मनको महलमा म राजा तिम्लाई रानी बनाएर
सन्सार नियाल्ने दुई आँखाका नानी बनाएर
हाम्रो प्रेमलाइ त्यतिबेला पूर्णता दिनेछु सानि
दुई आत्मा बिना बाँच्नै नसक्ने बानी बनाएर
राम्रो र असललाई ताली भन्न सक्नु पर्छ
फटाह र स्वार्थीलाई जाली भन्न सक्नु पर्छ
यदि देशको एकता र उन्नती सोच्ने नै हो भने
यो जात उ जात छोडी नेपाली भन्न सक्नु पर्छ
मेरो चन्चले पनले उनलाई दिक्क हुन्छ कि हुन्न होला
टाढा हुँदा बाडुलीले हीक्क हिक्क हुन्छ कि हुन्न होला
साच्चै एउटा कुराले मन पोलिरहेको छ प्रेममा परेपछि
कुराले नै दिल चोर्नेको मन ठीक्क हुन्छ कि हुन्न होला?
बा आमा र गुरुले दिएको ज्ञान् सम्झियौ भने
चरम अभावमा साहुको ध्यान सम्झियौ भने
स्व आत्मदाहको प्रयास कहिल्यै आउने छैन
झुपडीमा कहराएका बृद्ध ज्यान सम्झियौ भने
अभावै अभावको जिन्दगी यो फेरीयोस भन्दै
झुपडीलाई जस्ता अनि दीवारले घेरीयोस भन्दै
आफ्ना खुसी र रहरलाई परदेशमा जलाए मैले
छोराछोरीको कलमले कपिमा केरीयोस भन्दै।
यी रगत पसिना देशमै बगाउन पाउ अबदेखि
आफ्नै दौरा अनि कोट लगाउन पाउ अबदेखि
नहोस लोभ बिदेशी रिति र तडक भडकको
आफुभित्र नेपाली पन जगाउन पाउ अबदेखि
भोको पेट भर्दै चोखो माया टिकाउने दबाबले
आफ्नै रगत पसिनामा रमाउने स्वभावले
लागे धर्ती र क्षितिज सङग सिकायत गर्दै म
आफन्तैले दिएका पीडा र चोटहरुका प्रभावले।
साउदी दुबै हुँदै कोरीया कतार कहिले सम्म
युवा हामी बिदेशै जान हतार कहिले सम्म
न रोक्छ देशले न रोकिन्छ हाम्रो दासी प्रवृती
मान्छे खोज्दै यी पसिनाको व्यापार कहिले सम्म??
बाँकी यता >>