हिजो बिहान जस्तै आजपनि फुटलाझै टाउको दुखिरहेछ । राति उठेर एकपट्क् पानि पियो उसले। भित्र आगो बले झै बलेरहेछ निभ्ने कुरै लिदैन। धारमा गएर टाउको भिजायो, टन्टन्ति दुखेको छ।सितन् पनि टन्नै खाएको हो , राति खाना पनि राम्रो संग खाएकै हो तर पनि सन्चो भएन सोच्यो पक्कै पनि हिजोको रक्सी नक्कलि परेछ कि क्या हो? हिजो अलि बढि पनि भए जस्तो छ त्यो मनोज् ले थपेको थप्यै गर्यो । अरु चिज भए त्यसरि कहाँ थप्छ त्यसरि? प्राय हरेक दिन उसले कुनै न कुनै बहानमा पिउने गर्छ । खुसिम त पिउनै पर्यो ,दुखमा त झन् कसरि दुख बीर्सने । बस एउटा बहाना भए पुग्यो । ओखति पछुतो लाग्छ उसलाई। आफैलाई धिक्कार्छ उसले धेरै पटक् यस्तो भएको हो "अब त किन पिउँला र यो बैगुनि झोल । पैसाको नास त भयो भयो उल्टै सास्ति पनि । आजैदेखि म अब यो कहिल्यै छुदै छुन्न । ल म मरिजाउ छुन्न" । उसले सगर्व घोषणा गर्यो, भित्र भित्रै खुसी हुदै बिजयि मुस्कानका साथ ।
हुन त उसले यस्तो कसम धेरै पटक् खाइसकेको छ बिगतमा पनि । हरेक दिन बिहान छोडछु भन्छ। त्यो नभए प्रत्येक महिनाको एक् गतेबाट चाँहि पक्कै। कैयौ पटक् मन्दिरमै गएर छाडछु भनेको छ उसले। अनि फेरी प्रत्येक साँझ आफै संग सम्झौता गर्ने गर्छ। सुत्र फेला पार्छ हप्तामा एकदिन् मात्र पिउने र त्यो पनि हाफ क्वाटर मात्र। उसलाई लाग्छ अब चै यो पक्का निर्णय हो। यसमा अरु कुनै सम्झौता गर्ने छैन। यसबाट फाइदै फाइदा छ, यसैबाट बिस्तारै रक्सीबाट छुटकारा पाउन पनि सकिन्छ, सकिएन भनेपनि हप्ता भरि सम्म पैसा पनि रहने, मन् पनि रहने । यस्तो सुत्र फेला परेकोमा आफै दंग पर्छ ।
बिहान ओछयानबाट उठेर चिया पियो, नुहायो र छिटै खाना खएर अफिस गयो । दिउसो पनि बिसन्चो भै नै रहयो । टाउको दुखन चै अलि कम् भयो र दिउसोको खाजा पछि हयाङओभर पनि क्रमस: अलि कम् हुदै गयो । पाँच बजे सम्म निक्कै सन्चो भैइसकेको महसुस भयो । अफिसबाट घर फर्कदा बाटामा सेकुवा हम्केको देखेपछि उसको मन् चन्चल् हुन थाल्यो । मुखबाट पानि आउन थाल्यो। भोक र तिर्खा झन् झन् जागेर आयो र सोच्यो अलि जाडो पनि त छ आज । यो साँझको पाँच बजे देखि सात बजे सम्मको समय काटनै गार्हो । थकाई भोक तिर्खा सबै लाग्ने। बिहानको प्रतिज्ञा क्रमस: फितलो हुदै गयो। राम्ररी सन्चो पनि त भएको छैन। हिजोको तल् तल् मेटाउनलाई अलिकति पिउँदा कसो ठिक नहोला । अलिकति सेकुवा र हाफ क्वाटर सम्म खाएर भोलिदेखि चाँहि ठयाम्मै पिउन छाडनु पर्ला जस्तो छ । भोलिदेखि रक्सीको सट्टा त्यो पैसाले फलफुल किनेर खाने गर्नु पर्यो, स्वास्थ्य पनि राम्रो हुने । धन पनि गुमाउनु, स्वास्थ्य पनि गुमाउनु । अब म यस्तो कदापि हुन दिन्न, कदापि भन्ने प्रतिज्ञा गर्छ ।
यो नयाँ सम्झौताको खाका तयार हुदा नहुदै उ भट्टि भित्र छिरिसकेको थियो।
साथिहरु तापाइहरुबाट यस सम्बन्धि कुनै नयाँ उपायको अपेक्षा राखेको छु।
मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign OutFollowers
बिधा
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
लोकप्रिय टाँसोहरु
-
न मस्कार! सम्पूर्ण ब्लग पाटोमा समाहित मित्रहरुलाई । लामो समय पश्चात कलम चलेको छ। समयले मलाइ धेरै पछाडी छोडेर गएछ या म समय संगै दौडिन सकिन। त...
-
पाहुनाझै दुइ दिन हाँसेर गई छोडि जुनेली रातमा ढाँटेर गई बसन्तमा संगसंगै फूल्छु भन्थि कोपिलामै बोटपात भाँचेर गई साधक बन्थ...
