22 December 2010

गजल

. 22 December 2010
4 प्रतिक्रिया

मन भन्छ सधै तिम्रो साथमा रहन्छु
स्पर्श नपाएनि तिम्रो बातमा रहन्छु
         
नसा नसामा बगाउला तिमीलाई सधै
बिना सराब तिमी संग मातमा रहन्छु

प्रभात संगै उदाउन सन्ध्या बोकेर
प्रहर रोकी तिम्रो चन्द्र रातमा रहन्छु

मुस्काउ तिमी फुल बनि म भमरा हुला
चुमी सारा खुसी त्यो सुबासमा रहन्छु

उषा बोकेर चम्कन सूर्य तिमी संगै छ
बढाउ सामिप्यता म त्यै तापमा रहन्छु ।
बाँकी यता >>

23 November 2010

आफन्त

. 23 November 2010
3 प्रतिक्रिया

श्यामलालले करिब पाँच वर्ष भैसकेछ यो संस्थामा काम गर्न लागेको पनि । घर धान्न देखि लिएर घर ब्यवहार, ईष्टमित्र, नातागोता सबैको भार आफ्नै टाउकोमा लगाउनु परेको छ । ६ जनाको पारिवारमा गाउका पाका पुराना ईज्जतसाथ बसेका मान्छे । अत्यधिक आधुनिकताले गाँजेको बेला भएर होला श्यामलाल पनि ढल्दैछन त्यो समयसँग नचाहरै भएपनि ।

त्यसो त उनी जागिर बाहेक परिवारसंग आफ्नै करेसाबारिमा सागसब्जि पनि उत्पादन गर्छन् । जायदात पनि अलि कमै भएका मान्छे भएपनि गाउघरको जनजिब्रोमा निकै ईमान्दारिता बोकेका मान्छे । "यो नोकरि गर्न लागेको पनि पाँच वर्ष भैसकेछ । बढुवाको आस गर्दागर्दै यतिका समय भैसक्यो । हाकिमले मन नपराएको पनि हैन । त्यो मदनलाललाई( संस्थामा आफूभन्दा उपल्लो स्तरका कर्मचारी) सरुवा गर्ने कुरा त चलाएकै छन् हाकिम साबले । त्यसपछि त आफ्नै पालो हो । हुन त यो बहुसङ्ख्यक बेरोजगारिको अखडामा रोजगारि पाएकै छु । जागिरको लागि महिनौ लगाएर मरिमेटेको तिक्तता पनि  भोगेकै हो कति लोभिनु ?" यस्तै यस्तै विगत देखी बर्तमान सम्म सम्झदै राहतको मस्यौदा तयार पार्छन् श्यामलाल ।

नभन्दै आखिर त्यो दिन पनि आयो ।मदनलाललाई बढुवा गरेर पठाइदिए हाकिमले । श्यामलाललाई उपल्लो तहमा स्वागत गर्दै आफ्नो (पहिलेको श्यामलालको पद) पदपुर्तिका लागि उनैलाई एउटा ईमान्दार र स्वाभिमानि व्यक्ति खोज्ने जिम्मा पनि सुम्पिए हाकिमले । यसले धेरै समय पछि श्यामलाललाई राहत मिलेको अनुभूति भयो । परिवार सँग खुसी मनाए। गाउघर समाज टोलतिर उनैको चर्चा भयो। फेरि अर्कोतिर आफ्नो ईमान्दारिताको फलले गर्दा एउटा नयाँ मान्छे खोज्ने अवसर पनि मिलेकोमा दङ्ग छन् उनी। यसो समाजको यताउता आँखा घुमाए। फेरि सोचे हाकिम साब अलि प्रखर किसिमका मान्छे । जस्तोसुकैलाई त जागिर लगाउनु पनि भएन । उनको मनमा झट्ट एउटा नाम याद आयो। त्यो भाइको छोरा नारने( अलि उरन्ठेउलो हुनाले नारनलाई नारने भन्छन उनि) काम नपाएर घुमिराछ । एक पटक त खुवाको पनि हो जागिर मातेर हिडयो तर जे भएपनि आफ्नैलाई लगाउन पाए बिग्रेको पारिवारिक सम्बन्ध पनि सप्रने अनि उसको पुनर्रउत्थान पनि हुने । यदि हाकिम साबले कुरा खानु भयो भने राम्रै हुनेछ भन्ठानेर नारनेलाई नै जागिरमा फोर्स गर्ने बाचा सहित निदाउने कोसिस गरे त्यो रात ।

