15 October 2020

कविता (अपेक्षित प्रेम)

. 15 October 2020
1 प्रतिक्रिया

        म बाको प्रेम सम्झिन्छु
म आमाको प्रेम सम्झिन्छु
म दिदिको प्रेम सम्झिन्छु
अनि तिम्रो प्रेम पनि सम्झिन्छु
र भन्न मन लाग्छ यतिकुरा।

पिठ्युँमा गह्रौ भारी बोकेर
उकालो बाटोमा सास फुल्दा
बदन भिजी भुइँमा  तप्प तप्प
तप्कीएका पसीनाहरुमा गन्ध होइन
सुगन्ध देख्ने प्रेम खोजेको छु।

टारी खेतमा ठूलो कोदालो बजार्दै
साथी सङ्गी त त र मम गर्दै
हली दाइको अनौमा दस औला बनाई
दिदिले  लोटामा ल्याएको
बासि मोहि र पटुकिमा बाधीएको
मकैको स्वाद पछ्याउँदै
मानो छरेर मुरी भित्र्याउन
तिमी र म हिलोमा बुर्कुसी मार्दै
ओठमा मुस्कान छरेर
मेरो डार्लिङ भन्ने प्रेम खोजेको छु।

बातको रोगले शिथिल बन्दै
हात खुट्टाको चलायमान शक्ति क्षिण भइ
घर र आँगनको दुरि माइल देख्ने
बा आमाको अध्यारो मुहारमा
आशाको दीप प्रज्वलन गर्दै
खण्डहर बनेका फुस्रा र चाउरी देहमा
लपेटीएका धोती र लुङ्गिका फुर्काहरुमा
जीवन दर्शनको मार्ग  देख्ने प्रेम खोजेको छु।

त्यसैले

मलाई यस्तो प्रेमको आभास दिलाउ प्रिय।
बाँकी यता >>

07 May 2019

केही गजलहरु

. 07 May 2019
2 प्रतिक्रिया

सोचेन कसैले जनता बारे सत्य यही हो
 राष्ट्र लुटे सम्पती थुपारे सत्य यही हो 

 लोकतन्त्र गणतन्त्र आखिर के का लागि 
आफ्नो सत्ता लिन जनता मारे सत्य यही हो 

पख्नुस ठुलाको सिको गर्न हतार नगर्नुस् 
मै हुँ भन्नेले नै नियम बिगारे सत्य यही हो

 छिमेकको बिरोध गरि देशभक्त बन्नेहरु 
अचेल भाछन उनैका सुसारे सत्य यही हो 

 सोच्थे कोही त भेटिएला सच्चा राष्ट्रबादी 
सबै मिले सम्पदा निखारे सत्य यही हो 

 कुकुरको पुच्छर र दलका नेता उस्तै लाग्छ 
  न सुध्रिए न केही सुधारे सत्य यही हो 
 ------------------------- 
सधैं बिदेश धाई धाई जवानी सकियो
 प्रियाको स्पर्श नपाई जवानी सकियो 

ज्यानलाई ज्यानको आवस्यकता  रहेपनि 
च्याटमै रमाई रमाई जवानी सकियो  

बाबाको यै आग्रहले दिनहुँ झस्काइरहेछ 
केही गर देशमा आई जवानी सकियो 

 परिवार,आफन्त खुसी राख्न परदेश आए 
 कसैको चित्त नबुझाई जवानी सकियो 

देशमा श्रम प्रयोग नगरि मुग्लान बसेर 
राज्यलाई दोष लगाई जवानी सकियो

ए नारी हो कति रुप धनकै पछि दौडिन्छौ 
बुझ कोही त सूर्यलाई जवानी सकियो 
---------------------- 


हरेक चिजको महत्त्व आ-आफ्नै ठाउमा हुन्छ 
सुनकै जुत्ता किनेपनि स्थान पाउमा हुन्छ 

 मूल्यवान छु भन्नेले घमण्ड नदेखाए हुन्थ्यो 
दुई रुपैयाको टीका पनि शिरको सजाउमा हुन्छ 

 शहरका प्रायः  गेटमा सावधान लेखेको देख्छु 
पाहुनाको स्वागत गर्ने ढोका त गाउमा हुन्छ 

 देश नबन्नुको मुख्य कारण यही नै हो 
उच्च पदको व्यक्ती नै भ्रष्टको बचाउमा हुन्छ 

 जति नै शुद्ध भएपनि दुधको मूल्य सय नाघेन 
स्वास्थ्य बिगार्ने सराब चाहिँ उच्च भाउमा हुन्छ। 
-----------------------

 चिप्लो नघस्नु नजीक आई समयले बताउनेछ 
को आफ्नो को हो पराई समयले बताउनेछ 

 जा जा भन्यौं टेको दियौं माथी पुग्नुपर्छ भनी 
ढाल्यौ फेद रुख चढाई समयले बताउनेछ 

 फूल राखी पाती राखी नमो सूर्य भन्यौ पहिले 
ग्रहण लाग्दा छोड्यौ मलाई समयले बताउनेछ

 
 आफ्नै मान्छे सम्झिएर सारा कुरा सुम्पिदिए 
प्यासी रैछौ गयौं अघाई समयले बताउनेछ 

 मलाई जस्तै तिम्लाई पनि उस्ले चोट दियो भने 
कस्तो हुन्छ प्यारको दुखाइ  समयले बताउनेछ 
-------------------------- 

देखेर मान्छेको प्रेम गर्ने तरिका अचम्म लाग्छ 
सयौं रुप भेटाइयो पिरतिका अचम्म लाग्छ 

 आफ्ना रहर छोडी उनकै चाहनामा रमाएपनी 
 अधिक पल बेखुसी हुन्छिन्  प्रेमिका अचम्म लाग्छ 

 कसैले जिब्रो छेड्छन कसैले ट्याटु खोप्छन  
 देखेर रहर अचेल ठिटाठिटीका अचम्म लाग्छ 

 खाडी गैयो कोरिया गैयो जीवन सहज होस् भनी 
बिडम्बना बढे झन् दु:ख जिन्दगीका अचम्म लाग्छ

 हत्या हिंसा बलात्कार रोक्ने उपाय नखोजिकनै 
नेताजीहरु गफ हाक्छन  समृद्धिका अचम्म लाग्छ 

 ----------------=--------- 
कसोरी सुनाउ पीडाको दु:खद कहानी
 बालुवामा पोखेको पानी झैं छ जिन्दगानी 

 को आफ्नो को पराई चिन्न गार्हो भो अचेल 
फसिनु पर्ने प्रेमजालमा जानी नजानी 

 सिधा सौम्य हुनुको  बोध मज्जाले गरियो 
प्रहारै गरे सबले सोझो रुख छानी छानी 

 जस्ले जुनीभर साथ दिन्छु भन्यो उसैबाट 
सारा योजना जलाई बनाइयो खरानी 

 यसरी जीवन उजाड्नु नै थियो भने आज
 हिजो किन चढे "सूर्य "मा जल अर्घ्य सानी

------------------------- 
मान्छे अचेल यति सोखिन छ बुझ्नुहोला 
भोकै बसीबसी कपडा किन्छ बुझ्नुहोला

 हर शास्त्रले यै सन्देश दिन्छ बुझ्नुहोला 
मान गरे मात्र सम्मान पाइन्छ बुझ्नुहोला 

 धन हुँदैमा कोही चाहिन्न नभन्नुपर्ने हजुरले  
 एकदिन फालेको टालो'नि चाहिन्छ बुझ्नुहोला 

 आफ्नो आलोचना सुन्न सिक्नुस न महोदय 
सही आलोचनाले अघि बढिन्छ बुझ्नुहोला  

 यो लोभ मोह क्रोध के का लागि देखाउनु भो
 एकदिन त सबै जरुर मरिन्छ बुझ्नुहोला 

 आफूलाई यति सोझो पनि नबनाउनुस् मित्र 
सिधा रुख नै पहिला काटिन्छ बुझ्नुहोला 

 तपाईंको नजरमा सूर्य कस्तो छ थाह छैन तर 
ऊ आफै जलेर उज्यालो दिन्छ बुझ्नुहोला

 --------------------------

 ज्यानले शिखर भेटाउनेे सोचाई राख्छ 
भाग्यले यी दुबै खुट्टा समाई राख्छ 

 जस्ले जिन्दगानी हरपल दुखाई छोड्यो 
 मनले उसैको आकृती सजाई राख्छ 

 एक्लो बस्दा तीन दिन नभोकाउने छोरो 
आमाको साथमा पल पल भोकाई राख्छ 

 तिमी नजीक हुँदा यस्तो लाग्छ मलाई 
 जस्तो काडाँले फूललाई जोगाई राख्छ 

 मान्छे यती दिग्भ्रमित छ "सूर्य" को लागि 
आफ्नो बश पार्न जल अर्घ्य चढाई राख्छ 

 ------------------------------

 तिम्रो मेरो सम्बन्धलाई खास बनाउनु छ 
सफल प्रेम जोडीको इतिहास बनाउनु छ 

 आवरणले आचरण बुझ्न सक्दै सकिन मैले 
हृदय पगालेर जीवन झकास बनाउनु छ 

 भाग्यले सबै दिलाउछ भन्नु भ्रम मात्र हो 
यो समयलाई  आफ्नै  अधिनको दास बनाउनु छ

 बेहुली हुने रहर केही क्षण बिर्सिदेउ सानी 
सम्बन्ध गास्नु पूर्व ओत्ने बास बनाउनु छ 

 यसैकारण दिनहुँ खुशी देखिन्छ सूर्य 
 हरपल हाँसेर दुश्मन निरास बनाउनु छ 

-----------------------------------

 सँगै हिड्नेहरुले यस्तै गर्छन् काम 
 बगलिमा छुरा छ मुखमा राम राम 

 आफै धामी बन्छ आफै बन्छ बोक्सी 
नेता बन्छ खोसेरै गरिबहरुको माम 

 ल्याउछु भन्दै गाउँमा बिकासको बाढी 
पचाइदियो सेवकले योजनाको दाम 

 खाली हात बसे कहाँ आउँनु पालो 
राखे मिल्छ कुरो पैसा भाको खाम 

सेवा गर्न सके मातापिताहरुको 
त्यै हो धर्मकर्म त्यै हो चार धाम 

---------------------------- 

सफल मार्गमा सयौं किसिमको  व्यवधान हुन्छ
 शिखर ताक्नेको सबचिज झेल्ने अडान हुन्छ

 गोजी रित्तिए मात्रै हो अचेल सम्बन्ध छुट्ने 
टन्न दाम भए शत्रुको समेत तानातान हुन्छ

