26 August 2017

कविता

. 26 August 2017
0 प्रतिक्रिया

क्रूर समय (कविता )

बाले जीवनभरीको श्रमले
सिर्जना गरेको त्यो
पाखुरीको पौरखलाई
आमाको
सदभावले पूर्ण बनाएको
झुपडीको
अथाह सुन्दर बस्तीमा
आकाशमा कालो बादल सिर्जना गरि
मूर्ख झरी सँगै असिना
चट्याङ झारेर
मेरो बस्ती उजाड पार्न
दिनरात लागिपर्ने
तै क्रूर समय होइनस?

मैले सयौ माइल टाढाबाट
जस्ता पिठ्युँमा बोकि आफ्नो
पारिवारिक जीवन
धर्तीमै बिताउन खोज्दा
बैभवको अथाह मोह सिर्जना गरि
आधुनिक अपरिहार्यताको खाँचो भन्दै
मेरो युवा जोशलाई समुन्द्रपार  धकेलेर
प्रभातको सुनौलो बिहानीमा
पृथ्वीमा कम्प सिर्जना गरि
मेरा बस्तीहरुमा
प्राकृतिक बम बारुदहरु पठाई
मेरो बस्ती उजाड बन्दा
मलाई क्षितिज पारिबाट
टुलुटुलु हेर्न बाध्य पार्दै
विजयको उत्सव मनाउने
यो क्रूर समय तै होइनस?

मेरा हजुरबा आमाको
रगतले कोरेको
हिमाल पहाड तराइको मानचित्रमा
कसैले सिर्जना गरेको
कृतिम रंग हालेर
मेरै सन्ततीको स्वाभिमान किन्दै
मेरै बस्तिहरुमा
अग्ला पर्खाल सिर्जना गरि
मेरा सन्ततीलाई लठेब्रो बनाई
बुद्धि भुटेर
मेरै छातीमा
मुक्का प्रहार गर्दै
शत्रुको हाँसो छताछुल्ल पार्न
उक्साउने तै क्रूर  समय होइनस?

ए कूर समय कान खोलेर सुन

अझै पनि तैले यो खेल जारी राखीस भने
तैले बनाएका हर बाध्यता भत्काउने छु
तेरो आदेशका सारा चिज स्वतन्त्र हुनेछन
तैले नोकर बनाएको ब्रह्माण्ड
आफ्नै गतिमा चल्नेछ।
तैले जन्माएको दिन पनि रात जस्तै
कालो बनाउनेछु
तैले आफुलाई महान भन्दै
मान्छेले बनाएको
भौतिक बस्तुमा
तीन सुइ चलाउदै  घुम्नुको
कुनै अर्थ हुनेछैन।
बाँकी यता >>

06 June 2017

केही मुक्तकहरु

. 06 June 2017
0 प्रतिक्रिया

मनको महलमा म राजा तिम्लाई रानी बनाएर
सन्सार नियाल्ने  दुई आँखाका नानी बनाएर
हाम्रो प्रेमलाइ त्यतिबेला पूर्णता दिनेछु सानि
दुई आत्मा बिना बाँच्नै नसक्ने बानी बनाएर

राम्रो र असललाई ताली भन्न सक्नु पर्छ
फटाह र स्वार्थीलाई जाली  भन्न सक्नु पर्छ
यदि देशको एकता र उन्नती सोच्ने नै हो भने
यो जात उ जात छोडी नेपाली भन्न सक्नु पर्छ

मेरो चन्चले पनले उनलाई दिक्क हुन्छ कि हुन्न होला
टाढा हुँदा बाडुलीले हीक्क हिक्क हुन्छ कि हुन्न होला
साच्चै एउटा कुराले मन पोलिरहेको छ प्रेममा परेपछि
कुराले नै दिल चोर्नेको मन ठीक्क हुन्छ कि हुन्न होला?

