27 July 2009

बुहारी

. 27 July 2009

अलि पहीले सामाजिक ,मूल्य र मान्यताको नाम बेचेर समाजको दायराभित्र जरो गाडेर बसेको अन्धबिस्वास रुपि भावनालाई चिरफार गर्ने एउटा कविता रचेको थिए । त्सैलाई राखेर टार्ने कोसिस गर्दै छु आज । वास्तवमा नेपाली समाजमा एउटी नारीले कसैको घरमा बुहारीको रुप लिएर प्रबेश गरेपछि (बिषेश गाउँ घरमा) उनिप्रति समाजले हेर्ने हेराई र बुहारीलाई दल्नुपर्छ भन्ने सासुको मानसिकता नफेरिदा उनिले झेल्नुपर्ने कठिनाइहरुका बाबजुद पनि दिनरात खटेर परदेशिएको जीवनसाथीको मिलन सम्झेर बिताएका दिनहरुका केहि झलकहरु कविता मार्फत पस्केको छु । अलि काँचो-काँचो छ । हुनपनि आजभन्दा करिब ३ बर्ष अगाडी रचेको । जस्ताको तस्तै राखे फेरबदल नगरीकनै।


मिर्मिरे उषालाई अंगालो मार्दै
कुखुरी काँ को अलार्म घडि संगै
झुल्के घामले मुख नखोल्दै
पोत्ने हातमा लिएर
झुपडीका दैला ठेलाहरुमा
जाग्यौ लिप्नलाई तिमी


आँखाभरी रहर पालेर
फुङ्ग उडेको अनुहार बोकेर
भावहीन, चेतनाहीन
रुन्चे बिहानी संगै
छ्त्रे केशमा चुल्ठो लगाउदै
चौपयाका भकारा तर्फ लम्कीयौ तिमी


बासी रोटीको साहारामा
मुटु भित्रका शब्दरुपी बाण निल्दै
हराएका मुस्कानलाई
प्रतिक्षाको हुरीले ल्याउने आशमा
भीजेका परेलीहरुका बेदना रोक्नलाई
डोकोलाई बह पोख्दै
हिडयौ नाम्ले सहारामा तिमी


मध्यान्हको चर्को घामले पोलेन तिमीलाई
अगेनाको भुङ्रोले डढाएन तिमीलाई
बिछोडीएको परदेशिको न्यनो यादमा
भष्म बनाई पिडा र बेदनाका धारहरु
बाचीरहयौ धोती र लुंगीका फूर्काहरुमा
माया बाँधेर, वाचा बाँधेर तिमी


बीसौनीमा डोको बिसाएर
पटुकीले पसीना पुछदै
फूल सिउरिएको केशमा नाम्लोले थिच्दै
गुज्रीदैछ तिम्रो जीवनका पल-पलहरु
बिक्षिप्त आत्मा र निरिह आवाजमा
आशै आशाको घेरामा रहर राखेर


कुरौटे समाजको कामुक हेराइलाई
शक्तिपिठको खम्बा बनाई
देउरालीमा पुष्पबृष्टी गराउदै
सपनी जस्तो अतितलाई पछयाउदै
नयन भरीको भावमा छचल्कीएको
बिछोडको तस्विरलाई सम्झदै
उपेक्षाको रजनी बोकेर बाँचीरहयौ
आँसुको पोखरी भित्र तिमी


बिचारहरु बिथोलिएपनि
बिस्वासहरु भाँचिएपनि
निष्ठाहरु जोगाएर तन्द्रे मनमा
कति बस्छौ
एउटै मिठो शब्दभित्रको
कालो जीवन बोकेर
बुहारी बनि यो समाज भित्र तिमी ।

22 प्रतिक्रिया:

Anonymous said...

भाइ सुर्य कबिता सारै राम्रो छ। नारि हरु ले बुहारि जिबन मा गर्नु पर्ने पिर ब्याथा हरु समेटियको छ। सबै ठाउ मा त छैन तर कहि कहि अझै पनि नारि लाइ शृप लोग्ने को लागि र घर को काम को लागि मात्रै हो भन्ने सोचाइ हरु आझै पनि मेटियको छैन। आशा गरौ यो रुढिबादि परम्परा छिट्टै नै हराउने छ
धन्यबाद

छबिलाल न्यौपाने
गुल्मि, अर्बनि

दिनेश राज said...

सुर्य जी ,पुरानो भन्नु भो तर मलाई चाहि नविन लाग्यो है । बुहारीको मर्म भित्रै सम्म चिहाएर पोखिदिनु भएको छ । बर्षको १ चोटि तीजमा धोको फोएर आफ्नो वेदना गाउने चेलीको बह राखिदिनु भयो ,सुन्दर छ ।

बेदनाथ पुलामी ( उमेश ) said...

कसरी आफैले महसूस गरे जसरी मज्जाले - लेख्नु भएको रहेछ | सफल रहनु भएको छ - यथार्थ बर्णन गर्न - सूर्य जी !
अनि राम्रो टेम्पलेट सेलेक्ट गर्नु भएकोमा - बधाइ छ - राम्रो देखिएको छ | ब्लगिङ्गको दुनियामा यसरी नै प्रगति गर्दै जानुहोस है !

कृष्णपक्ष उज्यालोको खोजिमा said...

नारीको दुख, वेदना, आसु र पीडाहरु संग आत्मसात गर्दै कोरिएको साहित्य त्यसै पनि मार्मिक हुन्छन । हाम्रो गाउँघर समाजमा बुहारी हुनुको यथार्थतालाइ मिठो संग छोएर सुन्दर कविता लेख्नु भयो सुर्यजी । यो तीजको बेला चेलीलाइ माइतीको कोसेली जस्तै लाग्यो तपाइको प्रस्तुति ।

खुल्लामन्च said...

