22 July 2010

वियोगको बह ( गजल )

. 22 July 2010

केहिदिन पहिले मतलामा मात्रै सिमित भएर फेसबुकमा प्रकाशन पनि गरेको थिए यो मतला। आज फेरी  फुर्सदमा यसलाई गजलको आकार दिएको छु। वियोगको छहारीमा रचेको यो रचनासंग मेरो भाव त झल्केको छ तर व्यक्तिगत जीवन संग सम्बन्धित भने  छैन।

छुरा घोच्नेहरुको संसारमा रेटिन सकिन
दागैदागहरुमा    बसिरहे मेटिन सकिन

अन्जानमै सजाएछु सपनाहरु खोजेर आँखामा
आँसुबनि  बगे र पो धडकनमा भेटिन सकिन

तोडीए वाचाहरु कोपिलामै लुटियो खुसित्यो
फूलेर सुगन्ध  छर्दैजगतमा देखिन् सकिन

भिजिरहेछु दिनरात घातैघातको बर्षामा
जलिरहेको अग्निमा पनि सेकिन सकिन

डढेछ चित्रपटको     आकृति खरानी बनेर  
दिलभित्रको किताब   छानेर लेखिन सकिन

10 प्रतिक्रिया:

Shiva Prakash said...

सूर्यजी,
म पनि जान्ने त हैन, जीवनमा धेरै कुराहरू भोग्दै गर्दा जानिए जस्तै लेखनमा पनि लेख्दै गर्दा जानिने हो । म पनि धेरै गजल लेख्दिन तर गजल मन पर्छ । यहाँनेर सानो लागेको कुरा भन्ने अनुमति चाहन्छु - गजलाइ पनि बढी मात्रामा गेयात्मक शैलीले हेरिदो रहेछ, गीत जस्तै, अझ भनुँ भने गीतका त धेरै लय ताल हुन्छन् तर गजलका एकै प्रकारको हुने हुदाँ मात्रा र गेय पक्षलाई प्राथमिकतालाइ हेर्ने हो भने दोस्रो शेरमा एकपटक ध्यान दिने कि । समग्रमा राम्रो..... । म पनि शिव सिकारू नै हूँ ।

गोकुल ढकाल said...

सुन्दर हरफहरु । लेख्दै जानु होला, शुभकामना ।

सूर्य/सिकारु said...

शिव जी सुझावको लागि धन्यबाद । गजल गेयात्मक हुनु नै पर्छ भन्ने गजलकारको पहिलो प्राथमिकतालाइ मनन त गर्नैपर्छ तर गजल गाउने व्यक्तिमा पनि भर पर्ने हुनाले फरक फरक गायकी पनि हुन सक्छ ।अलिकति मिलेन कि जस्तो त मलाई पनि लागेको हो । सकेसम्म सम्म मिलाएको छु र लेखमा सुधारको लागि निरन्तर प्रयास गर्नेछु ।

वेदनाथ पुलामी said...

शिव दाइ ले भन्नु भए जस्तै हरेक कुरा गर्दै / पर्दै जानिने हो तर जान्ने कोसिस र जानी सकेपछी भुल सुधार गर्न सक्नु चाही ठुलो कुरा हो !
अब देखि सुर्य जी लाइ गज़लकारको पंक्तिमा गनिन पाइयोस - धन्यबाद !

Bj. banatawa said...

Dherai ramrochha surya jee, kaafiyaako prayog sahi bhaeko chha sundar gajal. keep on writing.

राजेश नतांश said...

सूर्य जी गजल हृदय विदारक लाग्यो । वियोगको पीडाहरु यसरी नै प्रष्टुटित हुने गर्छन् ।

Anonymous said...

bhai surya dherai ramro chha.
chhabilal neupane

Prabesh said...

ठिकै लाग्यो सुर्य जी...१-२ वटा लाइनमा जबर्जस्ती शब्दको rhyme मिलाउन बनाउनुभएजस्तो लाग्यो...फुरेर लेखेको भन्दा पनि लेख्छु नै भनेर लेखेजस्तो...

Anonymous said...

MALAI TA RAMRAI LAGYO .. NABUJHERAI HO KI GAJALKO RUPREKHA .. MANOJ .

सूर्य/सिकारु said...

प्रवेश जी ठिकै भन्नु भयो । अरुबेला जस्तो मनले थामेर भने लेखेको पक्कै होइन। यसो गजलका नियममा बाँधिने कोसिस गरि लादेको थिए त्सैले अलि कम्जोर हुन पुगेछ । सुझाव सहितका प्रतिक्रियाको लागि सबैलाई धन्यबाद ।

Post a Comment