बा आमा र गुरुले दिएको ज्ञान् सम्झियौ भने
चरम अभावमा साहुको ध्यान सम्झियौ भने
स्व आत्मदाहको प्रयास कहिल्यै आउने छैन
झुपडीमा कहराएका बृद्ध ज्यान सम्झियौ भने

अभावै अभावको जिन्दगी यो फेरीयोस  भन्दै
झुपडीलाई जस्ता अनि दीवारले घेरीयोस भन्दै
आफ्ना खुसी र रहरलाई परदेशमा जलाए मैले
छोराछोरीको कलमले  कपिमा केरीयोस भन्दै।

यी रगत पसिना देशमै  बगाउन पाउ अबदेखि
आफ्नै दौरा अनि कोट लगाउन पाउ अबदेखि
नहोस लोभ बिदेशी रिति र तडक भडकको
आफुभित्र  नेपाली पन जगाउन पाउ अबदेखि

भोको पेट भर्दै चोखो माया टिकाउने दबाबले
आफ्नै  रगत पसिनामा रमाउने  स्वभावले
लागे धर्ती र क्षितिज सङग सिकायत गर्दै म
आफन्तैले दिएका पीडा र चोटहरुका प्रभावले।

साउदी दुबै हुँदै  कोरीया कतार कहिले सम्म
युवा हामी बिदेशै जान हतार कहिले सम्म
न रोक्छ देशले न रोकिन्छ हाम्रो दासी प्रवृती
मान्छे खोज्दै यी पसिनाको व्यापार कहिले सम्म??

बाँकी यता >>

25 May 2017

केही गजलहरु

. 25 May 2017
0 प्रतिक्रिया


दिलमा एउटा मान्छेको चित्र बनाएको छु
मुटु कलेजो सबै उहि भित्र बनाएको छु

यति निश्छल र सरल छ व्यबहार उनको
 कहिले प्रेमिका त कैले मित्र बनाएको छु

छैन रिस राग कत्ती न छ मोह दौलतको
जिन्दगी हराभरा छ मन पवित्र बनाएको छु

असल मान्छे छान्नुको मजा यस्तो भएको छ
दुनियाँले डाहा गर्ने चरित्र बनाएको छु

घमण्ड नगर साथी धनकै भरमा युद्ध जितिन्छ
प्रेमको लडाइँमा धेरैलाइ  दरिद्र बनाएको छु।
********************************
साच्चै मायाको,तल तल कस्तो अचम्मको
तडपाई दिने हर पल कस्तो अचम्मको

प्रेमको अर्थ  यसरी बुझ्छ साथी  अचेल
बाआमा झुट प्रेमी असल कस्तो अचम्मको

लाख बिन्ती गरे उ फर्केर आउदै आइन
नदेखेर  रुप अनि महल कस्तो अचम्मको

बर्षौ ढोग्यो ढुंगाको देउता मन्दिरमा उस्ले
न छ सुधार न पायो फल कस्तो अचम्मको

पक्कै  खोट छ पानी  चलाउनेको नियतमा
कतै बन्छ आँसु, कतै जल कस्तो अचम्मको
******************************
किन किन सधै रुनी पारिदिन्छ छिमेकीले
सिमानाको ढुङ्गो सधै सारिदिन्छ छिमेकिले

कता चुक्यौ बिरतामा कहाँ झुक्यो बहादुरी
आँखै अघि आफ्नै छोरा मारिदिन्छ छिमेकिले

किनारामा हात दिने भेल पर्दा छुटन सक्छ
नसोच्नु है  आफन्त हो तारिदिन्छ छिमेकिले

होसि हुनु दोबाटोमा यात्रा गर्दा एकैसाथ
मौका छोपी भिरबाटै झारिदिन्छ छिमेकिले

जुटौ अब  देशभक्त बुझ्नुपर्छ यतिकुरा
हामी एकै भयौ भने हारिदिन्छ छिमेकिले
**************************
भन्नुस न हजुर,मेरी उनी कस्ती हुनुपर्छ 
साकिरा हुनुपर्छ, या सीता जस्ती हुनुपर्छ 

अदालतमा हिजो यस्तै कुरामा फैसला सुनीयो
 धक्कै लागोस प्रतिष्ठामा, तर मस्ती हुनुपर्छ 
 
पेटका खातिर दिनहुँ दस नङ्ग्रा खियाउछु म
उ भन्छे  गाउँ छोडी, शहरमा बस्ती हुनुपर्छ 

छिमेकमा सधै यस्तै खासखुस सुनिन्छ अचेल 
भन्छन बिहे पछि हर पाइलामा गस्ती हुनुपर्छ ।
 
  मेरै घरमा  झगडा छ बुहारीको कारण सधै
आमा खोज्ने महङ्गो , बा भन्छन सस्ती हुनुपर्छ।
******************************
आफ्नो घर आफै जलाएर मस्ती गरिदैछ
 खरानीको मूल्य चलाएर मस्ती गरिदैछ
 
