26 August 2009

सिकारु बर्षदिनमा... गोरेटो र ब्लगरहरु...

. 26 August 2009
26 प्रतिक्रिया

हिजो जस्तै लाग्छ बिधुतिय तरंगमा तरंगीदै ब्लगीङ यात्रा शुरु गरी गुगुलको बृहत संसारभित्रको कुनै कणमा प्रवेश गरेको तर चलिरहेको घण्टाघरको घण्टीले बर्षदिनको संकेत गरिसकेछ । बशबिहिन समयको गतिलाई पछयाउदै सिकारु बनि हिडीरहेको यो गोरेटो सँग गाँसिएका बार्षिक साइनोहरु कस्ता रहे ? सिकारु जन्माउन अभिप्रेरित गर्ने र उत्प्रेरणा जगाउने जो कोहिलाई पनि बिर्सन सक्दिन आजको दिनमा ।
जन्म
बिज्ञानको चमत्कारमा होस वा भगवानकै लिलामा सबै कुराहरुमा बाँधक या साधक बनेर कुनै न कुनै रुपमा त्यही मायारुपी किराले आक्रमण गरेको कुरालाई नकार्न सकिदैन । चर्चित तानासाह देखि साधुसन्त सम्म, भगवानदेखि राक्षस सम्म,अनाडी देखि चतुर सम्म सबैको जीवनलाई कुनै न कुनै रुपले यो मायारुपी लहरोले बेरेकै छ । मेरो जीवनमा पनि तेस्तै भयो जसले सिकाइन माया गर्न, मिलनमा रमाउन अनि पीडा भुल्न उनैले फेरी तिनै कुरालाई उल्ट्याइदिइन । मायामा मेरो अबुझपन र कच्चापनलाई औल्याउदै नामलाई पुच्चर भिराएर जसले छोडिन त्यही बेचैनीलाई पछयाउदै गोरेटो जन्माए मैले पनि । प्रेमका इतिहासका (मिलन वा बिछोडमा) पानाहरुमा जस्तो मोनालिसा, ताजमहल या रानीमहल जस्ता महान कार्यहरु गरेर त्यो क्षणलाई अमर राख्न नसकेपनि सानो गोरेटो बनाएर हिडने दुस्साहास गर्न अभिप्रेरित गर्‍यो अतितले मलाई अनि न्वारन भयो सिकारुको फगत अन्त्यहिन प्रेमको नामलाई स्वीकारी बर्तमान सँग रमाउन । नाम सँगको फूर्कोले आधा दशक पुरा गरेपनि ब्लगमा औपचारिक रुपमा भर्खर एक बर्षको बालक भाएछ सिकारु ।
उत्प्रेरणा र मार्गदर्शन
एक हिसाबले सोच्दा मैले ठिकै पनि गरे जस्तो लाग्छ । सानो समयको अन्तरालभित्र यतिका साथी-संगीहरुको माझमा रमाउने अनि सिकारु बनेरै धेरै कुरा सिक्ने अवसर मिल्यो मलाई । जाबो एउटा बिछोडको लागी यति गर्नुपर्ने त के नै थियो र ? यो त जीवनको प्रकृया नै हो भन्थे शुरु शुरुमा त तर आज समयको घडी संगै बहकीदा लाग्छ मलाई सिकारु बनाएर जानेले अर्को मन भुलाउने अनि बेदना पोख्ने र कहिलेकाही रमाउने अवसर पनि दिलाएर गइन । त्यही कच्चापन र अबुझपनको भागदौडमा जन्मीएको गोरेटोले आज बषदिनको यात्रा पुरा गरेको छ ।