 तिमी बिना म गणितको शुन्य जस्तै हुँ प्रिय 
 जो एक्लै अर्थहिन र अरुसँग मूल्यवान हुन्छ 

 म बुद्धको देशमा जन्मेको त्यस्तो नागरिक हुँ 
जहाँ भ्रष्टलाई समेत राज्यबाट सम्मान हुन्छ 

 बर्षौ जल्दा त सूर्यलाई गुमनाम बनाइयो 
जाबो यौटा त्यागले तिम्रो कहाँ पहिचान  हुन्छ

 ----------------- 

बोल्नेले भन्दा हिड्नेले शिखर आट्न सक्छ 
आत्म  ढाटनेले अरुलाई पनि ढाट्न सक्छ 

 आफ्नो थुतुनो बिचार गरी चलाउनुस साथी 
जिब्रोले खुन ननिकाली देह काट्न सक्छ 

 बर्षौ सेवक हुँदा केही त छुट देउ प्रिया 
 जस्तो मह काढ्नेले आफ्नो हात चाट्न सक्छ 

 नम्बरी सुन झैँ चोखो हुनुस  सम्बन्ध गाँस्दा
 कमसल भए अमुल्य जीवन फाट्न सक्छ 

 उहीँ सुखी छ खुसी छ अभावै भएपनि 
जस्ले पीडा समेत खुशी सँग साट्न सक्छ

 ----------------------- 

न समाउने हाँगो भेटियो न टेक्ने टेको छ 
बर्षौं देखि जिन्दगानी यसैगरी बितेको छ

 आफै महान छु भन्दै हिड्नेले बुझे हुन्थ्यो 
रित्तो भाडोले नै बढी आवाज निकालेको छ
 
 असफल भए बाटो फेर्नु सत्गुण यथावत राखी 
नयाँ बन्न रुखले जरा होइन पात फेरेको छ

 तिम्रो अभावले अचेल यस्तो बनाइदियो 
आँखामा तिमी र सिरानीमा  तस्वीर रहेको छ 

 जिन्दगीले आँसुको तलाउमा  डुबाएदेखी 
संसार तताउने "सूर्य" आफै चिसिएको छ

 --------------------

 पूर्ण हुनेले जसोतसो आफुलाई सम्हालेको छ 
खोक्रो बस्तुले नै प्राय बढी आवाज निकालेको छ 

 असफल भए मार्ग बदल्नु सिद्धान्त यथावत राखी 
नयाँ बन्न रुखले जरा होइन पात झरालेको छ 

लोकतन्त्रले नेताजीको जिब्रो यस्तो बनाइदियो
 खोले खानेले मासु दिदा समेत दालिरहेको छ 

 जल्नेले अरुलाई पनि जलाउछ भन्नू व्यर्थ हो 
भन्नुस सूर्यले आजसम्म कस्लाई जलाएको छ?


 =============
बाँकी यता >>

08 August 2018

आलिया

. 08 August 2018
1 प्रतिक्रिया

आलिया (लघुकथा)

करिब दश बर्ष अगाडि गौरब कामको सिलसिलामा दुबई  पुगेको थियो।घरको आर्थिक अवस्था कमजोर भएका कारण पढाइमा अभ्यस्त भएर पनि उहिलेको एस एल सी सकेर रोजगारको लागि दुबई आएको थियो।

एउटा मल्टीनेशनल हाइपरमार्केटमा काम ,तलब र बस्ने सुबिधा पनि राम्रै थियो।कोठामा इन्टरनेटको सुबिधा पनि थियो ।अहिले जस्तो जताततै फेसबुकको चर्चा भने त्यतीबेला थिएन यद्यपि फेसबुक पनि चलाउथ्यो ऊ।हाइ ५,फ्रेन्ड्स्टार , स्काइप,याहो,बुढ्डी जस्ता संजालहरु बढी प्रयोग हुन्थे।

थाहै भएको कुरा हो ईन्टरनेटको माध्यमले बिश्वलाइ गोजिमा हालेर हिंड्न सकिने भएको छ अचेल।यस्तै साथीभाई बनाउने गफ गर्ने क्रममा उस्को एउटी आलिया भन्ने नेपाली केटीसँग याहोको नेपाली रुममा भेट भयो।कुरा गर्दै जाँदा उनिहरु असल साथीको रुपले नजिक हुँदै गए।अहिले जस्तो जताततै लोकेशन हेर्न मिल्ने ब्यवस्था पनि नभएको कारण उनिहरु कुन ठाउँबाट भन्ने कुरा नभनी थाहा हुदैन्थ्यो।

आलियाले आफू पनि दुबई भएको बताएपछि गौरबले आफू बसेको ठाँउ बताउन चाहेन।उस्ले आफू अष्ट्रेलियामा रहेको र त्यहीँबाट कुरा गरिरहेको बतायो। उनिहरु दिनहुँ कुरा गर्न लागे।एउटा असल मित्रताको सम्बन्ध गाँसेर  जहाँ जस्तो सुकै परिस्थिति आइपरे पनि आफुहरु एक अर्कामा मन खोलेर सहयोग गर्ने प्रतिज्ञा गरे।

दिन बित्दै गए मित्रता झन झन नजिक हुँदै गयो।एउटा असल मन मिल्ने साथीलाई आफू बसेको वास्तविक देश भनिदिउ र भेटन पनि जाऊ जस्तो नलागेको होइन गौरवलाई तर अझै केही महिना यत्तिकै कुरा गर्छु भनि रहस्य बताएन।उता आलियाले पनि यस्तो मिल्ने साथी भएपछि झुट बोल्नु हुन्न भनी आफू दुबई  नभै इजरायल रहेको र त्यहीबाट बोलेको भनी आफ्नो यथार्थका थप कुरा सुनाइन।एकछिन त रिसायो तर आफू पनि झुट नै बोलेको कारण फेरि कुरा अगाडि बढायो तर आफू दुबई  भएको कुरा बताएन।

यसरी नै एक अर्कामा मित्रताको डोरीले कसिदै उनिहरुको कुराकानी भिडियो सम्म पुग्यो।दिनहुुँ कुरा गर्दै आफ्ना घर देखि बिदेश सम्मका सबै कुरा  गरि दिन बित्न थाल्यो। जस्तो सुकै दुःख आँसु  रोदन र सुख सयलमा जहाँ जसरी रहेपनी अनुकूल अवस्था बनाएर सहयोगी भैरहने वाचा पनि गरे।

मित्रता अति धेरै नै गाढा भएपछि गौरबले पनि सत्य भनिदिन्छु जस्तो मान्यो।यस्तो प्रगाढ मित्रताको कसम खाएपछि ठाँउको कुराले के फरक पार्छ र?पहिले मलाई पनि उनले ढाटेकै हुन भन्ने सोचेर आफू अष्ट्रेलिया नभै दुबईमा कार्यरत भएको जानकारी गरायो।

गौरबको कुरा सुनेपश्चात आलियाको मुख कालो न कालो भयो। झटपट भिडियो च्याट बन्द गरेर आलिया अफ भइन। पछिका दिनहरुमा गौरबले धेरै मेसेज र फोन गर्यो।आलिया क्यै गरि सम्पर्कमा आइनन त्यो दिनदेखी। आफ्नो घनिष्ठ साथी एकाएक टाढीएपछि ऊ खिन्न बन्दै दिन कटाइरहयो।
बाँकी यता >>