करिब आधा दशक काम गरेका पाका पुराना मान्छेको कुरालाई काटने कोसिस गरेनन हाकिम साबले पनि । यदि तिमिले ठीक छ र काममा पनि ईमान्दरिता देखाउछ भन्छौँ भने भोलिदेखी नै काममा बोलाउँ । धेरै दिन भैसक्यो काम थुप्रिएको छ तिमीलाई थाहै छ । हाकिमको कुरा सुनेर खुसी हुदै श्यामलालले नारनेलाई अर्को दिन देखि नै काममा बोलाए । बाबु छोरा संगसंगै अफिस जाने आउने गर्न थाले  । केहि दिनमै दुई घरको पारिवारिक सम्बन्ध पनि सुधारिदै गयो । वरपर छरछिमेकले पनि गुनगानका नयाँ कुराहरु गाउन थाले। श्यामलालाई यस्तो खुसी जीवनमा पहिलो पटक मिलेको छ ।

(करिब तिन महिना पछी)

श्यामलाल विचारमा पर्दैछन आजभोलि । खै के भाको होला ? काम पनि गरेकै छु राम्रै सँग हिजो हाकिमले मलाई किन यति सारो गालि गरेको होला? गल्ति पनि त भए जस्तो लाग्दैन । के त्यो नारनेले पो बिरायो  कि ? केहि समय भयो हाकिम र नारने निकै नजिक भाका छन् तर के भयो र आफ्नै केटो त हो मिलोस् न मलाई त राम्रै त हुने हो नि । सोच्दासोच्दै भुसुक्कै निदाएछन ।

समय बित्दै गयो । जति पछि भयो उति हाकिमको आँखामा गिर्दै गएको आभास भएको छ श्यामलाललाई आजभोलि । केहि दिनपछी नयाँ पोस्टमा काम गर्न असक्षम भन्दै बढेको पद घटाई पहिलेकै पदमा काम गर्न आग्रह गर्दे नारनेलाई उपल्लो तहमा काम लगाए हाकिमले । फेरि दोधारमा परे श्यामलाल । हुन त काम अलि कडा नै भएपनि चलाएकै थिए बरु त्यो नारनेले त कुरा बिगार.............. धत् म पनि कस्तो सोचेको ? निसन्देह काम लगाएको हुँ । गलत सोच्नु राम्रो होइन । मन सम्हाल्दै पु:न पुरानै काम सुरु गरे । यो बेला सम्म नारने र हाकिमको निकै जमेको छ । आफ्नो मान्छेको प्रगति देखेर दङ्ग छन् उनि । जे होस मेरो नारने ले हाकिमको मन जितेको छ मेरो पनि केही हुन्छ छिट्टै फेरि ।

नारनेलाई जागिर लागाएको केही महिनापछि हाकिमले श्यामलाल लाई आफ्नो अफिसमा बोलाए । नारन सरको अनुसार तपाईको असक्षमता र अस्वभाविक कृयाकलापले गर्दा यो संस्थामा काम गर्न अयोग्य ठहरिनुको कारण आजसम्मको हिसाबकिताब चुक्ता गरिदै जागिर निकाला गरिएको जानकारी गराउन चाहन्छु। तपाइका नयाँ दिनहरु शुभ रहुन ।

हाकिमको यो कुरा सुनेर आफ्नै नारनेको  अनुहार तिर पुर्लुक्क हेर्दै पर्पुरो समाउदै आफ्नो
ईमान्दारितामा आफ्नो आफन्तले दिएको फल सम्झेर पाएको केही रकम बगलिमा हाल्दै घरतिर पाइला सार्छन श्यामलाल ।

बाँकी यता >>

01 November 2010

दिदी

. 01 November 2010
3 प्रतिक्रिया

निरास छु क्षितिजपारि टिका थाप्न आइन दिदी
सयपत्री मखमली गलामा राख्न पाइन दिदी


खुम्चिएर विवशतामा सम्झेँ अतित फेरी आज
सप्तरंगी टिका लिई तिम्लाई भेटन धाइन दिदी


उजाड यो बस्तीबाट नियाल्दै छु तिम्रो तस्विर
पोरको झैँ देउसी भैलो कसै सँग गाइन दिदी


विश्वासमा बचिराछु अर्को साल आउछु की त
तिम्रो आस्था बाचेकै छ जुवा तासमा लाइन दिदी


उमङ्ग र हासो संगै बितोस तिम्रो दीपावली
झुटो भयो बाचा मेरो तिम्रो मनमा छाइन दिदी



यो सरल गजल संगै नजिकै आइरहेको शुभ दीपावलीको उपलक्ष्यमा सम्पूर्ण ब्लगर मित्रहरु लगायत सबै नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । शुभ दीपावली !!!!!
बाँकी यता >>

