बाँकी यता >>
labels
गोरेटोका पाइलाहरु
- अनुभूति/कल्पना (1)
- कविता (3)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (10)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (2)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- दसैको रमझम बिदेशमा (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- लघुकथा (4)
- शुभकामना (1)
- संस्मरण (3)
- सिकारु (2)
21 September 2009
14 September 2009
गजल
26 August 2009
सिकारु बर्षदिनमा... गोरेटो र ब्लगरहरु...
जन्म
बिज्ञानको चमत्कारमा होस वा भगवानकै लिलामा सबै कुराहरुमा बाँधक या साधक बनेर कुनै न कुनै रुपमा त्यही मायारुपी किराले आक्रमण गरेको कुरालाई नकार्न सकिदैन । चर्चित तानासाह देखि साधुसन्त सम्म, भगवानदेखि राक्षस सम्म,अनाडी देखि चतुर सम्म सबैको जीवनलाई कुनै न कुनै रुपले यो मायारुपी लहरोले बेरेकै छ । मेरो जीवनमा पनि तेस्तै भयो जसले सिकाइन माया गर्न, मिलनमा रमाउन अनि पीडा भुल्न उनैले फेरी तिनै कुरालाई उल्ट्याइदिइन । मायामा मेरो अबुझपन र कच्चापनलाई औल्याउदै नामलाई पुच्चर भिराएर जसले छोडिन त्यही बेचैनीलाई पछयाउदै गोरेटो जन्माए मैले पनि । प्रेमका इतिहासका (मिलन वा बिछोडमा) पानाहरुमा जस्तो मोनालिसा, ताजमहल या रानीमहल जस्ता महान कार्यहरु गरेर त्यो क्षणलाई अमर राख्न नसकेपनि सानो गोरेटो बनाएर हिडने दुस्साहास गर्न अभिप्रेरित गर्यो अतितले मलाई अनि न्वारन भयो सिकारुको फगत अन्त्यहिन प्रेमको नामलाई स्वीकारी बर्तमान सँग रमाउन । नाम सँगको फूर्कोले आधा दशक पुरा गरेपनि ब्लगमा औपचारिक रुपमा भर्खर एक बर्षको बालक भाएछ सिकारु ।
उत्प्रेरणा र मार्गदर्शन
एक हिसाबले सोच्दा मैले ठिकै पनि गरे जस्तो लाग्छ । सानो समयको अन्तरालभित्र यतिका साथी-संगीहरुको माझमा रमाउने अनि सिकारु बनेरै धेरै कुरा सिक्ने अवसर मिल्यो मलाई । जाबो एउटा बिछोडको लागी यति गर्नुपर्ने त के नै थियो र ? यो त जीवनको प्रकृया नै हो भन्थे शुरु शुरुमा त तर आज समयको घडी संगै बहकीदा लाग्छ मलाई सिकारु बनाएर जानेले अर्को मन भुलाउने अनि बेदना पोख्ने र कहिलेकाही रमाउने अवसर पनि दिलाएर गइन । त्यही कच्चापन र अबुझपनको भागदौडमा जन्मीएको गोरेटोले आज बषदिनको यात्रा पुरा गरेको छ ।
