25 June 2009

धरापमा जिन्दगी

. 25 June 2009

लामो समय भैसकेछ मसिको दागले सेतो क्यान्भासमा नरंगाएको पनि । चर्को गर्मी संगै पलाएको अल्छिपनाको कारण ब्लगमा नयाँ कुरा राख्ने समय पनि खुस्कीएर दुइ हप्ता पुगिसकेछ यद्धपि साथिहरुको घर दैलोमा भने लटठी टेक्दै भएपनि धाउने गरेको छु बेलामौकामा । आज फेरि गुम्सिएर बसेका मनभरिका भावनाहरुलाई ब्लगमा पछारेर मनको भारि हल्का बनाउने प्रयासम छु ।


''मन त मेरो नेपाली हो" भन्ने मुखारित वाक्याङसलाई काफी राष्ट्रीयताको धडकन सम्झेर, धर्ति प्रतिको आगाध मायालाई कुल्चेर अगाडि बढेको बिदेश प्रतिको मोह नेपाली हरुको लागि दैनिकी जस्तै भै सक्यो आज भोलि । लाखौ पौरखि हातमा लुकेका प्रतिभा र युवा जोश संगै तन्किनु पर्ने अमुल्य बिचारको डोरी तथा नव सृजनाका सूत्रधारहरु ओझेलमा परेको ओसेपको पात जस्तै खुम्चिएर पलायन भएका छन । तितो राजनैतिक खिचातानिको गतिले तिब्रता लिदै गैरहेको छ । सिंगो देशमा नैतिकताको कदर छैन । सक्नेहरु नसक्नेको बुई चढेर रमाउदैछन भने निमुखाहरु उनैको पोषीलो आहार बनिदिन बाध्य छन । सामाजिक जनचेतना फैलाएर स्वणिर्म नेपालको कल्पना गर्नेहरु बत्तिमुनिको अध्यारो भएर बस्नु परेको छ भने समाजलाई नयाँदिशामा रुपान्तरित गर्छु भन्नेको हात सिधा साधा निमुखाको घाँटीमा बज्रन पुगेको छ । देशमा दन्डहिनता, अराजकता र अमानबियताको जरोले मौलाउने अवसर पाएको छ फलस्वरुप हामिजस्ता लाखौ परदेशिहरुलाई हेरिने बिदेशिहरुको नजर भोका नाङगा र माग्नेहरुको कथाको पात्रमा पुग्छ । महिना बित्यो, बर्ष बित्यो, अबत केहि होला र यो बिदेशि मटोलाई लात मार्दै गुन्टो कसौला भन्दा भन्दै आखै अगाडि परिस्थिति झन बिकराल हुदै उभिएको छ । जति सुकै सुख सुबिधा र सन्तोषको भाग पोल्टामा परेपनि यो मनले कहिल्यै बिदेशि माटो संग मित लगाउन नसक्ने रहेछ, अझै आखाँभरि छचल्किएका आफ्नै सहयात्री र समकक्षिहरुको पिडा र बेदनाका घाउहरुले औपचारिक मलम नपाउदा मन तितो भएर आउछ । त्सैले अक्षरिय हिसाबले भन्नु पर्दा यस्लाई धरापको जिन्दगी नै भन्न मन लाग्यो मलाई ।


आखिर पैसा सबै थोक होइन । धनले भौतिक बस्तु जोडन सकिएपनि प्राकृतिक र मानबिय बस्तु किन्न सकिदैन भन्ने भावनालाई पनि धारापमा पार्न लागिसक्यो यो युग संगै दौडिएको मानवले । बाँच्नको लागि संघर्स झेल्दै क्षितिजमा गर्धन राखेर रेटिनु पर्ने आखिर किन ? त्यहि मनिस मानिस बिचको बिभेद, धनि गरिबका बिचमा तेर्सिएको बिशाल पर्खाल र गरिबि लाई अछुत र रोग ठान्ने दूराचारि सोचलाई अलिकति भएपनि कम गर्नको लागि त हो । हुन त रित्तिएर भावना बाँडनुको अर्थ नै के हुन्छ र ? उन्नत समाजमा यि कुराहरुको मात्रा निकै कम छ ।आकाङक्षाको फेदिबाट कल्पनाको उचाई नापेर बिजय हासिल गर्न खोज्ने म जस्ता लाखौ पौरखि नङग्राहरुको सफलताले कति हद सम्म पूर्णता पाउला ?


