आँगनमा गुन्जिरहेको देउसि,बरन्डामा खेलिरहेका तास,घरभरि चम्किरहेको दिपावलिको झीलिमिलि,तिमिले बनाएको मिठो परिकार र संसारनै जित्नु भनि भोकै बसि निधारमा बसालिदिएको टिका अतित बनेर घुमिरहेको छ आँखा आगाडि तर निराशा बिच आसाको दियो जगाउदै एकदिन त पक्कै पनि तिम्रो सप्तरंगि टिका र मखमलिको मालालाई गलामा सजाउने ठुलो रहर लिएर त्यै तिमिले गतसालको तिहारमा दिएको उपहाररुपि डायरिलाई तिम्रो निधार बनाएर यहि कलमरुपि टिकाले तिमिलाई भेटने प्रयास गर्दै रंगाएका यि अनार्थिक् शब्दहरु बिधुतिय तरंगमा समाबेश भै तिमिलाइ पुगेहोलान भन्दै बिदा चाहन्छु,केबल त्यै तिहार,त्यै टिका,त्यै परिकार,त्यै अनुभुति र त्यै सम्झनामा ...............................
बाँकी यता >>

19 October 2008

हाम्रा नेता

. 19 October 2008
0 प्रतिक्रिया

ग्राहक-यो टाइको कति हो दाई
पसले-पाँच सय रुपया
ग्राहक-ओहो। यो पैसाले त जुतै आउछ नि
पसले-आएर के गर्नु, जुता त घाटिमा बाध्नुहुन्न होलानि ।


मालिक-कस्तो ब्रेक लगाएको? झन्डै शिशामा ठोकिए।
ड्राइभर्-मालिक अगाडि ढुंगा थियो त्यसैले
मालिक-बेबकुफ् हर्न बजाउनु पर्दैन त?


रमा- तारा आज कति चिटिक्क परेर बसेकि?
बाहिर जाने प्रोग्राम छ कि क्या हो?
तारा-हैन आज दालमा नुन् चर्को भएछ,तेसैले उहाँको मन् येतै तिर भुलोस भनेर नि।

बाँकी यता >>

14 October 2008

. 14 October 2008
4 प्रतिक्रिया

ल हेर्नुस् त नेपालका प्रथम् क्रान्तिकारि राजाको तस्बिरमा सजिएको यो नेपालि नोट , के येस्तै होला त अब, कृपया प्रतिकृया दिनु होला ल । -स्रोत -गुल्मिदर्शन
बाँकी यता >>

03 October 2008

ईतिहासको पहिलो सांस्कृतिक् दिन-०१-अक्टुबर्-२०६५

. 03 October 2008
2 प्रतिक्रिया

जहाँ पुग्छन् रबि त्यहाँ पुग्छन् कबि' भनेजस्तै, नेपालि कलाकारहरु बिश्वका प्राय ठाउँहरुमा कला पर्दर्शनिको लागि नपुगेका ठाउहरु कमै होलान् तरपनि मध्यपुर्बका प्राय देशहरुमा भैरहने नेपालि कला संस्कृतिको जमघटलाई मध्यनजर् गर्दै, साउदिमा नेपालिहरुको सङगठन "युनाइटेड् नेप्लिज् वेल्फेयर सोसाइटि" ले यसपालिको दशै र इदको सुखद् उपलक्ष्यमा इतिहासमै पहिलो पटक् साउदिमा सांकृतिक कार्यक्रमको आयोजना सफलतापुर्बक् सम्पन्न गरेको छ। अरुको देशमा जस्तो खुल्ला रुपमा नाँचगाँन,हकहित र स्वतन्त्रताको कुरा गर्न नपाइने,एकता, जनजुट, अधिकार, र अदालत जस्ता कुरालाई खुल्ला रुपमा प्रयोग गर्न बन्चित हुनुपर्ने यो ठाउँमा गरिएको यो एतिहासिक कार्यको सबैतिरबाट स्वागत् गरिएको छ्