शुरुका दिनहरुमा निरन्तरता दिने कुराले अल्मल्यायो पनि । एक हप्ते खजाना लिएर उपस्थित हुने वाचाले अहिले कहीलेकाही दुई हप्ता पनि पुग्ने गरेको छ तर जे होस बेलामौकामा अर्धबिराम लागेपनि पूर्णबिराम भने लगाईसकेको छैन यो गोरेटोलाई । साहित्यिक र उच्च हस्तीहरुका बिचमा म कसरी उँभिन सकुला र जस्तो पनि लागेको हो । नगन्य रुपमा प्रकासित हुने मेरा झारेझुरे रचनाले के म यो गोरेटोमा टिक्न सकुला र जस्तो पनि नलागेको होइन तर जे होस मित्रहरुको हौसला, सुझाव, सल्लाह र प्रोत्साहनले आजसम्म हातेमालो गर्ने अवसर मिल्यो मलाई । त्सैले तपाईहरुको मार्गदर्शन नै मेरो अतित भुलेर बर्तमान खोतल्ने करौति भएको छ ।
यही ब्लगको शुरुवात संगै तपाइहरुले बर्षाएका कोशेलीहरु र पोका-पन्तेराहरुको त जति तारिफ गरेपनि कमै हुन्छ । तैपनि बर्षदिनको यो घडीमा एकपटक फेरी घुम्न मन लाग्यो बार्षिक सेरोफेरो ।
ब्लगको दुनिया चाहार्ने क्रममा पहिलो पटक को छिराइमा मोहित गराउन सफल भोजपुरे ब्लगका चन्द्रबान्तवा राई संगको सहयात्रा र ब्लग उब्जाउन उत्साहित गर्ने चौतारीका संगम संगको मिठो भलाकुसारी नै उत्साहको शिखर बन्नपुग्यो । ब्लग ब्यानर बनाउन भरपुर सहयोग गर्दै प्रफुल्लीत पार्ने बी जे दुम्माली र गोरेटो कोर्न उत्साहित गर्ने चौतारीका संगम प्रति हार्दिक् आभार ।
गोरेटो र सहयात्रीहरु
नेपाली ब्लगरहरुको भबिष्यलाई सुनिश्चित गर्न कम्मर कसेर आगाडी बढदै पहिलो अनलाइन ब्लगर बेला सम्पन्न गरेर एउटा नमुना बन्न सफल दौतरीको जति तारिफ गरेपनि कमै हुन्छ तैपनि एकपटक फेरी सफलताको शुभकामना । ब्लगीङ यात्रामा सम्पूर्ण मर-मसलायुक्त खजानाहरुको जानकारी दिदै नियमित सहयोग गर्दै गोरेटो धाउने आफ्नै बिचार अभिब्यक्तीका ब्ल. गुरु दिलीप आचार्य, लामो समयदेखि ब्लग चलाउदै यथेष्ट जानकारी सहित रमाइला अनि चौतर्फी कुराहरुलाई साथमा लिएर चारैतिर पुगी हौसला दिलाउने बसन्त गौतम, गल्तिलाई पूर्णबिराम लागाउन सहयोग गर्दै भाषागत त्रुटीमा पनि खबरदारी गराउने केफ मंगलका जोतारे धाइबा (जीवन कार्की), साहित्यलाई सर्वत्र फिजाउदै बिभिन्न सुगन्ध लिएर आउने साहित्य संसारका दीपक जडीत, ब्लगमा रमाउन उत्साहित गर्दै निरन्तर सहयोग गर्ने आफ्नै संसारका बेदनाथ (उमेश), तस्बिर बाटै संसार झल्काउने फोटो यात्राकी सुजन आचार्य, आफ्ना भावनालाई बिभिन्न आकारमा प्रस्तुत गर्दै नयाँ-नयाँ सहयोग गर्ने आकार पोस्ट का आकार, उच्च प्रतिभा बोकेर कुटीमा रम्दै कहिलेकाही कुटीको झ्यालबाट गोरेटो चियाउने कुटीकी कैलाश, गफगाफ संगै रमाइला प्रस्तुति सहित लहरिने रोचक गफगाफका प्रवेश पौडेल (उजेली), आफ्नै पलहरुमा खेल्दै नियमित मिठा सुझाव र सल्लाह दिने आफ्नै पलहरुका बी. जे. बान्तवा दुम्माली, साहित्यका सुवास छर्दै मन्त्रमुग्ध पार्ने साहित्य संसारका बिमल गौतम, साहित्य साधनालाई साथैमा लिएर नयाँ-नयाँ खुराक दिने साधना शर्मा । यहाँहरु सम्पूर्णमा हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहछु
यसरी नै अमूल्य रायहरु पोख्दै सिकारुलाई हातमा हात मिलाएर माथि उठाउन आउने सपना संसारमा रमाउदै हिडने सपना संसारका प्रदीप श्री, आफ्नै संगहका मिलन लम्साल, ब्लगको दुनियालाई एकत्रीत गरी एउटै छाता ओढाउन खोज्ने दौतरीका सम्पूर्ण टीम, कम्प्युटर सम्बन्धी जानकारी पस्केर राहत प्रदान गर्ने कम्प्युटर नेपाली का कृष्ण पोखरेल, रमाइला पक्षहरु समेटदै भबिष्यका सपनाहरुलाई जिवित राख्न सिकाउने नेभर स्टप ड्रीमिङ का दिपेन्द्र, अँधेरी रातलाई कुर्दै उज्यालो पर्खने कृष्णपक्षका कृष्ण थापा, चेतनाका भावहरुलाई पोखेर यथार्तमा रम्ने चेतनाका दूर्जेय, आफ्नै बिस्वासकी आशा गुरुङ, छोटा तर मिठा प्रस्तुती कोर्ने दीप श्रेष्ठ, कहिले चिसो त कहिले तातो हावामा मडारिने हाम्रै नेपालका हावा, यात्रालाई साहित्यमा रुपान्तरण गर्ने यात्राका सुस्केराका दिनेशराज, नेपाली मनका शिव प्रकाश प्रति पनि धेरै-धेरै धन्यबाद । त्यैगरी फूर्सदको समललाई खेर नफाली सिकारुलाई सुझाव दिन आउने अन्त्यहीन शुरुवातका चूडामणि भट्टराई, ब्लगलाई निरन्तरता दिन जोस्याउने गुल्मि दर्शनका सन्जु मगर ट्रेकीङकी रस्मिन, साहित्य बिचार र बिबिधका अर्जुन दुङमेन, जिन्दगीका तितामीठा पानामा रम्ने बिमल, बिचार र स्वतन्त्रता मञ्चका गोकुल ढकाल, आफ्नै आवाजका केशब घिमीरे, अन्तर बिचारका कलमबिर घोताने, छुट्टै पहिचानका समीर, कटुवालका मदन, अजबगजबका एन. के. एम., वियोगमा छहारी धाउने सार्थक सिम्खडा, संगमका प्रबिण थापा, नुवाकोटका सिताराम वस्ती, सहपाठी बनेर आउने कीरण राई, दौतरीका नेपालियन, प्रतिभाका धनी शेखर के सी, माउरोका साथीहरु, यात्राका सुमीरान,अनलाइन खसखसका राजेश यस्तै सहयोगको राहत स्वरुप सिकारुमा प्रवेश गर्ने द किराँत नयाँ प्रवेश भाई, बिचारका आकाश लगायत बेला-बेलामा रचना पठाएर सहयोग गर्ने छबिलाला दाजु साथै गोरेटो सँग सम्बन्धित सम्पूर्ण फलोवर्स, फेसबुकबाट जोडीने आदरणिय मित्रहरु लाई पनि बिशेश आभार गर्दै नाम लेख्न छुटेका ब्लगरहरुप्रति पनि क्षमा माग्दै धेरै धन्यबाद ज्ञापन गर्न चाहन्छु । ईमेलमा उस्काउने साथीहरु, भेटमा जोश दिने साथीहरु र अन्जानमा कोही छुटन गएकोमा वहाँहरुलाई पनि बार्षिक यात्रामा साथ दिनुभएकोमा धन्यबादका शब्दहरु समर्पित गर्न चाहन्छु र उल्लेखित सबैबाट आउदा दिनहरुमा अझ बढी माया हौसला र गल्तिहरुमा पूर्णबिराम लगाउन सक्ने तार्किक
प्रतिक्रियाहरुको अपेक्षा राख्दछु । happy blogging ....