थाहा त भएकै कुरा हो जन्मनु ,उमेरदार हुनु, बुढ्यौली पर्खर्नु र मर्नु नियमित प्रकिया हो अनि जिवन भनेको लहराउनु मौलाउनु संघर्शमा कहराउनु र बिरक्तिमा बहलाउनु पनि कुनै नौलो कुरा होइन । बुझेकै भरमा ब्यतित गर्नुपर्ने यो मरुभूमिको बालुवामा भुत्ते भएर मठारिएको मनमा अनयासै छोइदिने सम्झनका झिल्काले त मुटु भराउछ भने पलपलमा उठने सम्झना र कल्पनाका भरमा आफ्ना बेदनाका तमाम अनुभूतिहरुको लेखाजोखा गर्ने सामर्थ्य नै कहाँ मिल्छ र ? फगत पराई माया र मातृभुमिलाई अघाउन्जेल सम्झेर रोदन र बनावटि खुसिलाई मुहारमा अवतरण गर्नु सिवाए बिकल्प छैन । यो कहालि लाग्दो क्षितिजको बजनदार ढुंगामूनि चेप्टिएको कहालिलाग्दो बर्तमानलाई के थाहा स्मृतिको उज्यालो दिनले एक्कासी बिस्मृतिको अधेरो कालरात्रीलाई ननिम्त्याउला भनेर?तर किन ब्यर्थै चिन्तित हुन छ र । बाँचुन्जेल असाहय बनेर छटपटिदा फर्केर नहेर्ने मानवले मरिसकेपछि गोहिको आशु झार्न् पछि नपर्ने संग के गुनासो गर्नु ।


खडेरि ग्रस्त बाँझो खेतमा बिस्वासको पर्खाल उठाएर प्रेमको उपासना संगै आलस्य र शुन्यताका कडिहरुलाई स्फुर्ति र गुन्जायमन बनाउने सोच आखिर भ्रम नै रहेछ । बोँझिला र उराठिला दिनहरुमा बसन्तले मुस्काउन नपाउनु ,नियास्रा र पट्टाइला रातहरुमा सुन्दर सपनाले बास नपाउनु र छटपटिको पिडा र यातनको सिरानिमा आशाको किरणले प्रहार नहुनु नै नैराष्यताको प्रमुख जड हुने रहेछ मातृभुमिरहित जिवन । साच्चिकै धराप जस्तो ।यस्तै घेलिएका शब्द खेलाउदै जादा अधूरो गजल पनि फुर्न गएछ ।


बन्द शिशिमा मादकताको शराबमा जिन्दगी
लाचार मौनताको प्रताडित जवाफमा जिन्दगी

अर्थहिन र गुमनाम परिबेशको दूलो भित्र
चारो फ्याक्नेहरुको हुकूमे रवाफमा जिन्दगी

बिरक्तिएको टुहूरे मनमा सधै आमा -आमा
पुकार्दै कराएपनि धर्तिको सरापमा जिन्दगी

परिबन्धको खोल भित्र गुम्सिएका रहर खोज्दै
अनन्तको क्षितिज भित्र धरापमा जिन्दगी


समयको चक्र घूमेको घुम्यै छ अनवरत रुपमा । मनका बिरोधभाषहरुले गालेका गाल्यै छन । कोपिलाबाट फूल हुदै मानिसमा मौलाउने र लछारिने क्रम जारि छ । चर्किएका हाँगाहरुमा समातिएका औलाहरु कतिबेला गल्ने हुन था छैन । बिदेशिको रुग्ण हेराइको डकार कहिले मेटिने हो ? खडेरिले खग्रास पारेर चर्केको जमिनमा श्रमशिलताको बिरुवाले फक्रीने दिन कहिले आउने हो ? आदर्शको आवाज उराल्दै हातमा हात मिलाएर धर्ति संग बज्रलेप भएर टाँसिने कहिले ? यि सबै अनुत्तरित प्रश्नहरुको बिचमा क्षितिजको दोभानमा साँघु टेकेर कहिलेसम्म बाँच्नु धरापै धरापमा ?

13 प्रतिक्रिया:

B.J. Dummali said...

वा सिकारु जी धेरै नै उचाईमा उभिएर नेपालको सम्झना गर्नु भएकोमा धन्यबाद र यथार्थ यस्तै छ हामी हजारौ बेदनाको पोका लिएर ० लाई एउटा सपनाको महल सम्झेर परदेशिनु पर्छ यस्तै हो धेरै भावनात्मक गहिराईलाई उतार्नु भएछ फेरी फेरी पढ्न पाउँ है त

wordflows said...

यस्तै हो यहा कुनै कुराको पनि निस्चित नै छैन। त्यहि कारणले पनि सबै आफ्नो भबिष्य खोज्न बिदेशिन्छन्।

अर्जुन दुङमेन् said...

सिकारु जि, के गर्ने ? जिन्दगी त धरापै-धरापमा त छँदैछ । त्यसमा पनि दुई दिनको जिन्दगीमा डेढ दिन चाँही हामी हाम्रो हरेक परिस्तिथिहरुको बाबजुध बिदेशी भूमिलाई नै कर्मथलो बनाई बस्नु पर्ने वाध्यता पनि छ । त्यसैले पनि तपाईंको गजलको शेरको प्रथम पंक्ति मेल खाँदो लाग्यो-
"बन्द शिशिमा मादकताको शराबमा जिन्दगी" ।
एकदमै सहि अनुभूति/कल्पना हो तपाईंको ।

Sujan Sharma said...