रहरले होइन बाध्यताले बिदेशिदै गाँउघर् अनि समाजमा साथै सिंङो रास्ट्रमा नै ठुलो दलबलका साथ् उभिएको गरिबिको तो गोर्खे लौरिलाइ केहि हद्सम्म भयपनि लडाएर् आफ्नो घर्,समाज् अनि आफन्तको न्यानो मायालाइ केबल् सम्झनामा सिमितगराइ, आफ्नो मातृभुमि प्रति आँसुका थोपा अर्पित् गर्दै अगाडि बढाएका नेपालि पाइलाहरुले तो दिन् नेपालि राष्टृय कलाकार र नेपालि संस्कर्तिसङै लडबडिएर हाँसो खुसि रोदन् र पिडाँ साटने अवसर पाएकोमा आयोजक युनाइटेड् वेल्फेयर सोसाइटिलाइ मुरि-मुरि धन्यबाद् दिदै यो एतिहासिक कार्यको सरहना गर्दै छोटकरिमा आफ्नो हासो र खुसि संगै रमाएको त्यो दिनलाइ तपाइहरु समक्ष प्रस्तुत गर्दैछु।


कार्यक्रममा प्रमुख अतिथिको रुपमा पाल्नुभएका साउदिका लागि नेपालि राजदुत् हमित आन्सारिका अनुसार् करिब ३५ बर्स लामो नेपालिहरुको रोजगारिको सिलसिलामा यो नै पहिलो र ऐतिहासिक कार्यक्रम भएको दावि गर्नु भयो।र भन्नुभयो हामिले यसको लागि ठुलो संघर्स र लामो समय खर्च गरेको छौ।धेरैले त यो कार्यक्रम नहुने र हामिहरु झुटो बोलेको पनि भने तर हामिले स्-कुसल सम्पन्न गरेकोमा आज तिनि हरुको मुख बन्द भएको छ। हो साचै नै यो एउटा महान् कर्य नै हो। साथै कार्यक्रममा अन्य अतिथिको रुपमा-नेप्लिज वेल्फर् सोसाइटिका दिलचन् बुढा मगर्,सह-सचिव बाम् प्रसाद लावति, एन आर एन का प्रतिनिधि लाल चन्द्र सौफ,तथा अन्य थुप्रै पदाधिकारिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित कलाकार हरु मध्ये कल कान्तिपुर् का सन्चालक् सुरज् सिङ्ह् ठकुरिको बेजोड उदघोषण मा जितु नेपाल् 'मुन्द्रे' को अभिनयमा मुटु मिचि मिचि हासिरहेका दर्शकहरु किरण् केसि 'राता मकै' र 'मुखमा हान्नु जस्तो 'शिबहरि पौडेल' को नेता प्रतिको ब्ङ्गात्मक जिबन्त अभिनयले सबैलाइ नेपालमै भयजस्तो भान् बनायो हामिलाइ त्याहा । त्यसपछि शिला आले र मिलन् लामाको रमाइलो दोहोरिमा निशा सुनुवारको पातलो बारुले कम्मर् मर्काइको नाचले त सम्पुर्ण् दर्शक् नै छमछम् नाचिरहेका थिए ।साथै निशा र मिलनको दोहोरिमा रमाएका दर्शकहरु को माझमा सुरजको उदघोषण निकै रमाइलो थियो । कार्यक्रममा पाल्नुभएका कलाकार मध्ये खेमराज् गुरुङ्को वारि जमुना,आभा मुकारुङ्को काँहा हिडेको, र शिला आलेको पन्चे बाजामा सारै उत्साहित दर्शकहरुलाई कोन्ट्रोल गर्नको लागि मिलन् लामाले भावुक लोक गित् गाएर यथा स्थितिमा ल्याएका थिए। त्यसैगरि निशा र मिलन को दोहोरि पनि आन्नदमय थियो भने स्थानिय कलाकार एस पि शेर्पा को प्रस्तुति पनि रमाइलो भयो । कार्यक्रममा भयका बेजोड अभिनय र जिबन्त प्रस्तुतिले गर्दा सम्पुर्ण दर्शकहरुले फेरि पनि यस्ता कार्मक्रम हरु गर्न आयोजकलाइ निमन्त्रणा गरेका छन् । र अन्त्यमा तेहि ऐतिहासिक दिनका केहि रमाइला तस्बिर् हरु मेरो तर्फबाट तपाइहरुलाइ ।

