18 February 2009

संस्कार

. 18 February 2009

मंसिरको महिना त्यसै पनि रमाइलो। त्यसमाथि जवानिको रसले भरिएका किशोर किशोरि हरुको जिवनको घडि साटासाट गर्ने महिना । धनमान दम्पतिले पनि घरमा उमेर पुगेर कुनै नयाँ जिवनसाथिको पर्खाइमा धपक्क बलेर बसेकी छोरि मनमायाको बारेमा सोचेर बसिरहेका थिए । पहिले देखि नै आफ्नो छर छिमेकमा निकै नाम, दाम अनि ख्याति कमाएर बसेकाले आफ्नो मुटुको टुक्रा जस्तो छोरि लाई जहाँ भन्यो त्यहि अन्माएर डोलि चढाउन चाहन्थ्ये । छोरि मनमायालाई माग्न धेरै ठाउबाट प्रस्ताव आएका थिए । सकेसम्म आफ्नो संस्कार र मुल्य मान्यता हरुको परिवेशमा हुर्किएको स्वच्छ छबिको ज्वाई हेर्ने चाहना थियो उनमा । नाम कहलिएका देखि उच्च धरानिया र प्रतिष्ठित ब्यक्तिहरु पनि उनको छोरि माग्न नाअएका होइनन तर धनमान दम्पतिले कुनै न कुनै खोट देखाएर फर्काइदिन्थे ।
यसपालि भने त्यस्तो भएन । धनमान सरकारि जागिर गर्ने हुनाले उनैको अफीसमा कतै बाट सरुवा भएर एकजना सुब्बा तहको र शारिरिक बनावट पनि निकै खाइलाग्दो भएको युबक आयो । उनले मनमनै बिचार गरे यो चाहि मेरो छोरिलाई सुहाउने केटा रहेछ । हुन पनि सुब्बा तहका रामनाथ हेर्दा निकै भलादमि असल र ईमान्दार देखिन्थे । आखिर २ महिनाको समय पश्चात दुबै पक्षबाट कुरा मिल्न गयो र माघमा बिबाह हुने तरिकाले तिथि मिथि तोकेर दुबै तर्फबाट बिबाहको लागि आ-अफ्नो तयारिमा दमदार जुटे ।
आज बिबाहको दिन । बेहुला पक्षको घर अलि टाढा भएको हुनाले बिबाहको लागि ठुलै होटेल् बुक गरिएको थियो । सबैतिर रंगि-बिरंगि प्रकासको अवतरण । आगन्तुक हरु पनि त्यहाको रमझम र उल्लासमय वातावरण देखेर छक्क परिरहेका थिए । सबैकुराको प्रबन्ध सकिएपछि होटेलको एउटा तलामा भोजनको कार्यक्रम भैरहेको थियो भने उतापट्टि बेहुलिका संगी साथिहरु मनमायालाई जिस्काउदै बसिरहेका थिए जे होस भोजनस्थलमा भैरहेको गतिबिधिलाई उनिहरुले नियाल्दै जन्तिहरु तर्फका केटाहरुलाई जिस्काउने गर्थे बेला बेलामा । भोजनको कार्यक्रममा सहभागी तरु- तरुनिहरु पनि भिन्न भिन्न किसिमका ब्यक्ति हरु थिए । बिभिन्न प्रकारका मासुका परिकार हरु संगै सफ्ट ड्रीङ्स देखि लिएर हार्ड ड्रीङ्स सहित आधुनिक खानपानको ब्यवस्था थियो त्यहाँ । भोज सुरु भयो सबै आ-आफ्नो गतिबिधिमा प्रस्तुत भै रहे । यता बेहुला बनेर गएका रामनाथलाई भित्र-भित्रै असजिलो महशुस भैरहेको थियो । लोकगीत र भजनको धुनमा रमाउने रामनाथलाई पप र रकको कर्णभेदि आवाज र आखै तिर्मिराउने प्रकासका किरणहरुले असहज बनाइरहेको छ । मनमा सन्तुस्ष्ट नभएपनि त्यो वातावरणमा उसले सम्हालीरहेको छ आफुलाई ।
भोज कै क्रममा एकजना गगल्स धारि युबकले रामनाथको आगाडि बियरले भरिएको गिलास राखिदियो । रामनाथ कालो हुदै भन्यो "हजुर मेरो पिउने बानि छैन"।
हावामा चुरोटको धुवाँ ब्वाङ्ग उडाउडै आइरहेकी अर्कि युबतिले तुम्बा र तिनपानिको गिलास राख्दै अदवका साथ भनि 'यो हजुरको लागि सर' । रामनाथले अस्विकार गर्दै भन्यो "म शुद्द् शाकाहारि हु चल्दैन हजुर परै राख्नुस" ।
फेरि हातमा रक्सीको गिलास समाउदै आएको अर्को ब्यक्तिले चुरोट टक्रयाउदै भन्यो 'हजुर लिनुस' । रामनाथ आबेशमा आएर प्रतिवाद गर्दै भन्यो "मेरो चुरोट पिउने बानि छैन" ।
उता अर्को कोठाबाट बेहुलाको चरित्र र गतिबिधिलाई नियालीरहेकी मनमायाले एक्कासि कालिमाइले झै रणचण्डि भएर अक्समात बेहुलाहरुको भोजनकक्षमा कराउदै प्रबेश गरिन र भन्न थालिन । "ओ सुब्बा साब, यस्तो अदभुत स्वभाव र सत्ययुगको संस्कार लिएर तिमि कुन ग्रहबाट आएको ? केहि पनि नचल्ने कस्तो बानि तिम्रो ? तिमि जस्तो नामर्द संग मेरो बिबाह हुन सक्दैन । ड्याडि यो बिबाह यहि समाप्त गर्नु होस । म यो संग जिवन बिताउन सक्दिन' । आफ्नो हुनै लागेको जिवनसाथिको यस्तो कुरा सुनेर रामनाथको मुख चुक जस्तै कालो र अमिलो भयो । मुखबाट कुनै वाक्य नै फुटेन झट्ट कोठाबाट निस्किदै पछडि हेर्दै नहेरि सरासर बाटो लाग्यो । बिबाहमा सरिक युबायुबतिहरुले खुसि र उमंगका साथ सिट्टि र ताली बजाउदै वरपर नै थर्किने गरि हाँसेर मोज मस्ति गरिरहे ।