12 August 2009
प्रतिबद्धता (लघुकथा)
27 July 2009
बुहारी
मिर्मिरे उषालाई अंगालो मार्दै
कुखुरी काँ को अलार्म घडि संगै
झुल्के घामले मुख नखोल्दै
पोत्ने हातमा लिएर
झुपडीका दैला ठेलाहरुमा
जाग्यौ लिप्नलाई तिमी
आँखाभरी रहर पालेर
फुङ्ग उडेको अनुहार बोकेर
भावहीन, चेतनाहीन
रुन्चे बिहानी संगै
छ्त्रे केशमा चुल्ठो लगाउदै
चौपयाका भकारा तर्फ लम्कीयौ तिमी
बासी रोटीको साहारामा
मुटु भित्रका शब्दरुपी बाण निल्दै
हराएका मुस्कानलाई
प्रतिक्षाको हुरीले ल्याउने आशमा
भीजेका परेलीहरुका बेदना रोक्नलाई
डोकोलाई बह पोख्दै
हिडयौ नाम्ले सहारामा तिमी
मध्यान्हको चर्को घामले पोलेन तिमीलाई
अगेनाको भुङ्रोले डढाएन तिमीलाई
बिछोडीएको परदेशिको न्यनो यादमा
भष्म बनाई पिडा र बेदनाका धारहरु
बाचीरहयौ धोती र लुंगीका फूर्काहरुमा
माया बाँधेर, वाचा बाँधेर तिमी
बीसौनीमा डोको बिसाएर
पटुकीले पसीना पुछदै
फूल सिउरिएको केशमा नाम्लोले थिच्दै
गुज्रीदैछ तिम्रो जीवनका पल-पलहरु
बिक्षिप्त आत्मा र निरिह आवाजमा
आशै आशाको घेरामा रहर राखेर
कुरौटे समाजको कामुक हेराइलाई
शक्तिपिठको खम्बा बनाई
देउरालीमा पुष्पबृष्टी गराउदै
सपनी जस्तो अतितलाई पछयाउदै
नयन भरीको भावमा छचल्कीएको
बिछोडको तस्विरलाई सम्झदै
उपेक्षाको रजनी बोकेर बाँचीरहयौ
आँसुको पोखरी भित्र तिमी
बिचारहरु बिथोलिएपनि
बिस्वासहरु भाँचिएपनि
निष्ठाहरु जोगाएर तन्द्रे मनमा
कति बस्छौ
एउटै मिठो शब्दभित्रको
कालो जीवन बोकेर
बुहारी बनि यो समाज भित्र तिमी ।
10 July 2009
गीत
बुझिन की तिम्ले गाका नयनका भाकाहरु
कोरिबाटि चुलठिमा तिम्ले माया राखेजस्तो
ताराबाजी, चिमुसिमा तिम्ले माया साचेजस्तो
सकिन की पढि बस्न तिम्रा तिखा आँखाहरु
बुझिन की तिम्ले गाका नयनका भाकाहरु
यात्राका पदचापमा तिम्रो प्रीत खोजीहिडे
हावाका बेगहरुमा तिम्रो गीत बोकि हिडे
भेटिन की सुस्केरामा तिम्रा मनका खाकाहरु
बुझिन की तिम्ले गाका नयनका भाकाहरु
खोजिन की तिम्ले हाँस्ने सुन्दर बन पाखाहरु
बुझिन की तिम्ले गाका नयनका भाकाहरु
25 June 2009
धरापमा जिन्दगी
''मन त मेरो नेपाली हो" भन्ने मुखारित वाक्याङसलाई काफी राष्ट्रीयताको धडकन सम्झेर, धर्ति प्रतिको आगाध मायालाई कुल्चेर अगाडि बढेको बिदेश प्रतिको मोह नेपाली हरुको लागि दैनिकी जस्तै भै सक्यो आज भोलि । लाखौ पौरखि हातमा लुकेका प्रतिभा र युवा जोश संगै तन्किनु पर्ने अमुल्य बिचारको डोरी तथा नव सृजनाका सूत्रधारहरु ओझेलमा परेको ओसेपको पात जस्तै खुम्चिएर पलायन भएका छन । तितो राजनैतिक खिचातानिको गतिले तिब्रता लिदै गैरहेको छ । सिंगो देशमा नैतिकताको कदर छैन । सक्नेहरु नसक्नेको बुई चढेर रमाउदैछन भने निमुखाहरु उनैको पोषीलो आहार बनिदिन बाध्य छन । सामाजिक जनचेतना फैलाएर स्वणिर्म नेपालको कल्पना गर्नेहरु बत्तिमुनिको अध्यारो भएर