29 December 2009

छुट्नु र जुट्नु

. 29 December 2009

परदेशको बार्षिक भारीलाई मासिक नाम्लोले उचाल्दै हिडीरहेका पाइलाहरुले फेरी जुट्नु त छुटनुको मार्माहत स्थितिलाई निम्ताइदियो । मिलनमा सूर्योदयको बिहानी जस्तै लाग्ने र बिछोडमा सूर्यास्तको मलिनो किरण जस्तै लाग्ने जिन्दगीको रितलाई आत्मसाथ गरेर हिड्नु नै मानव जीवनको पहिलो धर्म रहेछ वा भनौ जुट्दा कल्पनाको सन्सार त्यागेर यथार्तमा रमाउनुको मजा अर्कै हुने भने छुटदा कल्पनामा तैरिएका दिर्घकालीन योजनाहरुले बाटो बिराउने हुन् की भन्ने डर । मानव चरित्रका यस्तै जीवन चरित मार्गबाट गुज्रिरहेका यावत परिस्थितिहरुलाई मनको चित्रपटमा उतार्दै रजतपट बनाएर प्रस्तुत गर्दा पाइने अनुभूतिहरूको संगालो जस्तै देखीने रहेछ जीवनको गोरेको मातृभूमी र जन्मथलोमा रमाउन पाउदा । धर्ति भित्रको द्वारमा प्रबेश गर्दा लाग्छ जीवनमा चाहेजति खुसी र हाँसो मिल्यो । बाहिरी मुलुक जतिसुकै सुबिधा सम्पन्न भएपनि असहज लाग्ने मनको बाँधलाई राम्ररी थुन्न उही बुद्धको काख र सगरामाथाको साथ नै चाहिने । सुन्दरताको बर्णन गर्न शेसनागका जिब्रोले नभ्याउने देशका नागरिक हामीलाई अरुको कृतिम सुन्दरताको दृश्यले किन मोहित पार्थ्यो र ?

जति नै अन्तराष्ट्रिय नाम चलेका खाध्य बेच्ने होटल हरु किन नहुन, गगनचुम्बी महल किन नहुन, सफा सुन्दर बातावरणमा गुडीरहेका सफा र चिल्ला कारहरु किन नहुन आफूलाई त्यै मोफसलको गुन्द्रुक, ढेडो, मकै, भटमास खेतमा टक्क बसेको खरको झुपडीमा ओछ्याइएका राडीपाखी र गुन्द्री काम्लो नै प्यारो लाग्ने । सामाजिक सत्कारमा बेरिएको सस्कारले दर्शाएको पारिवारिक शब्दावली नै प्यारो लाग्ने । लाग्छ अब मातृभूमीलाई छोडेर काही जादिन।

मनमा सधै सदाशयता बोकेको समाजमा उदभाव जगाएर बस्नुको मजा छोडेर बैभवको आशा बोकेर मनलाई शब्दसन्धीमा कैद गराई छुटनुको पीडाबोध दयनीय नै हुन्छ । मातृभूमिको माया र पारिवारिक खुसीको दिनचर्यामा आफ्नो कोमल भावना लाई राखेर खुसी भविष्यको सांगलोमा बाँधी कठोर बनेर बिछोडिनु पर्ने विदारक स्थितिले कसको मनमा आन्दोलनको राँको नसल्केला र ? रहर संगै लड्दा लड्दै समयको बाध्यताले कुठाराघात गरेपछी कायरै बनेर भएपनि जन्भूमि छोड्नु पर्ने । जँहा जन्म लिएर आँगनमा बामे सर्न थालियो, तोतेबोली बोल्न सिकियो त्यही आँगनलाई नयनका अश्रु धाराले भिजाउदै निरिह र एक्लो महशुस गर्दै मुटुको एक ढिक्का अनन्तकालसम्मको जीवन साहारालाई आँशु उपहार छोडी बाटो लाग्नु पर्ने कस्तो जीवन यो ? जति अतितले बाटो टाढा पार्दै जान्छ त्यति नै स्मृतिको साँझले पीडाको छहारीमा बास गर्न थाल्छ ।

फेरी मनमनै कल्पना गर्छु समयले बगेका परिताप अनि मुस्कानमय क्षणले फाटेका मनहरुलाई टालटुल गरी सिउनको लागी सबैको मनमा हर्षोल्लासका साथ तम्सिएर नयाँ बर्ष पनि नजिकै आइरहेको छ । एक्लोपनाको आस्था, भरोसामा बिस्वासको दियोले उजेलो पार्ने प्रयास स्वरूप मिलन बिछोड बिचको स्नेह र पारिला कथाहरुमा विपक्ष बनेर आइलाग्ने "बिछोड' लाई नयाँ बर्षले निमिटयान्न पार्न सहयोग गर्दै, मिलनको गाथा बोकेर खिसिक्क दांत देखाउदै झुल्कियोस नयाँ बिहानी अनन्तसम्म नयाँ बनेर । आशा गरौ २००९ ले छुटाएर २०१० लाई जुटाउदा बाँकी बिस्मृतिका क्षणहरुले पार पाउन । विश्वभरी जरो गाडेर बसेको अफवाह, अतिरंजन र उदबेगहरुलाई सिंनित पार्दै गनिमत व्यवहारमा कोविद व्यक्तित्वका बिनयीहरुको बिगबिगी बढोस ।

साथै
नयाँ बर्ष २०१० को सम्पूर्ण ब्लगर मित्रहरु,पाठकवर्ग र समस्त नेपालीहरुमा मंगलमय शुभकामना !!

