26 August 2017

कविता

. 26 August 2017
0 प्रतिक्रिया

क्रूर समय (कविता )

बाले जीवनभरीको श्रमले
सिर्जना गरेको त्यो
पाखुरीको पौरखलाई
आमाको
सदभावले पूर्ण बनाएको
झुपडीको
अथाह सुन्दर बस्तीमा
आकाशमा कालो बादल सिर्जना गरि
मूर्ख झरी सँगै असिना
चट्याङ झारेर
मेरो बस्ती उजाड पार्न
दिनरात लागिपर्ने
तै क्रूर समय होइनस?

मैले सयौ माइल टाढाबाट
जस्ता पिठ्युँमा बोकि आफ्नो
पारिवारिक जीवन
धर्तीमै बिताउन खोज्दा
बैभवको अथाह मोह सिर्जना गरि
आधुनिक अपरिहार्यताको खाँचो भन्दै
मेरो युवा जोशलाई समुन्द्रपार  धकेलेर
प्रभातको सुनौलो बिहानीमा
पृथ्वीमा कम्प सिर्जना गरि
मेरा बस्तीहरुमा
प्राकृतिक बम बारुदहरु पठाई
मेरो बस्ती उजाड बन्दा
मलाई क्षितिज पारिबाट
टुलुटुलु हेर्न बाध्य पार्दै
विजयको उत्सव मनाउने
यो क्रूर समय तै होइनस?

मेरा हजुरबा आमाको
रगतले कोरेको
हिमाल पहाड तराइको मानचित्रमा
कसैले सिर्जना गरेको
कृतिम रंग हालेर
मेरै सन्ततीको स्वाभिमान किन्दै
मेरै बस्तिहरुमा
अग्ला पर्खाल सिर्जना गरि
मेरा सन्ततीलाई लठेब्रो बनाई
बुद्धि भुटेर
मेरै छातीमा
मुक्का प्रहार गर्दै
शत्रुको हाँसो छताछुल्ल पार्न
उक्साउने तै क्रूर  समय होइनस?

ए कूर समय कान खोलेर सुन

अझै पनि तैले यो खेल जारी राखीस भने
तैले बनाएका हर बाध्यता भत्काउने छु
तेरो आदेशका सारा चिज स्वतन्त्र हुनेछन
तैले नोकर बनाएको ब्रह्माण्ड
आफ्नै गतिमा चल्नेछ।
तैले जन्माएको दिन पनि रात जस्तै
कालो बनाउनेछु
तैले आफुलाई महान भन्दै
मान्छेले बनाएको
भौतिक बस्तुमा
तीन सुइ चलाउदै  घुम्नुको
कुनै अर्थ हुनेछैन।
बाँकी यता >>