बस्नु परेको छ भने समाजलाई नयाँदिशामा रुपान्तरित गर्छु भन्नेको हात सिधा साधा निमुखाको घाँटीमा बज्रन पुगेको छ । देशमा दन्डहिनता, अराजकता र अमानबियताको जरोले मौलाउने अवसर पाएको छ फलस्वरुप हामिजस्ता लाखौ परदेशिहरुलाई हेरिने बिदेशिहरुको नजर भोका नाङगा र माग्नेहरुको कथाको पात्रमा पुग्छ । महिना बित्यो, बर्ष बित्यो, अबत केहि होला र यो बिदेशि मटोलाई लात मार्दै गुन्टो कसौला भन्दा भन्दै आखै अगाडि परिस्थिति झन बिकराल हुदै उभिएको छ । जति सुकै सुख सुबिधा र सन्तोषको भाग पोल्टामा परेपनि यो मनले कहिल्यै बिदेशि माटो संग मित लगाउन नसक्ने रहेछ, अझै आखाँभरि छचल्किएका आफ्नै सहयात्री र समकक्षिहरुको पिडा र बेदनाका घाउहरुले औपचारिक मलम नपाउदा मन तितो भएर आउछ । त्सैले अक्षरिय हिसाबले भन्नु पर्दा यस्लाई धरापको जिन्दगी नै भन्न मन लाग्यो मलाई ।
आखिर पैसा सबै थोक होइन । धनले भौतिक बस्तु जोडन सकिएपनि प्राकृतिक र मानबिय बस्तु किन्न सकिदैन भन्ने भावनालाई पनि धारापमा पार्न लागिसक्यो यो युग संगै दौडिएको मानवले । बाँच्नको लागि संघर्स झेल्दै क्षितिजमा गर्धन राखेर रेटिनु पर्ने आखिर किन ? त्यहि मनिस मानिस बिचको बिभेद, धनि गरिबका बिचमा तेर्सिएको बिशाल पर्खाल र गरिबि लाई अछुत र रोग ठान्ने दूराचारि सोचलाई अलिकति भएपनि कम गर्नको लागि त हो । हुन त रित्तिएर भावना बाँडनुको अर्थ नै के हुन्छ र ? उन्नत समाजमा यि कुराहरुको मात्रा निकै कम छ ।आकाङक्षाको फेदिबाट कल्पनाको उचाई नापेर बिजय हासिल गर्न खोज्ने म जस्ता लाखौ पौरखि नङग्राहरुको सफलताले कति हद सम्म पूर्णता पाउला ?
थाहा त भएकै कुरा हो जन्मनु ,उमेरदार हुनु, बुढ्यौली पर्खर्नु र मर्नु नियमित प्रकिया हो अनि जिवन भनेको लहराउनु मौलाउनु संघर्शमा कहराउनु र बिरक्तिमा बहलाउनु पनि कुनै नौलो कुरा होइन । बुझेकै भरमा ब्यतित गर्नुपर्ने यो मरुभूमिको बालुवामा भुत्ते भएर मठारिएको मनमा अनयासै छोइदिने सम्झनका झिल्काले त मुटु भराउछ भने पलपलमा उठने सम्झना र कल्पनाका भरमा आफ्ना बेदनाका तमाम अनुभूतिहरुको लेखाजोखा गर्ने सामर्थ्य नै कहाँ मिल्छ र ? फगत पराई माया र मातृभुमिलाई अघाउन्जेल सम्झेर रोदन र बनावटि खुसिलाई मुहारमा अवतरण गर्नु सिवाए बिकल्प छैन । यो कहालि लाग्दो क्षितिजको बजनदार ढुंगामूनि चेप्टिएको कहालिलाग्दो बर्तमानलाई के थाहा स्मृतिको उज्यालो दिनले एक्कासी बिस्मृतिको अधेरो कालरात्रीलाई ननिम्त्याउला भनेर?तर किन ब्यर्थै चिन्तित हुन छ र । बाँचुन्जेल असाहय बनेर छटपटिदा फर्केर नहेर्ने मानवले मरिसकेपछि गोहिको आशु झार्न् पछि नपर्ने संग के गुनासो गर्नु ।