22 November 2017

केही मुक्तकहरु

. 22 November 2017
0 प्रतिक्रिया

१.
के होला कलम छोडी तरबार देखाए भने
मेरो आफ्नो भनी तिम्रो घरबार देखाए भने
महलको बाँस छिनमै सडकमा पुग्न सक्नेछ
आतंकको उदगम भन्दै दरबार देखाए भने।
२.
न्यायको प्रतीक भन्दै एउटा टालो बनाइयो
 स्वच्छ र सक्षम भन्दै प्रमुख सालो बनाइयो
 जब कात्रोले खल्ती राख्न पाउने उजुरी दीयो
 अनि रातारात पहिचान मेटाई कालो बनाइयो।
३.
जीन्दगीको हरपल सहारा भन्नेलाई प्रश्न छ
तिम्रो लागि आकाशका तारा भन्नेलाई प्रश्न छ
किन मुटु कलेजा चीरेर प्रेमको बली चढाइन्छ
ब्यर्थै सडकमा प्रेमको नारा भन्नेलाई प्रश्न छ।
४.
आउ प्रीय तिमी आए घरबार बनिदिन्छ
मेरो सानो झुपडी नि दरबार बनिदिन्छ
साथ हाम्रो छुटाएर  कतै टाढा भयौ भने
यो हात आफ्नै लागि तरबार बनिदिन्छ।
५.
रातो सारी चुरा पोते चोली बनाएपछि
तिमिलाई अन्माउने डोली बनाएपछि
फोडिदिन्छु कालो बादल क्षितिजको हेर्दै जाउ
यो बिस्वासको बोलीलाई गोली बनाएपछि ।
६.
सीधा सादा मान्छेलाई बाङ्गो बनाइदिन्छ
कसैलाई पुर्ण र कसैलाई नाङ्गो बनाइदिन्छ
साच्चै प्रेम र धन भन्ने चिज कस्तो रहेछ कुन्नी
बर्षौ आर्जेको इज्जत पनि उदाङ्गो बनाइदिन्छ।
७.
बिकास र अवसरले भरिपुर्ण देश कैले होला मेरो
राहधानी थन्क्याएर बस्ने परिवेश कैले होला मेरो
कुराले त धेरै पटक युरोप अमेरिका बनाए  नेताले
यथार्तमा हामी सम्बृद्ध भन्ने सन्देश कैले होला मेरो
८.
न कागजमा लेख्न सके न मेरो भन्न सके।
फगत उन्को सम्झनामा दिन मात्रै गन्न सके
 छुटी जानेलाई के थाह यो मनको भित्री पिडा
अपेक्षाको शिशिमा आशाको मदीरा टन्न सके
९.
प्रेममा एउटा यस्तो सिमा बनाइयोस
खस्ने आँसु रोदनको बिमा बनाइयोस
यदि प्रेमको कारण ज्यान गैहाल्यो भने
माया  गर्नेको सर्वत्र महिमा बनाइयोस
१०.
उनको बदनको चालमा फस्ने गरेको छु अचेल
सपनिमा दुई मुटुहरु कस्ने गरेको छु अचेल
खै कुन रोगको सिकार बनाइन मलाई कुन्नी
उनी  हिडने बाटो कुरी बस्ने गरेको छु अचेल
११.
पिरमा नि आउछु  चोटमा नि आउछु भन्छे
खुसीको रङ्ग भर्न  ओठमा नि  आउँछु भन्छे
स्वीकार गरु या प्रतिकार दोधार भयो  मन
अटेरी गरे घर या गोठमा  नि आउछु भन्छे।
१२.
तिम्ले झै हर कुरा मैले बुझ्दिन साथी
बुझ्नकै लागि पाषाण पुज्दिन साथी
मेरो आस्थाको प्रतिकमै बिस्वस्त छु म
जति देखाउ स्वार्थ तर म टुटदिन साथी
१३.
बिजय उत्सव तिम्रै भागमा पारिदिउला प्रिय
तिम्रो जितको लागि म सधै हारिदिउला प्रिय
मेरो अपेक्षाको  साधक मात्रै बनेर त देखाउ
हर ईच्छा चाहानालाई स्वीकारी दिउला प्रिय
१४.
यसपालि पनि टीका जमराको साथ भेटीएन
आशिर्वाद स्वरुप माता पिताको हात  भेटीएन
खै कसरी रमाउ यो  मरुभुमिमा एक्लै एक्लै
चाडबाड आए पनि आफन्तको जमात भेटीएन।
१५.
देशभक्ती र राष्ट्रियताको कुरामा हार्न थालेपछि
हाम्रो स्वाभिमान चाकडीबाजमा सार्न थालेपछि
कुन सच्चा नागरिकको मन दुख्दैन ए सरकार
चोटमा चोट दिनेलाई शिरमाथी पार्न थालेपछि ।
१६.
पिर ब्यथा आए पनि आत्तीन नपरोस
सुख शान्ती पाए पनि मात्तीन नपरोस
काल बनेरै कोही अगाडि उभिएपनी
दिव्य मनले सामना गरु  तात्तिन नपरोस
१७.
जब मेरो नजरमा कोहि फूल भैदिन्छ
त्यही दुष्ट भमराहरुको हुल भैदिन्छ
 कसरी उदय होला मेरो जिन्दगिको यहाँ
जहाँ जे गरेपनी समय  प्रतिकुल भैदिन्छ।
 १८.
मनका  सबैकुरा  खुलेर  भन्छीन
दुई मुटु एकैठाउ  हुलेर भन्छीन
आउ सम्हाल यो बैशालु तनलाई
सपनिमा कैलेकाही भुलेर भन्छिन।
१९.
अबिस्वासको रुख फालेरै छोडनेछु
तिरस्कारको जरो ढालेरै छोडनेछु
गमक्क नपर आवरणको खोलमा
सूर्यले चन्द्रमालाई गालेरै छोडनेछु
२०.
त्यो रातको दबाब तिम्रो कि मेरो
प्यालामा सराब तिम्रो कि मेरो
के भन्छ दुनिया बुझेर हेर त
खराब स्वभाब तिम्रो कि मेरो?
२१.
अचेल किन यस्तो नीति बनाउदैछ नेता
देशमै सरणार्थी बन्ने स्थिती बनाउदैछ नेता
धर्तिको लागि ज्यान फाल्नेहरुको वास्ता छैन
बिदेशी जोगीलाई अतिथी बनाउदैछ नेता
२२.
फूल झै ढकमक्क फूलेर जीउन पाए
तिमी मेरै हौ भन्दै  खुलेर जीउन पाए
खुकुरीको धारमा राख्दिन्थे ज्यान मैले
तिमिलाई घरभित्र हुलेर जीउन पाए
२३.
गाजलु आखाको नजर ज्यानमारा
बैशालु ज्यानको अधर ज्यानमारा
आफ्नो बनाउ कि भन्ने रहर त छ
तर जुन र सुनको रहर ज्यानमारा।
२४.
पाउजु अनि छमछम बज्ने चुराले जिस्काउछ
मन्द हाँसोमा आँखाले गर्ने कुराले जिस्काउछ
छ जादु मुस्कानमा कुन उपमा दिउ तिमिलाई
देहमा अवस्थित अंग अंग पुराले जिस्काउछ।
२५.
मनको महलमा म राजा तिम्लाई रानी बनाएर
सन्सार नियाल्ने  दुई आँखाका नानी बनाएर
हाम्रो प्रेमलाइ त्यतिबेला पूर्णता दिनेछु सानि
दुई आत्मा बिना बाँच्नै नसक्ने बानी बनाएर
२६.
राम्रो र असललाई ताली भन्न सक्नु पर्छ
फटाह र स्वार्थीलाई जाली  भन्न सक्नु पर्छ
यदि देशको एकता र उन्नती सोच्ने नै हो भने
यो जात उ जात छोडी नेपाली भन्न सक्नु पर्छ
२७.
मेरो चन्चले पनले उनलाई दिक्क हुन्छ कि हुन्न होला
टाढा हुँदा बाडुलीले हीक्क हिक्क हुन्छ कि हुन्न होला
साच्चै एउटा कुराले मन पोलिरहेको छ प्रेममा परेपछि
कुराले नै दिल चोर्नेको मन ठीक्क हुन्छ कि हुन्न होला?
२८.
सुसासन र नैतिको बिधिको आधार हुनुपर्छ
देशमै दीर्घकालीन पथका पुर्वाधार हुनुपर्छ
देशलाई बिकाशको गतिमा हिडाउने हो भने
क्षमता र योग्यताको कदर निराधार हुनुपर्छ
२९.
बर्षौ देखीको अराजक प्रबृति मास्न जरुरी छ
एकता र भाइचाराको सम्बन्ध गाँस्न जरुरी छ
हाम्रा होइन राम्राको लागि मत हालौ सबैले
बृद्ध, रोगी र असक्षम नेतृत्व नास्न जरुरी  छ।
३०.
यो साल नयाँ उमंगको बर्ष बनेर आवोस।
सबैमा सुख शान्ती र हर्ष बनेर आवोस
कसैले नपरोस अभाव र दुखमा बाच्न अब
समृद्धिको बाटो समाउने उत्कर्श बनेर आवोस
३१.
नयाँ बर्षले धेरै उत्साह र आशा लिएर आवोस
जीवन सार्थक हुने नयाँ परिभाषा लिएर आवोस
देश सुख शान्ति र समृद्धिको बाटोमा हिडिरहोस
लक्ष प्राप्तिको अदभूत अभिलाषा लिएर आवोस।
३२.
थोरै दुख अनि धेरै रहर देखाएकी छिन
सुखले जीउन भन्दै सहर देखाएकी छिन
जीवन राख्नु कि मास्नु तिम्रै हातमा छ भनि
हातमा सिसि भित्रको जहर देखाएकी छन
३३.
म आगो हुँदा  तिमी पानी बनेको भए
म ठेकी हुँदा तिमी मदानी भएको भए
यो सन्सार यति अँध्यारो पकै हुने थेन
मैले आँखा दिदा तिमी नानी बनेको भए
३४.
दोबाटोमा दुई आँखा चार भएको दिन
सडकमै नजरको मारामार भएको दिन
दुनियाँ छक्क पर्दै कानेखुसी गरेको थियो
दुई खेलाडीकै जीत स्वीकार भएको दिन
३५.
बा आमा र गुरुले दिएको ज्ञान् सम्झियौ भने
चरम अभावमा साहुको ध्यान सम्झियौ भने
स्व आत्मदाहको प्रयास कहिल्यै आउने छैन
झुपडीका लालाबाला र बृद्ध ज्यान सम्झियौ भने
३६.
दुई चार पैसा कमाए भन्दैमा उडाउने पनि छन परदेशमा
सुरा सुन्दरीको लागि गाडी गुडाउने पनि छन परदेशमा
भविस्य बनाउन भन्दै जस्ले दुख कस्ट सहेर बसेको छ
अरुलाई साथ दिई उस्कै मुटु चुडाउने पनि छन परदेशमा
३७.
जिन्दगिमा एउटा यस्तो मोड आएको छ
आफ्ना भन्ने सारा सङ्ग बिछोड आएको छ
जसले  मुटुको टुक्रा भन्दै छातिमा टाँसेको थिए
उनिहरुकै साथ छोडनु पर्ने निचोड आएको छ।
३८.
जुन दिन प्रियाले मेरो उपासना थालेकी थियौ
सम्झिन्छु मुर्तीको अघि अटुट दियो बालेकी थियौ
आज सोध्न मन लाग्छ एकपटक अतीतको कुरा
भन त सानू यो ढुङ्गाको मन कसरी गालेकी थियौ?
३९.
कैले आधी त कैले हुरी पठायो जिन्दगिले
भेटै नहुने लामो दुरी पठायो जिन्दगिले
अशक्त देखेरै होला सम्बन्ध रेटन बार बार
अचानो बनाउदै  खुकुरी पठायो जिन्दगिले
४०.
आफ्नै ठानी मनका इच्छा दर्शाएर आउ प्रिय
जिन्दगिका मिठा सपना बर्षाएर आउ प्रिय
फूलै त हुँ खोजिहाल्छन दुनियाँले चुम्नलाई
सक्छौ भने भमरालाई तर्साएर आउ प्रिय
४१.
मनले  प्रेम गर्न न दिन चाहिन्छ न रात चाहिन्छ
न फुलै फुलले सजिएको गुलाब रुपि हात चाहिन्छ
यो त स्वार्थको लागि गरिने अभिनय मात्रै हो साथी
असली प्रेमी हुन त जिन्दगिभरिको साथ चाहिन्छ।
४२.
मलाई रित्याएर उस्लाई हुनी बनाइ दे ईश्वर
दुँनिया हसाएर मलाई रुनि बनाइ दे ईश्वर
किन यादको धारले हरपल रेटछस यो मुटु
सक्छ्स भने यो मन नै बैगुनी बनाइ दे ईश्वर
४३.
 दाम र काम  हुँदा सबैले चाटदा रहेछन
 स्वार्थ बिग्रेको देखे सबै फाटदा रहेछन
जिवनको भोगाइमा यो कुरा प्रस्टै देखियो
 सोझो रुखलाई छानेरै सबैले काटदा रहेछन।
४४.
रुढीबादी भन्दै नयाँ नाता गाँसेर जानेले
आधुनिक बन्दै बर्षौको प्रेम मासेर जानेले
पक्कै ढोग्नेछ  ढुङ्गाको देउता आँसु झारेर
मेरो दु:खमा खुसीको हासो हासेर जानेले
४५.
हिजो अचानक मायाले एउटा चिठी पठायो
अक्षरले यो  मन र  छाति पिटि पिटि पठायो
हेर प्रेमी बन्न यस्तो रुप र शरीर  हुनुपर्छ भन्दै
चिठिमा फोटो राखी यौटी सुन्दर ठीटी पठायो।
४६.
न त मुरी न त मानो भाको छ घर अचेल
मान्छे बिनाको छानो भाको छ घर अचेल
के फुर्ती लगाउनु मेरो गाउँ स्वर्ग हो भनी
बिना माहुरिको रानो भाको छ घर अचेल
४७.
जिन्दगिले धेरै पछि चिनाको हिसाब मागेको छ
बेचिएका यी रगत  पसिनाको हिसाब मागेको  छ
ती मोतिका टुसामा जस्ले बज्रपात गराई छोडयो
उसैले फेरी त्यो हुरि असिनाको हिसाब मागेको छ
४८.
हाई हिल होइन चप्पलको तुना सङ्ग प्यार छ हजुर
साकिरा होइन पहाडकी मुना सङ्ग प्यार छ हजुर
सुनको पिजडामा कहिले खुसी भएको छ र चरि
ती आँगन अनि मझेरिका कुना सङ्ग प्यार छ हजुर।
४९.
कसैले जुन देखाए कसैले तारा देखाए
सपनाको कुराबाटै सन्सार सारा देखाए
बिरोध मात्रै गरेको थे काल्पनिक कुराको
आफू असल बन्दै मैलाई आवारा देखाए
५०.
शिक्षित भन्नेले नै बिसङ्गतीको भारी बोकेर हिडेपछी
जात र बर्गको आधारमा मान्छेलाई जोखेर हिडेपछि सामाजिक बस्तीमा दिनदाहडै जलाइएका छन मान्छे
आफूलाई उच्च भन्दै अन्धविश्वास पोखेर हिडेपछी।
५१.
खुसी खोज्ने हाम्रो यस्तै पहल भएको छ
घामपानी छेक्ने कुटी नै महल भएको छ
बर्षौको मायाजालले यति कुरा सिकाएकै हो
जो बिस्वासमा छ उ प्रेममा सफल भएको छ।
५२.
अचेल भिन्न भिन्न कदम चालेकी छौ रे
सुन्छु नयाँ पेशामा हात हालेकी छौ रे
प्रेमको नाममा सुन्दर रुपको मोल तोक्दै
छीट्टै अमीर  बन्ने  व्यापार थालेकी छौ रे।
५३.
लोकचार यता मन उता भएपछि पीडा भयो
सिरमा राख्ने टोपी जुता भएपछि पीडा भयो
हुने खानेको लालित्यमै बिक्दो रहेछ मान्छे
मनमा खोट मुखमा फूलबुटा भएपछि पीडा भयो
५४.
साचो प्रेम गरेरै मुटुमा नाम अंकित भएको छ
हेर तिम्रा लागि अथाह शक्ति सन्चित भएको छ
किन जात र धर्मको कुराले बार लाउन खोज्छौ
देखाउ कुन जात धर्ममा माया बन्चित भएको छ ।
५५.
कसै कसैले जिन्दगीमा पीरेको सम्झिदा
उस्को लागि आफ्नो छाती चीरेको सम्झिदा
न्याय खोज्दै अदालत  धाउन मन भएको छ
एउटा मन चोरी अर्को मनमा छीरेको सम्झिदा
५६.
सत्ताको  लागि देशमा अनेक धन्दा हुदोरहेछ
स्वच्छ मान्छे दौलतको लागि गन्धा हुदोरहेछ
कति जानेरै राखेछन भुपिले कृतिको नाम उ बेला
साच्चै घुम्ने मेचमा बस्ने मान्छे अन्धा हुदोरहेछ।
५७.
सस्कारको नाममा हुने बिसङ्गती फाल्न जरुरी छ
गरिबी र अन्धबिस्वासको जरो गाल्न जरुरी छ
वर्ण र जातको दम्भ त्यागी एकताको हात फैलाई
मानवीय भावनाको सम्बन्ध पाल्न जरुरी छ।
५८.
दुर दराजका हरेक बस्ती सभ्य बनाउन सके
आ आफ्नो नैतिक दायित्व भब्य बनाउन सके
दासी र बोक्सी बनेर जल्नु पर्ने थिएन नारिले
मानविय धर्मलाई एउटै गन्तव्य बनाउन सके ।
५९.
बर्षौ मन दीएर आज दुर बनाउदैछ मलाई
बिनासित्ती दोष थुपारी क्रूर बनाउदैछ मलाई
शालिन मनको भाषामा खोट देख्नेले बुझोस
प्रेमयुद्ध सुरु गर्न महसुर बनाउदैछ मलाई
६०.
खुसी होइन पिरमा पनि खुलीदिन सक्छु
तिमिले  भुले   मैले पनि भुलिदिन सक्छु
एउटा फूल खस्दैमा बोटै रित्तो हुदैन प्रिय
नयाँ पलाई सयौ बोटमा फुलिदिन सक्छु
६१.
तिम्ले देको नुनलाई सुन बनाइदिउला
मेरो नशा नशा तिम्रै खुन बनाइदिउला
साथ मात्रै देउ प्रिय जिन्दगिको गोरेटोमा
धर्ती भित्रै तारा अनि जुन बनाइदिउला
६२.
तिमिले आफ्नो भनेको ठाउँ अझै देखाउन सक्छु
ढुङ्गामा खोपेको तिम्रो नाउँ अझै देखाउन सक्छु
हेक्का छ जगतको अघि प्रिय भन्दै अङ्गालो हालेको?
नभए त्यो समाज अनि गाउँ अझै देखाउन सक्छु।
६३.
जस्ले  जुनिभर भन्दै क्षणिक साथ दिएर गयो
 मन मुटु सुम्पीए पछी अर्कैलाई हात दिएर गयो
जब बियोगी दुरी सफलताको हतीयार बनेर आयो
लाग्छ उसले  पीडा होइन मलाई पाठ दीएर गयो।
६४.
बैँस चलेर जात नचल्दा पिरमा छु मङ्सीरमा
कर्म चलेर भात नचल्दा पिरमा छु मङ्सीरमा
बर्षौ मुटु साटीयो घरबार बनाउन भन्दै भन्दै
बदन चलेर साथ नचल्दा  पिरमा छु मङ्सिरमा।
६५.
हाम्रो  मिलनको बर्ष यो नै हो ढुक्क भएर बस
जीवनले खोजेको हर्ष यो नै हो ढुक्क भएर बस
क्षितिज फोडदैछ तिम्रो मायाको खातिर अब
प्रेमील हुनुको उत्कर्ष यो नै हो ढुक्क भएर बस।
६६.
तिम्रो जिन्दगीको प्रेमील राग बनेर देखाउछु
ती ब्यथा र दुखमा आधा भाग बनेर देखाउछु
माया गर्नेले समाजको चुनौती झेल्नै पर्छ प्रिय
नडराउ कुनैदिन तिम्रो  सुहाग बनेर देखाउछु।
६७.
जीन्दगीको हरपल सहारा भन्नेलाई प्रश्न छ
तिम्रो लागि आकाशका तारा भन्नेलाई प्रश्न छ
खै मायामा बलि दिनेको इतिहास कहाँ लेख्यौ
ब्यर्थै सडकमा प्रेमको नारा भन्नेलाई प्रश्न छ।
६८.
आउ प्रीय तिमी आए घरबार बनिदिन्छ
मेरो सानो झुपडी नि दरबार बनिदिन्छ
साथ हाम्रो छुटाएर  कतै टाढा भयौ भने
आफ्नो हात आफ्नै लागि तरबार बनिदिन्छ।
६९.
रातो सारी चुरा पोते चोली बनाएपछि
तिमिलाई अन्माउने डोली बनाएपछि
हाम्रो मिलनको दिन पक्कै आउनेछ
यो सत्य  बोलीलाई गोली बनाएपछि ।
७०.
तिम्रो आडम्बरको प्रेम ढलाइदिन सक्छु
अतीतका खोट सबै जलाइदिन सक्छु
जाउ  तिम्रो सुन्दरतामा जगत लडाउ
म त ढुङ्गाको माझ पनि पलाइदिन सक्छु।
बाँकी यता >>