14 October 2010

दसैं

. 14 October 2010
4 प्रतिक्रिया

बार्षिक प्रतिक्षाको घडीलाई समाप्त पार्दै आइरहेको बडा दसैंले यसपाली पनि सबैको आँगन कुल्चिसकेको छ। दसैंको रौनक शहर देखि गाउँ गाउँ हुदै बेदेश सम्म पनि उत्तिकै रूपमा फैलिरहेको छ। एक आपसमा शुभकामना आदान प्रदान गर्दै ज्येष्ठ नागरिक बाट टिका ग्रहण गरी आसिर्बाद लिई दुर्गा भगवतीको प्राथना गर्न विदेशमा बस्ने नेपालीहरूको निकै पहिले देखि बनेका योजनाहरुलाई सजीव बनाउन जन्म ठाउँ भित्रिने क्रम जानी नै छ । लामो समय सम्म भेटघाट हुन नसकेका आफंतहरुलई दसैंले भेटाउने काम पनि गर्ने हुदा होला दसैं लाई छुटेका पारवारिक नाता र भेटघाट हुने जमर्को को चाड पनि भन्न सुहाएको।

आफ्नो भने यो दसैं अनि निरर्थक नै भयो। धेरै वर्ष पछि यो दसै लाई आफ्नो ठाउमा खुसियाली साथ मनाउन पाइएन। विवशतामा खुम्चिएर मातृभूमि छोडेर तलबको आकारले जीवन निर्धारण गरोस् भन्ने मानसिकता बोकेर विदेश भासिनेहरु प्राय को कथा मेरो जस्तै छ होला। कुनै पनि सुखद घडीमा रम्न र रमाउन समयको आवश्यकता पर्छ भने झैँ सस्कृति र परम्परालाई आत्मसात् गर्न देशभित्र नै हुनुपर्ने रहेछ। दसैं भनेर बन्द कोठामा केही साथीहरुको बीच नाचगान गरे झैँ गरेपनि वास्तविक खुसी र उमंगहरू बटुल्न जन्मथलोमा जस्तो स्वच्छ र शीतल नहुदो रहेछ। तैपनि मन बहलाउने काम भने झैँ एक आपशमा समझदारी बोकेर जँहा छौ त्यहिँबाट मन हर्षित पार्नुको विकल्प देखिन मैले पनि ।
दसैं कसैको लागि दशा नबनोस्। दिनभरी काम गरेर खाने ज्यामी र महलमा बसेर खानेहरु सबैलाई उत्तिकै खुसी हासो मिलोस् । धनि गरिब बीचको विभेद यो परम्परागत चाडमा लागू नहोस। झुपडी देखि महल सम्म बस्ने सबैले दसैलाई खुसी र धुमधामका साथ ग्रहण गर्न सकून् । दुर्गा भवानीले सबैको मनोकामना पुरा गरून् ।

ब्लग मित्रहरु लगायत सम्पूर्ण नेपालीहरुमा बडा दसैंको हार्दिक मंगलमय शुभकामना ! दुर्गा भवानीको रक्षार्थमा मान्यजनको आसिर्बादमा परेको टिका जमराले सबैको मनोकामना पुरा गर्दै जीवन खुसीको बाटोतिर लम्कियोस।