10 प्रतिक्रिया:

Chhabilal said...

भाइ सुर्यप्रसाद यो लघु कथा राम्रो छ र प्रयास को लागि धन्याबाद
राम्रो तथा हाम्रो नेपालि रहन सहन साथै हाम्रो सस्कार सित मिल्दो छ

फेरि पनि प्रयास को लागि धन्याबाद दिन चाहन्छु

छबिलाल न्यौपाने (गुल्मि, अर्बेनि)

Prabesh Poudel "उजेली" said...

मनपर्‍यो !! तर नेपाली केटीले त्यसो भनिहाल्लान् र ?

B.J. Dummali said...

lahai dherai ramro laagyo Sikaaru jee mero ta nepali font ali bimar lageo chha virus le garda tyasaile roman maa nai dhanyabad,

बेदनाथ पुलामी ( उमेश ) said...

राम्रो, यस्मा दम रहेको छ । कति जाती ।

Dilip Acharya said...

कुनै यौटा निश्‍चित चरित्र वा घटनामा ध्यान खिच्नको लागी त्यसको विपरित चरित्र वा घटनालाई केहि बढाई-चढाई नै चित्रण गरिन्छ प्राय: साहित्यमा । कंशको चरित्र जत्ती खराव हुन्छ त्यसकै अनुपातमा कृष्णको चरित्रको उचाई आफैं बढ्छ । मलाई लाग्छ सिकारुजीको कथामा पनि रामनाथको सादा जिवन देखाउन उसका विपरित चरित्रलाई विलासिताको हदैसम्म उचालिएको छ।

मेरो दृष्टिमा कथा समाजमा बढ्दो पश्चिमि संस्कृति र बिकृति देखाउन सफल छ, तर उजेलीजीले भने जस्तै यौटा पाटोलाई एकदमै बढाई-चढाई गर्दा केहि हदसम्म अतिशयोक्ति भएको पनि महशुस हुन्छ नै ।

मिलन said...

मलाई नि मनपर्यो !!! यो चाहीं भयो जमाना अनुसारको कथा ...

Jotare Dhaiba said...

सिकारूजीको लघुकथाले मुग्ध पारेकै हो । साथीहरूले भनेजस्तै अलि बढी अस्वाभाविक नाटकीयता देखिन्छ घटनावर्णन तथा पात्र चित्रणमा । र पनि कथाको बुनोटले सादापन छोडेर रमझमतिर हुत्तिँदै गएको पूर्वीय सामाजिक रोगलाई राम्रो गरी अँठ्याएको छ । धन्यवाद सहित शुभ कामना !

सिकारु said...

वास्तवमा कथामा मैले देखाउन खोजेको कुरा चाहि आधुनिक संस्कार र मुल्य मान्यता मा हुर्किएका हाम्रा शिक्षित युवा युवतिहरुले मनमायाको जस्तो उदण्डता ब्यवहारमा आफ्नै परिवारप्रति नै ठेस लाग्ने वातावरण सृजना नगरुन भन्ने हो ।हुन त कथाका पात्र रामनाथ पनि शिक्षित र आधुनिकतालाई नै बुझेका मान्छे हुन तर उनि आफ्नै संस्करमा नै हिडन रुचाए । जस्तो की संस्कारको नाममा एक अर्का माथि समन्वयको सृजना होस नकी बिभेद अपमान र तिरस्कार हैन ।

प्रवेश जी समुहिक रुपमा नभनेपनि बैचारिक रुपमा भन्छन की? कथा लाई कथैको रुपमा लिउ होला अहिलेलाई ।

अनि दिलिप जी हजुरले भने झै कथामा अतिशयोक्ति भएको कुरालाई म पनि स्विकार गर्छु ।
तर कथालाई लामो हुने डरले छोटयाउदा अलि भद्दा भएको हो ।

सुझाव तथा प्रतिकृयाको लागी मिलन जी, छबिलल जी, धाइवा जी, बि. जे.जी र बेदनाथ जीमा धन्यबाद ।

दीपक जडित said...

राम्रो लघुकथा ! कथामा पढ्दा समेत अस्वभाविक लाग्ने प्रसस्तै घट्नाहरु देख्न नपाईने कहाँ हो र हाम्रो समाजमा ?

सिकारु said...

प्रतिकृयाको लागि धन्यबाद दिपक् जी ।

Post a Comment