26 August 2017

कविता

. 26 August 2017
0 प्रतिक्रिया

क्रूर समय (कविता )

बाले जीवनभरीको श्रमले
सिर्जना गरेको त्यो
पाखुरीको पौरखलाई
आमाको
सदभावले पूर्ण बनाएको
झुपडीको
अथाह सुन्दर बस्तीमा
आकाशमा कालो बादल सिर्जना गरि
मूर्ख झरी सँगै असिना
चट्याङ झारेर
मेरो बस्ती उजाड पार्न
दिनरात लागिपर्ने
तै क्रूर समय होइनस?

मैले सयौ माइल टाढाबाट
जस्ता पिठ्युँमा बोकि आफ्नो
पारिवारिक जीवन
धर्तीमै बिताउन खोज्दा
बैभवको अथाह मोह सिर्जना गरि
आधुनिक अपरिहार्यताको खाँचो भन्दै
मेरो युवा जोशलाई समुन्द्रपार  धकेलेर
प्रभातको सुनौलो बिहानीमा
पृथ्वीमा कम्प सिर्जना गरि
मेरा बस्तीहरुमा
प्राकृतिक बम बारुदहरु पठाई
मेरो बस्ती उजाड बन्दा
मलाई क्षितिज पारिबाट
टुलुटुलु हेर्न बाध्य पार्दै
विजयको उत्सव मनाउने
यो क्रूर समय तै होइनस?

मेरा हजुरबा आमाको
रगतले कोरेको
हिमाल पहाड तराइको मानचित्रमा
कसैले सिर्जना गरेको
कृतिम रंग हालेर
मेरै सन्ततीको स्वाभिमान किन्दै
मेरै बस्तिहरुमा
अग्ला पर्खाल सिर्जना गरि
मेरा सन्ततीलाई लठेब्रो बनाई
बुद्धि भुटेर
मेरै छातीमा
मुक्का प्रहार गर्दै
शत्रुको हाँसो छताछुल्ल पार्न
उक्साउने तै क्रूर  समय होइनस?

ए कूर समय कान खोलेर सुन

अझै पनि तैले यो खेल जारी राखीस भने
तैले बनाएका हर बाध्यता भत्काउने छु
तेरो आदेशका सारा चिज स्वतन्त्र हुनेछन
तैले नोकर बनाएको ब्रह्माण्ड
आफ्नै गतिमा चल्नेछ।
तैले जन्माएको दिन पनि रात जस्तै
कालो बनाउनेछु
तैले आफुलाई महान भन्दै
मान्छेले बनाएको
भौतिक बस्तुमा
तीन सुइ चलाउदै  घुम्नुको
कुनै अर्थ हुनेछैन।
बाँकी यता >>

06 June 2017

केही मुक्तकहरु

. 06 June 2017
0 प्रतिक्रिया

मनको महलमा म राजा तिम्लाई रानी बनाएर
सन्सार नियाल्ने  दुई आँखाका नानी बनाएर
हाम्रो प्रेमलाइ त्यतिबेला पूर्णता दिनेछु सानि
दुई आत्मा बिना बाँच्नै नसक्ने बानी बनाएर

राम्रो र असललाई ताली भन्न सक्नु पर्छ
फटाह र स्वार्थीलाई जाली  भन्न सक्नु पर्छ
यदि देशको एकता र उन्नती सोच्ने नै हो भने
यो जात उ जात छोडी नेपाली भन्न सक्नु पर्छ

मेरो चन्चले पनले उनलाई दिक्क हुन्छ कि हुन्न होला
टाढा हुँदा बाडुलीले हीक्क हिक्क हुन्छ कि हुन्न होला
साच्चै एउटा कुराले मन पोलिरहेको छ प्रेममा परेपछि
कुराले नै दिल चोर्नेको मन ठीक्क हुन्छ कि हुन्न होला?