निकै मार्मिक लेख्नुभएछ ।लाखौ नेपालीहरुको ब्यथा।परदेशिनु को पीडा सायद परदेशीएकाहरु लाई मात्र थाहा हुन्छ । अर्काको देशमा आफुले खोजेको जस्तो सबै चाहना अनि स्वतन्त्रता कहिले पनि पाउदैन सकिदैन। तर पनि बाध्यताबश वा केहि न केहि कारणले बिदेशी भुमिलाई कर्मथलो बनाई बसेका हुन्छन् । सायद सकारात्मकसोच,आत्मबिश्वास,दृढ परिश्रम र सहि गन्तब्य लिएर अगाडि बढेमा अवश्य पनि जीवनले पुर्णता पाउला ।

Chhabilal said...

भाइ सुर्य लेखन सैलि सारै राम्रो छ। नेपाल को माया गरि, नेपालि को भाबना लाइ बुझि लेखे को मा धन्याबाद्

राम्रो छ यस्तै यस्तै कुरा हरु लाइ मधय नजर गर्दै लेख्दै जानु अझ राम्रो हुनि छ

छबिलाल न्यौपाने

Jotare Dhaiba said...

भन्छन् यो जिन्दगी नै आफैँमा पीडा हो रे ! यत्तिकै पनि पीडाग्रस्त । झन् सङ्घर्ष, वियोग र उत्पीडनमा जेलिएको जीवन त पीडाग्रस्त हुने नै भयो । सिकारूजीको अनुभूतिपरक लेखाइले त्यो पीडालाई व्यक्तिपरक रूपमा मात्र उजागर गरेको छैन, हरेक विदेशिएका, सङ्घर्षका पिसिएका अभिशप्‍त जीवनको कथा यसमा अँटाएको छ । धरापको यात्रा दु:खदायी मात्र होइन, फलदायी पनि पक्कै हुन्छ ।

र पनि परिबन्द र विवसता त जीवनकै अर्को नाम हो । सोचेका कुरा फ्याट्ट हुने र अनुकूलता मात्र हातलागी हुने भए जीवन जिउनुको कुनै गति हुने थिएन ।

Dilip Acharya said...

गम्भीर बिषयमा लेख्‍नु भएछ।

विदेशिनु वा नविदेशिनु भन्दा पनि जिवन आफैं संघर्ष भएकोले जिवन रहेसम्म उतार, चडाव परपरिबन्द र विवसताहरु सबैको भागमा आउँछन नै ।

बाँकी कुरा त तपाईको गजलले नै र त्यसमा पनि मतला र मकताले एकदमै सटिक तरिकाले बोलेको छ ।

meena said...

तपाइको यो लेखको उच्च मुल्याङ्कन गर्न चाहन्छु । यो आवाज तपाइको एक्लो मात्रै नभएर परदेशिनेहरुको सबैको साझा भावना पनि हो । अझै गजलले पुर्ण रुपमा परीस्कृत गरेको छ तपाइको अनुभूतिलाई तर यसरि फैलिएको निरासाको बादललाई भने हटाउनु नै पर्छ है जहाँ भएपनि ।

कृष्णपक्ष उज्यालोको खोजिमा said...

परिबन्धको खोलभित्र गुम्सिएका रहर खोज्दै
अनन्तको क्षितिज भित्र धरापमा जिन्दगी

दुख र सुख शाश्वत सत्य हुन् घाम छाया जस्तै ......।र तीनको स्वीकारोक्ति हाम्रो महानता हो, सिकारुजीको मनभित्र सलबलाएका भावनाहरु र त्यसकै छायामा कोरिएको मिठो गज़लले दुखको पक्षको सुन्दर बयान गरेको छ, तपाइले परदेशीको बह बिसाउनु भयो आज...तर यो धराप, यो अनिश्चितता र यो अपूर्णताले पनि एकदिन पूर्णता पाउनेछन र घामरुपी सफलता भेट्नेछन, भन्छन नि प्रतिक्षाको घडी लामो भए पनि बितेर जान्छ ।

सिकारु said...

मेरा अनुभूतिहरुमा प्रतिकृया स्वरुप प्रदान गर्नु भएको सहानुभूति र हौसालाको लागि सम्पुर्ण मित्रहरुलाई धन्यबाद भन्न चाहन्छु ।

धाइबा जी, दूर्जय जी, दिलिप जी । तपाइहरुले भने झै जिन्दगीमा आइपर्ने उतार चढाव, विबशता र घाम छायाँहरुको मिश्रणले गर्दा नै यी अनुभूतिहरुलाई बिसाउने मौका पाए । पक्कै हो धरापको यात्रा फलदायी हुने कुरामा झिनो आशा मनमा पलाएकै छ ।

बेदनाथ पुलामी ( उमेश ) said...

साची सही कुरा गर्नु भो - सूर्य प्रसाद जी ! यो मर्माहत ब्यथा र आशंका विदेशिने जोकोही को हुन सक्छ अझ तपाई हामी जस्ता गल्फमा फिरन्ते भएर बस्नु पर्नेहरुको दर्द ठ्याकै उस्तै हुने है !

manoj said...

यस्तै छ परदेशको पिडा साथी । मिठो अनुभूतिहरु

Anonymous said...

ekdam

Post a Comment