01 April 2009

युवा

. 01 April 2009

                 बेइमानिलाई मज्जाले लात दिनु युवा
                 जीवनमा  दु:खीलाई साथ दिनु युवा/

                 अदनाको वेदना  लत्याउन खोज्नेलाई
                  उपकारी  सुत्रधारको खात दिनु युवा//

                  पीडकको घाउमा सदाचारी सोच बोकी
                  प्यासीलाई  तृप्त पार्ने बात दिनु युवा///

                  परिश्रमी  हातले बीरताको निशानीमा
                   सम्मान गर्ने मानवीय  जात दिनु युवा////

                  खडकीएको तिम्रो जोश छर्दै कुना कुना
                    राष्ट्रलाई   पौरखी   ति हात दिनु युवा/////

14 प्रतिक्रिया:

Prabesh said...

देश बनाउने पनि युवा, देश हाँक्ने पनि युवा हुनुपर्छ अब !!

कलमबीर_घोताने said...

जोश र जाँगरले भरिएको युवा
नयाँँ बिचार र सपना साकार पार्ने युवा
लौ सुन है बूढा पाका हो
अब थपक्क बसेर हाम्रो कुरा सुन्ने हो
गाइले भीर खोजे झैँ निहुँ नखोज्नु है
के गर्नेछौं अब हामी चुप लागेर हेर्नु है

Unknown said...

सिकारु जी धेरै रामो गजल लेख्नु भएछ, राम्रो लाग्यो किनकी आजको युवा लाइ सन्देश दिनु पर्छ, किनकी युवा शक्ती भनेको एउटा महान शक्ती हो।
धन्यबाद।

Dilip Acharya said...

एकदम तगडा र जोशिलो गजल लेख्नु भएछ ।
------------------------------

उजेलीजी,
"देश बनाउने पनि युवा, देश हाँक्ने पनि युवा हुनुपर्छ अब !" भन्नेमा मेरो पुरा सहमती छ तर के गर्ने हाम्रो देशमा ६० काटेका, मुश्किलले दुई खुट्टा टेकेर हिडने र बेस्सरी हावा लाग्यो भने 'उड्ने' जत्ती सबैलाई:
"वहाँ हाम्रो पार्टीको युबा नेता!" भनेर देखाईन्छ। अनी ६० बर्षका युबा भएपछि ३० बर्षका त सबै बच्चा र २०-२५ का त शिशु हुन्छन के गर्ने?।

Unknown said...

...मानवताको जात दिनु युवा... यत्ति दिन सके पनि पुग्थ्यो है । गजब लाग्यो गजल ।

chudamani said...

I really support you . A good young generation is the real destiny of the nation and all human .

Jotare Dhaiba said...
This comment has been removed by the author.
Jotare Dhaiba said...

सार्थक गजल !
आजका युवालाई हुन त सम्झाइ-बुझाइ गरेर ठीक ठाउँमा ल्याउन चुनौतीको कुरा छ । बुझ्ने युवा जमातले नै हो अन्यलाई सन्देश फिँजाउने । यस्ता अर्थपूर्ण रचनाले निकै मूल्य राख्‍छन् है समाजको रूपान्तणका लागि ।

भावको वजनले वर्णविन्यासगत त्रुटि गौण लाग्छ, र पनि त्यसको सुधारको लागि यथोचित ध्यान दिनुहोला ।

friendlyniraj said...

जाडोमा ताप दिने आगोको ज्वाला हो युवा ।
प्यासीको प्यास मेट्ने पानीको प्याला हो युवा ।

डीआर न्यौपाने'सूर्य' said...

प्रतिकृया र सुझावको लागि सबैसाथिहरुलाई धन्यबाद दिन चाहन्छु ।
चुडामणि जी कलमबिर_ घोताने जी र एकल यात्री जी को नयाँ पाइलालाई स्वागत सहित मैत्रीपुर्ण भावनाको साइनोमा आवद्व रहन निमन्त्रणा ।

मिलन said...

ढिलो भएँ की क्या हो ? युबालाई लक्षित गरेर लेखे पनि बुढा बूढी र बच्चा बच्चीलाई समेत काम लाग्ने कुरो रहेछ...

पहिलो हरफ चाहीं बढ़ी रमाईलो लाग्यो

Yumesh Pulami said...

धेरै राम्रो भाव - सूर्य प्रकाश जी - जोशिलो हिमत को राको हो युवा |

Unknown said...

भाइ सुर्य गजल राम्रो छ र युवाहरु ले बुझ्न पर्नेखाल को छ

छबिलाल न्यौपाने

डीआर न्यौपाने'सूर्य' said...

पछिल्लो पटक आइपुग्नुभएका मित्रहरु मिलन जी बेदनाथ जी र छबिलाल दाजीमा प्रतिकृयाको लागि धन्यबाद ।

Post a Comment