23 January 2009

गजल

. 23 January 2009

मस्कार मीत्रहरु । केहि दिनको ब्यस्ततापछि पुन फर्केको छु तपाइहरुको माझमा । एक हप्ते छुट्टिलाई अति नै सोचनिय र् शोभनिय बनाउदै छोटो रमाइलो घुमघामको यात्रालाई पनि एउटा टाँसो बनाई टासौला भन्ने बिचारमा थिए तर अलि भनेजस्तो भएनछ । साथिमाथि परेको बिपत्तिका कारण उसैको सहयोगमा हिडदा सातादिन चिप्लिएर गएको थाहै भएन । यो बिचमा धेरै नै साथिहरुका अति गहकिला र पढनै पर्ने पाठहरुबाट पनि बञ्चित हुन पुगे । त्यसको लागि क्षामा चाहन्छु।

हुन त हजुरहरु जस्ता गजलकारहरुको अगाडि मैले के नै लेख्न सक्थे र तैपनि तपाइहरुको मार्गनिर्देशनबाट प्रभाबित भएर नै यसपट्टि पाइला सारेको हु । सत्य नै भन्नु पर्दा ब्लग्को सुरुवात अगाडि मैले गजलको परिभाषालाई बुझ्नै नसकेको रहेछु र मिले नमिलेका कुराहरु पनि समाबेश गर्दै गए । अनि हजुरहरुले औल्याइदिनुभएका मिठा प्रतिकृया सहितका ठुलो धनरासिका अमुल्य सुझावहरुका भकारिहरु नै मेरा गोरेटोका संबाहक भैदिए।

हो, गजलमा शेरको ठुलो महत्व हुने रहेछ । अनि अनुप्रास सहितको मतलाको पनि महान भुमिका, मक्ताको पनि । त्यसैले मित्रहरु जानि नजानि यो गजलको पोखरिमा पौडिने दुस्साहास गरेको छु । आसा छ बितेका दिनहरुमाझै सुझावको लगाम समाउन पाउने छु।

पठाएर गएपछि मुटु चिर्ने घातहरु
फेरि किन गर्छौ प्रिय सम्झाउने बातहरु

ढलिराछ जिन्दगी यो स्वार्थको हुरी चल्दा
हुरी माझ किन चाहियो दियो बाल्ने हातहरु

तन चल्यो मन चल्यो जवानीमा तिमीलाई
नाता जोडौँ भन्दाखेरी मिल्दैन रे जातहरु

चढाएर रुख माथी तानिदियौ पाउ मेरा
कठै भनी दया गर्छौ हिर्काएर लातहरु

पार गरोस् सयौं जुनी तिम्रो नयाँ सम्बन्धले
आँसु पुछ्दै कटाउछु अनिँदा  यी रातहरु

आक्षेप र उपेक्षाको समाधिमा सूर्यलाई
फूल टिपि नचढाए ईष्र्या गर्छन् पातहरु

14 प्रतिक्रिया:

Yumesh Pulami said...

मित्र सूर्य प्रसाद (सिकारु) जी सुझाबको लगाम अपेक्षा गर्नु भएको रहेछ - तर 'आफैत ! माहादेव भने जस्तै भो ।'

कुरो के प-यो भन्ने गजल को खेमा त्यति साह्रो थाह नभएको न परे तर पढ्ने र सुन्न मा चाहि पारखी नै मान्नु परला ! मज्जा लाग्यो । तर

' साथि सम्झि दोबाटोमा हासी खुसी बोलेपनि
मुटु माझ बस्नु भन्दा, परै राख साथहरु '

भनेर कसै प्रति रुष्ट भावमा लेख्नु भए जस्तो लाग्यो नि ? निकै नराम्ररी ह्रदय को स्पन्दनमा अबरोध खडा भएको आभाष दिलाउनु भएको छ नि !

Unknown said...

किन हो सिकारु जी, तपाईंले पनि साह्रै धोका पाउनु भयो कि कसो ? हुन त जीवनमा मान्छे भन्ने जातले धोका नपाएको ठाउँ नै कहाँ हुन्छ र, धेरै राम्रो गजल प्रस्तुत गर्नु भयो त्यसको लागि धेरै धेरै धन्यवाद, र लेख्दै जानुहोसा अझै यही शुभकामना सहित बिदा चाहन्छु, अस्तु ।

Prabesh said...

साह्रै नै खतरा गजल भयो । एकदमै राम्रो लाग्यो मलाई !!! अनि कसले यस्तरी धोका दियो हौ सिकारूज्यूलाई ?

Basanta said...

राम्रो गजल छ सिकारीजी!

तर यो 'स्वार्थता' भन्ने शब्द भएजस्तो लाग्दैन। 'स्वार्थ' आफैं पूर्ण शब्द हो।

डि आर न्यौपाने "सूर्य" said...

