29 December 2009

छुट्नु र जुट्नु

. 29 December 2009
11 प्रतिक्रिया

परदेशको बार्षिक भारीलाई मासिक नाम्लोले उचाल्दै हिडीरहेका पाइलाहरुले फेरी जुट्नु त छुटनुको मार्माहत स्थितिलाई निम्ताइदियो । मिलनमा सूर्योदयको बिहानी जस्तै लाग्ने र बिछोडमा सूर्यास्तको मलिनो किरण जस्तै लाग्ने जिन्दगीको रितलाई आत्मसाथ गरेर हिड्नु नै मानव जीवनको पहिलो धर्म रहेछ वा भनौ जुट्दा कल्पनाको सन्सार त्यागेर यथार्तमा रमाउनुको मजा अर्कै हुने भने छुटदा कल्पनामा तैरिएका दिर्घकालीन योजनाहरुले बाटो बिराउने हुन् की भन्ने डर । मानव चरित्रका यस्तै जीवन चरित मार्गबाट गुज्रिरहेका यावत परिस्थितिहरुलाई मनको चित्रपटमा उतार्दै रजतपट बनाएर प्रस्तुत गर्दा पाइने अनुभूतिहरूको संगालो जस्तै देखीने रहेछ जीवनको गोरेको मातृभूमी र जन्मथलोमा रमाउन पाउदा । धर्ति भित्रको द्वारमा प्रबेश गर्दा लाग्छ जीवनमा चाहेजति खुसी र हाँसो मिल्यो । बाहिरी मुलुक जतिसुकै सुबिधा सम्पन्न भएपनि असहज लाग्ने मनको बाँधलाई राम्ररी थुन्न उही बुद्धको काख र सगरामाथाको साथ नै चाहिने । सुन्दरताको बर्णन गर्न शेसनागका जिब्रोले नभ्याउने देशका नागरिक हामीलाई अरुको कृतिम सुन्दरताको दृश्यले किन मोहित पार्थ्यो र ?

जति नै अन्तराष्ट्रिय नाम चलेका खाध्य बेच्ने होटल हरु किन नहुन, गगनचुम्बी महल किन नहुन, सफा सुन्दर बातावरणमा गुडीरहेका सफा र चिल्ला कारहरु किन नहुन आफूलाई त्यै मोफसलको गुन्द्रुक, ढेडो, मकै, भटमास खेतमा टक्क बसेको खरको झुपडीमा ओछ्याइएका राडीपाखी र गुन्द्री काम्लो नै प्यारो लाग्ने । सामाजिक सत्कारमा बेरिएको सस्कारले दर्शाएको पारिवारिक शब्दावली नै प्यारो लाग्ने । लाग्छ अब मातृभूमीलाई छोडेर काही जादिन।

मनमा सधै सदाशयता बोकेको समाजमा उदभाव जगाएर बस्नुको मजा छोडेर बैभवको आशा बोकेर मनलाई शब्दसन्धीमा कैद गराई छुटनुको पीडाबोध दयनीय नै हुन्छ । मातृभूमिको माया र पारिवारिक खुसीको दिनचर्यामा आफ्नो कोमल भावना लाई राखेर खुसी भविष्यको सांगलोमा बाँधी कठोर बनेर बिछोडिनु पर्ने विदारक स्थितिले कसको मनमा आन्दोलनको राँको नसल्केला र ? रहर संगै लड्दा लड्दै समयको बाध्यताले कुठाराघात गरेपछी कायरै बनेर भएपनि जन्भूमि छोड्नु पर्ने । जँहा जन्म लिएर आँगनमा बामे सर्न थालियो, तोतेबोली बोल्न सिकियो त्यही आँगनलाई नयनका अश्रु धाराले भिजाउदै निरिह र एक्लो महशुस गर्दै मुटुको एक ढिक्का अनन्तकालसम्मको जीवन साहारालाई आँशु उपहार छोडी बाटो लाग्नु पर्ने कस्तो जीवन यो ? जति अतितले बाटो टाढा पार्दै जान्छ त्यति नै स्मृतिको साँझले पीडाको छहारीमा बास गर्न थाल्छ ।

फेरी मनमनै कल्पना गर्छु समयले बगेका परिताप अनि मुस्कानमय क्षणले फाटेका मनहरुलाई टालटुल गरी सिउनको लागी सबैको मनमा हर्षोल्लासका साथ तम्सिएर नयाँ बर्ष पनि नजिकै आइरहेको छ । एक्लोपनाको आस्था, भरोसामा बिस्वासको दियोले उजेलो पार्ने प्रयास स्वरूप मिलन बिछोड बिचको स्नेह र पारिला कथाहरुमा विपक्ष बनेर आइलाग्ने "बिछोड' लाई नयाँ बर्षले निमिटयान्न पार्न सहयोग गर्दै, मिलनको गाथा बोकेर खिसिक्क दांत देखाउदै झुल्कियोस नयाँ बिहानी अनन्तसम्म नयाँ बनेर । आशा गरौ २००९ ले छुटाएर २०१० लाई जुटाउदा बाँकी बिस्मृतिका क्षणहरुले पार पाउन । विश्वभरी जरो गाडेर बसेको अफवाह, अतिरंजन र उदबेगहरुलाई सिंनित पार्दै गनिमत व्यवहारमा कोविद व्यक्तित्वका बिनयीहरुको बिगबिगी बढोस ।

साथै
नयाँ बर्ष २०१० को सम्पूर्ण ब्लगर मित्रहरु,पाठकवर्ग र समस्त नेपालीहरुमा मंगलमय शुभकामना !!
बाँकी यता >>

11 December 2009

गजल

. 11 December 2009
17 प्रतिक्रिया

बिर्से माया गालि दिए है प्रिय
 बाटो पर्दा पाली दिए है प्रिय

सारेको छु गुलाब तिम्रै लागि
फर्केर पानी हाली दिए है प्रिय

मृत्युशैयामा सुत्न पुगेछु भने
आफैले आगो बालि दिए है प्रिय

चकमन्न रातमा ब्युझाउन आए
सपना सबै टालि दिए है प्रिय

समाजलाई शोक परेको बेला
तिम्ले नि तालि दिए है प्रिय
बाँकी यता >>