खडेरि ग्रस्त बाँझो खेतमा बिस्वासको पर्खाल उठाएर प्रेमको उपासना संगै आलस्य र शुन्यताका कडिहरुलाई स्फुर्ति र गुन्जायमन बनाउने सोच आखिर भ्रम नै रहेछ । बोँझिला र उराठिला दिनहरुमा बसन्तले मुस्काउन नपाउनु ,नियास्रा र पट्टाइला रातहरुमा सुन्दर सपनाले बास नपाउनु र छटपटिको पिडा र यातनको सिरानिमा आशाको किरणले प्रहार नहुनु नै नैराष्यताको प्रमुख जड हुने रहेछ मातृभुमिरहित जिवन । साच्चिकै धराप जस्तो ।यस्तै घेलिएका शब्द खेलाउदै जादा अधूरो गजल पनि फुर्न गएछ ।
बन्द शिशिमा मादकताको शराबमा जिन्दगी
लाचार मौनताको प्रताडित जवाफमा जिन्दगी
अर्थहिन र गुमनाम परिबेशको दूलो भित्र
चारो फ्याक्नेहरुको हुकूमे रवाफमा जिन्दगी
बिरक्तिएको टुहूरे मनमा सधै आमा -आमा
पुकार्दै कराएपनि धर्तिको सरापमा जिन्दगी
परिबन्धको खोल भित्र गुम्सिएका रहर खोज्दै
अनन्तको क्षितिज भित्र धरापमा जिन्दगी
समयको चक्र घूमेको घुम्यै छ अनवरत रुपमा । मनका बिरोधभाषहरुले गालेका गाल्यै छन । कोपिलाबाट फूल हुदै मानिसमा मौलाउने र लछारिने क्रम जारि छ । चर्किएका हाँगाहरुमा समातिएका औलाहरु कतिबेला गल्ने हुन था छैन । बिदेशिको रुग्ण हेराइको डकार कहिले मेटिने हो ? खडेरिले खग्रास पारेर चर्केको जमिनमा श्रमशिलताको बिरुवाले फक्रीने दिन कहिले आउने हो ? आदर्शको आवाज उराल्दै हातमा हात मिलाएर धर्ति संग बज्रलेप भएर टाँसिने कहिले ? यि सबै अनुत्तरित प्रश्नहरुको बिचमा क्षितिजको दोभानमा साँघु टेकेर कहिलेसम्म बाँच्नु धरापै धरापमा ?
10 June 2009
अपराध र कानुनी मृत्युदण्ड- (EXCLUSIVE)
24 May 2009
माया र टाढाको मन (गजल)
चुडि जाने डोरि जस्तो माया बाट्यौ की
अतितको सम्झनाले सपनिमा झस्काउदा
बाचाहरु बिर्सिएर आफैलाई ढाट्यौ की
प्रीत फुल्ने सपनामा छोडि आए कोपिलामै
ओइली जाने फुल सम्झि जरा फाट्यौ की
बन्धन्, बाध्यतालाई बेवास्ताको गाँठो सम्झि
रंगी-चंगी संसार खोजि मयुर नाचयौ की
बिते होलान बर्षहरु आशा संगै पर्खाइमा
तर आँसु पिउदा पिउदै रात काट्यौ की ?
06 May 2009
न बिर्से तिमिलाई....
मातृभुमिको माया र नेपालिपनको गौरवमा शिर ठाडो पारेर बिश्व सामु सगरमाथको ताज पहिरिएर हिडेका हामिहरुको राजनैतिक खिचातानिको कारण सबैकुरा भएर पनि केहि नभए जस्तै भिखारिको चालमा हात फैलाउदै हिडनु परेको छ । गतिछाडा र पथभ्रष्ट राजनितिको लहरोले मौलाउने मौका पाएको देशमा फेरि अब कुन संकटको घडिले बेर्ने हो थाहा छैन । त्सैले यो मनलाई शान्ति दिलाउने क्रममा गीत गजल अनि संगीतका कर्णपृय स्वर र शब्दहरुको भावनासंग उठिबस गर्नु नै उत्तम् होला जस्तो लाग्यो । यसै क्रममा एउटा मिठो गजल फेला पारे यु टियुब बाट । अन्जु पन्तको सुरिलो स्वरमा सजिएको यो गजल सुन्दा लाग्छ मनमा कुनै भोक सुर्ता छैन । दुई मायालुको मिठो अतितको मिलनलाई बर्तमानले आत्मसाथ नगरेपनि मनको सम्झनाको बाँधलाई सपनिमा आंगालेर भएपनि उसैको यादमा भिजाएका आखाँहरुको बिहोसिलाई मार्मिक अनि ज्यादै सरल पारामा लेखिएको यो गजल तपाइहरुलाई पनि