11 December 2009

गजल

. 11 December 2009

बिर्से माया गालि दिए है प्रिय
 बाटो पर्दा पाली दिए है प्रिय

सारेको छु गुलाब तिम्रै लागि
फर्केर पानी हाली दिए है प्रिय

मृत्युशैयामा सुत्न पुगेछु भने
आफैले आगो बालि दिए है प्रिय

चकमन्न रातमा ब्युझाउन आए
सपना सबै टालि दिए है प्रिय

समाजलाई शोक परेको बेला
तिम्ले नि तालि दिए है प्रिय

17 प्रतिक्रिया:

Basanta said...

मिठो छ गजल! अलिक बढीनै बैरागी त लागेकै हो।

बि. जे. बान्तवा / भोजपुर said...

बडो गजबको प्रस्तुती आफ्नो हृदयलाई धोएर प्रस्तुत गर्नु भयो शिकरु जी, हृदयले निकास पाउँद यसरी नै रचनाहरुको सिर्जना होस बधाई।

बेदनाथ पुलामी ( उमेश ) said...

चकमन्न रातमा ब्युझाउँन आए
सपना सबै टालि दिए है प्रिय

सुन्दर शेर - सुर्य जी !

Chaitanya said...

गहिरा भावनाहरु को सुन्दर प्रस्तुति !

Milan said...

आफ्नी प्रियलाई अराई कराई गर्दै गर्नु पर्छ बेलाबेलामा |

धेरै दिनको अन्तराल पछी सुर्य जीलाई भेटियो ... | यति मिठो गजल लिएर आउनु भएकोमा धन्यबाद |

Sujan Sharma said...

साह्रै मिठो गजल! निकै नै मनपर्‍यो !

Anonymous said...

सारेको छु गुलाब तिम्रै लागि
फर्केर पानी हाली दिए है प्रिय
हो भाई गजल त सारै राम्रो छ घर मा गएर आए पछी त अझ मायापिरती बढे जस्तो छनी प्रिय को नै सम्झना मा लेखे को हो भन्ने मलाई लाग्छ

सारै राम्रो लाग्यो धेरै दिन पछी भए र हो कि अब छिट्टो नै आर्को प्रस्तुति आउनी छ भन्ने आशा मा छु
छबिलाल न्यौपाने
गुल्मी अर्बेनी
हाल साउदी रियाध बाट

Dilip Acharya said...

गजल राम्रो छ, सबै साथीहरुले प्रशंसा पनि गर्नु भएको छ। तर मलाई भने यो गजल तपाईका पुराना गजलका तुलनामा अलिक कम वजनी लाग्यो (मेरो व्यक्तिगत बिचार हो)--सायद म तपाईबाट यो भन्दा उत्कृष्ट रचनाको आश गर्छु ।

तर मरूभूमिको नजिक बसेर गजल फूलाउने तपाईको सृजना र कल्पना शक्तिको भने म सधैं प्रंशसक नै छु ।

HAWA said...

गन्थन गर्ने आफ्नै बानिले आजित भको बेला
छोटो तिम्रो मिठो गजल मा तालि दिए है प्रिय

प्रबिण थापा said...

really nice!

कृष्णपक्ष उज्यालोको खोजिमा said...

सुर्यजीको यो दुखको गज़ल मिठो लाग्यो



समाजलाई शोक परेको बेला
तिम्ले चाहि ताली दिए है प्रिय ।।।।। वाह वाह !!

सूर्य/सिकारु said...

गजलमा कलम थमाउने सबैजनालाई धन्यबाद !

मातृभूमि प्रतिको बिछोड र पारिवारिक संतुलन कायम हुन नसक्दा नै यो गजल फूर्न गएको हो बसन्त जी ! मलाई पनि अलि बढी बैरागी नै भएजस्तो त लागेको हो
दिलीप दाई मैले तपाइलाई मेरो प्रसंसक मात्र नभएर मार्गदर्शकको रुपमा लिएको छु अवस्य तपाइको बोलीमा झोली लाउने प्रयास गर्नेछु !

Ashesh said...
This comment has been removed by the author.
Ashesh said...

पढ्नलाई साह्रै मज्जा आयो मलाई त । गजल त खास यस्तै हुँदा नै राम्रो लाग्छ मलाई, आगोले मैन पगाले जस्तै मन पगाल्ने विशेषता भएको । अरू कुराका लागि त बाँकी थुप्रै विधाहरू नि छदैछन्.. आफ्नो आफ्नो विचार!!

Jotare Dhaiba said...

मैले त यहाँ विरक्तिको कुनै रङ नै देखिनँ, माया नै मायाको लेप भरिएको पाएँ ।
अपेक्षाको धुनी बालेर र आग्रहभावको बल्छी हानेर आँखा फार्नु मायालुको जातै यस्तो हो । कहिलेकाहीँ घुर्कीको सुर्कानोले छेउको/कीलाई आफैँतिर एकोहोर्याइरहन खोज्नु उसको एकसुरे आलाप बन्छ, त्यस हिसाबमा स्स्वाभाविक र असरदार लाग्छन् सेरहरू ।
थप बुलन्द सिर्जनाको लागि शुभ कामना सूर्य जी !

स्याटेलाइट said...

गजल गजब राम्रो छ ।

दीपक जडित said...

'आफ्नी प्रियलाई अराई कराई गर्दै गर्नु पर्छ बेलाबेलामा |' सहि हो ।

मिठो गजल । पढ्न ढिलो आएछु ।

Post a Comment