बाँकी यता >>

26 September 2008

जिवन् मेरो आँखामा

. 26 September 2008
1 प्रतिक्रिया



समयको खेल् भनौ या बिधिको नियम या भनौ बैज्ञानिक चमत्कारको सनसनिपुर्ण दुनिया होस् अथवा कलियुगको संसार होस जे भए पनि जिवनको परिभाषा लाइ खोज्नुपर्दा जिउने मान्छेमा नै भर् पर्दछ ।आजको समयसम्म करिब २८ औ बसन्तहरुलाइ पार गरिसकेको अवस्थामा मेरो भुझाइ र भोगाइमा जिवनलाइ म एउटा संघर्सको मैदान र भाग्यको लेखा भन्न मन् पराउछु किनकि यो मैदानमा अहिलेसम्म सयौ खेलहरु खेलिएहोलान तर आफुले बिजयको शिखरलाइ कहिले पनि चुम्न सकिएन वा भनौ भाग्यले सगरमाथाको चुचुरोलाइ चुम्न असफल् बनायो।तैपनि मनमा थोरै आसा र रहर् लिएर अझैपनि यो जिवनको लडाइमा बिजय हात पार्ने आसामा भौतारिरहेको छु।मित्रबृन्द; हुन त मैले जिवनमा प्रबेश गरिसकेपछि पनि कतिले सगरमाथाको चुचुरोलाइ चुमे होलानर कति त्यो क्रममा आफ्नै सङ्घर्समय जिवनलाइ गुमाउन पनि पुगेहोलान कतिका प्रेममा संयोगान्तका क्षणहरुले खुसि र बसन्तका बहारहरु ल्याइदियो होला भने कतिले आफ्नो जिवन् मा बियोगन्तको कठिन पिडालाइ खप्दै छटपटाइरहेका होलान। लाखौ ,करोडौले यस् धर्तिमा पाइला टेके होलान भने असंख्यले आफ्नो चाहना र इच्छाहरु लत्याउदै धर्ति बिहिन भए होलान। कतिका ओठमा हाँसो र खुसि आयो होला भने कतिले पाएको अ्मुल्य जिवनलाइ नैरस्यताको भागमा बिताए होलान तर ति सबै कुरा आँखा अगाडि नभएपनि सत्य नै हुन।यिनै सत्यतालाइ मननगर्दै यस सङ्घर्सशिल जिवनमा पाइला अड्याइरहेको छु तैपनि धर्तिको माटोबिना । जन्मभुमिलाइ ल्त्याएर बिदेशलाइ कर्मभुमि बनाउने हामि असंख्य नेपालिहरुले जिवनलाइ परिभाषित गर्नुपर्दा सायद् सबैको कुरा एउटै नभएपनि शाब्दिक सारांश चाहि एउटै हुन्छ जस्तो मलाइ लाग्दछ।
वास्तबमा, अफ्नो जिउने क्रममा आफ्नो भोगाइ र खोजाइमा भेटटाइएका घटनाक्रम् र तितो सत्यताबाट प्राप्त् भएका यथार्त अनि क्षितिज जस्तै फराकिलो हाँसो र सागरको पानि जस्तो नुनिलो अश्रुधाराको बिचमा,कल्पनाको सागरमा डुबुल्किमार्दै समयको गतिलाइ पछ्याउदै ,रंगि-बिरंगि फुलहरुको बिचमा तेर्सिएका काडाँहरु बिच एउटा सुन्दर फुल् हो जिवन्। हुन त मैले पनि जिवनलाइ हिमाल् जस्तो अग्लो चुचुरो बाट र सागरको गहिराइमा डुबुल्कि मारेर हेर्ने अवसर त पाएको छैन तैपनि यो बिशाल संसार भित्रको सिमित् जिन्दगिलाइ हेर्ने मौका मात्र पाएको छु। हुनसक्छ मेरो भावना र परिभाषासंग हजुरको भावना नमिल्न पनि सक्छ तेसैले अ्मुल्य जिवनको यो ठुलो मैदानमा लडिरहनु भएका हजुरहरुसमक्ष्, मेरा यि २-४ शब्दको प्रतिकृया दिदै,जिवन् सम्बन्धि प्रश्न-उत्तरको यो खेलमा सहभागि भै तपाइका मिठा मित्रताका शब्दरुपि तिरहरुले मेरो यो कम्मेन्ट बोक्समा प्रहार गरि मेरो यो बोक्सलाइ खालि हुनबाट बचाउनु हुनेछ भन्ने बिस्वासका साथ् बिदा हुन चाहन्छु ।- सुर्य प्रसाद 'सिकारु'
बाँकी यता >>

