परिताप मै सम्झौता गरियो कसरी
नमानेको मनलाई हरियो कसरी
प्रेमको मुलबाटो खोजेर हिडदैथे
फेशनको बजारमा झरीयो कसरी
किनाराको साथ भेल पर्दा छुटेछ
श्रावणको नदि त्यो तरियो कसरी
पल-पलको श्रममा बांच्दैछ जीवन
वैभबकी गणिकामा परियो कसरी
कथा जानेकै थे हिरोइन मानेकै थे
फ़ेरि खलनायक मा सरियो कसरी ?
17 प्रतिक्रिया:
सिकारु जी मजाले आफ्नो हृदयको सम्बेगलाई गजल बनाएर पारदर्शी बनाउनुभयो गजल मिठो अनी सुरिलो छ, हुन त यो गजलको नियम कानुन आउँदैन है तर मेरो द्रिष्टीमा धेरै नै राम्रो मन पर्यो लेख्दै जानुहोला शुभकामना ।
हजूरबा खै के लेखेको मलाई त तेती आउदैना जे भयपनि झकास चै छ है शुभकामना ....
हो हो नाति, तिम्रो उमेरले पनि यस्ता कुरा बुझ्नलाई अलि छेकेको छ। समय भएपछी आफै बुझ्नेछौ । आगमनको लागि धन्यबाद !
खलनायक सँगै 'लप' पर्ने होला नि त 'हिरोनीको' त्यै भएर होला!!!हा हा हा
सधैँझैँ मीठो गजल । मन छुने....
पल पलको श्रममा बाँच्दैछ जीवन
वैभवको गणिकामा परियो कसरी
साह्रै मिठो शेर !
अन्तिम शेर को अन्तिम लाइन - कस्तो अचम्म खलनायकमा कसरि सारियो ??
हुन् त हो सुर्य जी ! राम्रो गर्न खोज्दा खोज्दै नराम्रो भइन्छ / देख्छन !
तर त्यसमा हाम्रो दोष केहि छैन !
हो सुर्यजी, यहाँ थाहै नपाइ खलनायक भइन्छ । तपाइको गज़ल उच्च कोटीको लाग्यो, यद्यपि मत्लामा प्रयोग गर्नु भएको काफिया र पछिला शेरहरुको काफियामा अलिकति भिन्नता लाग्यो ।
सिकारुजीको एउटा सुन्दर गजल !
वाह! वाह!! यस्ता गजल लेख्न सक्ने मान्छेले आफूलाई अझै 'सिकारु' भनेको देख्दा छक्क परेको छु म।
Great gajal.. keep it up - Sagar kafle
nice gajal,
पल पलको श्रममा बाच्दैछ जीवन
वैभबको गणिकामा परियो कसरी keep it continue.
क्या मज्जाको गजल... अन्तिम शेरले सबभन्दा धेर छोयो
antim sher chahi sawa ser nai ho hai . man paryo .
जीवनका नागबेली सडकमा देखिने विसङ्गतिलाई ट् वाक्कै समाएर निकै सान्दर्भिक गजल आयो । आकार र तागत लिएर मैदानमा उत्रिए पनि 'खलनायक'मा दरिने तीतोपन चाँही धेरैको भोगाइ हो ।
क्या बात !
गगल पठ्नै मज्जा अर्को!! म फेरी पनि धुम्दै आए !! निकै मार्मिक र मज्जाले लेख्नु भएको हो।
किन होलाहै यस्तो काम गरिरहेका छौ, हुन्छ भन्यो हुन्छ भन्यो मात्र केही भयो भने गणिका मात्र।। उफ...
अहा अति सुन्दर गजल।
Post a Comment