बा आमा र गुरुले दिएको ज्ञान् सम्झियौ भने
चरम अभावमा साहुको ध्यान सम्झियौ भने
स्व आत्मदाहको प्रयास कहिल्यै आउने छैन
झुपडीमा कहराएका बृद्ध ज्यान सम्झियौ भने

अभावै अभावको जिन्दगी यो फेरीयोस  भन्दै
झुपडीलाई जस्ता अनि दीवारले घेरीयोस भन्दै
आफ्ना खुसी र रहरलाई परदेशमा जलाए मैले
छोराछोरीको कलमले  कपिमा केरीयोस भन्दै।

यी रगत पसिना देशमै  बगाउन पाउ अबदेखि
आफ्नै दौरा अनि कोट लगाउन पाउ अबदेखि
नहोस लोभ बिदेशी रिति र तडक भडकको
आफुभित्र  नेपाली पन जगाउन पाउ अबदेखि

भोको पेट भर्दै चोखो माया टिकाउने दबाबले
आफ्नै  रगत पसिनामा रमाउने  स्वभावले
लागे धर्ती र क्षितिज सङग सिकायत गर्दै म
आफन्तैले दिएका पीडा र चोटहरुका प्रभावले।

साउदी दुबै हुँदै  कोरीया कतार कहिले सम्म
युवा हामी बिदेशै जान हतार कहिले सम्म
न रोक्छ देशले न रोकिन्छ हाम्रो दासी प्रवृती
मान्छे खोज्दै यी पसिनाको व्यापार कहिले सम्म??

बाँकी यता >>

25 May 2017

केही गजलहरु

. 25 May 2017
0 प्रतिक्रिया


दिलमा एउटा मान्छेको चित्र बनाएको छु
मुटु कलेजो सबै उहि भित्र बनाएको छु

यति निश्छल र सरल छ व्यबहार उनको
 कहिले प्रेमिका त कैले मित्र बनाएको छु

छैन रिस राग कत्ती न छ मोह दौलतको
जिन्दगी हराभरा छ मन पवित्र बनाएको छु

असल मान्छे छान्नुको मजा यस्तो भएको छ
दुनियाँले डाहा गर्ने चरित्र बनाएको छु

घमण्ड नगर साथी धनकै भरमा युद्ध जितिन्छ
प्रेमको लडाइँमा धेरैलाइ  दरिद्र बनाएको छु।
********************************
साच्चै मायाको,तल तल कस्तो अचम्मको
तडपाई दिने हर पल कस्तो अचम्मको

प्रेमको अर्थ  यसरी बुझ्छ साथी  अचेल
बाआमा झुट प्रेमी असल कस्तो अचम्मको

लाख बिन्ती गरे उ फर्केर आउदै आइन
नदेखेर  रुप अनि महल कस्तो अचम्मको

बर्षौ ढोग्यो ढुंगाको देउता मन्दिरमा उस्ले
न छ सुधार न पायो फल कस्तो अचम्मको

पक्कै  खोट छ पानी  चलाउनेको नियतमा
कतै बन्छ आँसु, कतै जल कस्तो अचम्मको
******************************
किन किन सधै रुनी पारिदिन्छ छिमेकीले
सिमानाको ढुङ्गो सधै सारिदिन्छ छिमेकिले

कता चुक्यौ बिरतामा कहाँ झुक्यो बहादुरी
आँखै अघि आफ्नै छोरा मारिदिन्छ छिमेकिले

किनारामा हात दिने भेल पर्दा छुटन सक्छ
नसोच्नु है  आफन्त हो तारिदिन्छ छिमेकिले

होसि हुनु दोबाटोमा यात्रा गर्दा एकैसाथ
मौका छोपी भिरबाटै झारिदिन्छ छिमेकिले

जुटौ अब  देशभक्त बुझ्नुपर्छ यतिकुरा
हामी एकै भयौ भने हारिदिन्छ छिमेकिले
**************************
भन्नुस न हजुर,मेरी उनी कस्ती हुनुपर्छ 
साकिरा हुनुपर्छ, या सीता जस्ती हुनुपर्छ 

अदालतमा हिजो यस्तै कुरामा फैसला सुनीयो
 धक्कै लागोस प्रतिष्ठामा, तर मस्ती हुनुपर्छ 
 
पेटका खातिर दिनहुँ दस नङ्ग्रा खियाउछु म
उ भन्छे  गाउँ छोडी, शहरमा बस्ती हुनुपर्छ 

छिमेकमा सधै यस्तै खासखुस सुनिन्छ अचेल 
भन्छन बिहे पछि हर पाइलामा गस्ती हुनुपर्छ ।
 
  मेरै घरमा  झगडा छ बुहारीको कारण सधै
आमा खोज्ने महङ्गो , बा भन्छन सस्ती हुनुपर्छ।
******************************
आफ्नो घर आफै जलाएर मस्ती गरिदैछ
 खरानीको मूल्य चलाएर मस्ती गरिदैछ
 
 देख्यौ  नयाँ कुराको शुरुवात  कसरी भयो
 जिजुबाको शालिक ढलाएर मस्ती गरिदैछ

ए किसान किन गर्छौ आश अझै अनाजको 
अन्न मासी अफिम फलाएर मस्ती गरिदैछ

सल्काइयो आगो यसरी  आफन्त आफन्तमा 
दाजूभाइको नातै गलाएर मस्ती गरिदैछ
 
 को भन्छ जित छ सत्यको मात्रै जगतमा
 दशकौ ति गरिब दलाएर मस्ती गरिदैछ
 **************************

चलावोस न कोहि यहाँ,छलफल जिन्दगिको
 कसरी बनिन्छ मालिक, असल जिन्दगिको
 
प्रहारै गरोस छुरा म  रेटिन तयार हुनेछु 
बनेको भए बाधा कसैमा हरपल जिन्दगिको

कति लेख्छौ कथा, गजल गीत मात्रै सर्जकहरु
लेख्दै लेख्दैनौ के हुन सक्छ मलजल जिन्दगिको

सरकार हातमा, राहधानी थमाउछ र भन्छ
यी यहि हो तिम्रो  सपनाको महल जिन्दगिको

दैबले हुरी बोलाई आगो उहीँ झोसेर जान्छ
जहाँ पुग्दै पुग्दैन कहिल्यै दमकल जिन्दगिको

जिन्दगानी खरिद गरु या बिक्री दोधारमा छ सूर्य
यहाँ थापिरहेछन जताततै  पसल जिन्दगिको
*******************************

जे जसरी हुन्छ उपहार चाहियो पृयालाई
कैले आइफोन कैले कार चाहियो पृयालाई

म आफ्नै घरमा फूलाएको गुलाब पठाउछु
 आयातीत  फूलको  बजार चाहियो पृयालाई

बा मुना मदनको आदर्श बोक्नुपर्छ भन्नुहुन्छ
डीस्को र क्याबिनको संस्कार चाहियो पृयालई

म बाझो खेतमा अन्न फलाउने कुरा गर्छु
शहरमा सुन चादिको व्यापार चाहियो पृयालाई।

अचेल चिठीमा सधै यस्तै प्रश्न पठाउछिन उनी
के सोच्दैछस  "सूर्य" बिचार चाहियो पृयालाई
***********************************

हेर्नुस उन्को र मेरो चोट उस्तै  उस्तै भएको छ
त ठूलो कि म ठुलो खोट उस्तै उस्तै भएको छ

अरे कुकुर बिरालो पनि त  सङ्गै देखिन्छ अचेल
किन मान्छे मान्छेको अठोट उस्तै उस्तै भएको छ

अदालतको फैसलामा ढुक्क हुनु  कसरी साथी
जहाँ वकिल र चोरको छनोट उस्तै उस्तै भएको छ

आज सम्मको राजनितीले यति कुरा देखाएकै छ
यहाँ बादर र नेतालाई भोट उस्तै उस्तै भएको छ 

अझै कुन अधिकार र समानताको कुरा खोज्छौ नारी 
बजार मुल्य धोति र आस्कोट उस्तै उस्तै भएको छ ।
*******************************
न  याद जल्छ न  तन जलाउछ
छुटेर जानेले सधै  मन जलाउछ

 सुनिन्न बिस्फोटको आवाज कतैपनी
 तर भित्र भित्रै धडकन जलाउछ।
 
जब टेक्छ शिखर कसैको साहरामा 
बर्षौ गुजारेको बचपन जलाउछ

 उ ढुक्क हुन्न  कसैको   जवाफमा
जो आफैले बोलेको बचन जलाउछ

 बिन्दास छ साथी  झुटको कमाइमा
 सोच्दै सोच्दैन आगोले धन जलाउछ
*******************************
 

बाँकी यता >>

09 May 2017

तीन गजल

. 09 May 2017
0 प्रतिक्रिया

आँखा आँखा जुधाएर हेर्नुको मजा छुट्टै
आँखैबाट मन्को  धोको फेर्नुको मजा छुट्टै

मायालुको सम्बोधनमा प्रतित्युतर नपाउदा
बाटो बाटो उन्को नाम केर्नुको मजा छुट्टै

स्याल पनि घोर्ले हुने जवानिको बेहोसिमा
एक्लैपारी दोबाटोमा घेर्नुको मजा छुट्टै

निमेशमै छुटी जान्छन दोबाटोमा मिल्नेहरु
सम्झनाकै अङ्गालोमा बेर्नुको मजा छुट्टै

मानिएन कुनै कुरा बा आमाको आग्रहमा
उन्ले भन्या सबैकुरा टेर्नुको मजा छुट्टै
***************************