24 September 2008

केहि रोचक् जानकारिहरु

. 24 September 2008
2 प्रतिक्रिया






जापानको टोकियोस्थित आर्किटेचर् युनिभर्सिटिमा अध्यापनरत् प्रोफेसर् तेरोनोबु फुजिमोरिले सन् २००४ मा आफ्नो बाल्यकालको ट्री हाउस बनाउने सपना पुरा गरेका थिए । उनले तागासुगि भन्ने आफ्नो बाबाको बगैचामा बनाएका ति ट्री हाउसहरु तपाइहरुले तलको चित्रमा सजिलै देखन सक्नुहुन्छ साथै त्सको आविस्कारपछि बनेका यि ट्री हाउसहरु आजभोलि निकै चर्चित् बनेका छ्न । केहि तस्बिर्हरु तपाइको लागि ।

साथै दाहिने पट्टि रहेको चित्रमा बिस्वको सबैभन्दा ठुलो ट्री हाउस जुन् ६ हजार स्क्वाएर फुट्मा फैलिएको छ र यस्को उचाइ ५६ फीट रहेको छ भने यस्मा क्याफे सहित् बिभिन्न कुरहरुको साथै १२० जना सजिलै अटाउन सक्ने रेस्टुरेन्ट् पनि रहेको छ ,यो ट्री हाउस हेरि पोटोर भन्ने फिल्ममा प्रयोग गरिएको छ ।
बाँकी यता >>

23 September 2008

सिकारु

. 23 September 2008
4 प्रतिक्रिया

म सुर्य प्रसाद् शर्मा'सिकारु' स्थाई बसोबास गुल्मिको अर्बेनि-८ मा।समयको गतिसङै बग्दै जादा बिदेसको भुमिमा कर्मगर्न पुगेको छु अहिले सम्म।धरै निरासा र र थोरै आसा लिएर।योग्यताको बारेमा भन्नु पर्दा टाइटल बाट नै थाहाहुन्छ कि म कुनैपनि कुरामा निपुण छैन त्यसैले म सिकारु।तरपनि आफ्नो काम चलाएकै छु।अपरिभाषीत जिन्दगिको दौरानमा धेरै बिरुवाहरु रोपे थोरै फल् पाए।तर पनि आसाको दियो बालिनै राखेको छु। खासगरि ब्लग् गर्नुको उद्देश्य ,साथिहरु संगको मित्रताको दुरिलाई नजिक बनाउन र मनमा तैरिएका तरंगहरुलाई तैराउन।मितताको भाव फैलाउन।त्सैले जानि नजानि सानो यो मित्ररुपि गोरेटोमा पाइला राखेको छु।मित्रहरुलाई अन्तरमन देखि स्वागत।कतै डुल्दा डुल्दै मेरो गोरेटोमा पाइला राख्नु भयो भने मनमा लागेको प्रतिकृया दिन नहिचकिचाउनु होला। हो । धेरै साथिहरुको ब्लगबाट धरै कुराहरु सिक्ने आवसर् पाएको छु मैले पनि।यो कुनै समाचारमुलक् ब्लग् होइन।मनका कुराहरुको बिसौनि हो। तपाइका कुराहरुलाइ पनि मेरो गोरेटोमा मिलाउन सक्नुहुन्छ भावबाहिनि स्पर्सबाट।मेरा कुरा यिनै हुन।र मेरो सबैमा साथित्वको मैत्रीभावनामा बग्ने आव्हानसहित बिदा-सिकारु
बाँकी यता >>

