31 March 2010

कान्छी साली

. 31 March 2010

मस्कार! सम्पूर्ण ब्लग पाटोमा समाहित मित्रहरुलाई । लामो समय पश्चात कलम चलेको छ। समयले मलाइ धेरै पछाडी छोडेर गएछ या म समय संगै दौडिन सकिन। तपाईहरु संगको बिछोडको यो दुई महिना मलाई दुई बर्ष जस्तै लाग्यो। यो अन्तरालमा ब्लगका रमाइला, ज्ञानबोधक र स्तरीय पाठ हरुबाट टाढा रहनु परेकोमा खेद प्रकट गर्दै पु:न सुचारु हुने प्रतिबद्धता सहित हाजिर छु। मलाई माया गर्दै गोरेटोमा सुझाव बर्षाउने महान मित्रहरुले पहिले जस्तै माया गर्नु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु । यो खाली समयमा मैले अनुभव गरेको कुरा जति ब्लग या अरु कुनै पनि विधा बाट टाढीदै गयो त्यति नै दिमाग निस्क्रिय हुने रहेछ। यो शुन्य मष्तिस्कले केहि सिर्जना गर्न नसकेको बेला पुरानो कपिमा थन्किएको तर ब्लगमा नयाँ लाग्ने यो ठट्यौली गजल ठेलेर अपडेट गर्ने बहाना बनाउदै छु । त्सैले लागे शिर्षकको बोलितिर।

धेरै किने क्रिम पाउडर ल्याउनु ल्याए लाली
 जे लाए नि तिम्रो मुहार देख्छु तेस्तै काली

तलबले भ्याउने हैन मासिक बजेट पेश गर्न
पेश्की लिई कति रोज्नु तिम्लाई नयाँ सारी

हिड्नु पर्ने सुटबुटमा बाँध्नुपर्ने टाई पनि
फ्रेन्च कट चाहियो रे उखेलेर बोके दाह्री

भैगो सजाउ तिम्रो सन्सार एक्लै भै अबदेखि
जान्छु फेरी ससुराली आउछे की कान्छी साली


प्रस्तुत गजल अप्रिल फुल मा आधारित भएको जानकारी गराउछु ।




9 प्रतिक्रिया:

Anonymous said...

wow, Nice One, Happy April Fool

Hey U Know
Which is the best day to propose a girl.. April 1
U Know Why??
If she accept its your luck
otherwise just tell April Foooooll.

Basanta said...

रमाईलो!

Dilip Acharya said...

ब्लगमा पूनरगमनको स्वागत गर्छु । अप्रिल फस्टको दिनमा रमाईलो ठट्यौली लिएर आउनु भएको छ फेरि नहराउनुहोला :)

वेदनाथ पुलामी (उमेश ) said...

हो नि निकै ... लामो समय पछी फर्कनु भएको छ ....
अनि कुरा सालीको ल्याउनु भएछ .... गोरी हुनकी काली हुन् आखिर साली साली नै हुन् नि ... हेहेहे ...

Collection from world said...

मीटर र काफियालाइ मजाले अप्रिलफुल्स् लाई नै जिम्मा दिएपनि गजलले कान्छी सालीलाई फकाउन नभुलेको भेटिन्छ गजब छ सिकारुजी धन्यबाद।

Unknown said...

गुन्द्रुक नो पकाइङ्ग, साली नो फकाइङ्ग, त्यसमाथी पनि कान्छी साली ?

डीआर न्यौपाने'सूर्य' said...

ठिकै हो उमेश जी तपाइको लव प्रपोज पनि। स्वीकारे भाग्यमानी प्रतिकार गरे अप्रिल फुल, कमालको आइडिया ।

धन्यबाद ! दिलीप जी प्रयासरत छु नहाराउनको लागि ।

बेद जी,बि. जे. जी यस्तै रहेछ कहिलेकाही दिदि संगै साली लाई पनि व्यंग्य गर्दा रमाइलो लाग्ने ।
अब फकाउने परेपछि कान्छी नै फकाइंग गोकुल जी फेरी भाकै एउटा के गर्ने ? हाहाहा

रमाइलो प्रतिक्रिया को लागि धन्यबाद सबैलाई।

Jotare Dhaiba said...

गजलको परिचयमा मुक्का हाने पनि भावगत हिसाबले रमाइला पङ्क्ति बुन्नुभएछ ।
दुई महिनापछिको अन्तरालसँगै सिर्जनायात्रा र ब्लगको खुराक झ्याङ्गिएर जाओस्, कामना सूर्य जीलाई ।

kamal said...

kalam sadhai chalos

Post a Comment