24 February 2009

अतित

. 24 February 2009

छबिलाल न्यौपाने, अर्बेनि७,गुल्मी

अतित फेरि पाउने भए
आफै लाइ भुलि दिने थिए
आसुको मुल्य पाउने भए
सागर सारा भराइ दिने थिए
सपना को महल् सच्चा भै दिए
चन्द्रमा बनि उदाइ दिने थिए

तर

सकिन फेरि अतितलाइ भेट्टाउन
उ त सार्है टाढा पो पुगिसकेछ
दुई थोपा आशु पनि खशाल्न सकिन
आखा को आशु पो रित्तिसकेछ
चन्द्रमा बन्ने रहरमा रातको प्रतिक्षा गरे
तर औसीको रातले पो घेरिसकेछ


यस्तै यस्तै मेरा रहरहरु
अतित मा नै सबै सकिसकेछ
बिर्सन्छु भन्छु अतित का कथाहरु
झन पुरानो अनि आलो पो भै दिएछ
बिर्सनु परयो अबत यि ब्याथा र कथाहरु
जति सम्झियो उति लम्बिदो पो रहेछ
हाल - ksa , riyadh

4 प्रतिक्रिया:

Unknown said...

म तेस्तो कबिता तथा गजल लेख्ने त होइन तर भाइ सुर्यप्रसाद को ब्लोग मा मेरो पनि केहि न केहि सहभागिता त हुनु नै पर्छ भन्ने सोचेर लेखेको छु

यस लाइ सबै ले राम्रो मानिदिनु हुनि छ भन्ने आसामा छु
र लेख् ने अबसर दिएको मा सुर्य भाइ सिकारु लाइ धेरै धेरै धन्याबाद दिन चाहन्छु

छबिलाल न्यौपाने
अर्बेनि ७ गुल्मि
साउदि अरब् बाट

Dilip Acharya said...

कथा र व्यथा जति बिर्सन खोज्यो त्यत्तीनै झनै याद आउँछ । मिठो कविता तर भाषागत त्रुटिहरु सच्चउने ठाउँहरु छन । प्रयास जारि राख्‍नुहोला ।

Off topic Note:
अस्ति राती देखी ब्लगरमा ब्लग चलाउनेहरुको "Followers" हरु स्वात्तै घटेका छन। बास्तबमा गुगलले केहि 'सुधार' गर्ने क्रममा “Public” Followers हरु “Anonymous” मा परिवर्तन भएकाले सो समस्या उत्पन्न भएको हो । यसको निराकरणको लागि सबैले एक चोटी आफ्नो Dashboard मा जानुहोस। त्यसपछि Reading List भन्दा मुनी MANAGE मा थिचि "Manage Blogs I'm Following" मा गई दाँया पट्टीको सबै "Anonymous" लाई "Public" मा परिवर्तन गर्नुहोस । बस । गुगल आफैले यो गर्ने छैन त्यसैले सबैले manually आफैं गर्नु पर्ने छ । अर्थात Followers हरुले नै गर्नु पर्छ (Follow भएको ब्लगरले गरेर हुँदैन) ।

Anonymous said...

छबिलाल दाईको प्रयाश राम्रो छ

Admin said...

राम्रो लाग्यो छबिलाल जी को कविता, आगामी दिनहरुमा पनि अझ मिठा-मिठा कविताहरु ल्याउनुहुनेछ भन्ने आशा छ ।

Post a Comment