परदेशको बार्षिक भारीलाई मासिक नाम्लोले उचाल्दै हिडीरहेका पाइलाहरुले फेरी जुट्नु त छुटनुको मार्माहत स्थितिलाई निम्ताइदियो । मिलनमा सूर्योदयको बिहानी जस्तै लाग्ने र बिछोडमा सूर्यास्तको मलिनो किरण जस्तै लाग्ने जिन्दगीको रितलाई आत्मसाथ गरेर हिड्नु नै मानव जीवनको पहिलो धर्म रहेछ वा भनौ जुट्दा कल्पनाको सन्सार त्यागेर यथार्तमा रमाउनुको मजा अर्कै हुने भने छुटदा कल्पनामा तैरिएका दिर्घकालीन योजनाहरुले बाटो बिराउने हुन् की भन्ने डर । मानव चरित्रका यस्तै जीवन चरित मार्गबाट गुज्रिरहेका यावत परिस्थितिहरुलाई मनको चित्रपटमा उतार्दै रजतपट बनाएर प्रस्तुत गर्दा पाइने अनुभूतिहरूको संगालो जस्तै देखीने रहेछ जीवनको गोरेको मातृभूमी र जन्मथलोमा रमाउन पाउदा । धर्ति भित्रको द्वारमा प्रबेश गर्दा लाग्छ जीवनमा चाहेजति खुसी र हाँसो मिल्यो । बाहिरी मुलुक जतिसुकै सुबिधा सम्पन्न भएपनि असहज लाग्ने मनको बाँधलाई राम्ररी थुन्न उही बुद्धको काख र सगरामाथाको साथ नै चाहिने । सुन्दरताको बर्णन गर्न शेसनागका जिब्रोले नभ्याउने देशका नागरिक हामीलाई अरुको कृतिम सुन्दरताको दृश्यले किन मोहित पार्थ्यो र ?
जति नै अन्तराष्ट्रिय नाम चलेका खाध्य बेच्ने होटल हरु किन नहुन, गगनचुम्बी महल किन नहुन, सफा सुन्दर बातावरणमा गुडीरहेका सफा र चिल्ला कारहरु किन नहुन आफूलाई त्यै मोफसलको गुन्द्रुक, ढेडो, मकै, भटमास खेतमा टक्क बसेको खरको झुपडीमा ओछ्याइएका राडीपाखी र गुन्द्री काम्लो नै प्यारो लाग्ने । सामाजिक सत्कारमा बेरिएको सस्कारले दर्शाएको पारिवारिक शब्दावली नै प्यारो लाग्ने । लाग्छ अब मातृभूमीलाई छोडेर काही जादिन।
मनमा सधै सदाशयता बोकेको समाजमा उदभाव जगाएर बस्नुको मजा छोडेर बैभवको आशा बोकेर मनलाई शब्दसन्धीमा कैद गराई छुटनुको पीडाबोध दयनीय नै हुन्छ । मातृभूमिको माया र पारिवारिक खुसीको दिनचर्यामा आफ्नो कोमल भावना लाई राखेर खुसी भविष्यको सांगलोमा बाँधी कठोर बनेर बिछोडिनु पर्ने विदारक स्थितिले कसको मनमा आन्दोलनको राँको नसल्केला र ? रहर संगै लड्दा लड्दै समयको बाध्यताले कुठाराघात गरेपछी कायरै बनेर भएपनि जन्भूमि छोड्नु पर्ने । जँहा जन्म लिएर आँगनमा बामे सर्न थालियो, तोतेबोली बोल्न सिकियो त्यही आँगनलाई नयनका अश्रु धाराले भिजाउदै निरिह र एक्लो महशुस गर्दै मुटुको एक ढिक्का अनन्तकालसम्मको जीवन साहारालाई आँशु उपहार छोडी बाटो लाग्नु पर्ने कस्तो जीवन यो ? जति अतितले बाटो टाढा पार्दै जान्छ त्यति नै स्मृतिको साँझले पीडाको छहारीमा बास गर्न थाल्छ ।
फेरी मनमनै कल्पना गर्छु समयले बगेका परिताप अनि मुस्कानमय क्षणले फाटेका मनहरुलाई टालटुल गरी सिउनको लागी सबैको मनमा हर्षोल्लासका साथ तम्सिएर नयाँ बर्ष पनि नजिकै आइरहेको छ । एक्लोपनाको आस्था, भरोसामा बिस्वासको दियोले उजेलो पार्ने प्रयास स्वरूप मिलन बिछोड बिचको स्नेह र पारिला कथाहरुमा विपक्ष बनेर आइलाग्ने "बिछोड' लाई नयाँ बर्षले निमिटयान्न पार्न सहयोग गर्दै, मिलनको गाथा बोकेर खिसिक्क दांत देखाउदै झुल्कियोस नयाँ बिहानी अनन्तसम्म नयाँ बनेर । आशा गरौ २००९ ले छुटाएर २०१० लाई जुटाउदा बाँकी बिस्मृतिका क्षणहरुले पार पाउन । विश्वभरी जरो गाडेर बसेको अफवाह, अतिरंजन र उदबेगहरुलाई सिंनित पार्दै गनिमत व्यवहारमा कोविद व्यक्तित्वका बिनयीहरुको बिगबिगी बढोस ।
साथै
नयाँ बर्ष २०१० को सम्पूर्ण ब्लगर मित्रहरु,पाठकवर्ग र समस्त नेपालीहरुमा मंगलमय शुभकामना !!
मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign OutFollowers
बिधा
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
लोकप्रिय टाँसोहरु
-
न मस्कार! सम्पूर्ण ब्लग पाटोमा समाहित मित्रहरुलाई । लामो समय पश्चात कलम चलेको छ। समयले मलाइ धेरै पछाडी छोडेर गएछ या म समय संगै दौडिन सकिन। त...
-
पाहुनाझै दुइ दिन हाँसेर गई छोडि जुनेली रातमा ढाँटेर गई बसन्तमा संगसंगै फूल्छु भन्थि कोपिलामै बोटपात भाँचेर गई साधक बन्थ...
-
प्रतिक्षाको लामो घडि छोटिदैछ मेरी माया चर्किएको मुटु फेरि जोडिदैछ मेरी माया खोला नाला लेक बेसि गर्दै बित्ने अतित फेरि नदि बनि दोभानमा भेटिद...
-
२०६८ असोज ३ एउटा पत्र तिमीलाई कोरु कि जस्तो लाग्छ क्षितिजमै मिल्ने उडान भरु कि जस्तो लाग्छ शुन्यतामा हराउदा बहार बनि...
-
ब्लगिङ नगरेको पनि धेरै भैसकेछ । कहिले ईन्टरनेट संजालको समस्या,कहिले ब्यस्तता त कहिले अल्छिपनको रोग । निरन्तर हुन्छु भन्दाभन्दै पनि समस्याहर...
गोरेटोका पाइलाहरु
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
छलफल
गोरेटोका आगन्तुकहरु
नेपाली तिथि-मिति यता
गोरेटोसंगको गफगाफ यता
29 December 2009
छुट्नु र जुट्नु
लेखक-
डीआर न्यौपाने'सूर्य'
.
29 December 2009
Subscribe to:
Post Comments (Atom)
मेरो नेपाल - मेरो गौरव
मेरो बारेमा
फेसबुक पाना
फेसबुक साइनो
साथीहरुको ब्लगसंसार
-
-
-
कुन रङको खेलौं होली ?1 year ago
-
जय भोले !1 year ago
-
-
-
-
केही गजलहरु6 years ago
-
-
हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु7 years ago
-
Adjust contrast of a pdf free8 years ago
-
५ वटा कुरा8 years ago
-
-
-
-
म बहुलाउन सक्छु10 years ago
-
A Letter To The Shadow10 years ago
-
नबुझेकै बुझ्छन् मान्छे11 years ago
-
-
हाम्रा प्रकाशनहरु !!11 years ago
-
-
Dedicated to all the बाटो को केटाहरु11 years ago
-
-
महामुद्रा11 years ago
-
-
गीत12 years ago
-
-
पुस्तक गफ : कतै चर्चा नभएको उपन्यास 'इन्साफ'12 years ago
-
-
-
नेपाल बाहिरका नेपाली13 years ago
-
दशैको अवसरमा पिङमा रमाउनेहरु...13 years ago
-
-
-
एक सय एक प्रतिज्ञा - मनोज गजुरेल14 years ago
-
-
-
Hello..14 years ago
-
यादेँ II14 years ago
-
हिउँसगँको वैचारिक आगमन ...15 years ago
-
मैले देखेको, मेरो क्यामेराले खिचेको - ६15 years ago
-
-
vari jaon part215 years ago
-
Finally!!! made it..15 years ago
-
म फिर्दैछु फेरी ...!16 years ago
-
अन्य भाषाको परिपे्रक्ष्यमा चामलिङ भाषा16 years ago
-
तपाईं के भन्नु हुन्छ, झन्डा फेर्ने कि नफेर्ने ?16 years ago
-
-
-
संस्कृति कला प्रदर्शनीका कलाहरु16 years ago
-
-
पुस्तकले देखाएको गोरेटो17 years ago
-