राम्रो लाग्यो कबिता । बधाई छ ।

Shiva Prakash said...

धेरै बुहारीहरु अहिले पनि हाम्रो गामघरमा आँशुका पोखरीमा डुबेर बाचेका छन् ।
वासी रोटीको सहारामा हुनु पर्ने होला सहारमा भएछ ।
http://www.nepalimanharu.com/

wordflows said...

कबिता राम्रो छ।

Basanta said...

हेपिएका, हियाईएका बुहारीहरुको पिडालाई राम्ररी उतार्नुभएको छ कवितामा। अरु पनि यस्तै रचनाहरु पढ्न पाउने आशामा छु।

Sujan Sharma said...

धेरै राम्रो भाव।साह्रै मिठो तथा मार्मिक पनि।

आशा said...

तपाईं एउटा पुरुष भएर पनि नारीहरुका आन्तरिक बेदनाहरुलाई आँफैले महसुस गरेजस्तै कति सुन्दर तरिकाले त्यो कटु यथार्थलाई शब्दहरुमा पूर्ण बनाउन सफल हुनुभएको छ सिकारु जी तपाईंको यो महान प्रयासको लागि मेरो सलाम !!

हावा De Wind said...

हैन सुर्य ब्रो, कतै यो त तपाईं ले आफ्नै बा आमाको बुहारी लाई सम्झेको त हैन !

बुहारी को रुपमा नारी र नारी मार्फत सबै उपेछ्यित बर्गका प्रती तपाईंको जस्तै हामी सबैको ध्यान जाओस..नारा मात्र नरहोस्
हामी एक अर्का लाई सम्मान गर्न सकौ

आशा जी को जस्तै मेरो पनि सलाम

Dilip Acharya said...

मैले भन्न खोजेको वा सायद मैले भन्ने कुरा माथि दिनेशजी र आशाजीले भनीसक्नु भएको छ ।

जटिल सामाजिक यथार्थको मार्मिक प्रस्तुती !

Jotare Dhaiba said...

I liked it very much surya. You feel that sorrow of those women of village area, It's really great for a writer.
Thaanks a lot.

सुर्य/सिकारु said...

हावा ब्रो । यो कविता आफ्नै नभएपनि आफ्नै आँखा अगाडी बाँचिरहेका भाउजु,बुहारीहरुको हो । नेपाली भएपछि आफ्नै नै भएनन र भन्या?

आशा जी समाजबाट हेपिएर उत्पिडन र बेसाहारामा परेका जो कोहिप्रति पनि बिचार र अक्षरको लडाँई गर्नलाई नारी-पुरुषको के कुरा? जस्ले जहाँबाट उठाएपनि हुन्छ आवाजको बिगुल जस्तो मलाई लाग्छ ।

Umesh Gajurel said...

यो हाम्रो समाजमा रहेका छोरी, बुहारी, आमा, को कबिता हो, तपाइले आफ्नो कबितामा उनिहरूको बेदना लाइ उठाउनु भएको छ,

यो कबिता पढे पछि एक पल्ट सोच्न बाध्य गरायो,
यो माहान प्रयास को लागी मेरो तर्फ बाट तपाइलाइ सलाम,

B.J. Dummali said...

सिकारु जी म त धेरै नै ढिला भएँ किनकी आजकल के भएको यो कम्प्युटरलाई पनि कमेन्ट बक्समा छिर्न साथ इरर देखाउँछ मैले तपाईको पोष्ट शुरुमै मजाले पढेको थिएँ धेरै राम्रो कबिता नारी भावनाले ओतप्रोत भएको पाएँ धेरै नै खुशी लाग्यो, अझै पनि यस्तै पढ्न पाउँ।

Milan said...

यस्ता दुख हाम्रा आमाहरुले धेरै भोगे... अनि हजुरामाहरुले अझ धेरै भोगे बुहारी हुँदा | अब हाम्रा आमाका बुहारीहरुले चाहिँ त्यो दुख पाउनु हुँदैन |

जे होस् ति सबै बुहारी हरुको दुख, पिडा र मर्मलाई कवितामा राम्रोसंग उतार्नु भएको रहेछ | कविताले मनछोयो |

तर कता कता त अचेल भरि त बिचारा बुहारी भन्दा पनि बिचारा सासु / ससुरा भन्ने स्थिति धेरै छ |

manoj said...

राम्रो कविता । चित्त बुझ्यो मलाई पनि ।समाजमा लुकेर बसेका यस्ता बिसंगतिहरुको झिल्को बाल्दै जानु मेरो पनि शुभकामना साथीलाई ।

एकल यात्री said...

हास्यव्यंग्यको चाड गाईजात्रामा
हाँस्ने केही विषयहरुः
१. महँगीले थिच्नु
२. कार आएर पेटीमै किच्नु
३. चामल खाएर पखालाले मर्नु
४. सीमारेखा रातारात सर्नु
५. पहिरोले मान्छे पुरिनु
६. अपराधीहरु सुरिनु....
... ... ...
... ... ...
आउनुहोस्, मरी मरी हाँसौँ ।

सूर्य/सिकारु said...

बिचार पोख्ने सम्पुर्णमा धन्यबाद ।

Anonymous said...

hello Surya bhai,
i am happy to see your blog and came to know that you are poet..........
Koshal Neupane
USA

renu bhusal said...

dada kabita aati nai ramro 6 ,yas kabita ma aajhai tijka kosali pani lakhanu bhaya ko bhaya aajhai ramro huna thiyo

Post a Comment