श्यामलालले करिब पाँच वर्ष भैसकेछ यो संस्थामा काम गर्न लागेको पनि । घर धान्न देखि लिएर घर ब्यवहार, ईष्टमित्र, नातागोता सबैको भार आफ्नै टाउकोमा लगाउनु परेको छ । ६ जनाको पारिवारमा गाउका पाका पुराना ईज्जतसाथ बसेका मान्छे । अत्यधिक आधुनिकताले गाँजेको बेला भएर होला श्यामलाल पनि ढल्दैछन त्यो समयसँग नचाहरै भएपनि ।
त्यसो त उनी जागिर बाहेक परिवारसंग आफ्नै करेसाबारिमा सागसब्जि पनि उत्पादन गर्छन् । जायदात पनि अलि कमै भएका मान्छे भएपनि गाउघरको जनजिब्रोमा निकै ईमान्दारिता बोकेका मान्छे । "यो नोकरि गर्न लागेको पनि पाँच वर्ष भैसकेछ । बढुवाको आस गर्दागर्दै यतिका समय भैसक्यो । हाकिमले मन नपराएको पनि हैन । त्यो मदनलाललाई( संस्थामा आफूभन्दा उपल्लो स्तरका कर्मचारी) सरुवा गर्ने कुरा त चलाएकै छन् हाकिम साबले । त्यसपछि त आफ्नै पालो हो । हुन त यो बहुसङ्ख्यक बेरोजगारिको अखडामा रोजगारि पाएकै छु । जागिरको लागि महिनौ लगाएर मरिमेटेको तिक्तता पनि भोगेकै हो कति लोभिनु ?" यस्तै यस्तै विगत देखी बर्तमान सम्म सम्झदै राहतको मस्यौदा तयार पार्छन् श्यामलाल ।
नभन्दै आखिर त्यो दिन पनि आयो ।मदनलाललाई बढुवा गरेर पठाइदिए हाकिमले । श्यामलाललाई उपल्लो तहमा स्वागत गर्दै आफ्नो (पहिलेको श्यामलालको पद) पदपुर्तिका लागि उनैलाई एउटा ईमान्दार र स्वाभिमानि व्यक्ति खोज्ने जिम्मा पनि सुम्पिए हाकिमले । यसले धेरै समय पछि श्यामलाललाई राहत मिलेको अनुभूति भयो । परिवार सँग खुसी मनाए। गाउघर समाज टोलतिर उनैको चर्चा भयो। फेरि अर्कोतिर आफ्नो ईमान्दारिताको फलले गर्दा एउटा नयाँ मान्छे खोज्ने अवसर पनि मिलेकोमा दङ्ग छन् उनी। यसो समाजको यताउता आँखा घुमाए। फेरि सोचे हाकिम साब अलि प्रखर किसिमका मान्छे । जस्तोसुकैलाई त जागिर लगाउनु पनि भएन । उनको मनमा झट्ट एउटा नाम याद आयो। त्यो भाइको छोरा नारने( अलि उरन्ठेउलो हुनाले नारनलाई नारने भन्छन उनि) काम नपाएर घुमिराछ । एक पटक त खुवाको पनि हो जागिर मातेर हिडयो तर जे भएपनि आफ्नैलाई लगाउन पाए बिग्रेको पारिवारिक सम्बन्ध पनि सप्रने अनि उसको पुनर्रउत्थान पनि हुने । यदि हाकिम साबले कुरा खानु भयो भने राम्रै हुनेछ भन्ठानेर नारनेलाई नै जागिरमा फोर्स गर्ने बाचा सहित निदाउने कोसिस गरे त्यो रात ।
करिब आधा दशक काम गरेका पाका पुराना मान्छेको कुरालाई काटने कोसिस गरेनन हाकिम साबले पनि । यदि तिमिले ठीक छ र काममा पनि ईमान्दरिता देखाउछ भन्छौँ भने भोलिदेखी नै काममा बोलाउँ । धेरै दिन भैसक्यो काम थुप्रिएको छ तिमीलाई थाहै छ । हाकिमको कुरा सुनेर खुसी हुदै श्यामलालले नारनेलाई अर्को दिन देखि नै काममा बोलाए । बाबु छोरा संगसंगै अफिस जाने आउने गर्न थाले । केहि दिनमै दुई घरको पारिवारिक सम्बन्ध पनि सुधारिदै गयो । वरपर छरछिमेकले पनि गुनगानका नयाँ कुराहरु गाउन थाले। श्यामलालाई यस्तो खुसी जीवनमा पहिलो पटक मिलेको छ ।