11 प्रतिक्रिया:

Unknown said...

सुर्य जी धेरै गहिराइमा डुबेर शुभकामना बाँड्नु भयो, म अत्यन्तै नै द्वबिधा मा परें एक त साथीको बिगत प्रतिको मोह लाई समालोचना गर्न हिम्मत जुटाउंकी जस्तो पनि र अर्को कुरा नयाँ बर्षको शुभकामना पनि पहिरीहालुकी भन्ने हुन त म कुनै समालोचक हैन तरै पनि यती धेरै गहिराइमा डुबेर २००९ लाई बिदा गर्दा म साथी प्रती धेरै नै माया लाग्यो, हो कुनै पनि क्षण यस्ता हुन्छन जो कहिले फर्केर आउँदैन तर सम्झना कलेजोमा जोडीन्छ चिन्ता नगरनुहोला सिकारु जी अबस्य त्यही पल नल्याए पनि त्यो भन्दा झन राम्रो ल्याइदिने छ तपाईंलाई २०१० ले यही शुभकामना सहित बिदा लिन्छु यदी गल्ती भएमा माफ गर्नु होला।

Ashesh said...

बडो मार्मिक कुरो गर्नुभो सर । 'मलाई त मोफसलकै गुन्द्रुक र ढिँडो,मकै भटमास मनपर्छ' । तर हाम्रै राजधानीमा हेर्नुस् त...के.एफ.सी भनिने भर्खर खुलेको विदेशी कुखुरोको मासु बेच्ने पसल अगाडिको मानव समुद्र!! दुर दराजबाटै भएपनि देशको माया कतिधेरै गर्नुहुन्छ तपाईँहरू तर हामी.....स्वदेशमै बसेर पनि आफैलाई नेपाली भनाउन लाज लाग्ने मनस्थितिमा पुगिसक्यौँ ।

यहाँलाई पनि धेरै धेरै शुभकामना नववर्ष २०१० को ।

Dilip Acharya said...

थोरै शब्दमा धेरै कुरा र सरल भाषामा जीवनका जटिलताहरु बयान भएका छन तपाईको यो पोस्टमा । खैर, जिन्दगी यस्तै हो ....जे हुँदैँछ ठीक हुँदैछ भन्ने मूलमन्त्र लाई नै सबैले अंगिकार गर्नु पर्छ आखीरमा ।

नयाँ बर्षको शुभकामना !

कृष्णपक्ष said...

साच्चै जहा गए पनि जे गरे पनि यो मन त नेपाली नै हुन्छ, आफ्नो घरको सम्झना र मायालाइ विदेशी रमझमले कसै गरे पनि जित्न सक्दैन, अन्तरात्माको भित्रि तहमा त्यो सधै बाचिरहेको हुन्छ । यस्तै स्मृतिलाइ जीवन्त बनाउदै कोर्नु भएको सुर्यजीको यो प्रस्तुती खुब मन पर्यो । नया बर्षको यहालाइ पनि शुभकमना ।

Unknown said...

नयाँ वर्ष सन २०१० को शुभकामना तपाईंलाई साथै यस ब्लगका सम्पुर्ण पाठकहरुलाई ।

Anonymous said...

Happy new year 2010 to you and all the visitors of this blog!

दूर्जेय चेतना said...

साह्रै चित्त बुझ्ने गरी बाड्नु भयो। तपाईलाई पनि नयाँ वर्षको शुभकामना है

Basanta said...

सिकारुजी र यो ब्लगका समस्त पाठकहरुमा नयाँ वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!

Unknown said...

नयाँ वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!

Yumesh Pulami said...

यस नव बर्ष (अंग्रेजी बर्ष ) को उपलक्ष्यमा यहा लगायत यहाको परिवारमा तथा यस ब्लग भिजिट गर्नु हुनेहरु सबैमा नव बर्ष २०१० को उपलक्ष्यमा सु-स्वास्थ्य , दिर्घायु तथा उतार उतार प्रगतिको कामना गर्दछु | धन्यबाद !!

Chaitanya said...

लेख निकै मार्मिक लाग्यो |के गर्नु, यो पिडा हामी बिछोडिनुको भन्दा पनि हामी पिछडिनुको हो|तपाइंलाई नयाँ बर्ष २०१० को हार्दिक मंगलमय शुभकामना |

Post a Comment