अब यति कुराको छिनोफानो हुनु जरुरी छ
आकाश ओढ्नेको पनि छानो हुनु जरुरी छ

सधै कति खेप्नु खुकुरीको मार अचानोले मात्र
अब तल खुकुरी माथी अचानो हुनु जरुरी छ

जो बर्षौ हलि बनि सयौंलाई मुखिया बनायो
उस्को नि घरमा दुई चार  मानो हुनु जरुरी छ

न घर घर जस्तो छ न देश देश जस्तो छ यहाँ
भ्रस्ट नेता सम्हाल्ने यौटा रानो हुनु जरुरी छ

बर्षौ छोराको आशमा आँसु झार्छिन बुढी आमा
अब ती बृद्धको आँखा ओभानो हुनु जरुरी छ

घमण्डकै भरमा आफैले आफू ठूलो नसम्झ साथी
मान पाउन कि नम्र कि आफू सानो हुनु जरुरी छ ।
********************************

हेर्दा देशको राजनीतिक खेल अचम्म लाग्छ
आफ्नै स्वार्थको लागी तालमेल अचम्म लाग्छ

कर्णाली स्कुल जानू पूर्व पौडिन सिकाउछ
भाषणमा जहाज अनि रेल अचम्म लाग्छ।

आमा छोरो पढाउन ज्यान बन्धक राख्छिन
छोरो हर साल भैदिन्छ फेल अचम्म लाग्छ।

दूध बेच्न किसान घर घर घन्टी बजाउछ
भट्टी हेर्यो सधै ठेलामठेल अचम्म लाग्छ।

दुर्जन खादा लगाउदै डुलेको छ गाउँ गाउँ
 निर्दोषलाई  पठाइदिदै जेल अचम्म लाग्छ

दशकौ बित्दा यति कुरा बुझ्नै सकेन सूर्य
जो जल्छ उस्कै मुनि ओझेल अचम्म लाग्छ।

बाँकी यता >>

16 April 2017

गजल

. 16 April 2017
0 प्रतिक्रिया

म तिम्रो नयनको नजरमा हराए
नशालु गुलाबी  अधरमा हराए

यो कस्तो मायामा भुलायौ तिमिले
बर्षौ डुलेको  शहरमा हराए

बनाएर माली यो निश्चल जीवनको
यी खुसी लुटाउने रहरमा हराए

चलायौ सुवास त्यो कामुक बदनको
प्यासी चाहतको लहरमा हराए

पढेर हेर यो अनुहारको भाषा
एकैसाथ जिउने ठहरमा हराए।
बाँकी यता >>

14 August 2016

कविता (सपनाको बिमान )

. 14 August 2016
0 प्रतिक्रिया

 जब झोलाभरी कापी किताबको भारी बोक्थे
 त्यो बेला मेरा कल्पनाका रहरहरु
 बिश्वका प्रख्यात डक्टर, इन्जीनियर
 अन्वेषक , लेखक चित्रकार कवि साहित्यकार
 वा भनौ प्रख्यात शिक्षकको वरिपरि घुम्थे
  म माझ ती सुनेका  अदृश्य ब्यक्तीत्वहरु
  कहिले कसैको आवाजमा कम्पन्न भएर आउथे
  कहिले ती शैशबको भारीले थिचिएका शब्द भएर आउथे
  कहिले दक्षताको अनमोल खानी ठानीने
  उनै महाशयहरुको मुखार बिन्दुबाट निस्केका हुन्थे
 र तिनै दृश्यलाई नियाल्दै मेरा कल्पनाहरु शिखर चढथे।


ती कल्पनाहरुले शिखरको फेदि निर्धारण गर्दै गर्दा
शैशवको पाइलाले यौवनको फेद टेक्दा नटेक्दै
मेरो घरका हर चिजहरुले
मेरा कल्पनालाई गिज्याउदै थिए
आमाको बात र बाबाको दमले
मेरा कल्पनालाई निचोर्दै थिए
मेरा भाइबैनीको अबोध र सुकोमल मस्तिष्कले
उज्ज्वल भविष्यको भिख मागिरहेका थिए।
अनि
दक्ष र योग्यताको पाठ रटाउनेहरु
  भोक र रोगको लाचारतामा
  धम्की र आडम्बरको पाठ घोकाएका हुन्थे


म ती हरेक दृश्यहरुको साक्षी बनीरहेको थिए
गलत र सहीको अर्थ बुझ्ने पनि भएको थिए
 यी सब कुराले निर्धारण गरेका आधार स्तम्भहरु
 जोगाउन खोज्दा खोज्दै
 कल्पनाले शिखरको चुचुरो चुम्दा नचुम्दै
 मेरा सपनाहरुले बाटो मोडेका छन।


फेरि नयाँ सपनाहरुको योजनाले मन तीखो पार्दै
आफ्ना पुराना ईच्छा र कल्पनालाई
भाईबैनीको झोलामा कोच्न लगाउदै
बा आमाको एउटै सपनालाई मुर्त रुप दिन भन्दै
बाको दम र आमाको बात निमिट्यान्न पार्छु भन्दै
एउटा ठूलो अनौठो सपना बोकेर
रगत पसिनाले सिङ्गो सपना सिन्चित गर्ने अठोटले
स्वाभिमान र ईमान्दारीताको झन्डा उत्तोलन गरर्दै
म हावा सङ्गै बहकिएर उडेको छु सपनाको बिमानमा।
बाँकी यता >>

