14 August 2016

कविता (सपनाको बिमान )

. 14 August 2016
0 प्रतिक्रिया

 जब झोलाभरी कापी किताबको भारी बोक्थे
 त्यो बेला मेरा कल्पनाका रहरहरु
 बिश्वका प्रख्यात डक्टर, इन्जीनियर
 अन्वेषक , लेखक चित्रकार कवि साहित्यकार
 वा भनौ प्रख्यात शिक्षकको वरिपरि घुम्थे
  म माझ ती सुनेका  अदृश्य ब्यक्तीत्वहरु
  कहिले कसैको आवाजमा कम्पन्न भएर आउथे
  कहिले ती शैशबको भारीले थिचिएका शब्द भएर आउथे
  कहिले दक्षताको अनमोल खानी ठानीने
  उनै महाशयहरुको मुखार बिन्दुबाट निस्केका हुन्थे
 र तिनै दृश्यलाई नियाल्दै मेरा कल्पनाहरु शिखर चढथे।


ती कल्पनाहरुले शिखरको फेदि निर्धारण गर्दै गर्दा
शैशवको पाइलाले यौवनको फेद टेक्दा नटेक्दै
मेरो घरका हर चिजहरुले
मेरा कल्पनालाई गिज्याउदै थिए
आमाको बात र बाबाको दमले
मेरा कल्पनालाई निचोर्दै थिए
मेरा भाइबैनीको अबोध र सुकोमल मस्तिष्कले
उज्ज्वल भविष्यको भिख मागिरहेका थिए।
अनि
दक्ष र योग्यताको पाठ रटाउनेहरु
  भोक र रोगको लाचारतामा
  धम्की र आडम्बरको पाठ घोकाएका हुन्थे


म ती हरेक दृश्यहरुको साक्षी बनीरहेको थिए
गलत र सहीको अर्थ बुझ्ने पनि भएको थिए
 यी सब कुराले निर्धारण गरेका आधार स्तम्भहरु
 जोगाउन खोज्दा खोज्दै
 कल्पनाले शिखरको चुचुरो चुम्दा नचुम्दै
 मेरा सपनाहरुले बाटो मोडेका छन।


फेरि नयाँ सपनाहरुको योजनाले मन तीखो पार्दै
आफ्ना पुराना ईच्छा र कल्पनालाई
भाईबैनीको झोलामा कोच्न लगाउदै
बा आमाको एउटै सपनालाई मुर्त रुप दिन भन्दै
बाको दम र आमाको बात निमिट्यान्न पार्छु भन्दै
एउटा ठूलो अनौठो सपना बोकेर
रगत पसिनाले सिङ्गो सपना सिन्चित गर्ने अठोटले
स्वाभिमान र ईमान्दारीताको झन्डा उत्तोलन गरर्दै
म हावा सङ्गै बहकिएर उडेको छु सपनाको बिमानमा।
बाँकी यता >>