बाँडन लागिरहेको छु तर यस्तो मिठो गजलमा देखेको भिडियोले चाहि मनमा अलि खल्लो महशुस भएर आयो । नेपालि गजलमा हिन्दि गीतको भिडियो तैपनि अलि उताउलो पाराको लाग्यो मलाई । या त यु टियुबमा राख्नको लागि त्यसो गरेको हो या के कारणले हो ? थाहा भएन । अनि थाहा भएमा प्रस्तुतिकर्ता र संगितकारको पनि जानकारि दिन नभल्नुहोला । समय छ भने हेर्नुहोस तलको भिडियो अनि भन्नुहोस तपाइहरुको बिचार ।
न बिर्से तिमिलाई न पाए तिमिलाई
बिना अर्थ दिलमा सजाए तिमिलाई
त्यो यात्रा सुनौलो अनि साथ तिम्रो
सम्झेर भेटन बोलाए तिमिलाई
आयौ समिपै जब तिमि निदरिमा
यो हलचल यो धडकन सुनाए तिमिलाई
रमाएर एकैछिन पछि आँशु झ-र्यो
अनि आँशु पुछदै पठाए तिमिलाई
भयो आश रित्तो र यो मन निराश भो
अनि बेहोसिमै कराए तिमिलाई
अनायासै मेरो दुख्यो जिन्दगिमा
परेलि भिजाई बगाए तिमिलाई
25 April 2009
चुनाव र नेता

खोयागाउँ बिशेष गरि दलितहरुको बस्ति भएको ठाउँ। शिक्षा, स्वास्थ्य र बिकासको नामबाट अलि टाढै परेको छ यो गाउँ बाबु-बाजेका पाला देखि नै । प्रत्येक पटकको चुनाबमा नेताहरुले बिकासको आश्वासन दिदै जाने तर गर्न चाहि केहि नगर्ने बुझेर गाउलेहरुले यसपटक जो आएपनि भोट नदिने उल्टै लखेटेर पठाउने सल्लाहमा बसेछन । चुनाव आउन केहि दिन मात्रै बाँकी छ । पहिले जस्तै नेता पुगे खोयागाउँमा । नेता भन्ने बितिकै रिसले आगो हुने गाउँबासिहरु आज अलि बेग्लै मुद्राम देखिए । सुन्दै गए नेताहरुको खोकाई । नेता भन्दै थिए । "गाउले हरु बर्षौ भयो यो खोयागाउँमा अन्धबिस्वास, अशिक्षा र गरिबिले बास गरेको । जस्लाई तपाइहरुले भोट दिएर बिजयि बनाई पठाउनुभयो तिनिहरु आज शहरका ठुला-ठुला महलहरुमा बिन्दास जिवन बिताइ रहेका छन । हेर्नुस म तिनिहरु जस्तो हैन । यदि मलाई तपाइहरुले जिताउनु भयो भने म यो गाउँलाई नमुना गाउँ बनाउने छु । बिजुलि पानि बाटोमात्रै होइन बर्षौ देखि चलि आएको यो जात भात, छुवा छुत र मानिस प्रतिको अपहेलनालाई जरै देखि उखेल्ने छु । म तपाइहरुलाई बचन दिन्छु ।अब तपाइहरुका दिन आए । मेरो प्रमुख लक्ष भनेको तपाइहरु जस्तो उत्पिडन अनि दलित भनेर पछि परेका बर्गको उद्धार गर्नु हो" । आफ्नो गाउँमा आएका नेताको यस्तो कुरा गरेको सुनेर गाउँले हरु छक्क परे । हैन साथिहरु हो यि त असल नेता रहेछन अब चाहि हामि यो खोयागाउँ भनेर हेपिएर बस्न पर्दैन भनेर एक अर्काप्रति कानेखुसि गर्दै रमाउदै परररर तालि पिटदै जोसिन पुगे । नेतामाथि फूलमाला बर्षाउदै बडो सम्मानका साथ भोट दिने वाचासहित बिदाई गरे ।
कार्यक्रम सकियो सबैले नेतालाइ बडो भब्य तरिकाले बिदाइ गरे । नेता गाडिमा बसे । ड्राइभरले गाडि चलाउन शुरु गरे अलि पर के पुगेका थिए एउटि दलित महिलाले पानिको गाग्रो सहित आउदै थिइन। नेताको मुखबाट प्याच्च निस्कियो
"हिडने बेलामा बाटो काटी कमिनिले साइतै नपर्ने भयो "