14 May 2016

बोइङ ७४७

. 14 May 2016
0 प्रतिक्रिया

कथा (बोइङ ७४७) म आफ्नो एकाग्रतालाई सामुहिक बनाउन मौन मनले मानिसहरुको भीड नियाल्दै छु तर मेरो स्मरणलाई धान्दा धान्दै पनि मुखबाट फुत्त निस्कीएछ ज्योति । समुहकी अर्की नारीले  मेरो मौनतालाई भंग गर्दै भनीन   उनी ज्योति हैनन जेनि । मेरो दोधारलाई चिरफार गर्दै  मै पट्टी लम्कदै गरेका उनका शब्दले छोयो मेरो कानमा । अब त लाग्यो आखिर परिचय त अझै नयाँ नै रहेछ हाम्रो ।परिचयको लगाम समाएर मैले मनमनै भने।  म सिकारु ।  ‎जवाफमा मुसुक्क मुस्काउदै आफ्नो परिचयलाई अथ्यार्इन उनले।  ‎ म जेनि , मृतसागरको पानी पिएर आको।  ‎  उनको ब्यङगात्मक कुरो मैले पनि बुझिहाले । अनि शुरु भयो हाम्रो बहसको बिस्तारको लगाम । सामान्य कुराकानी,पारिवारिक तालमेल र वैदेशिक रोजगारीको  अवसर र बाध्यता दुबैको मिल्दोजुल्दो नै लाग्यो। कतार एयरवेजको ७४७ को यान संगै मातृभुमी र आफन्तहरुको न्यानो कोखमा रम्ने आशा सहित यात्राले एक चौथाई भाग पुरा गरिसकेको थियो । हवाई यात्राको ट्रान्जीटलाई काखे साथी ल्यापटपमा आखाँ घुमाउदैछु थिए म। त्यसै बेला गेट न. ८ बाट एक हुल नेपालीहरुको आगमन भएजस्तो लाग्यो । गएर बुझे मेरो अनुमान मिलेछ।एक्लीएको म ल्यापटप बन्द गरेर उतैतिर पाइला सारे । समुहकी नारीहरु सङग मेरो पनि नेपालीको नाताले नाता गाँसियो। अनि अलिकति खुसीसाथ एक्लोपनाको निवारण गर्न तिर लागे ।नेपालीहरु मध्ये महिलाहरुको संख्या अधिक । सामान्य जानकारी अनुसार इज्राएल रोजिगारमा गएका केही महिलाहरू स्वदेश फर्कदै रहेछन । संगठित मस्तिष्कले पनि राम्ररी प्रतिनिधित्व  गर्न सकेन  त्यो बेला। आफ्नै परिचयलाई तिब्र बनाउदै समुहकी एउटी महिला लाई देखेर म आश्चर्यमा परेको थिए ।उनिसङ्गैको प्रारम्भिक कुराकानी थियो माथीको। ‎ कुरा फेरि जोडियो सिकारु यो कस्तो नाम? तिमी त जुझारु यानिकि निपुण जस्तो देखिन्छौ फेरि किन सिकारु ?  ब्यङग्यले भरिएका  प्रश्नहरुमा मुहारमा झल्केको ज्योतिलाई नियाल्दै जवाफ ओकले मैले ।  ‎  उसो त तिमि पनी ज्योति हुनुपर्ने कारण तिमी दीप जस्तै बलिरहेकी छौ ।   मैले पनि केहि ब्यङग्य प्रस्तुत गरे । छोडनुस यि कुरा नाम कहिले रहरले कोरिदो रहेछ त कहिले बाध्यताले ।  किन? आफ्नो नाममा पनि कसैको अधिकार हुन्छ र ? नाम परिवर्तन स्वेच्छाको बिम्ब होइनर ? प्रश्नको  उत्तर दिन फेरि मैले अतित खोतल्नतिर लाग्नु भन्दा टार्ने बिचारले हँ मा अ मिलाइदिए। ‎ हुनत म पनि नाम परिवर्तनको शिकार हुँ । भैगो छोडनुस यी कुरा ।यतिका लामो अन्तरालमा निश्ठुरिले एकपटक पनि खोज्ने प्रयास गरेन  । स्वरको भोलुम घटाई भनिरहेको कुरा मैले नसुनेको झैगरि मौन बसे । सायद दुबैको प्रश्न  एउटै थियो  । जीवनको यो लामो बिछोडमा म जस्तै उनी पनि कुनै अतितमा हराइन जस्तो ।परिचयलाई लम्ब्याउदा उनको करिब आधा दसकको अवधि मृत सागरमा तैरिएछ , जस्तो मेरो मरुिभुममा बित्यो । । दोहा अन्तर्राष्ट्रिय  बिमानस्थलबाट काठमाडौंको लागी टर्मिनल ८ हुदै उडान भर्न लागीरहेको  बोइङ ७४७ को बोडीङ  पास लिएर हामी हाम्रो सीट नं एफ २८ र ३० मा बस्न पुग्यौ । सीट फरक परे पनि संगै बस्ने तीब्र ईच्छाका कारण एफ २९ को साथी अन्जान संग अनुरोधको हात फैलाउदै एकै ठाउँमा बस्ने ब्यवस्था मिलायौ। फेरि गफमै भुलियो जेनि कसरी तिमि नाम परिवर्तनको शिकार भयौ ? अघीको सानो आवजलाई मैले ठुलो पारे । कता कता केहि मिलेजस्तो लाग्ने हाम्रो यात्रामय साथको ग्यापलाई खाली नराख्न मैले केही न केही बहाना अवस्य झीक्नु थियो। मेरो व्यग्रतालाई शान्त पार्न  केही मलिन आवाजमा उनले मुख खोलीन । त्यो दिन त्यो शहर र त्यो काललाई मैले कहिले भुल्न सकेको छैन सिकारु जि । फेरि सोधे कस्तो दिन ? कस्तो काल र कस्तो परिस्थितिको कुरा गर्दै छौ तिमी ? सिकारु महाशय ! मेरो अतितलाई यस्ता सिकारुले बुझन सक्दैनन।(हाँसियो दुबै) जेनि जी उसोभए मलाई तपाइका कुराले जुझारु बनाउनु न (दुबैले तिमी र तपाइको प्रयोग गरेका छौ घरी घरी )धेरै ठुलो कुरो भए त्यै प्रेमको  धोका त होला नि ?  या कुनै पारिवारिक वियोगान्त कथा  होला मैले जानेजस्तो गरि घोचे। के थाह आफू सिकारु बाट भिखारी भाको तैपनि कल्पना गर्दै  बोले ।  ब्यङगै ब्यङग्यमा अनुहारमा बादल लगाई बोल्न थाली उ ।  ‎ सिकारु जी कुनै बेला थियो आकाश र म एकै गाउँ ठाउँका,वामे सर्दा  देखी यौवनले काउकुती लगाउने बेला सम्म एउटै परिचय बोकेको हाम्रो मित्रताले प्रेम डोरोलाई पनि कताकता अगाल्न लागिसकेको अनुभूति गराएको थियो । हामीलाई समयले फेरि कसरी भेट गराउला  अब थाह छैन? तर उहाको अनुपस्थितमा कति कष्टकर बनेर बित्यो मेरो यत्रो पलहरु । सायद त्यै दिन थियो हाम्रो आत्मियताको प्रगाढ  सम्बन्धलाई चटक्क छिनाएर नदीबाट दुई किनारा बनाइ हीडेको। शुरुवात त त्यै थियो नि हाम्रो । कुन दिन? मैले बोलिहाले तर अब फेरि बिचमा नबोल्ने बाचा गरे किनकी उनी त्यै अतीतमा हराउदै बोलिरहेकी थिइन ।  स्कुले जीवनको अन्त्यतिर आइपुग्दा हाम्रो मित्रताको लहरोले भर्खर  अंकुराउन लागेको प्रेममय पललाई पनि अङ्गिकार गर्न  लागेको थियो सायद त्यसैले त मित्रताको भावले प्रेमको आत्मीयता पनि खोज्दै थियो । भिन्न बिचारका सहपाठी भएर पनि जीवनको गन्तब्य  एउटै खोज्दै थियौ हामी ।उहाँ आफ्नो कुरामा अढीग हुनुहुन्थ्यो भने म स्वच्छ प्रतिस्पर्धामा अती मरि मेटथे । (हैन यत्रो लामो समय धोका दिएर हराउनेलाई पनि तपाई भनी सम्बोधन गर्दै छ उ, मनमनै सोचे ) उनि भन्दै छीन... शिशु देखी स्कुल छोडने बेला सम्म आइपुग्दा हामी बिच  कहिल्यै  चर्को आक्षेप र दोषारोपण पनि भएन । म उहाँलाई परकिय भन्न पनि कहिले सक्दिन । उँहा परोक्ष म पनि एक्लै भएकी छु ।त्यो समाजले कोरेको लक्ष्मण रेखाको पराकाष्ठा नाघेर समाज संग परास्त भएर म हिडनुले त्यो समाजले मलाई कातर सम्झेको होला तर नारी अस्तित्वको मर्म  नबुझेको त्यो समाज प्रती मेरो कत्ति गुनासो छैन । म त्यो जन्मठाउ छोडेर जहाँ गएपनी मलाई त्यै पर्णकुटी नै प्यारो लाग्थ्यो।  मैले सुन्दै ह मा अ मिलाउदै छु। ऊनी भन्दैछिन।  तर मलाई त्यो परिवेशमा मेरै निर्णयले आँखा चिम्लिन बाध्य बनायो र चिम्लिए पनि ।  ‎जब मैले आबेगलाई सहारा बनाउदै सुखद भविस्यको कल्पना गर्दै यो शहरको रंगमा घुलमिल  हुने प्रयास गरे तर मेरो शहर मैले सोचेजस्तो रहेनछ । म त सोच्थे शहरमा पढेलेखेका, शिक्षित र मानवीय भावना बोकेका मान्छे मात्रै होलान ।अर्काको  दुख-सुखमा साथ देलान।जहाँ म आफ्नो लगनशीलता र स्वाभिमान लाई प्रयोग गरि जीउन सक्नेछु। तर मेरो सोच गलत साबित भयो मेरो लागी आधुनिकतामा बेरिएको त्यो शहर त केबल चुसक, स्वार्थी र लुटाहा प्रवृत्तिको  रहेछ । जहाँ-जहाँ मैले आफ्ना प्रगति पथका  पाइलाहरु बिछ्याउदै हिडथे त्यहाँ मलाई पछाडिबाट  कसैले तानिरहेको हुन्थ्यो। मैले त्यो पर्णकुटी जसरी त्यागे त्यो भन्दा सयौ गुणा मलाई यो शहरसंग जुध्न भयो । म पाइला पाइला मा लुटीएकी हुन्थे ।नारी भक्षक सहितानहरु मेरो अघिपछी घुमिरहेका हुन्थे ।त्यहाँ मैले जति नै आदर्शको  कुरा गरेपनि सुन्ने कोहि हुन्नथ्यो। अनि म त्यै हाम्रो पलपलको साथ सम्झेर रोइरहन्थे तर मैले वाचा गरिसकेको थिए कि जबसम्म मेरो लक्षमा म पुग्दिन तबसम्म घर फर्कने छैन । त्यसपछि  नत मेरो लक्षमा म पुगे नत त्यो रुन्चे अनुहार लिएर गाउ नै पुग्न सके। मलाई समयले त लुटयो लुटयो त्यो शहरले पनि लुटयो। मैले त यस्ता कुरा पर्दामा मात्रै देखेकी थिए जब वास्तविकतामा आफै पर्दा बनेर खुम्चिए अनि मलाई  एउटा उज्यालो शहरको अध्यारो परिवेश  र  पर्दाका गतिविधि उस्तै उस्तै लाग्न थाल्यो।जति शहरका ती पशुगत र निन्दनय ब्यवहारमा मलाइ बिचरण गरियो । त्यति नै उनीहरु आफुलाई उच्च कोटिको दर्जामा राख्थे र शोषकहरु आफुलाई विजयी प्राप्त भएको अनुभव गरि रमाउथे। हुँदा हुँदा मलाई अब त एउटा असल र स्वच्छ मान्छे अगाडी उभिदा पनि त्यही भक्षकको रुपमा नै कल्पना गर्थे। सायद लुटिनुको वास्तविकता  झल्केको होला तर जे भएपनि मेरो उत्पीडनको ज्वाला झन झन बली नै रहयो।म यो पुरुष प्रधान  समाजको लागी चुनौती त दिन चाहन्थे तर एक्लीएकी मलाई कस्ले साथ दिन्थ्यो र ? त्यै शहरले मलाई ज्योति बाट जेनि पनि बनायो ताकि मेरो पहिचानले त्यो दीप जस्तो ज्योतिको अपमान भएको आभास नहोस। नारी स्वतन्त्रतालाई अंकुश लगाउदै चुलो चौकोमा सिमित पार्दै पुरानो युग देखाउने त्यो समाज र बाहिर नारी स्वतन्त्रताको बिगुल फुकेर दिनभर गोष्ठी र सेमिनार देखाउने अनि साझ परेपछि  आँखा चिम्ली खेलौना सम्झेर बाजी मार्न कम्मर कस्ने शहरको दैनिकीमा पनि म अटाउन सकिन । त्यसैले म मेरो एकजना आफन्तको साहारामा वैदेशिक  रोजगारीमा  जाने निधो गरे। बिना अर्थ  घर न घाटको दोसाधमा जीवनलाई उभ्याउनु भन्दा मेहनत गरेर फल लिनु नै राम्रो लाग्यो अनि पुगे म मृत सागरको क्षितिजमा केहि आशा र भरोसा बोकेर।