जय दुर्गा माता !!
बाँकी यता >>

25 August 2010

सिकारुको दोस्रो बर्ष

. 25 August 2010
12 प्रतिक्रिया

अस्ति भर्खर जस्तो लाग्छ  ब्लगको झन्डा उत्तोलन गर्दै आरम्भको दियो बालेको तर   समयले २ बर्ष पुरा गरि तेस्रो बर्षमा पुरयाइसकेछ  । शुरुका दिनहरुमा ब्लगले निरन्तरता नपाउला कि ? या कसरी र कुन रुपबाट ब्लग लेख्न सुरु गर्ने भन्ने चिन्ताले नसताएको पनि होइन तर मित्रहरुको न्यानो माया, सुझाव र यहाँहरुकै  उत्प्रेरणाले गर्दा यो अवधि पार गर्ने अवसर मिल्यो मलाई । शुरुवाति पाइला जसरी अगाडि बढयो त्सको दाँजोमा समय र परिस्थितिको कारण पछिल्ला दिनहरुले निरन्तरता पाउन त सकेनन तर पनि  ढिलै भएपनि अपडेट गर्ने जमर्को गरि नै रहे । मलाई अहेले पनि त्यो दिन सम्झदा हाँसो उठेर आउछ। ब्लगको सुरुवातमा केहि लेख्न नसकेर नेपाल प्लस मा प्रकाशित भएको तिजको नाँचगाँनको फोटो चोरेर( बिना जानकारी) आफ्नो पहिलो पोस्टमा टाँसी नाक फुलाको। पछि धेरैको ब्लगमा चाहारे पछि मात्रै थाहा भयो ब्लग भनेको मैालिकतालाई समय खर्चेर सिर्जनाको छँहारिमा रमाउने  भावहरुको  भकारी रहेछ भनेर । अनि शुरु गरे जानि नजानि कलम समाउदै ब्गका भित्ता रंगाउन ।
                            मेरो ब्लगलाई आफ्नोमा समावेस गर्दै उत्साहको नयाँगमन सहित पहिलो  प्रतिक्रिया जनाउने  आफ्नै कुराका बेदनाथ पुलामिको(उमेस) को  शब्दले अझै आकर्षण गर्यो र शुरु गरे मौलिकतामा ब्यक्तिगत बिषय बस्तुको उठान गर्दै ब्लगमा रमाउन । गोरेटोमा हिडेपछि ब्लगर मित्रहरुको उच्च हौसला , सुझाव र मिठा प्रतिक्रियाले यहाँसम्म आइपुगे  तर   कर्मयोग भनु या बाध्यता कहिलेकाही लेख्ने अभीप्सा हुदा हुदै पनि ब्लगमा अर्धबिराम लगाउनु पर्दा नमिठो लाग्छ । आफ्ना अग्रज मित्रहरुको सहयोग र हौसलाबाट मलाई आफ्नो सिर्जनात्मक शक्तिलाई सशक्तिकृत  गर्न सहयोग मिलेको वास्तविकतालाई म कहिल्यै नकार्न सक्दिन । ब्लग शुरु गर्न उर्जा थप्ने चौतारिका संगमको हौसला , प्राविधिक सहयोगमा ब्लग ब्यानर बनाउदै सधै मनोबल बढाउने भोजपुरे ब्लगका चन्द्र बान्तवा राई र बि जे दुम्माली जी लाई चाहेर पनि बिर्सन सक्दिन म । साथै थालनि देखि अहिले सम्म पनि हरेक परिस्थितिमा ब्लग दुनियामा नयाँ-नयाँ खोजमा ब्लग अवधरणा प्रस्तुत गर्दै पारस्पारिक सहयोग बाँडदै ब्ल. गुरुमा सुपरिचित नाम दिलीप आचार्य दाजु जी को चौतर्फी सहयोगको जति प्रसंसा गरे पनि कमै  भएको ठन्छु म । अनि ब्लग जगतको आत्मबल बढाउदै बिश्वभरिका नेपाली ब्लगरहरुलाई एउटै सूत्रमा बाँध्न हरदम प्रयासरत दौतरीको सामुहिक प्रयासलाई पनि सलाम नठोके मनले मान्दैन । मेरो परिचयलाई  फिजाउदै ब्लग भित्र ब्लगमा  सिकारु भनि आमन्त्रित गरेर मिठो बहस प्रस्तुत गर्ने दौतरी प्रति यो दिनमा फेरि पनि  बिशेष आभार ।

तरंगको यो अवधिमा ब्लगकै माध्यामबाट मलाई सधै नैतिक बल,अनुभव र आधुनिक परिपाटिमा जम्न सिकाउदै यथेष्ट मनोबल बढाउने अब्बल दर्जाका माननिय ब्लगर ज्यू हरु  शब्दका  जोतारे धाइबा, आँगनका    बसन्त गौतम,साहित्य घरका दीपक जडित,आकार पोस्टका अनिल घिमिरे, कुटिकि कैलाश राई,गफगाफका प्रवेस, अषेश पौडेल , कृष्णपक्षका  कृष्ण थापा , चेतनाका दूर्जेय , खुल्लामञ्चका गोकुल ढकाल ,फोटो ब्लगकी सुजन आचार्य,नेपाली  मनका शिब प्रकास ,सिलिचुङका बिमल गौतम ,सपनाका दिपेन्द्र कुमार झा ,कम्प्युटर नेपालीका  कृष्ण पोखरेल , यात्राका सुस्केराका राज दिनेश, गुल्मि दर्शनका सन्जु मगर ,आफ्नै बिश्वासकी आशा गुरुङ ,हाम्रो नेपालका हावा , वर्ड फलो का दीप श्रेष्ठ,मनको कुराका मिलन लम्साल , अनलाइन खसखसका राजेश नतांस ,अजबगजबका नबिन,शब्दतरंग ,आफ्नै सपनाका प्रदिप स्रि,बियोगका छँहारिका सार्थक सिम्खडा ,संगमका प्रविण थापा,म अनि मेरा पलहरुका दुम्मालि बि जे, मानुष डायरिकि मनु ठाडा ,अन्त्यहिन शुरुवातका चुडामणी,यँहाहरुकै सहपाठीका किरण राई,बिजय श्रेष्ठ, गुरु केदार बराल ,आँगन  एस के परि,  ,शङ्कर लामिछाने स्मृति घर, रत्न संसार श्रेष्ठ, घामपानीका कहानी, नेपाली भाषाका ब्लगहरू,शखदा साहित्य,भावना यात्रा, नेपालको सम्झना,साहित्यजीवनको निम्ति, मेरो बाटो, आश्मा ,द एरिजोना नेपाल,स्वप्निल संसार, दिपा, कार्बन केमिस्ट्री, साधना शर्माअन्जलि, अर्चना श्रेष्ठ, बर्षा , र ददि सापकोटाको नेपाल प्लस जस्ता हस्तिहरुमा म सधै कृतज्ञता ब्यक्त गर्दछु ।