19 September 2008

सिकारुको सिकाईमा मित्रता

. 19 September 2008
1 प्रतिक्रिया

सर्बपर्थम् त मित्रताको हात् फैलाउदै साथित्वको कमन्डलु लिइ हजुर् हरुकोघर् दैलोमा उभिइरहेको यो नव् भिखारिलाइ दुइ चार् शब्दरुपि भिक्षाहरु रखिदिन नहिचकिचाउनुहोला भनि बिनम्र आग्रह गर्दै रगतको नाता भन्दा भावनाको नाताले हजुर् हरु समक्ष मित्रताको यो लामो अनलाइनरुपि डोरिलाइ लमब्याएर साहारा लिन पाएकोमा आभार पनि प्रकट गर्न चाहान्छु।भनौ,हामि साना छदा साथिहरुको कपिमा लेखिने तो सम्झनारुपि अटोग्राफका पानाहरुमा लेखिने ति भावनाका साइनोहरुलाइ आज बिधुतिय् तरङ बाट तरङित् गराउदै तपाइहरुसमक्ष ,प्रस्तुत् भै जिवनलाइ नयासथिहरुको माझमा बिसाउने प्रयास गर्दैछु। साथै तपाइहरुको प्रतिकृया , सुझाव, सल्लाह अनिभावनाको उच्च मुल्याङ्कन गर्दै अगाडि बढनेछ हाम्रो यो डोरि।मलाइ लाग्छ एउटा असल् साथि नै जिवन् को ठुलो हिस्सा हो।जिन्दगिको हरेक् घुम्ति र मोडमा एउटा असल् साथित्वको भावना बाट् ओतप्रोत हुदै भावना तथा आत्मियताको नाताबिश्वको जुनै कुनामा बसेका हजुरहरुलाइ यो भावबाहिनि साइनोले अझ बलियो र शशक्त रुपमा बाध्न पाउनेछु भन्ने लक्ष्य लिएर नै यो सनो ब्लोग् रुपि मित्रमन्च बनाउने दुस्सहास गरेको छु।अनि साथिहरु हो जिवनमा उपेक्षारुपि मुस्कान र सुमधुर् आवाज् मात्र होइनकि एउटा बेदना र पिडामा छटपटिएको मुसाफिरलाइ पनि हाम्रो यो अनमोल् मित्रताले जिवनको हरेक पल् पलमा र सुखदुखको अनुभुतिमा पनि मिष्टभासि तथा भावबाहिनि सम्बन्धले यथाबत् रुपमा प्रमोद गराउदै सधै सत्प्रेरणा र सुमार्गको मुहान् बनोस हाम्रो यो अनमोल् सम्बन्ध। अन्त्यमा,अनन्तरुपि यो जिवनमा सधै हजुरहरुको माया साथ लाइ हतियार बनाएर जिवन् अनि समय सगै लडाइ गदै जिवनको उच्च शिखर् मा पुग्न सधै प्रेरित गर्ने खालको नवजागृत् सोचाइ र दार्शनिय बिचारहरुले लालायित बनाइ, मेरो मनको कुनामा हजुरहरुको तो अविषमरणिय प्रतिमा सधै जिवन्तता भै, सिर्जनाको गहन् मैत्रैभावले सुसन्जित पार्नेछ भन्ने आसाका सोच लिइ बिदा हुन चाहान्छु।धन्यबाद।
बाँकी यता >>

26 August 2008

नेपालि हिन्दु नारि र तिज्

. 26 August 2008
2 प्रतिक्रिया


नेपालि हिन्दू नारिहरुको महान चाड तिजको उपलक्ष्यमा देश् तथा बिदेशमा पाल्नुभएका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनिहरुमा हार्दिक् शुभकामना बयक्त गर्दै, तिजको खुसियालिमा बिदेशका बिभिनन ठाउहरुमा भएका नाचगान र रमाइलोका द्र्स्यहरु तपाइहरुको लागि- सुर्य शर्मा बाट्
बाँकी यता >>