12 January 2010

गजल

. 12 January 2010

परिताप मै सम्झौता गरियो कसरी
 नमानेको मनलाई हरियो कसरी

प्रेमको मुलबाटो खोजेर हिडदैथे
 फेशनको बजारमा झरीयो कसरी

किनाराको साथ भेल पर्दा छुटेछ
श्रावणको नदि त्यो तरियो कसरी

पल-पलको श्रममा बांच्दैछ जीवन
वैभबकी गणिकामा परियो कसरी

कथा जानेकै थे हिरोइन मानेकै थे
फ़ेरि खलनायक मा सरियो कसरी ?

17 प्रतिक्रिया:

Collection from world said...

सिकारु जी मजाले आफ्नो हृदयको सम्बेगलाई गजल बनाएर पारदर्शी बनाउनुभयो गजल मिठो अनी सुरिलो छ, हुन त यो गजलको नियम कानुन आउँदैन है तर मेरो द्रिष्टीमा धेरै नै राम्रो मन पर्‍यो लेख्दै जानुहोला शुभकामना ।

खोटांगे राई के. said...

हजूरबा खै के लेखेको मलाई त तेती आउदैना जे भयपनि झकास चै छ है शुभकामना ....

डीआर न्यौपाने'सूर्य' said...

हो हो नाति, तिम्रो उमेरले पनि यस्ता कुरा बुझ्नलाई अलि छेकेको छ। समय भएपछी आफै बुझ्नेछौ । आगमनको लागि धन्यबाद !

Ashesh said...

खलनायक सँगै 'लप' पर्ने होला नि त 'हिरोनीको' त्यै भएर होला!!!हा हा हा

सधैँझैँ मीठो गजल । मन छुने....

Unknown said...

पल पलको श्रममा बाँच्दैछ जीवन
वैभवको गणिकामा परियो कसरी

साह्रै मिठो शेर !

Yumesh Pulami said...

अन्तिम शेर को अन्तिम लाइन - कस्तो अचम्म खलनायकमा कसरि सारियो ??
हुन् त हो सुर्य जी ! राम्रो गर्न खोज्दा खोज्दै नराम्रो भइन्छ / देख्छन !
तर त्यसमा हाम्रो दोष केहि छैन !

कृष्णपक्ष said...

हो सुर्यजी, यहाँ थाहै नपाइ खलनायक भइन्छ । तपाइको गज़ल उच्च कोटीको लाग्यो, यद्यपि मत्लामा प्रयोग गर्नु भएको काफिया र पछिला शेरहरुको काफियामा अलिकति भिन्नता लाग्यो ।

Unknown said...

सिकारुजीको एउटा सुन्दर गजल !

Basanta said...

वाह! वाह!! यस्ता गजल लेख्न सक्ने मान्छेले आफूलाई अझै 'सिकारु' भनेको देख्दा छक्क परेको छु म।

Anonymous said...

Great gajal.. keep it up - Sagar kafle

प्रबिण थापा said...

nice gajal,
पल पलको श्रममा बाच्दैछ जीवन
वैभबको गणिकामा परियो कसरी keep it continue.

दूर्जेय चेतना said...
This comment has been removed by the author.
Anonymous said...

क्या मज्जाको गजल... अन्तिम शेरले सबभन्दा धेर छोयो

दिनेश राज said...

antim sher chahi sawa ser nai ho hai . man paryo .

Jotare Dhaiba said...

जीवनका नागबेली सडकमा देखिने विसङ्गतिलाई ट् वाक्कै समाएर निकै सान्दर्भिक गजल आयो । आकार र तागत लिएर मैदानमा उत्रिए पनि 'खलनायक'मा दरिने तीतोपन चाँही धेरैको भोगाइ हो ।
क्या बात !

दूर्जेय चेतना said...

गगल पठ्नै मज्जा अर्को!! म फेरी पनि धुम्दै आए !! निकै मार्मिक र मज्जाले लेख्नु भएको हो।
किन होलाहै यस्तो काम गरिरहेका छौ, हुन्छ भन्यो हुन्छ भन्यो मात्र केही भयो भने गणिका मात्र।। उफ...

My lovely world said...

अहा अति सुन्दर गजल।

Post a Comment