यसै गरि  ब्लग जगतमा परिचय बनाउदै छिर्नु भएका सम्पूर्ण नव आगन्तुक मित्रहरुलाई पनि मेरो स्वागत तथा शुभकामना छ। बिशेष गरि अन्य म छिर्ने घरहरुमा दु्र्गा अधिकारी , जीवनका मोडहरु , शब्द संसार ,जय साइराम,जीवनका तिता मिठा अनुभवहरु, मेरो दुँनिया, माकर अनलाइन,अनुकुल संसार, मेरो प्यारो संसार,भुवन,साँखू अनलाइन,स्याम दुलाल,प्रकाश शोशित,प्रज्वल,केशबराज अधिकारी, देबराज,राजा पुनियानि ,युवा आवाज ,म नेपाली,साँचो जीवनको यात्रा,शेर र सायरी,क्या मज्जा  ,कवि चाम्लिङको संगितिक चौतारी,भेडाको उनजस्तो,मझेरी, रविजीवनका मोडहरु,कृष्ण गिरि,नेपाली गजल , जिजीविषा जस्ता ब्लगहरु पनि मलाई राम्रा लाग्छन ।

मेरो सम्झना शक्तिले भ्याएसम्म मैले यो ब्लगको दोस्रो बर्षको सम्झनास्वरुप सम्पूर्ण मित्रहरुलाई समेटने प्रयास गरेको छु । कारणवश कसैको नाम समाबेश हुन सकेको छैन भने माफ पाउ । बेलाबखत रचना पठाएर सहयोग गर्ने छबिलाल जी, लगातार छिर्ने दिनेस पराजुलि,मनोज,कोष प्रसाद र अन्य सबैको सहयोगको लागि मुरी-मुरी धन्यबाद, साथै फेसबुक मित्रहरु र अनलाइन मार्फत जोडिनुहुने सबैमा आभार ! साथै आउदा नयाँ दिनहरुमा पनि सबैको यसैगरी सुझाव,सल्लाह र प्रतिक्रियाहरु बटुल्न पाउनेछु भन्ने पूर्ण बिश्वास पनि राख्दछु ।

Happy Blogging..........................................................................
बाँकी यता >>

22 July 2010

वियोगको बह ( गजल )

. 22 July 2010
11 प्रतिक्रिया

केहिदिन पहिले मतलामा मात्रै सिमित भएर फेसबुकमा प्रकाशन पनि गरेको थिए यो मतला। आज फेरी  फुर्सदमा यसलाई गजलको आकार दिएको छु। वियोगको छहारीमा रचेको यो रचनासंग मेरो भाव त झल्केको छ तर व्यक्तिगत जीवन संग सम्बन्धित भने  छैन।

छुरा घोच्नेहरुको संसारमा रेटिन सकिन
दागैदागहरुमा    बसिरहे मेटिन सकिन

अन्जानमै सजाएछु सपनाहरु खोजेर आँखामा
आँसुबनि  बगे र पो धडकनमा भेटिन सकिन

तोडीए वाचाहरु कोपिलामै लुटियो खुसित्यो
फूलेर सुगन्ध  छर्दैजगतमा देखिन् सकिन

भिजिरहेछु दिनरात घातैघातको बर्षामा
जलिरहेको अग्निमा पनि सेकिन सकिन

डढेछ चित्रपटको     आकृति खरानी बनेर  
दिलभित्रको किताब   छानेर लेखिन सकिन
बाँकी यता >>

26 June 2010

सुरुआत संगै समाप्ति

. 26 June 2010
8 प्रतिक्रिया

बुटवल बजार मंसिरको महिना प्रभातको किरण हल्का सुरु  भएको कुहिरो माथि मुस्कुराउदैछ ।   भर्खर
 बिहानी सुरु हुदै छ । अँधेरो  चिर्दै चम्किरहेका रंगी-बिरंगी बल्बहरु एक पछी अर्को गर्दै निभ्ने क्रम जारी छ ।  शिशिर यामको आगमन हुन लागेको हुनाले कतै कतै बिहानी शिरेटोले कमजोर बूढाबुढी हरुलाई न्यानो सूर्यको किरणतर्फ आकर्षित पनि गरेको छ।  बिहानीलाई आफ्नो घेराबन्दीमा राख्न खोज्ने कुहिरो माथि परेका प्रभातका सुनौला किरणहरुलाई देख्दा आफ्नो अवमूल्यन भएको महसुश पनि गर्दै छ त्यो हुस्सु र कुहिरोले। त्यहिँ रमझमलाई नियाल्दै मेरा पाइला हरु पनि क्रमश बस्ति छोडने तरखरमा लागेका छन् । पारिवारिक संसर्गको मनमा एक्लो पनको अनुभूति जगाउदै मेरा पाइलाहरु बहिरीदैछ्न, त्यो शहर बिरानो बनाउदै ।
 