बेदनाथ जी रुष्ट भावना भन्दा पनि यस्को मुल तात्पर्य भनेको चाही कसैको जिवनमाथि सीयो बनेर पसी फालि बनेर निसक्नेहरुको लागि शब्दको तिखो प्रहार हो जस्तो लाग्छ। सायद धेरै जनाको जिवनमा यस्ता परिहरुको आगमन् भएको हुन सक्छ ।
अनि सुझावको लगाम नभएपनि पारखि भइदिएकोमा धन्यबाद।

बि जे मित्रजीको शुभकामनाले मेरो गोरेटोमा पाइला अगाडि बढाइरहोस तर यो भावनासंग मेरो यथार्त चाही झल्किदैन है मित्र जी ।

सायद उजेलिलाई मेरो प्रस्तुति खतरा लागेको चाहि पहिलो नै भन्नुपर्छ होला तर यस्को गुरु चाहि म तापाइलाई नै मान्न चाहन्छु ।अनि धोकाको बारेमा त माथि भनीसके ल ।

बसन्त जी सिकारु लाई शिकारी बनाउनु भएछ । तर म सिकारु मै रमाउन चाहन्छु है । अनि शब्दप्रतिको सहयोगको लागि मुरि मुरि धन्यबाद ।

Dilip Acharya said...

भावनाको अभिव्यक्ति सलल बगेको छ र मिठो गजल छ। प्राविधिक दृष्टिकोणबाट म आफैंलाई पनि गजलबारेमा राम्रो जानकारी छैन तर पनि यो गजलको मक्तामा काफीया अलि मिलेनकि जस्तो लाग्यो मलाई ।

माथीको शेरहरुमा भएका रातहरु, बातहरु, साथहरु जस्तै अन्तिम शेरमा पनि अनुप्रास मिल्ने शब्द राख्‍न सकिन्थ्यो जस्तो लाग्छ मलाई । साह्रै अप्ठेरो काफीया प्रयोग नभएकाले यो अनुप्रासयुक्त शब्द सक्केको छैन जस्तो लाग्छ ।

घिमिरे said...

त्यही विद्युतिय साइनो कै, झड्का लागेको जस्तो छ , सिकारू जी लाई !

Aakash said...

hajur sari ramro lago ni...

डि आर न्यौपाने "सूर्य" said...

आकाश जी लाई मेरो गोरेटोमा पाइला राखिदिनुभएकोमा अन्तरआत्माको स्वागत ।

अनि दिलिप दाजि सुझावको लागि धन्यबाद तर एक् दुई वटा उदाहरण पनि पस्कनु भएको भए आभरि हुने थिए ।

ए साच्चै आकार जी बिधुतिय साइनो त साइनोमै छ अझै त झडका लागेको छैन है ।

Unknown said...

हैन हौ सिकारुजी , म कसरी आईपुगेनछु यता ? राम्रो छ गजल । तपाईँका शेरहरु मध्येमा मलाई ज्यादै गह्रुँङ्गो लाग्यो यो शेर -
ईश्वर ठानि मन्दिर भित्र् पथ्थरका मुर्तिलाई
फुल टिपि नचढाउ ईश्र्या गर्छन् पातहरु

बडा सुन्दर र सहज ढँगले पातको ब्याथा उधिन्नु भएको छ । बाँकी नेपाली गजल क्षेत्रले यतिखेर काफियामा दोष रहित गजलहरु खोजीरहेको छ अर्थात गजललाई राम्रै निफन्न सक्नेहरुले तपाईंको काफियामा केहि दोष देख्नेछन् । दिलीपजीले भन्नुभएको मक्ताको तापहरु , मतलाकै पाठहरु र तेस्रो शेरको साथहरुलाई काफियामा भएको दोष मान्ने गरिन्छ नेपाली गजलमा तर सिद्धहस्त गजलकारहरुले नै पनि त्रुटीपूर्ण काफिया राखेर गजल लेखेकै छन् साथै केही हिन्दी उर्दु गजलहरुमा पनि सदोष काफिया चुनिएका नपाईने भने हैनन् ।

Unknown said...

सिकारु सुर्य प्रसाद् जि लेख् तथा कबिता हरु सारै राम्रा छन् म तिम्रो सहयोग् को लागि पनि तत्पर् नै छु राम्रो छ् यि कबिता तथा गजल् ले त तिमि लाइ कसै ले पर्खेर बसे को जस्तो छ नि र कसै ले धोका दिये जस्तो छ नि लेख्दा खुलाये र लेख्दा हुन्छ आफ्नो बेथा लेख्न डराउन पर्द्देन राम्रो छ् र अझ राम्रो हुनि छ भन्ने आसा मा छु
तिम्रो प्रगति चाहने
छबिलाल न्यौपाने
गुल्मि अर्बेनि
हाल् साउदि अरबिया
रियाद्

NKM said...

very nice!

Admin said...

Nice gazal sikaaru jee

Unknown said...

राम्रो लाग्यो मलाई पनि!! :-)

Post a Comment