12 August 2009

प्रतिबद्धता (लघुकथा)

. 12 August 2009

कथामा चोटिला र पेचिला द्वन्द्व सहित उत्कृष्ट कलामा प्रस्तुत गर्न दिलीप दाईका लघुकथा मा अति यथार्त अनि सच्चाई पाइन्छ । बर्षा हिउँद जस्तो समय पारेर म पनि कहिलेकाही रमाउन पुग्छु लघुकथामा । गैरमुलुकमा रहदा पनि संगी-साथीहरु बिच नराम्रो सँग जरागाडीरहेको एउटा तितो सत्यरुपि कुरालाई लक्षित गर्दै कथा लेख्न झक्झक्यायो यो परिवेश अनि समयले मलाई । बाँकी कथाबाटै...
सधै झै आजपनि उठेर काममा जानुपर्ने बेला भैसक्यो । शरीर शिथिल भएको छ । नसुत्नुको कारण टाउको झन्झनी दु:खेको छ । आँखा खुलेको छैन । बजिरहेको अलार्मलाई २० मिनेट बढाई फेरि निदाउने कोशिस गर्छ उ ।
२० मेनेट पछि फेरि अलार्म बज्छ । निदाउनै लागेको बेला बजेको आवाजसंगै उठछ सकी-नसकी । एक त हिजो तास खेलेर पैसा हारेको टेन्सन दोस्रो काममा जान ढिला भैसकेको बेलालाई मनन गर्दै हत्तपत्त मुखमा पानी छ्याप्दै २ टुक्रा पिरो खुर्सानीको भेडी खल्तिमा बोकेर बजिरहेको गाडीको हर्नलाई भेट्टाउन पुग्छ । डयुटीमा पुगेपछि अबेर हुनुले म्यानेजरको टीका-टीप्पणी त छदैछ फेरी रातभरीको अनिद्राको कारण निद्राले पनि उत्तिकै सताइरहेको छ जब निद्राले झुप्प-झुप्प पार्छ खल्तिमा भएको पिरो खुर्सानीलाई करयाम्म टोक्छ । त्यही पिरोलाई आधार बनाउदै निद्रा भगाउदै काम गर्छ । सोच्न शुरु गर्छ । "म यति टाढादेखि गाउँघर र देशलाई छोडेर २-४ पैसा कमाउने ध्येय लिएर रातदिन पसिना बगाउछु परिवार अनि उनैको सम्झनामा । यसरी सधैको बर्बादिमा कति बस्नु? म यो जीवनको उद्देश्य पन्छाएर किन बौलाइरहेको छु ।" यस्तै कुरा सोच्दै अब आइन्दा तास जुवा तथा अनैतिक काम नगर्ने प्रतिबद्धता सहित घर फर्किन्छ । आवसमा आउछ । फ्रेस हुन्छ
साथीहरुको चाला उहि छ । तेरो मेरो भन्दै लडाउदैछन तासका पत्त्तिहरुलाई । मुखमा रयाल चुहाउछ आज त हिजो हारेको पैसा उठाउनै पर्छ भन्नेकुरा सोच्छ । त्यो उठाएपछि कहिल्यै नखेल्ने नयाँ प्रतिबद्धता जनाउदै फेरि बस्छ। एकछिन भन्दाभन्दै रात बितिसक्यो उजेलो भयो हिजोको पैसा उठने त कुरै छोडौ आज पनि चुना लाइसकेको छ धेरै नै । मोबाइलको घण्टी बज्छ । उठाउदैन, धेरै पटक नै भएपछि बिस्तारै उठाएर कुरा गर्छ । परिवारको फोन हुन्छ । एकैछिन कुरा गर्छ । गर्दागर्दै आफूले एकैछिनपछि कल् ब्याक गर्ने प्रतिबद्धता जनाउदै राख्न लगाउछ ।
अबत डुयुटीमा जने बेला पनि भै सक्यो । गएन भने हिजोको म्यानेजरको भर्वल वार्निङ पाइसकेको छ । जुरुक्क उठेर बाथरूम पस्छ नुहाइवरि बिस्तारामा बसेर सोच्न शुरु गर्छ । धत यसरी बिग्रेको ब्रदि जस्तै भएर कति दिन म यो मरुभूमि संग पाकेर बस्ने ? बिचरा हिजो सुन्तलिले तार गर्दा पनि बोल्नै नदिई राख्न लगाए । कमाई हुने अलि अलि तलब पनि हारेर के पठाउने घर ? कान्छा साहुले हालीदिएको ऋण बढाएर कति पुरयाउने हो था छैन । आमालाई कति दु:ख दिएको होला त्यसले । पारिवारिक सोचमा डुब्छ, भावुक बन्छ अबदेखि नखेल्ने बाचासहित दराजबाट एउटा डायरी निकाली सम्पूर्ण वाचा सहितका प्रतिबद्धताहरु पानामा उतारि त्यही दुई टुक्रा खुर्सानी गोजिमा राखेर कामतिर लाग्छ । काममा गयो ढिलो नभएको कारण आज केहि सुन्नु परेन । दिनभर पिरोलाई साहारा बनाउदै सकायो त्यो दिन अनि आवासमा फर्कियो ।
कोठामा आयो । साथीहरु गुजुमुज्ज परेर खेल्दै रमाउदैछन । यसो सोच्छ, बिहानको वाचा-कसमका प्रतिबद्धताहरु । दराजबाट बिहान प्रतिबद्धता जनाई लेखेको डायरी निकाल्छ । दुई लाइन थप्छ ।
"आज अन्तिम दिन मात्र भोलि देखि पक्का खेल्दिन"
त्यसपछि डियुटीको युनिफर्म सँगै हातभरि तास समाएर बस्छ ।