लु. अ. ख. १८४५ को यात्रीबाहक बस हाम्रो प्रतिक्षाको घडीलाई समाप्त पार्दै आइसकेको छ अगाडी ।  सयौ यात्री आफ्नो गन्तव्यको लागि तछाड मछाड गर्दै ठेलाठेल गर्दै छन्।  हुलमुलमा उछिन्ने होडबाजी चलिरहेको छ त्यहाँ ।  मानौ यात्राको अरु कुनै विकल्प नै छैन जसरि ।  सभ्यता र संस्कृतिको राम्रो पहिचान  बोकेका हामीहरुले अज्ञानता र अपरिहार्यताको बतास बोकेर आफ्नो परिचय पनि राम्ररी नै दिएका छौ बसपार्क मा पनि ।  सिद्धबाबाको काखैमा अवस्थित तिनाउ नदि र केहि परको मणीमुकुन्दसेन पार्कमा मनलाई भुलाउदै यात्रालाई रोमान्टिक र निरासराहित बनाउने जमर्को पनि गर्दैछु ।
 
चढियो १८४५ को भिडियो कोचमा, बस्न त बसियो त्यो कोचमा तर एउटा पनि अडियो गीत सम्म सुन्ने मौका मिलेको भने होइन ।  यात्रा भरि बरु आफ्नै थोत्रो आइपड्को पो काम आयो ।   त्सैले होला हामी भरिला  देशका खोक्रा जनता  भाको । कागजमा एउटा व्यवहारमा अर्कै। बसियो मनमा किलै गाडेर भएपनि गन्तव्यको लागि ।  यात्रामा रमाइलो साथी भएमा यात्रा सहज हुन्छ भने झैँ परिछन् एउटी क्यानेडियन खैरेनी संगैको सिटमा ।  अब मनमनै त हो नि हामी ठुलो ठालु बाहिर पटक्कै बाक्य फुट्ने होइन क्यार ! एउटी सिटमा  बसेकी २२-२४ बर्षे तरुनी खैरेनिलाई देखेर  मनले  ढ्यांग्रो  पनि ठोकेकै छ भने अर्को तिर के के न होला जस्तो मन प्रशन्न  भएजस्तो पनि छ ।   बसमा सबै यात्रुहरु एक आपशमा   परिचय बाँड्दै  छन् आ-आफ्नो सिटमा ।  बाटोमा आइपर्ने घुम्ती र मोडहरुमा यात्री ओराल्ने र चढाउने क्रम पनि जारी छ, लोकल बस जस्तै । नीति नियम कागजमा लेखि पैतालाले कुल्चने परम्परालाई राम्रै संग आत्मसात गरेको छ यो चालक परिवारले पनि ।

                     कति बेला सम्म चुप लाग्ने भन्दै  फोडे मनको मौनतालाई मैले र फुकिदिए खैरेनीको कानमा हावा ।  मेरो हावाले छोएछ क्यारे हेलो भन्दै मुस्कुराइन नानी त ।  अनि जुटाए हिम्मत र फुटाए बोलि यात्राको सहज पनको लागि मैले ।  हाम्रो वार्ता शुरु  भयो सरकार र विपक्ष दलका नेताहरु जस्तो गरि ।  परिचयको ढोका  खोल्दा जुलिया भेटे दैलोमा।  २ मैने नेपाल बसाईको तीन चौथाई  पुरा गरि सकेकी उनि बाँकी समयलाई यात्रा र रमाइला ठाउँ भेट्ने तिब्रतामा रहेछिन ।  प्रशिद्ध धार्मिक स्थल लुम्बिनीको रमाइलो यात्रालाई आफ्नो मनमा उतारेर फर्किदै गरेकी जुलिया नेपाल र नेपालीको सुख- दुखमा रमाउदै बग्ने गर्छु भनिन । मौका छोपेर सवालका तिरहरु हान्दै छु म पनि बेलाबेलामा ।  हातमा कुनै उपन्यासकारको किताब पल्टाउदै आदर्शको पाठ  पनि सुनेकै छु मैले ।  त्यो त म पनि यात्रामा घरीघरी  हेरिरहन्छु पत्रपत्रिका छाटी दिन्छु दर्शन पनि ठुटे अंग्रेजीमा भएपनि  ।  लुम्बिनी  यात्राका रमाइला कुराकानीमा बहकिदै हामी अब अलि बढी नै घनिष्ट हुन् पुगेजस्तो भान भाको छ  । नेपाल र नेपाली प्रतिको मेरो प्रश्न पत्रमा उनले सोझा साझा ,स्वाभिमानी र सहयोगी जनता माझको लोक सस्कृतिमा प्रकृतिको सुन्दरता अति नै झल्केको छ तर प्रबिधि, दक्ष जनशक्तिको आभाव  र चर्को राजनैतिक खिचातानीको कारण तिमीहरु पछी परेका छौ ।  सबैले झैँ उनले पनि त्यही खोकिन