अहिले आफ्नो अवधि पुरा गरि फर्किदै छु । ऊनी भन्दैछिन.... सायद मैले आकाशको वास्तविक  बिचारका अनुरोधलाई राम्ररी नियन्त्रण गर्न नसक्नु र समस्याहरुलाई सिमित समयमै निराकरण गर्न नसक्नु नै यो परिस्थिति निम्त्याउनु हो जस्तो लाग्छ । यदी मैले आकाशको साथ पाएको भए मनको शान्तिमा जीवन पर्यन्त संतुष्टीको मीठो  आभाष पाउथे होला ।मेरो एक्लोपना निवारणको लागी उ मुहान  बन्थ्यो होला ।उसको अनुरोधको पारखी भएको भए मलाई यो निष्प्रेममा प्रेम ,डरमा साहस,आँसुमा मुस्कान,अन्योलमा उपाय र अस्थिरतामा स्थिरता मिल्थ्यो होला । म क्षमा माग्न चाहन्छु त्यो मनको मान्छेसंग न म अब उसको नै हुन सक्छु न उ मेरो नै ।  यतिका बेलासम्म मेरो मुहारले पसिनाको आँसु झार्दै चित्त ब्याकुल बनाएको छ। कतै मेरो मनलाई बर्षौ पहिले चटक्क छोडेर हिड्ने ज्योति यिनै त होइनन? एकातिर  डरले काप्दैछु त अर्कोतिर मनले जप्दैछु म ज्योती मागेर ।  ‎  ‎तर कसरी हुनसक्छ ? अनुहार त हल्का मिलेकै छ।फेरि  शारीरिक  बनावट त उस्तै छैन ? त्यत्रो लामो कपाल बुच्चो भएको छ। बोल्दा मुखमा भएको हाउभाउ आँखामा सरेको छ। गाई चराउन जादा लडेर भाच्चिएको दाँत पनि भरिलो देखिन्छ । मुख्य कुरा त हामी भेट हुँदा बाले देखेर लखेटदा खेरी उनको हातको औलामा किला बिझेर औंलाको थोरै टुप्पो काटनु परेको थियो ।त्यो त अवस्य हुनुपर्छ।  ‎  ‎सोच्छु ,हु न त बिदेशको लवाई खवाइमा परिवर्तन भएको पनि त हुन सक्छ। फेरि एकपटक सुक्ष्म रुपले त्यो मुहार अनि पुरै शरीर नियाल्ने कोशिश गरे तर जाडोको मौसमले शरीर पुरै कपडाले छोपिएको कारण केही देखिन। मेरो मुहारमा परेको कालोपोतोलाई देखेर आफ्नो मुहारमा केहि बनावटी हाँसो साथ उनि थप्छिन ।  ‎ ओ सिकारु महाशय! दुई-चार कुरा प्रेमका नाटकीय संवाद के गरेकी थिए अनि भावनामा बगेर यसरी मुकदर्शक हुनुपर्छ ? ल बस्दै गर्नु म रेस्टरुम गएर आउछु ( उनी ट्वाइलेट जानलाई उठीन हातमा लगाएको पन्जा खोलेर सिटमा राखिन।मैले छिटो-छिटो आँखा घुमाएर हात हेर्ने कोसिस गरे नभन्दै बुढी औंला चोटको कारण औला अझै उस्तै रहेछ उनी उठेर गइन ) म एकातिर खुसीले रु कि झै लाग्यो भने अर्कोतिर मलाई एक्लो पारी हिडने ज्योतिलाई प्लेनको त्यै झ्याल फुटाएर सँगै हावामा हामफालु जस्तो पनि।वा ट्वाइलेटबाट आउनासाथ यात्रीहरुको अगाडी नै च्याप्प समातेर अंगालो हाली झम्टेर रोउ। सबैको अघि चिच्याएर कराउ। सोच्दा सोच्दै उनी आइपुगिन मुसुक्क हासेर बस्दै पन्जा लगाइन। विमान परिचारिकाले ल्याएको पेय पदार्थको घुटको निल्दै मेरो मनको पिडा पनि यसरी पोखिएछ त्यो हावाको बेगमा ।  जेनि जेनि यो सब के हो ? तिमी जेनि हुनै सक्दिनौ तिमी मेरो ज्योति हौ ज्योति अनि म तिम्रो आकास कसरी भुलेको ? अनि सिकारु ? कसरी ? अनायासै मेरा हातहरुले उनलाई सुम्सुम्याउन पुगे । फेरि  धैर्यताका साथ आफुलाई सम्हाल्दै बाक्य प्रस्फुटन  गराउने हिम्मत जुटाउन लागे । ज्योति तिमी जेनि बनेजस्तै म पनि तिम्रो अभावमा दिनानुदिन एक्लो हुदैगए। तिमिले गाउँ छोडेर शहर पसेपछि  म केबल आकाश बनेरै त्यो हराएको ज्योतिलाई नियालीरहे तर कहिँ पाउन सकिन । समय संगै बढेको तिम्रो जवानी र सुन्दरतालाई पराइको जिम्मामा लगाउने तिम्रो पारिवारिक अन्धो निर्णय  तिमिले लत्याउन खोजेकै दिन मेरो खुसीले पनि कहिल्यै रमाउने ठाउँ पाएन ।देशमा आधुनिकताले उच्च जरो गाडेपनी  हाम्रो सामाजिक  संस्कारले आत्मसात गर्न नसकेरै हाम्रो दिन शुरु भयो ।तिम्रो परिवारबाट बिहेको कुरा चल्नु र तिमी त्यस्को प्रतिद्वन्दी भै  हिडेको दिन नै दुई जीवनको नमेटीने दाग बन्यो । ज्योति हुन त मैले हाम्रो बारेमा बैकल्पिक  प्रारुप पनि तयार पारीसकेको  थिए । तिम्रो प्रेमाशक्तिमा लिन भएर पनि   मौखिक  रुपमा मौन बसे म । तर जे भएपनि आफ्नो मायाको सन्सार सम्झेर समाजको बखेडा झेल्दै  भएपनी मायामार्गी भएर धावन गर्न पनि त तम्सीएको थिए नि। जीवनको गोरेटोमा तिम्रो बनिरहन आफ्नो आचरण पनि त  सुधारेकै थिए । तिमी त भनेकी थियौ नि युगल बनाउ भनेर तर त्यो अनैतिकता बोकेको पिलन्धरे समाजको अगाडी पुरुषार्थ  देखाएर भगाई परिबन्धमा पर्न नचाहेकै हो किन ? थाह छ तिमिलाई? किनकि बिना योजना कच्चो धागोलाई समाएर अरुको अधीनमा जकडीएर बस्न त के  कल्पना समेत गर्न मन लागेन मलाई त्यो दिन जस्को कारण तिमी हिडयौ र म एक्लो भए । यस्तै कुरामा दिनहरु बितिरहे र मलाई तिमिले लगाइदिएको आकाशको ताज तिम्रो अभावमा अपूर्ण लाग्यो र प्रेमपिडाको उपासना स्वरूप सिकारु बनेर नयाँ गोरेटोमा हिडने प्रयास  गरे । जो मेरो पहिचान बनेको छ अचेल र यसैमा मेरो संसार पनि अडेको छ। हेर त तिमिले ख्याल ख्याल गर्दै हसिया चलाउदा हातबाट फुत्केर निधारमा लागेको चोट पनि खत बनी बसेको छ तर मैले यसलाई खत नभनी चिनो स्वरुप सम्हाली राखेको छु। मलाई लाग्छ मलाई पनि हाम्रो अतीतको समिक्षक बन्ने अधिकार् त पक्कै छोडेकी छौ भनेरै यति बोल्ने दुस्साहस गरे । ‎  (अब त उनले पनि लामो समयको हाम्रो प्रेम र अभावको समस्यालाई राम्ररी बुझीसकिछन क्यारे आकाश नै भनी सम्बोधन गर्न थालीन )  ‎ आकाश अवस्य छ तिमिलाई यो अधिकार र तिमी निसंदेह आफ्नो हकको सदुपयोग गर्न सक्छौ। मेरो भावुकतालाई भंग गर्दै उनी मुख  खोलीन। अनि बिहे? ज्योति हाम्रो बिछोडपछी मैले पनि केहि गर्न सकिन भनौ एउटा हातले ताली बजेन । घरबाट  बिहेको कुरा एकोहोरो आइरहयो। २-३ बर्ष त तिम्रो आगमन हुन्छ कि भनी बाटो कुरिरहे तर कतैबाट तिम्रो सुइको सम्म नपाएपछि बाध्य भएर  बिहे गरे। क्षमा चाहन्छु ज्योति म तिम्रो हुन सकिन तर एक चिम्टी सिन्दुर तिम्रो शिरमा पार्न नसके पनि तिम्रो  हरेक सुख-दु:खमा हर कोणबाट साथ दिनेछु भन्ने प्रण गर्दछु। मैले सोधे अनि तिमी? म त तिम्लाई नै कुरी बसेको सौता त बनाउछौ नि? ठट्टा नगर न साँचो भन साच्चै हो क्या। म अब तिम्रो घर जाने भैगो नभन ( म झर्किए) ल ल आकाश, बिहे नगरेको भए त म यो चुच्चे नाकमा डोरी लगाएर मेरै बशमा ल्याउथे नि। ‎के गर्नु गरिहालेछौ ।नारी भएर अर्को नारीको खुसीमा भाजो हाल्न भएन नि है ।( हाँसो दुबैको) ‎ हो आकाश मैले आजसम्मको संघर्ष मेहनत र लगनशिलताले राजधानीमा एउटा घर बनाएकी छु तर जीवनसाथीको बारेमा सोच्ने फुर्सदै नै पाएको छैन। तिमिसँग छुटनुको पीडा त छदैथियो त्यसमाथी आफ्नै अनेक समस्या। बाबा आमा पनि बूढो भैसक्नु भयो।बिगत जे जस्तो भएपनी अब त्यो घरमा बाबाआमालाई ल्याएर राखी म फेरि इज्राएलबाट क्यानाडा जाने तरखरमा छु। मेरो जिन्दगीमा आउने मान्छेलाई अवस्य तिमिसङ्ग भेटाउने छु। ए ए बुढी भयौ त अब कस्ले लान्छ? हेर त बुढी छु। छुन मन लागेन यो सुन्दर बदन? भैगो जस्ले लान्छ उसैले मुसारोस।त्यो जवानीको जोशमा त केही उपद्रो गरिन अब ब्यर्थैमा किन नि? उनी मज्जाले हासिन। ए साच्चै तिम्रो दाँत भाचिएको बनेछ है।जिज्ञासा राखे हो नि तिम्ले भाच्देको है? मैले इज्राएल गै मिलाएको  (यतिबेला सम्म हामी दुबैले राम्रो संग आफुहरुलाई सम्हालेका छौ।)  ‎ ज्योति था छ ? तिमिलाई मैले आधुनिक नाम चलेका सामाजिक  संजालका धेरै पेजहरुमा खोज्दै गए तर तिमी कहि कतै भेटीइनौ भेटनु पनि कसरी ? सायद ज्योति बाट जेनि हुनुको अवरोध होला यो । होला तर तिमिलाई पनि त आकाश मानी मैले संसारका सारा बिधुतिय पानाहरुमा खोजीरहे तर आकाश जस्तो उदार मान्छे सिकारु बनी यो धर्तीमा झरेको के थाहा मलाई ? त्यसैले होला भेटन नसकेको मैले पनि । ( मीठो हासो दुबैजनाको ) यति बेलासम्म आकाश माथी उडीरहेको जहाज कान्तिपुरी नगरिको सिमा सम्म आइपुगेको थियो। एयर होस्टेजले ल्याण्ड गर्दा हुनसक्ने सम्भावित खतराबाट बच्नको लागी  सुरक्षानिति बताउदै छन । हामी बिगतलाई हतियार बनाएर वर्तमानमा  मिल्ने साथी भई जीउने वाचा सहित छुट्टीने प्रण गरेका छौ । 
बाँकी यता >>

04 May 2016

केही मुक्तकहरु

. 04 May 2016
0 प्रतिक्रिया

लेखक फेरीन्छन तर कृति फेरीदैन यहाँ
नेतृत्व फेरीन्छ तर प्रवृत्ति फेरीदैन यहाँ
लेख्ने र लेखाउनेको तालमेल मिलेरै होला
कुरा फेरीन्छन तर मनोवृत्ति फेरीदैन यहाँ ।
~~~~~~~~~~~~~~~~~~~~~~
अचेल सपनिमा उनी सधै डराएको देख्छु
कोही फेद काटदै रुखमाथी चढाएको देख्छु
पक्कै केही अनर्थ हुनेछ उनिमाथी नत्र
किन आफ्नै सन्तानबाट आमा डराएको देख्छु
~~~~~~~~~~~~~~~~~~~~~~
कसरी बदलिन्छ जगत सधै आफै गुरु हुन्छौ
बिसङती र कुरुती निम्त्याउदै जहाँ त्यही सुरु हुन्छौ
खै तिम्रो आचरणमा बदलाव कहिले देखायौ
किन  सत्य र निष्ठा बोक्न थुरु थुरु हुन्छौ?
बाँकी यता >>