03 December 2008

प्रतिज्ञा

. 03 December 2008

हिजो बिहान जस्तै आजपनि फुटलाझै टाउको दुखिरहेछ । राति उठेर एकपट्क् पानि पियो उसले। भित्र आगो बले झै बलेरहेछ निभ्ने कुरै लिदैन। धारमा गएर टाउको भिजायो, टन्टन्ति दुखेको छ।सितन् पनि टन्नै खाएको हो , राति खाना पनि राम्रो संग खाएकै हो तर पनि सन्चो भएन सोच्यो पक्कै पनि हिजोको रक्सी नक्कलि परेछ कि क्या हो? हिजो अलि बढि पनि भए जस्तो छ त्यो मनोज् ले थपेको थप्यै गर्यो । अरु चिज भए त्यसरि कहाँ थप्छ त्यसरि? प्राय हरेक दिन उसले कुनै न कुनै बहानमा पिउने गर्छ । खुसिम त पिउनै पर्यो ,दुखमा त झन् कसरि दुख बीर्सने । बस एउटा बहाना भए पुग्यो । ओखति पछुतो लाग्छ उसलाई। आफैलाई धिक्कार्छ उसले धेरै पटक् यस्तो भएको हो "अब त किन पिउँला र यो बैगुनि झोल । पैसाको नास त भयो भयो उल्टै सास्ति पनि । आजैदेखि म अब यो कहिल्यै छुदै छुन्न । ल म मरिजाउ छुन्न" । उसले सगर्व घोषणा गर्यो, भित्र भित्रै खुसी हुदै बिजयि मुस्कानका साथ ।

हुन त उसले यस्तो कसम धेरै पटक् खाइसकेको छ बिगतमा पनि । हरेक दिन बिहान छोडछु भन्छ। त्यो नभए प्रत्येक महिनाको एक् गतेबाट चाँहि पक्कै। कैयौ पटक् मन्दिरमै गएर छाडछु भनेको छ उसले। अनि फेरी प्रत्येक साँझ आफै संग सम्झौता गर्ने गर्छ। सुत्र फेला पार्छ हप्तामा एकदिन् मात्र पिउने र त्यो पनि हाफ क्वाटर मात्र। उसलाई लाग्छ अब चै यो पक्का निर्णय हो। यसमा अरु कुनै सम्झौता गर्ने छैन। यसबाट फाइदै फाइदा छ, यसैबाट बिस्तारै रक्सीबाट छुटकारा पाउन पनि सकिन्छ, सकिएन भनेपनि हप्ता भरि सम्म पैसा पनि रहने, मन् पनि रहने । यस्तो सुत्र फेला परेकोमा आफै दंग पर्छ ।

बिहान ओछयानबाट उठेर चिया पियो, नुहायो र छिटै खाना खएर अफिस गयो । दिउसो पनि बिसन्चो भै नै रहयो । टाउको दुखन चै अलि कम् भयो र दिउसोको खाजा पछि हयाङओभर पनि क्रमस: अलि कम् हुदै गयो । पाँच बजे सम्म निक्कै सन्चो भैइसकेको महसुस भयो । अफिसबाट घर फर्कदा बाटामा सेकुवा हम्केको देखेपछि उसको मन् चन्चल् हुन थाल्यो । मुखबाट पानि आउन थाल्यो। भोक र तिर्खा झन् झन् जागेर आयो र सोच्यो अलि जाडो पनि त छ आज । यो साँझको पाँच बजे देखि सात बजे सम्मको समय काटनै गार्हो । थकाई भोक तिर्खा सबै लाग्ने। बिहानको प्रतिज्ञा क्रमस: फितलो हुदै गयो। राम्ररी सन्चो पनि त भएको छैन। हिजोको तल् तल् मेटाउनलाई अलिकति पिउँदा कसो ठिक नहोला । अलिकति सेकुवा र हाफ क्वाटर सम्म खाएर भोलिदेखि चाँहि ठयाम्मै पिउन छाडनु पर्ला जस्तो छ । भोलिदेखि रक्सीको सट्टा त्यो पैसाले फलफुल किनेर खाने गर्नु पर्यो, स्वास्थ्य पनि राम्रो हुने । धन पनि गुमाउनु, स्वास्थ्य पनि गुमाउनु । अब म यस्तो कदापि हुन दिन्न, कदापि भन्ने प्रतिज्ञा गर्छ ।

यो नयाँ सम्झौताको खाका तयार हुदा नहुदै उ भट्टि भित्र छिरिसकेको थियो।

साथिहरु तापाइहरुबाट यस सम्बन्धि कुनै नयाँ उपायको अपेक्षा राखेको छु।

7 प्रतिक्रिया:

wosti nuwakote said...

sikaru jee tapailai yasto shachinai bhayako ho bhane yaso baru raksi ko shatta ma aru nai man bhulaune kura ra naya naulo khoji tira lagnu bhayama ramro huntho hola ki?

Dilip Acharya said...

एकदम रमाईलो कथा। अनि लेखाई र घटनाक्रमको क्रमिकता एकदमै बगेर गएको छ।

करिव करिव धेरै जनाको सामुहिक यथार्थ छ तपाईको कथामा ।

वाह!

Basanta said...

रमाईलो कथा! वास्तवमा हामीमध्ये धेरैको यथार्थ यहि हो।

Yumesh Pulami said...

निकै राम्रो गोरेटो रहेछ -यो त सिकारू को जस्तो त लागेन । शब्द खेलाडी को हुनुपर्छ । जेहोस राम्रो लाग्यो -प्रगतिको कमाना गर्छु ।

डीआर न्यौपाने'सूर्य' said...

बेदनाथ जि गोरेटो त सिकारुकै हो तरपनि खेलाडि बन्ने प्रयास त छ तर खेलाडि बनाउने जिम्मा चाहि तपाइहरुको हातमा ल । आसा छ पक्कै साथ पाउनेछु ।

Prabesh said...

अब नयाँ उपायको के कुरा गर्नु हौ !! आफ्नो पनि लगभग त्यस्तै ताल हुन्छ । हा हा !!!!!
जे होस् कथा चैँ एकदमै मनपर्‍यो !!!!!!!

Unknown said...

सिकारु भाइ राम्रो तथा मार्मिक् पनि छ् र अझ राम्रो हुनि छ भन्ने आशामा पनि छु
धन्याबाद्

छबिलाल् न्यौपाने (गुल्मि, अर्बेनि)
साउदि अरब्
रियाद्

Post a Comment