गाडी रोकिन्छ ।  ठेलागाडी र सुपामा फलफुल बेच्नेहरूको घुइचोको त के नै भन्नु पर्यो र अझै बिदेशी देखेपछी  । सुन्तलाको बोक्रा फोकर ह्यान्ड ब्यागमा राख्दै खानको लागि अनुरोध नगरेकी त होइनन तर सानोमा गल्ति  गर्दा सुन्तलाको बोटमा  बाँधिएर  रातभरी सुन्तला खाएको मिठो अनुभव सम्झिदै खान मन  नलागेको कुरा दर्शाए मैले पनि उनीलाई ।  खोकी पनि लागेकै छ र सुन्तला पनि खाएकै छिन ।  खोकीले सताउदा रुमालमा पोको परेर ब्यागमा राखेको पनि देखेकै छु ।  मलाई लाग्छ पश्चिमाहरू त्यसै अगाडी बढेका छैनन् ।  मानबियता, स्वाभिमान र अनुशासन नै मानव उन्नतिको पहिलो पाठ हो, जसबाट निडरता त्यतिकै, शिष्टता त्यतिकै । बिदाइको नैराष्यताले कुडिएको मेरो यो यात्रा प्रेरणादायी पनि बन्यो ।  मलाइ लाग्छ जहाँ यस्ता मानव स्वाभिमानका लालीहरु पोखिन्छन तिनै कर्तव्यबोध र आचरण हरुले हामीलाई पनि तानी दिए कस्तो हुन्थ्यो होला ।  हामी त खाली आफैसंग झुटो बोलि सत्यको घाँटी समाउदै आवरणमा सत्चरित्रको हावा फूक्छौ जसले पुरै  देश गन्हाउछ ।  गफै गफमा मुग्लिन सम्म आइपुगिएछ ।  चारैतिरबाट राजधानी भित्रिने हजारौ यात्रीहरुको भिड उस्तै एउटा होटेलमा पसी मम खाइयो ।  हैन यो  तातोपानी हुदै नेपाल भित्रिएको ममचा ले कति सम्मान पाको हो नेपाली समाजमा भनेको  त बिदेशीहरुलाई पनि उत्तिकै पल्काको रहेछ ।  खुबै चाख लिएर गाडीले हर्न नफुके सम्म सुरुप्प पर्दै भन्या !

अब शुरु भयो पहाडी भेगको रमणीय यात्रा ।  बाटोमा आइपर्ने सुन्दर ठाउँ र कुरिनघाटको केबुलकार लाई  आधार बनाउदै उनको ध्यान तान्दै छु म पनि ।  कति मेरा मात्रै कुरा गर्ने भनेर कोट्याए उनको मन पनि ।  ह्युमेनेटी र ईन्भारमेन्ट  बिषयलाई मुख्य आधार बनाएर क्यानाडा युनिभर्सिटीमा भर्खर प्रवेशिका पढाई गरिकी उनि आफ्नो लक्ष्य मानव सेवा र बालबालिकाको श्रम शोषण बिरुद्ध लागि पर्ने बताइन ।  मौका मिले फेरि पटक पटक नेपाल आउने उनको अर्को रोजाईको कुरा रहेछ ।  नेपालको बालबालिका तथा महिला उत्थान सम्बन्धि एउटा प्राइभेट संस्था  संग आबद्ध पनि रहेछिन जुलिया ।
साँझको ६ बजिसकेछ हाम्रो यात्राले करिब १२ घन्टाको दुरी पार गरिसकेको छ ( जाम सहित ) ।यो अवधिमा धेरै नै कुरा भए हामी बीच ।  जहाँ रहेपनि नियमित सम्पर्कमा  आउने वाचा सहित जुटेर छुटनुको नियम अंगाल्ने पक्षमा पुग्यौ  ।  आजकलको सबैभन्दा सजिलो सम्पर्कको माध्यम ईमेलको पनि साटासाट भयो तर यो समयले जुटाएको यात्राका पात्र हामीबीचको यो दिन भने अविष्मरणीय नै बन्यो र रंगियो मेरो कागजमा आज ।  बिधुतिय तारमा कहिलेकाही सल्बलाए पनि प्रतक्ष्य रुपमा सुरुवात र समाप्ति त्यहिँ दिन नै थियो हाम्रो लागि ।   समयले फेरी जुटाउला वा  मेटाउला जे भएपनि हाम्रो त्यो एकदिने मित्रताको यात्रा अनन्तको डोब संगै क्यामेरामा पनि कैद हुन् पुगेछ ।


                                                छिनमै  जुटाउने
                                                 छिनमै  छुटाउने
                                              साथ नरहेपनि यात्राले
                                                    बर्षौ सम्म
                                                 मनका भाव फुटाउने