शुरुका दिनहरुमा निरन्तरता दिने कुराले अल्मल्यायो पनि । एक हप्ते खजाना लिएर उपस्थित हुने वाचाले अहिले कहीलेकाही दुई हप्ता पनि पुग्ने गरेको छ तर जे होस बेलामौकामा अर्धबिराम लागेपनि पूर्णबिराम भने लगाईसकेको छैन यो गोरेटोलाई । साहित्यिक र उच्च हस्तीहरुका बिचमा म कसरी उँभिन सकुला र जस्तो पनि लागेको हो । नगन्य रुपमा प्रकासित हुने मेरा झारेझुरे रचनाले के म यो गोरेटोमा टिक्न सकुला र जस्तो पनि नलागेको होइन तर जे होस मित्रहरुको हौसला, सुझाव, सल्लाह र प्रोत्साहनले आजसम्म हातेमालो गर्ने अवसर मिल्यो मलाई । त्सैले तपाईहरुको मार्गदर्शन नै मेरो अतित भुलेर बर्तमान खोतल्ने करौति भएको छ ।
यही ब्लगको शुरुवात संगै तपाइहरुले बर्षाएका कोशेलीहरु र पोका-पन्तेराहरुको त जति तारिफ गरेपनि कमै हुन्छ । तैपनि बर्षदिनको यो घडीमा एकपटक फेरी घुम्न मन लाग्यो बार्षिक सेरोफेरो ।
ब्लगको दुनिया चाहार्ने क्रममा पहिलो पटक को छिराइमा मोहित गराउन सफल भोजपुरे ब्लगका चन्द्रबान्तवा राई संगको सहयात्रा र ब्लग उब्जाउन उत्साहित गर्ने चौतारीका संगम संगको मिठो भलाकुसारी नै उत्साहको शिखर बन्नपुग्यो । ब्लग ब्यानर बनाउन भरपुर सहयोग गर्दै प्रफुल्लीत पार्ने बी जे दुम्माली र गोरेटो कोर्न उत्साहित गर्ने चौतारीका संगम प्रति हार्दिक् आभार ।
गोरेटो र सहयात्रीहरु
नेपाली ब्लगरहरुको भबिष्यलाई सुनिश्चित गर्न कम्मर कसेर आगाडी बढदै पहिलो अनलाइन ब्लगर बेला सम्पन्न गरेर एउटा नमुना बन्न सफल दौतरीको जति तारिफ गरेपनि कमै हुन्छ तैपनि एकपटक फेरी सफलताको शुभकामना । ब्लगीङ यात्रामा सम्पूर्ण मर-मसलायुक्त खजानाहरुको जानकारी दिदै नियमित सहयोग गर्दै गोरेटो धाउने आफ्नै बिचार अभिब्यक्तीका ब्ल. गुरु दिलीप आचार्य, लामो समयदेखि ब्लग चलाउदै यथेष्ट जानकारी सहित रमाइला अनि चौतर्फी कुराहरुलाई साथमा लिएर चारैतिर पुगी हौसला दिलाउने बसन्त गौतम, गल्तिलाई पूर्णबिराम लागाउन सहयोग गर्दै भाषागत त्रुटीमा पनि खबरदारी गराउने केफ मंगलका जोतारे धाइबा (जीवन कार्की), साहित्यलाई सर्वत्र फिजाउदै बिभिन्न सुगन्ध लिएर आउने साहित्य संसारका दीपक जडीत, ब्लगमा रमाउन उत्साहित गर्दै निरन्तर सहयोग गर्ने आफ्नै संसारका बेदनाथ (उमेश), तस्बिर बाटै संसार झल्काउने फोटो यात्राकी सुजन आचार्य, आफ्ना भावनालाई बिभिन्न आकारमा प्रस्तुत गर्दै नयाँ-नयाँ सहयोग गर्ने आकार पोस्ट का आकार, उच्च प्रतिभा बोकेर कुटीमा रम्दै कहिलेकाही कुटीको झ्यालबाट गोरेटो चियाउने कुटीकी कैलाश, गफगाफ संगै रमाइला प्रस्तुति सहित लहरिने रोचक गफगाफका प्रवेश पौडेल (उजेली), आफ्नै पलहरुमा खेल्दै नियमित मिठा सुझाव र सल्लाह दिने आफ्नै पलहरुका बी. जे. बान्तवा दुम्माली, साहित्यका सुवास छर्दै मन्त्रमुग्ध पार्ने साहित्य संसारका बिमल गौतम, साहित्य साधनालाई साथैमा लिएर नयाँ-नयाँ खुराक दिने साधना शर्मा । यहाँहरु सम्पूर्णमा हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहछु
यसरी नै अमूल्य रायहरु पोख्दै सिकारुलाई हातमा हात मिलाएर माथि उठाउन आउने सपना संसारमा रमाउदै हिडने सपना संसारका प्रदीप श्री, आफ्नै संगहका मिलन लम्साल, ब्लगको दुनियालाई एकत्रीत गरी एउटै छाता ओढाउन खोज्ने दौतरीका सम्पूर्ण टीम, कम्प्युटर सम्बन्धी जानकारी पस्केर राहत प्रदान गर्ने कम्प्युटर नेपाली का कृष्ण पोखरेल, रमाइला पक्षहरु समेटदै भबिष्यका सपनाहरुलाई जिवित राख्न सिकाउने नेभर स्टप ड्रीमिङ का दिपेन्द्र, अँधेरी रातलाई कुर्दै उज्यालो पर्खने कृष्णपक्षका कृष्ण थापा, चेतनाका भावहरुलाई पोखेर यथार्तमा रम्ने चेतनाका दूर्जेय, आफ्नै बिस्वासकी आशा गुरुङ, छोटा तर मिठा प्रस्तुती कोर्ने दीप श्रेष्ठ, कहिले चिसो त कहिले तातो हावामा मडारिने हाम्रै नेपालका हावा, यात्रालाई साहित्यमा रुपान्तरण गर्ने यात्राका सुस्केराका दिनेशराज, नेपाली मनका शिव प्रकाश प्रति पनि धेरै-धेरै धन्यबाद । त्यैगरी फूर्सदको समललाई खेर नफाली सिकारुलाई सुझाव दिन आउने अन्त्यहीन शुरुवातका चूडामणि भट्टराई, ब्लगलाई निरन्तरता दिन जोस्याउने गुल्मि दर्शनका सन्जु मगर ट्रेकीङकी रस्मिन, साहित्य बिचार र बिबिधका अर्जुन दुङमेन, जिन्दगीका तितामीठा पानामा रम्ने बिमल, बिचार र स्वतन्त्रता मञ्चका गोकुल ढकाल, आफ्नै आवाजका केशब घिमीरे, अन्तर बिचारका कलमबिर घोताने, छुट्टै पहिचानका समीर, कटुवालका मदन, अजबगजबका एन. के. एम., वियोगमा छहारी धाउने सार्थक सिम्खडा, संगमका प्रबिण थापा, नुवाकोटका सिताराम वस्ती, सहपाठी बनेर आउने कीरण राई, दौतरीका नेपालियन, प्रतिभाका धनी शेखर के सी, माउरोका साथीहरु, यात्राका सुमीरान,अनलाइन खसखसका राजेश यस्तै सहयोगको राहत स्वरुप सिकारुमा प्रवेश गर्ने द किराँत नयाँ प्रवेश भाई, बिचारका आकाश लगायत बेला-बेलामा रचना पठाएर सहयोग गर्ने छबिलाला दाजु साथै गोरेटो सँग सम्बन्धित सम्पूर्ण फलोवर्स, फेसबुकबाट जोडीने आदरणिय मित्रहरु लाई पनि बिशेश आभार गर्दै नाम लेख्न छुटेका ब्लगरहरुप्रति पनि क्षमा माग्दै धेरै धन्यबाद ज्ञापन गर्न चाहन्छु । ईमेलमा उस्काउने साथीहरु, भेटमा जोश दिने साथीहरु र अन्जानमा कोही छुटन गएकोमा वहाँहरुलाई पनि बार्षिक यात्रामा साथ दिनुभएकोमा धन्यबादका शब्दहरु समर्पित गर्न चाहन्छु र उल्लेखित सबैबाट आउदा दिनहरुमा अझ बढी माया हौसला र गल्तिहरुमा पूर्णबिराम लगाउन सक्ने तार्किक
प्रतिक्रियाहरुको अपेक्षा राख्दछु । happy blogging ....
बाँकी यता >>

