03 March 2009

मेरी माया

. 03 March 2009

प्रतिक्षाको लामो घडि छोटिदैछ मेरी माया
चर्किएको मुटु फेरि जोडिदैछ मेरी माया


खोला नाला लेक बेसि गर्दै बित्ने अतित फेरि
नदि बनि दोभानमा भेटिदैछ मेरी माया

झुपडिको सपनाले महल चुम्न नसके पनि
बर्षौ लाको तिम्रो चोलि फेरिदैछ मेरी माया

तिम्रो साथ तिम्रो काख मिठो साग सिस्नु सम्झी
क्षितिजको कालो बादल फोडिदैछ मेरी माया

बियोगको भुत अब मिलन बनि बर्तमानमा
युगान्तकारि प्रेमकथा कोरिदैछ मेरी माया

14 प्रतिक्रिया:

Krishna said...

सीकारूजी गजल मिठो छ ।

Prabesh said...

कस्तो राम्रो गजल !! यो गजल पढ्दा म पनि मेरो मायालुसँगै थिएँ !! हा हा !! बडा रोमान्टिक बनाइदियो तपाईँको गजलले । धेरै धन्यवाद !!

अनि अन्तिम हरफमा युगान्तकारी भन्ने शब्दको अर्को विकल्प खोज्ने हो कि !! अलि पढ्दा अप्ठ्यारो भएजस्तो लाग्यो मलाई । वाचन शैली फरक परेर हो कि तपाईँको र मेरो ?

Unknown said...

प्रतिक्षाको लामो घडि छोटिदैछ मेरी माया
चर्किएको मुटु फेरि जोडिदैछ मेरी माया
सिकारु भाइ गजल राम्रो तथा मुटु छुने खालको छ मलाइ त सारै राम्रो लाग्यो
सब्दहरु पनि राम्रा छन

छबिलाल न्यौपने

Jotare Dhaiba said...

सरस र कोमल लाग्यो सिकारुजीको यो प्रस्तुति । मायालाई गरेको सम्बोधनले धेरैलाई गाउँले मायालुको यादमा एकोहोर्‍याउने खालको छ । ठाउँठाउँमा भने केही शब्दले अड्काउछन् वहाबमा। पढ्दाखेरि पनि ती अल्झोहरू थाहा पाउन सकिन्छ ।

Yumesh Pulami said...

माया को भावना कस्लाई पो मन नपर्ला र ? मज्जको र सुन्दर रहेको छ ।

Basanta said...

साह्रै मिठो गजल! एकदम मन छोयो! सिकारुजीको लेखाइ एकदम छिटो परिष्कृत भईरहेछ। साह्रै खुशी लाग्यो।

प्रवेश भाइ र धाइबाजीले भनेजस्तै कतै-कतै ठेस लाग्छ पढ्दै जाँदा। 'युगान्तकारी' अलि बोझिलो छ र मलाई "झुपडिको सपनाले महल चुम्न नसके पनि"को 'नसके पनि'ले पनि प्रवाहलाई अलिक खल्बल्याएको छ।

डीआर न्यौपाने'सूर्य' said...

प्रबेश जी बाचन शैलीमा पनि हुन सक्छ। बिकल्परुपी शब्द पनि जुटाइदिनुभएको भए अझ आभारी हुने थिए ।
बसन्त जी मैले पनि सोचेको हो "पनि" लाई "नि" मात्रैमा राख्दा बाचन् शैलीमा एकरुपता आउनेकुरा तर अलि अनार्थिक हुन्छ की भनेर नराखेको किनकी यो शब्द सर्वत्ररुपमा अलि कम प्रयोगमा छ त्यसैले । सुझाव र प्रसंसाको लागी धन्यबाद ।

साथै धाइवा जी कृष्ण जी बेदनाथ जी र छबिलाल् दाजी लाई पनि प्रतिकृया तथा सुझावको लागी अन्तरमन देखी धन्यबाद ।

Unknown said...

Lahai ma ta dhilo po bhaechhu ta.
gajala le katai maayapiratiko poka bokeko chha bhane, katai katai tyo abiral laamo pidaadaayak jiban pachhiko sunaulo bihani ko anubhuti korieko chha, malaai dherai nramrao laagyo sikaaru jee,
feri feri pani lekhna nabhulnu hola,

Anonymous said...

यो गजलले मलाई नि मायालुको याद दिलायो...

प्रबिण थापा said...

गजल मिठो छ, हुनत गजल को बारेमा मलाई राम्रो ज्ञान छैन तर गजल भनेपछी म हुरुक्कै हुने मान्छे हो। किन हो कुनी मलाई गजलका शब्दहरु जहिलेपनी यथार्थ लाग्छ जुन जीवन सग सधै लुकामारी खेलिरहेका हुन्छन। यहाँ तपाईंको गजल को भाब मार्मिक छ अनी तपाईंको गजल पढेपछी त आँखाभरी मेरी मायालु झझल्को आयो।

Anonymous said...

Really nice Gazal! Loved it.

डीआर न्यौपाने'सूर्य' said...

बि जे जी धन्यबाद है गजलमा दिनु भएको मिठो प्रतिकृयाको लागि ।
प्रबिण जी, मिलन जी, यस्तै हो अतित नसम्झीने त को होला र? त्यो पनि मायाको कुरामा । धेरै आभारी छु तपाइहरुको पाइलाले मेरो गोरेटोमा टेक्नुभएकोमा साथै दिपेन्द्र जी लाई पनि गजलको निमन्त्रणा मा पाल्नुभएकोमा धन्यबाद ।

wosti nuwakote said...

sikaru jee ke k ho yasto yasto kabita ka bata auchha ho tapai ko jiwan ma ?

Anonymous said...

kati run6u hou pasdeshi ho, aafno mayalu ko pidaboki...............!

Post a Comment