12 April 2009
शुभकामना
सरर बग्ने पवन संगै
आनन्दको अनुभुति गराउदै
आयौ नयाँ बर्ष तिमि
अशुद्ध आत्मालाई शुद्ध तुल्याउदै
प्यासी आँतलाई तृप्त पार्दै
सत्प्रेरणाको अनुयायी बनेर
ईच्छाशक्ती गति बढाई
अनाबृष्टिमा पुष्पबृस्टि गराउदै
चम्क तिमि नयाँ बर्ष
झुल्के प्रेमका शब्द लिएर
बिष होइन अमृत पिलाई
पाप होइन पुण्य दिलाई
काँडा होइन फूल फुलाई
हरेक युगल जोडि बिच
चन्द्र बनि उदाउ नयाँ बर्ष तिमि।
सुषुप्त रहेका प्रतिभाहरुलाई
अथक सृजनाको प्रेरणा दिदै
हुरि बतासको बेगलाई उछिन्दै
कर्मको दियो अटुट बाल्दै
सबैमाझ माधुर्य मैत्रीभावको
आलौकिक रोशनि फैलाउदै
आउ नयाँ बिहानि लिएर
तिमिलाई मेरो शुभकामना ।
सम्पुर्ण ब्लगर मित्रहरु, पाठक र देश-बिदेशमा रहनुभएका नेपालिहरुमा नयाँ बर्ष २०६६ को मंगलमय शुभकामना सहित सुख सम्बृदिको कामना गर्न चाहन्छु ।
साथीहरुको ब्लगसंसार
-
हाम्रा प्रकाशनहरु .......!!3 hours ago
-
म बुबा भएँ छोरीको!!!7 hours ago
-
चार चोईटा8 hours ago
-
नितान्त आफ्नै गन्थन12 hours ago
-
सहमति.. सहमति… असहमति !!14 hours ago
-
3 in 1 सर्च इन्जिन1 day ago
-
-
मन डडेको देख्छ कसले1 day ago
-
-
खाइसके पछि थालका कुरा1 day ago
-
देशको अवस्था2 days ago
-
ककस समूह र आदिवासी जनजाति महिला2 days ago
-
-
कर्मचारी नहुँदा सेवाग्राही मर्कामा3 days ago
-
फोहरी राजनीति र सफा चुनाव !3 days ago
-
Katrina Kaif3 days ago
-
मुक्तक4 days ago
-
एउटै रेखाका हजारौं बिन्दुहरु4 days ago
-
Sparks5 days ago
-
यात्री...5 days ago
-
आलौकिक दनुवारहरु5 days ago
-
-
-
-
-
यि आँखा हरु .....1 week ago
-
-
नेपाल ठुलो कहाँ छ ?1 week ago
-
ओईलिएको साईनो2 weeks ago
-
कृत्रिम ओखतीले धानेको दिनचैर्या :2 weeks ago
-
यादेँ2 weeks ago
-
मायाको क्यानभासमा2 weeks ago
-
-
-
डरछेरुवाहरू4 weeks ago
-
-
-
सय दियोहरु बलेको साँझ5 weeks ago
-
-
-
कबिता1 month ago
-
-
-
टाकुरा चढ्दा प्रेम प्रस्ताव2 months ago
-
शुभकामना2 months ago
-
HAPPY DASHAIN 20662 months ago
-
तपाईं के भन्नु हुन्छ, झन्डा फेर्ने कि नफेर्ने ?2 months ago
-
-
हरितालिका तिज २०६६ को शुभ-कामना3 months ago
-
Journey with the Stupid Fellow3 months ago
-
हाम्रा माग पुरा गर !3 months ago
-
-
-
-
रेडियो कार्यक्रम "गाईजात्रा"4 months ago
-
साँचो बोल, १ करोड जीत!4 months ago
-
-
सन्देश आमालाई युघ्द्धभुमिबाट5 months ago
-
यथार्थ अनी बिचार6 months ago
-
-
म र मेरो जन्म दिन7 months ago
-
My recent activity7 months ago
-
... दिलमा (गजल)8 months ago
-
गजल : हिजो आफ्नै सोच्ने मन ...9 months ago
-
पुस्तकले देखाएको गोरेटो9 months ago
-
हाइकु9 months ago
-
श्रीसँगको एक पल9 months ago
-
भाउजु11 months ago
-