(करिब तिन महिना पछी)
श्यामलाल विचारमा पर्दैछन आजभोलि । खै के भाको होला ? काम पनि गरेकै छु राम्रै सँग हिजो हाकिमले मलाई किन यति सारो गालि गरेको होला? गल्ति पनि त भए जस्तो लाग्दैन । के त्यो नारनेले पो बिरायो कि ? केहि समय भयो हाकिम र नारने निकै नजिक भाका छन् तर के भयो र आफ्नै केटो त हो मिलोस् न मलाई त राम्रै त हुने हो नि । सोच्दासोच्दै भुसुक्कै निदाएछन ।
समय बित्दै गयो । जति पछि भयो उति हाकिमको आँखामा गिर्दै गएको आभास भएको छ श्यामलाललाई आजभोलि । केहि दिनपछी नयाँ पोस्टमा काम गर्न असक्षम भन्दै बढेको पद घटाई पहिलेकै पदमा काम गर्न आग्रह गर्दे नारनेलाई उपल्लो तहमा काम लगाए हाकिमले । फेरि दोधारमा परे श्यामलाल । हुन त काम अलि कडा नै भएपनि चलाएकै थिए बरु त्यो नारनेले त कुरा बिगार.............. धत् म पनि कस्तो सोचेको ? निसन्देह काम लगाएको हुँ । गलत सोच्नु राम्रो होइन । मन सम्हाल्दै पु:न पुरानै काम सुरु गरे । यो बेला सम्म नारने र हाकिमको निकै जमेको छ । आफ्नो मान्छेको प्रगति देखेर दङ्ग छन् उनि । जे होस मेरो नारने ले हाकिमको मन जितेको छ मेरो पनि केही हुन्छ छिट्टै फेरि ।
नारनेलाई जागिर लागाएको केही महिनापछि हाकिमले श्यामलाल लाई आफ्नो अफिसमा बोलाए । नारन सरको अनुसार तपाईको असक्षमता र अस्वभाविक कृयाकलापले गर्दा यो संस्थामा काम गर्न अयोग्य ठहरिनुको कारण आजसम्मको हिसाबकिताब चुक्ता गरिदै जागिर निकाला गरिएको जानकारी गराउन चाहन्छु। तपाइका नयाँ दिनहरु शुभ रहुन ।
हाकिमको यो कुरा सुनेर आफ्नै नारनेको अनुहार तिर पुर्लुक्क हेर्दै पर्पुरो समाउदै आफ्नो
ईमान्दारितामा आफ्नो आफन्तले दिएको फल सम्झेर पाएको केही रकम बगलिमा हाल्दै घरतिर पाइला सार्छन श्यामलाल ।
मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign OutFollowers
बिधा
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
लोकप्रिय टाँसोहरु
-
न मस्कार! सम्पूर्ण ब्लग पाटोमा समाहित मित्रहरुलाई । लामो समय पश्चात कलम चलेको छ। समयले मलाइ धेरै पछाडी छोडेर गएछ या म समय संगै दौडिन सकिन। त...
-
पाहुनाझै दुइ दिन हाँसेर गई छोडि जुनेली रातमा ढाँटेर गई बसन्तमा संगसंगै फूल्छु भन्थि कोपिलामै बोटपात भाँचेर गई साधक बन्थ...
-
प्रतिक्षाको लामो घडि छोटिदैछ मेरी माया चर्किएको मुटु फेरि जोडिदैछ मेरी माया खोला नाला लेक बेसि गर्दै बित्ने अतित फेरि नदि बनि दोभानमा भेटिद...
-
२०६८ असोज ३ एउटा पत्र तिमीलाई कोरु कि जस्तो लाग्छ क्षितिजमै मिल्ने उडान भरु कि जस्तो लाग्छ शुन्यतामा हराउदा बहार बनि...
