10 February 2009

गजल

. 10 February 2009

हुन त गजल लेख्ने मेरो पुरानो बानि चाहि होइन तर पनि ब्लगिङको सुरुवात संगै साथिहरुको हौसला र प्रेरणाबाट प्रभाबित भएर खुट्टा लरबराउदै भएपनि हिडिराखु जस्तो लागिरहेछ यो यात्रामा । खासगरि गजलमा हुनुपर्ने गुण र मर मसलाहरुको  बारेमा पुर्णतया जानकारी नभएको हुनाले यो गजल पस्केको छु  थप सरसल्लाहको लागि तपाइहरुको जोसिलो कलमको अपेक्षा

सज्जनलाई ठाउ छैन यत्रतत्र जालीहरु
पथभ्रष्ट भएपछि देश हाक्ने मालीहरु

अन्यायको बिरुद्धमा हात जोडदै हिडेपनि
 न्याय छैन पाइन्छ यहाँ मुटु घोच्ने गालीहरु

गरिबिको छाति माथि पजेरोको पाङ्ग्रा गुडदा
 बिरोध हैन देखिराछ स्वागतका रयालीहरु

झुपडिका आशाहरु महल् सम्म पुरयाए नि 
बर्षौ भयो नछाएको पानि चुहिने पालीहरु

प्रजातन्त्र लोकतन्त्र र गणतन्त्रको नारा बेच्दै 
अखण्डतालाई खण्ड पार्न छुटयाउडैछ्न थालीहरु

बलिदान र समर्पणको मुल्य चाटने भोगीहरु 
निमोठदैछन देशप्रेम् र राष्ट्रीयताका बालीहरु

7 प्रतिक्रिया:

Unknown said...

सिकारु भाइ गजल् को लगि धन्याबद् र हो मलाइ पनि तेस्तै नै लागि रहे को छ् नेपाल् भन्न पनि पाइ दैन कि जस्तो तेसै ले हामि हरु अब बिदेसिनु हुदैन बिदेश् बाट् देसलाइ माया दिये र देस् ले माया पाय न हामि अब् स्वदेस् मै बसे र सान्ति तरि का ले क्रान्ति गर्ने स्थिति आउला जस्तो छ गजल को मर्मिकता बुझि हामि हरु अब अफ्नो मातृभुमि फर्कनु पर्छ

छबिलाल् न्यौपाने

Basanta said...

राम्रो प्रयास सिकारुजी! गजलविज्ञ त म पनि होईन तर कहिलेकाहीं लेख्छु। तपाईँको यो गजलले राम्रो भाव बोकेको छ तर भाषा बढी 'राजनीतिक' हुनाले नारावादी देखिन्छ। राजनीतिक सन्देशलाई कलात्मक आवरण दिएर पेश गर्न सकियो भने त्यो जत्तिको प्रभावशाली केहि पनि हुँदैन। साहित्यिक विधामध्ये सबैभन्दा बढी सौन्दर्यचेत र कलात्मकता खोज्ने शायद गजलनै हो। यसकारण मेरो सल्लाह तपाईँलाई, 'सकेसम्म लामो' गजलभन्दा 'सकेसम्म राम्रो' गजल लेख्ने कोशिश गर्नुहोला।

आफैं त्यति नजान्ने हुँदा-हुँदैपनि एउटा हितैषीका रुपमा यति सल्लाह लेखें। भूलचुक माफ गर्दिनु होला।

Dilip Acharya said...

यि दुई शेरहरु भने एकदमै चित्त बुझ्दो लाग्यो :

सज्जनलाई ठाउ छैन यत्रतत्र जालीहरु
पथभ्रष्ट भएपछि देश हाक्ने मालीहरु

झुपडिका आशाहरु महल सम्म पुर्‍याए नि
बर्षौ भयो नछाएको पानि चुहिने पालीहरु


तर माथि वसन्तजीको सुझाव पनि मनन योग्य छन।

गजलवारे आफू पनि जानकार नभएको तथ्य प्रष्ट्याउँदै, म पनि गजललाई सकेसम्म 'टु द प्वाईन्ट' लेखेर ५ शेर सम्ममा सक्दा चोटिलो हुन्छ जस्तो लाग्छ भन्न भने पछाडी नपरौं होला ।

मत्ला देखि सबै शेरमा "...ऽऽलिहरु" पढ्दै जाँदा अन्तिम मक्तामा "साथीहरु" पनि अलिकता खट्कीयो मलाई ।

तपाईको लेखन परिस्कृत हुँदैं गएकोमा कुनै सन्देह छैन, तर पनि अझै सुधार गर्न सक्नु हुन्छ भन्ने थाहा भएरै यो दुझाव दिने दुस्साहस गरेको छु, अन्यथा नलिनु होला ।

Jotare Dhaiba said...

सिकारुजी, गजलमा तपाईँको उत्साहजनक लगन स्वागतयोग्य छ । गजलमा सुझाव माग्नुभएको छ । कलात्मक निखार अभ्याससँगै आउनेछ, तर त्यसमा निरन्तर जोड गर्नुहोला र सकेसम्म पाँच सेरमै गजलको पूर्ण प्याकेज बनाउनुहोला । एउटा गजल लेख्दा भेटिएजति जम्मै काफियामा लेख्‍न थाल्यो भने त्यो भद्दा हुने त छँदैछ, सम्प्रेषणीय र पठनीय पनि हुँदैन साथै भावमा पनि पातलोपना आउने सम्बावना हुन्छ । वसन्तजी र दिलीपजीको सुझावले धेरै कुरा बोलिसकेको छ ।

डीआर न्यौपाने'सूर्य' said...

छबिलाल जी तपाइहामि जस्तै सबैको सोचमा परिबर्तन् आउने भए पक्कै देशमा प्रगतिको लहर छाउने थियो होला ।

दिलिप जी अनि बसन्त जी मैले शुरुमा नै स्विकारिसकेको छु कि गजल यात्रामा मेरो शुरुवात मात्रै हो भनेर । त्यसैले अन्यथा लीने कुरै छैन । तपाइहरुका यी सुझाव हरु मेरा गोरेटोका चम्किला ताराहरु हुन जसमा म आफुलाई सधै उज्जेलोमा हिडिरहेको अनुभव गर्नेछु ।
धाइवा जी गोरेटोमा पस्किनु भएको मिठो सुझावरुपि खजानाको लागी धन्यबाद ।

Anonymous said...

मैले रेडियोमा गजलहरु प्राय मायाँ पिरती संग सम्बन्धित हुन्छन् भन्ने सुनेको थिएँ

Prabesh said...

"अखण्डतालाई खण्ड पार्न छुटयाउडैछ्न थालीहरु"

यो लाइन चैँ साह्रै नै नमिलेजस्तो लाग्यो मात्रिक रूपले है सान्दर्भिक रूपले चैँ होइन फेरि । अनि गजल त एकदमै राम्रो छ । गजल मायावादी मात्रै हुन्छ भन्ने कुरा पहिले नै तोडिइसकेको हो त्यहि भएर समाजका विभिन्न पाटाहरूलाई पनि गजलको माध्यमबाट उठाउन सकियो भने यो निकै नै लाभदायी हुन्छ जस्तो मलाई लाग्छ ।

Post a Comment