भाउजु17 years ago
-
नबनाउ आफ्नो मलाई17 years ago
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-






11 प्रतिक्रिया:
सुर्य जी धेरै गहिराइमा डुबेर शुभकामना बाँड्नु भयो, म अत्यन्तै नै द्वबिधा मा परें एक त साथीको बिगत प्रतिको मोह लाई समालोचना गर्न हिम्मत जुटाउंकी जस्तो पनि र अर्को कुरा नयाँ बर्षको शुभकामना पनि पहिरीहालुकी भन्ने हुन त म कुनै समालोचक हैन तरै पनि यती धेरै गहिराइमा डुबेर २००९ लाई बिदा गर्दा म साथी प्रती धेरै नै माया लाग्यो, हो कुनै पनि क्षण यस्ता हुन्छन जो कहिले फर्केर आउँदैन तर सम्झना कलेजोमा जोडीन्छ चिन्ता नगरनुहोला सिकारु जी अबस्य त्यही पल नल्याए पनि त्यो भन्दा झन राम्रो ल्याइदिने छ तपाईंलाई २०१० ले यही शुभकामना सहित बिदा लिन्छु यदी गल्ती भएमा माफ गर्नु होला।
बडो मार्मिक कुरो गर्नुभो सर । 'मलाई त मोफसलकै गुन्द्रुक र ढिँडो,मकै भटमास मनपर्छ' । तर हाम्रै राजधानीमा हेर्नुस् त...के.एफ.सी भनिने भर्खर खुलेको विदेशी कुखुरोको मासु बेच्ने पसल अगाडिको मानव समुद्र!! दुर दराजबाटै भएपनि देशको माया कतिधेरै गर्नुहुन्छ तपाईँहरू तर हामी.....स्वदेशमै बसेर पनि आफैलाई नेपाली भनाउन लाज लाग्ने मनस्थितिमा पुगिसक्यौँ ।
यहाँलाई पनि धेरै धेरै शुभकामना नववर्ष २०१० को ।
थोरै शब्दमा धेरै कुरा र सरल भाषामा जीवनका जटिलताहरु बयान भएका छन तपाईको यो पोस्टमा । खैर, जिन्दगी यस्तै हो ....जे हुँदैँछ ठीक हुँदैछ भन्ने मूलमन्त्र लाई नै सबैले अंगिकार गर्नु पर्छ आखीरमा ।
नयाँ बर्षको शुभकामना !
साच्चै जहा गए पनि जे गरे पनि यो मन त नेपाली नै हुन्छ, आफ्नो घरको सम्झना र मायालाइ विदेशी रमझमले कसै गरे पनि जित्न सक्दैन, अन्तरात्माको भित्रि तहमा त्यो सधै बाचिरहेको हुन्छ । यस्तै स्मृतिलाइ जीवन्त बनाउदै कोर्नु भएको सुर्यजीको यो प्रस्तुती खुब मन पर्यो । नया बर्षको यहालाइ पनि शुभकमना ।
नयाँ वर्ष सन २०१० को शुभकामना तपाईंलाई साथै यस ब्लगका सम्पुर्ण पाठकहरुलाई ।
Happy new year 2010 to you and all the visitors of this blog!
साह्रै चित्त बुझ्ने गरी बाड्नु भयो। तपाईलाई पनि नयाँ वर्षको शुभकामना है
सिकारुजी र यो ब्लगका समस्त पाठकहरुमा नयाँ वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!
नयाँ वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!
यस नव बर्ष (अंग्रेजी बर्ष ) को उपलक्ष्यमा यहा लगायत यहाको परिवारमा तथा यस ब्लग भिजिट गर्नु हुनेहरु सबैमा नव बर्ष २०१० को उपलक्ष्यमा सु-स्वास्थ्य , दिर्घायु तथा उतार उतार प्रगतिको कामना गर्दछु | धन्यबाद !!
लेख निकै मार्मिक लाग्यो |के गर्नु, यो पिडा हामी बिछोडिनुको भन्दा पनि हामी पिछडिनुको हो|तपाइंलाई नयाँ बर्ष २०१० को हार्दिक मंगलमय शुभकामना |
Post a Comment