-
प्रतिक्षाको लामो घडि छोटिदैछ मेरी माया चर्किएको मुटु फेरि जोडिदैछ मेरी माया खोला नाला लेक बेसि गर्दै बित्ने अतित फेरि नदि बनि दोभानमा भेटिद...
-
ब्लगिङ नगरेको पनि धेरै भैसकेछ । कहिले ईन्टरनेट संजालको समस्या,कहिले ब्यस्तता त कहिले अल्छिपनको रोग । निरन्तर हुन्छु भन्दाभन्दै पनि समस्याहर...
-
२०६८ असोज ३ एउटा पत्र तिमीलाई कोरु कि जस्तो लाग्छ क्षितिजमै मिल्ने उडान भरु कि जस्तो लाग्छ शुन्यतामा हराउदा बहार बनि...
गोरेटोका पाइलाहरु
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
छलफल
गोरेटोका आगन्तुकहरु
नेपाली तिथि-मिति यता
गोरेटोसंगको गफगाफ यता
03 December 2008
प्रतिज्ञा
लेखक-
डीआर न्यौपाने'सूर्य'
.
03 December 2008
Subscribe to:
Post Comments (Atom)
मेरो नेपाल - मेरो गौरव
मेरो बारेमा
फेसबुक पाना
फेसबुक साइनो
साथीहरुको ब्लगसंसार
-
-
-
-
कुन रङको खेलौं होली ?1 year ago
-
जय भोले !1 year ago
-
-
-
केही गजलहरु7 years ago
-
-
हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु7 years ago
-
Adjust contrast of a pdf free8 years ago
-
५ वटा कुरा9 years ago
-
-
-
-
म बहुलाउन सक्छु10 years ago
-
A Letter To The Shadow11 years ago
-
नबुझेकै बुझ्छन् मान्छे11 years ago
-
-
हाम्रा प्रकाशनहरु !!11 years ago
-
-
Dedicated to all the बाटो को केटाहरु12 years ago
-
-
महामुद्रा12 years ago
-
-
गीत12 years ago
-
-
पुस्तक गफ : कतै चर्चा नभएको उपन्यास 'इन्साफ'13 years ago
-
-
-
नेपाल बाहिरका नेपाली13 years ago
-
दशैको अवसरमा पिङमा रमाउनेहरु...13 years ago
-
-
-
एक सय एक प्रतिज्ञा - मनोज गजुरेल14 years ago
-
-
-
Hello..14 years ago
-
यादेँ II15 years ago
-
हिउँसगँको वैचारिक आगमन ...15 years ago
-
मैले देखेको, मेरो क्यामेराले खिचेको - ६15 years ago
-
-
vari jaon part215 years ago
-
Finally!!! made it..15 years ago
-
म फिर्दैछु फेरी ...!16 years ago
-
अन्य भाषाको परिपे्रक्ष्यमा चामलिङ भाषा16 years ago
-
तपाईं के भन्नु हुन्छ, झन्डा फेर्ने कि नफेर्ने ?16 years ago
-
-
-
संस्कृति कला प्रदर्शनीका कलाहरु17 years ago
-
-
पुस्तकले देखाएको गोरेटो17 years ago
-
भाउजु17 years ago
-
नबनाउ आफ्नो मलाई17 years ago
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-






7 प्रतिक्रिया:
sikaru jee tapailai yasto shachinai bhayako ho bhane yaso baru raksi ko shatta ma aru nai man bhulaune kura ra naya naulo khoji tira lagnu bhayama ramro huntho hola ki?
एकदम रमाईलो कथा। अनि लेखाई र घटनाक्रमको क्रमिकता एकदमै बगेर गएको छ।
करिव करिव धेरै जनाको सामुहिक यथार्थ छ तपाईको कथामा ।
वाह!
रमाईलो कथा! वास्तवमा हामीमध्ये धेरैको यथार्थ यहि हो।
निकै राम्रो गोरेटो रहेछ -यो त सिकारू को जस्तो त लागेन । शब्द खेलाडी को हुनुपर्छ । जेहोस राम्रो लाग्यो -प्रगतिको कमाना गर्छु ।
बेदनाथ जि गोरेटो त सिकारुकै हो तरपनि खेलाडि बन्ने प्रयास त छ तर खेलाडि बनाउने जिम्मा चाहि तपाइहरुको हातमा ल । आसा छ पक्कै साथ पाउनेछु ।
अब नयाँ उपायको के कुरा गर्नु हौ !! आफ्नो पनि लगभग त्यस्तै ताल हुन्छ । हा हा !!!!!
जे होस् कथा चैँ एकदमै मनपर्यो !!!!!!!
सिकारु भाइ राम्रो तथा मार्मिक् पनि छ् र अझ राम्रो हुनि छ भन्ने आशामा पनि छु
धन्याबाद्
छबिलाल् न्यौपाने (गुल्मि, अर्बेनि)
साउदि अरब्
रियाद्
Post a Comment