***********************************************************************************
बाँकी यता >>

04 May 2010

गजल

. 04 May 2010
13 प्रतिक्रिया

मात्रै  गोला बारुदको गाँउ  देखे
खाटोलाई बल्झाएको घाऊ देखे

खोसेर हजारौ आमाका कोख
निचोरी भ्रुण  खाने माउ देखे

आस्थाको दियोमा वाचा बाँधी
हुरी डाकी उड़ाउने दाउ देखे

अतृप्त बन्दै सत्ताको ढुकुटीमा
नुनमाथि  सुनको  भाउ देखे

काटीए शाशकका गोडा भन्थे
निमुखाकै छाति माथि पाउ देखे
बाँकी यता >>

13 April 2010

नयाँ बर्ष, पुरानै कामना

. 13 April 2010
9 प्रतिक्रिया

आउन त आयौ नयाँ बर्ष
फेरी यो मन रम्दैन की

अब त बारीका काल्नाहरूमा
रगतका टाटाहरु जम्दैन की

नाङ्गो तरवार खेलाउने कान्छोले
आफ्नै दाजु भन्दैन की

दिदी, बैनी र अबला चेलीहरुको
सिउदोको सिन्दुर गन्दैन की ?

त्सैले भन्न मन लाग्छ तिमीलाई

सकाइदेउ दशकौको छाति चिर्ने खेल अब
हटाइदेउ शिर माथिको कालो बादल अब

प्रभातको सुनौलो किरणसंगै
बर्षाइदेउ शान्ति र सु-शासनका
अदभुत तरंगहरु
२०६७ ईतिहासको
स्वर्णिम र अविष्मरणिय
देशको रङ्ग भनेर ।
यो सरल कविताको कामना संगै समस्त ब्लगरहरु लगायत  देश-बिदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा नयाँ बर्ष २०६७ को मंगलमय शुभकामना !! .गत बर्षले छोडेर गएका अधुरा, अपुरा र अशुभ कामहरुलाई यो बर्षले पुरा गर्दै नयाँ सोचमा शिखर चुम्न सफलता मिलोस।

******************************************
बाँकी यता >>

31 March 2010

कान्छी साली

. 31 March 2010
9 प्रतिक्रिया

मस्कार! सम्पूर्ण ब्लग पाटोमा समाहित मित्रहरुलाई । लामो समय पश्चात कलम चलेको छ। समयले मलाइ धेरै पछाडी छोडेर गएछ या म समय संगै दौडिन सकिन। तपाईहरु संगको बिछोडको यो दुई महिना मलाई दुई बर्ष जस्तै लाग्यो। यो अन्तरालमा ब्लगका रमाइला, ज्ञानबोधक र स्तरीय पाठ हरुबाट टाढा रहनु परेकोमा खेद प्रकट गर्दै पु:न सुचारु हुने प्रतिबद्धता सहित हाजिर छु। मलाई माया गर्दै गोरेटोमा सुझाव बर्षाउने महान मित्रहरुले पहिले जस्तै माया गर्नु हुनेछ भन्ने अपेक्षा पनि गरेको छु । यो खाली समयमा मैले अनुभव गरेको कुरा जति ब्लग या अरु कुनै पनि विधा बाट टाढीदै गयो त्यति नै दिमाग निस्क्रिय हुने रहेछ। यो शुन्य मष्तिस्कले केहि सिर्जना गर्न नसकेको बेला पुरानो कपिमा थन्किएको तर ब्लगमा नयाँ लाग्ने यो ठट्यौली गजल ठेलेर अपडेट गर्ने बहाना बनाउदै छु । त्सैले लागे शिर्षकको बोलितिर।

धेरै किने क्रिम पाउडर ल्याउनु ल्याए लाली
 जे लाए नि तिम्रो मुहार देख्छु तेस्तै काली

तलबले भ्याउने हैन मासिक बजेट पेश गर्न
पेश्की लिई कति रोज्नु तिम्लाई नयाँ सारी

हिड्नु पर्ने सुटबुटमा बाँध्नुपर्ने टाई पनि
फ्रेन्च कट चाहियो रे उखेलेर बोके दाह्री

भैगो सजाउ तिम्रो सन्सार एक्लै भै अबदेखि
जान्छु फेरी ससुराली आउछे की कान्छी साली


प्रस्तुत गजल अप्रिल फुल मा आधारित भएको जानकारी गराउछु ।




बाँकी यता >>

12 January 2010

गजल

. 12 January 2010
17 प्रतिक्रिया

परिताप मै सम्झौता गरियो कसरी
 नमानेको मनलाई हरियो कसरी

प्रेमको मुलबाटो खोजेर हिडदैथे
 फेशनको बजारमा झरीयो कसरी

किनाराको साथ भेल पर्दा छुटेछ
श्रावणको नदि त्यो तरियो कसरी

पल-पलको श्रममा बांच्दैछ जीवन
वैभबकी गणिकामा परियो कसरी

कथा जानेकै थे हिरोइन मानेकै थे
फ़ेरि खलनायक मा सरियो कसरी ?
बाँकी यता >>