12 August 2009

प्रतिबद्धता (लघुकथा)

. 12 August 2009
13 प्रतिक्रिया

कथामा चोटिला र पेचिला द्वन्द्व सहित उत्कृष्ट कलामा प्रस्तुत गर्न दिलीप दाईका लघुकथा मा अति यथार्त अनि सच्चाई पाइन्छ । बर्षा हिउँद जस्तो समय पारेर म पनि कहिलेकाही रमाउन पुग्छु लघुकथामा । गैरमुलुकमा रहदा पनि संगी-साथीहरु बिच नराम्रो सँग जरागाडीरहेको एउटा तितो सत्यरुपि कुरालाई लक्षित गर्दै कथा लेख्न झक्झक्यायो यो परिवेश अनि समयले मलाई । बाँकी कथाबाटै...
सधै झै आजपनि उठेर काममा जानुपर्ने बेला भैसक्यो । शरीर शिथिल भएको छ । नसुत्नुको कारण टाउको झन्झनी दु:खेको छ । आँखा खुलेको छैन । बजिरहेको अलार्मलाई २० मिनेट बढाई फेरि निदाउने कोशिस गर्छ उ ।
२० मेनेट पछि फेरि अलार्म बज्छ । निदाउनै लागेको बेला बजेको आवाजसंगै उठछ सकी-नसकी । एक त हिजो तास खेलेर पैसा हारेको टेन्सन दोस्रो काममा जान ढिला भैसकेको बेलालाई मनन गर्दै हत्तपत्त मुखमा पानी छ्याप्दै २ टुक्रा पिरो खुर्सानीको भेडी खल्तिमा बोकेर बजिरहेको गाडीको हर्नलाई भेट्टाउन पुग्छ । डयुटीमा पुगेपछि अबेर हुनुले म्यानेजरको टीका-टीप्पणी त छदैछ फेरी रातभरीको अनिद्राको कारण निद्राले पनि उत्तिकै सताइरहेको छ जब निद्राले झुप्प-झुप्प पार्छ खल्तिमा भएको पिरो खुर्सानीलाई करयाम्म टोक्छ । त्यही पिरोलाई आधार बनाउदै निद्रा भगाउदै काम गर्छ । सोच्न शुरु गर्छ । "म यति टाढादेखि गाउँघर र देशलाई छोडेर २-४ पैसा कमाउने ध्येय लिएर रातदिन पसिना बगाउछु परिवार अनि उनैको सम्झनामा । यसरी सधैको बर्बादिमा कति बस्नु? म यो जीवनको उद्देश्य पन्छाएर किन बौलाइरहेको छु ।" यस्तै कुरा सोच्दै अब आइन्दा तास जुवा तथा अनैतिक काम नगर्ने प्रतिबद्धता सहित घर फर्किन्छ । आवसमा आउछ । फ्रेस हुन्छ
साथीहरुको चाला उहि छ । तेरो मेरो भन्दै लडाउदैछन तासका पत्त्तिहरुलाई । मुखमा रयाल चुहाउछ आज त हिजो हारेको पैसा उठाउनै पर्छ भन्नेकुरा सोच्छ । त्यो उठाएपछि कहिल्यै नखेल्ने नयाँ प्रतिबद्धता जनाउदै फेरि बस्छ। एकछिन भन्दाभन्दै रात बितिसक्यो उजेलो भयो हिजोको पैसा उठने त कुरै छोडौ आज पनि चुना लाइसकेको छ धेरै नै । मोबाइलको घण्टी बज्छ । उठाउदैन, धेरै पटक नै भएपछि बिस्तारै उठाएर कुरा गर्छ । परिवारको फोन हुन्छ । एकैछिन कुरा गर्छ । गर्दागर्दै आफूले एकैछिनपछि कल् ब्याक गर्ने प्रतिबद्धता जनाउदै राख्न लगाउछ ।
अबत डुयुटीमा जने बेला पनि भै सक्यो । गएन भने हिजोको म्यानेजरको भर्वल वार्निङ पाइसकेको छ । जुरुक्क उठेर बाथरूम पस्छ नुहाइवरि बिस्तारामा बसेर सोच्न शुरु गर्छ । धत यसरी बिग्रेको ब्रदि जस्तै भएर कति दिन म यो मरुभूमि संग पाकेर बस्ने ? बिचरा हिजो सुन्तलिले तार गर्दा पनि बोल्नै नदिई राख्न लगाए । कमाई हुने अलि अलि तलब पनि हारेर के पठाउने घर ? कान्छा साहुले हालीदिएको ऋण बढाएर कति पुरयाउने हो था छैन । आमालाई कति दु:ख दिएको होला त्यसले । पारिवारिक सोचमा डुब्छ, भावुक बन्छ अबदेखि नखेल्ने बाचासहित दराजबाट एउटा डायरी निकाली सम्पूर्ण वाचा सहितका प्रतिबद्धताहरु पानामा उतारि त्यही दुई टुक्रा खुर्सानी गोजिमा राखेर कामतिर लाग्छ । काममा गयो ढिलो नभएको कारण आज केहि सुन्नु परेन । दिनभर पिरोलाई साहारा बनाउदै सकायो त्यो दिन अनि आवासमा फर्कियो ।
कोठामा आयो । साथीहरु गुजुमुज्ज परेर खेल्दै रमाउदैछन । यसो सोच्छ, बिहानको वाचा-कसमका प्रतिबद्धताहरु । दराजबाट बिहान प्रतिबद्धता जनाई लेखेको डायरी निकाल्छ । दुई लाइन थप्छ ।
"आज अन्तिम दिन मात्र भोलि देखि पक्का खेल्दिन"
त्यसपछि डियुटीको युनिफर्म सँगै हातभरि तास समाएर बस्छ ।
बाँकी यता >>