13 प्रतिक्रिया:

Unknown said...

भाई सुर्य यो कथा मलाइ सारै राम्रो लाग्यो, यो त हाम्रो समाज मा बिकृति को रुपमा नै देखा परे को छ, म यस्को बिरोधि हु। यस्ता कुराहरु जनचेतना को लागि पनि ब्लोग मा राख्नु पर्छ।

तास खेलिरहे को मान्छे लाई तेरो बाबा मर्नुभयो लैजाने बेला भयो भन्दा यहि बाटो त ल्याउलान नि घाट मा जान लाइ सम्म भन्छन भन्ने सुने को छु। यति सम्म नशा चढिसके को हुन्छ। तेसै ले यो बिकृति लाइ हटाउनु पर्छ हाम्रा छोरा नाति यो लत मा न फसुन।

धन्यबाद
छबिलाल न्यौपाने
गुल्मि, अर्बेनि
साउदि अरबिया बाट

Dilip Acharya said...

आज अन्तिम दिन मात्र...भोलि देखि पक्का खेल्दिन

थोरै शब्दहरु खर्चेर 'जुवाडे सोच'को गतिलो चिरफार गर्नु भएको छ । तपाईको कथाको 'उ' पात्र जस्ता धेरैजना समाजमा देखेको पनि छु मैले :)।

एकदमै सजीव चित्रण !

Jotare Dhaiba said...

दोहोरीइरहने प्रतिबद्धता र उता बेवारीसे सपना । धेरै युवाको कथा उत्रिएको छ यस लघुकथामा ।
क्षणभरको मोजमज्जाको पछि लाग्दा पारिवारिक जीवनगाडी कुन झ्याङमा अल्झिन्छ, ठेगान हुन्न । आत्मनियन्त्रण नै प्रमुख कुरा हो मान्छे मान्छे बन्नु र नबन्नुमा । रमाइलो पनि आफ्नो ठाउँमा आवश्यक हुन्छ ताजगी प्राप्ति र मनको खुराकको लागि, तर लती हुनेसँग त कसको के लाग्छ र ?