-
ब्लगिङ नगरेको पनि धेरै भैसकेछ । कहिले ईन्टरनेट संजालको समस्या,कहिले ब्यस्तता त कहिले अल्छिपनको रोग । निरन्तर हुन्छु भन्दाभन्दै पनि समस्याहर...
गोरेटोका पाइलाहरु
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
छलफल
गोरेटोका आगन्तुकहरु
नेपाली तिथि-मिति यता
गोरेटोसंगको गफगाफ यता
23 November 2010
आफन्त
लेखक-
डीआर न्यौपाने'सूर्य'
.
23 November 2010
Subscribe to:
Post Comments (Atom)

मेरो नेपाल - मेरो गौरव
मेरो बारेमा
फेसबुक पाना
फेसबुक साइनो
साथीहरुको ब्लगसंसार
-
-
-
-
कुन रङको खेलौं होली ?6 months ago
-
जय भोले !6 months ago
-
-
-
केही गजलहरु6 years ago
-
-
हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु6 years ago
-
Adjust contrast of a pdf free7 years ago
-
५ वटा कुरा8 years ago
-
-
-
-
म बहुलाउन सक्छु10 years ago
-
A Letter To The Shadow10 years ago
-
नबुझेकै बुझ्छन् मान्छे10 years ago
-
-
हाम्रा प्रकाशनहरु !!10 years ago
-
-
Dedicated to all the बाटो को केटाहरु11 years ago
-
-
महामुद्रा11 years ago
-
-
गीत11 years ago
-
-
पुस्तक गफ : कतै चर्चा नभएको उपन्यास 'इन्साफ'12 years ago
-
-
-
नेपाल बाहिरका नेपाली12 years ago
-
दशैको अवसरमा पिङमा रमाउनेहरु...12 years ago
-
-
-
एक सय एक प्रतिज्ञा - मनोज गजुरेल13 years ago
-
-
-
Hello..13 years ago
-
यादेँ II14 years ago
-
हिउँसगँको वैचारिक आगमन ...14 years ago
-
मैले देखेको, मेरो क्यामेराले खिचेको - ६14 years ago
-
-
vari jaon part214 years ago
-
Finally!!! made it..15 years ago
-
म फिर्दैछु फेरी ...!15 years ago
-
अन्य भाषाको परिपे्रक्ष्यमा चामलिङ भाषा15 years ago
-
तपाईं के भन्नु हुन्छ, झन्डा फेर्ने कि नफेर्ने ?16 years ago
-
-
-
संस्कृति कला प्रदर्शनीका कलाहरु16 years ago
-
-
पुस्तकले देखाएको गोरेटो16 years ago
-
भाउजु16 years ago
-
नबनाउ आफ्नो मलाई17 years ago
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
3 प्रतिक्रिया:
nepaliharuko khutta tanne prabritiko yathart katha . ramro lagyo bhai . guru chetri
सुर्य जी भने पछी, आफन्तलाई सहयोग नै गर्नु हुन्न रहेछ कि क्या हो ? यो कथाको सार ले त उसै भन्यो कि क्या हो ?
सायद कोहि कोहि आफन्त त्यस्तै हुन्छन ! सबै त होइन कि ?
लघु कथा लेखन राम्रो रहेको छ तर प्रस्तुती अझ रोचक बनाउने कोसिस गनुहोस !
बेद जी पक्कै होइन मेरो आशय आफन्तलाई सहयोग गर्नु हुन्न भन्ने ।
सहयोगलाई हतियार बनाई मौका मिले सहयोगीमाथी नै बज्र प्रहार गर्ने र बिस्वासमाथी प्रतिघात गर्ने आफन्तलाई छुन खोजेको हो मेरो कथाले । यस्ता कथाहरु हाम्रो समाजमा बिधमान नै छन । त्सैलाई कथामा उतार्ने दुस्साहस मात्र हो मेरो । ठिक भन्नु भयो सबै आफन्त यस्ता त कहाँ हुन्छन र बेद जी यसो भयो भने त कथा नै भएन नि हैन र? कल्पना बिरलैको जीवनसंग मिल्ने भएकोले नै यस्ता लेखनलाई कथा भन्ने नाम दिएको हुनुपर्छ मेरो बिचारमा ।
हजुरको सुझा सिरोपर छ । प्रयासरत रहनेछु।
Post a Comment