10 July 2009

गीत

. 10 July 2009

खोजिन की तिम्ले हाँस्ने सुन्दर बन पाखाहरु
बुझिन की तिम्ले गाका नयनका भाकाहरु

कोरिबाटि चुलठिमा तिम्ले माया राखेजस्तो
ताराबाजी, चिमुसिमा तिम्ले माया साचेजस्तो
सकिन की पढि बस्न तिम्रा तिखा आँखाहरु
बुझिन की तिम्ले गाका नयनका भाकाहरु

यात्राका पदचापमा तिम्रो प्रीत खोजीहिडे
हावाका बेगहरुमा तिम्रो गीत बोकि हिडे
भेटिन की सुस्केरामा तिम्रा मनका खाकाहरु
बुझिन की तिम्ले गाका नयनका भाकाहरु

खोजिन की तिम्ले हाँस्ने सुन्दर बन पाखाहरु
बुझिन की तिम्ले गाका नयनका भाकाहरु

18 प्रतिक्रिया:

Anonymous said...

Nice one!

कृष्णपक्ष said...

तिनै दिनहरुको सम्झना गराउने,
निश्छल र निर्दोष वाल्यकाल देखिको माया पढ्न पाइयो गीतमा,
मिठो लाग्यो सुर्य जी !

Jotare Dhaiba said...

गाउँले मायाको सम्झना कति सुरम्य !
गजलभन्दा पनि तपाईँका गीतले छोए मलाई ।
कलिलो पलदेखिको माया निश‍्‍चय पनि निश्छल हुँदो हो । घरजम राम्रै जम्ला जस्तो लाग्छ यस्तो मायाले ।
सकिन, गरिनमाथि चन्दविन्दु थपेर पदच्यापलाई पदचाप बनाउनुहोला ।

Unknown said...

कस्तो राम्रो !! मलाई एकदम मनपर्‍यो सिकारूजी !!

डीआर न्यौपाने'सूर्य' said...

धाईबा जी सकेसम्म त लेखाईलाई मिलाउने प्रयास गरेकै छु तर प्रयास गर्दा गर्दै चिप्लिएछ सुधार्ने मौका दिनु भएकोमा धन्यबाद ।

wordflows said...

गीत मिठो छ। राम्रो लाग्यो

आशा गुरुङ said...

मिठो अतितका रमाइला अनुभुति हरुसँग उपस्थित हुनुभएकोमा सिकारु जी लाई हृदय देखि नै धन्यवाद..
गीतको भाब गहिरो छ, समय सगैँको परिवर्तनमा पनि स्मरणहरु अझै ताजा छन हिजो जस्तै । साँचै कति सुन्दर हुँदो हो अहिले त्यो पलहरु, आफुसगैँ आजको दिनसम्म रहिरहेको भए..

manoj said...

आहा!! कस्तो मिठो गीत,अतित झल्काएर मनै छुने । साथी अबदेखि तिम्रो ब्लगमा मेरो पनि पाइला प-र्यो है । निरन्तर आउनेछु ।

Dilip Acharya said...

सरल तर सरस !! मिठो गीत

Yumesh Pulami said...

लौ गीतमा त सूर्य जी निकै जाम्नु भएक्को छ है !
आहा ! क्या !!मिठो बात !!!
"खोजिन की तिम्ले हाँस्ने सुन्दर बन पाखाहरू
बुझिन की तिम्ले गाका नयनका भाकाहरू "

Unknown said...

धेरै नै राम्रो गीत सिकारु जी धेरै नै मन पर्‍यो अरु पनि यसरी नै तपाईंको ब्लगमा भेटीरहुँ शुभकामना

Unknown said...

गजब, सुन्दर र मिठासपूर्ण गीतको लागि धन्यवाद !

Rasmin said...

सुर्य जि धेरै राम्रो गीत लेखनु भयो छ नि धेरै मन्ल्ग्यो मलाई पनि ।

trekking said...

गितको शब्द देखेर पनि धेरै मन लाग्यो सुर्य जि

Shiva Prakash said...

Gayeko kahile suninchha ni ta ?

दूर्जेय चेतना said...

मलाई पनि मन पर्यो है। खै कसरी तपाईलाई सिकारू भनु अब। जे होस अति सुन्दर लेखाई तपाईको

डीआर न्यौपाने'सूर्य' said...

सुझाव र सल्लाह साथै प्रतिकृयाको लागी सबैजना लागि धन्यबाद । शिव जी गाउने चाही समय आएपछि है ।

Unknown said...

अहा ! यस्तो हो नि गीत भनेको ।

Post a Comment