निद्राको ओखती कर्याम्म खुर्सानी पनि गजब लाग्यो ।

दूर्जेय चेतना said...

बाबु मरेको खबर दिदा पनि यतै बाट लास लिएर आउछन् नि किन घर जानु पर्‍यो भन्न समेत सक्ने लाई लेखेको डायरि सच्याउन त के को गाह्रो भो र।
जे होस यथार्थ कुराको उठान गर्नु भयो। खुम मन पर्‍यो।

Unknown said...

सटीक तथा मार्मिक।
बास्तबमा,धेरैको यथार्थ बोकेको छ तपाँईको कथाले।

Unknown said...

ब्यसन भन्ने कुरा नै त्यस्तै हो । प्रतिबद्धता लेखिन्छ फेरी मेटिन्छ फेरी लेखिन्छ र फेरी मेटिन्छ अनि कथा बन्छ तर एकादेशको , कुनै समयको नभएर दैनिकीको यसै गरी असरदार ।

HAWA said...

साथी हरुको कुरा सुनेर एउटा राम्रो बानी चाँही रहेछ म मा जस्तो लाग्यो जुवा तास खेल्ने बानी त मलाई एकदम पत्रु घटिया र नामर्द लाग्छ.. सरि है सुर्य ब्रो यो कथा तपाईं को आफ्नै त नहोला है ?

तर कुरो जुवा तास मा मात्रै सिमित छैन दिपक जी ले भने जस्तो जे पनि त व्यासन हुन सक्छ जस्तो अचेल यो कम्प्युटर मा गेम खेल्ने र फेस्बूक मा झुन्दिरहने पनि त ब्यसनै हो नि हैन त ? यो चाँही मेरो आफ्नै बानी पनि हो ब्रो.. अब पक्का सुधारनेछु भोली ढेखि हैन आजै अहिले देखिनै

Yumesh Pulami said...

तास खेल्ने र रक्सि खानेहरुको यस्तै आदत देखेको छु मैले पनि ... आज अन्तिम ... भोलि देखि त मरे छुन्न ... तर यो भोलि कहिले नआउदो रहेछ | एक दम दमदार नै लाग्यो तपाइँ को यो कथा - सुर्य जी |

Asha said...

यथार्थलाई चियाएको छ तपाईंको कथाले सिकारु जी शायद "उ" पात्रले धेरै ब्यक्तिहरुको वास्तबिक जीबनलाई जरैदेखि छोएको छ ।

Shiva Prakash said...

प्रतिवद्घतामा मै धेरैका दिनहरू गुज्रिरहेछन् । प्रतिवद्घता एकप्रकारको घातक रोग जस्तो लाग्न थालेको छ ।
राम्रो छ सिकारू भाइ ।

Unknown said...

वाह क्या लघुकथा, सुर्य जी बिदेशमा आएर मैले पनि थुप्रै देखेको छु। यो सत्यताको पराकाष्टलाई चिर्दै कोर्नु भएको यो लघुकथा आफ्ना कम्पनीको साथीहरु सम्झिन पुग्छु। यो कति नरमाईलो रोग अर्काको सम्पतीलाई ताक्ने अरुलाई जोगी बनाएर आफु रम्न खोज्ने, अनियस्ता भावनामा डुबेर अर्काको सम्पत्तीलाई ताक्ने यी नै सबै प्रमुख अपराधिक जडहरु। धन्यबाद सुर्य जी तपाईँको यो प्रयास आजकलको यि साथीहरुमा बिज्न र भिज्न सकोस।

manoj said...

बिशेश गरी नेपालीहरुको सच्चाई । मन बाँध्न नसक्नेको राम्रो चित्रण ।

डीआर न्यौपाने'सूर्य' said...

कथा पढने सबैमा धन्यबाद ।

Post a Comment