 देख्यौ  नयाँ कुराको शुरुवात  कसरी भयो
 जिजुबाको शालिक ढलाएर मस्ती गरिदैछ

ए किसान किन गर्छौ आश अझै अनाजको 
अन्न मासी अफिम फलाएर मस्ती गरिदैछ

सल्काइयो आगो यसरी  आफन्त आफन्तमा 
दाजूभाइको नातै गलाएर मस्ती गरिदैछ
 
 को भन्छ जित छ सत्यको मात्रै जगतमा
 दशकौ ति गरिब दलाएर मस्ती गरिदैछ
 **************************

चलावोस न कोहि यहाँ,छलफल जिन्दगिको
 कसरी बनिन्छ मालिक, असल जिन्दगिको
 
प्रहारै गरोस छुरा म  रेटिन तयार हुनेछु 
बनेको भए बाधा कसैमा हरपल जिन्दगिको

कति लेख्छौ कथा, गजल गीत मात्रै सर्जकहरु
लेख्दै लेख्दैनौ के हुन सक्छ मलजल जिन्दगिको

सरकार हातमा, राहधानी थमाउछ र भन्छ
यी यहि हो तिम्रो  सपनाको महल जिन्दगिको

दैबले हुरी बोलाई आगो उहीँ झोसेर जान्छ
जहाँ पुग्दै पुग्दैन कहिल्यै दमकल जिन्दगिको

जिन्दगानी खरिद गरु या बिक्री दोधारमा छ सूर्य
यहाँ थापिरहेछन जताततै  पसल जिन्दगिको
*******************************

जे जसरी हुन्छ उपहार चाहियो पृयालाई
कैले आइफोन कैले कार चाहियो पृयालाई

म आफ्नै घरमा फूलाएको गुलाब पठाउछु
 आयातीत  फूलको  बजार चाहियो पृयालाई

बा मुना मदनको आदर्श बोक्नुपर्छ भन्नुहुन्छ
डीस्को र क्याबिनको संस्कार चाहियो पृयालई

म बाझो खेतमा अन्न फलाउने कुरा गर्छु
शहरमा सुन चादिको व्यापार चाहियो पृयालाई।

अचेल चिठीमा सधै यस्तै प्रश्न पठाउछिन उनी
के सोच्दैछस  "सूर्य" बिचार चाहियो पृयालाई
***********************************

हेर्नुस उन्को र मेरो चोट उस्तै  उस्तै भएको छ
त ठूलो कि म ठुलो खोट उस्तै उस्तै भएको छ

अरे कुकुर बिरालो पनि त  सङ्गै देखिन्छ अचेल
किन मान्छे मान्छेको अठोट उस्तै उस्तै भएको छ

अदालतको फैसलामा ढुक्क हुनु  कसरी साथी
जहाँ वकिल र चोरको छनोट उस्तै उस्तै भएको छ

आज सम्मको राजनितीले यति कुरा देखाएकै छ
यहाँ बादर र नेतालाई भोट उस्तै उस्तै भएको छ 

अझै कुन अधिकार र समानताको कुरा खोज्छौ नारी 
बजार मुल्य धोति र आस्कोट उस्तै उस्तै भएको छ ।
*******************************
न  याद जल्छ न  तन जलाउछ
छुटेर जानेले सधै  मन जलाउछ

 सुनिन्न बिस्फोटको आवाज कतैपनी
 तर भित्र भित्रै धडकन जलाउछ।
 
जब टेक्छ शिखर कसैको साहरामा 
बर्षौ गुजारेको बचपन जलाउछ

 उ ढुक्क हुन्न  कसैको   जवाफमा
जो आफैले बोलेको बचन जलाउछ

 बिन्दास छ साथी  झुटको कमाइमा
 सोच्दै सोच्दैन आगोले धन जलाउछ
*******************************
 

बाँकी यता >>

09 May 2017

तीन गजल

. 09 May 2017
0 प्रतिक्रिया

आँखा आँखा जुधाएर हेर्नुको मजा छुट्टै
आँखैबाट मन्को  धोको फेर्नुको मजा छुट्टै

मायालुको सम्बोधनमा प्रतित्युतर नपाउदा
बाटो बाटो उन्को नाम केर्नुको मजा छुट्टै

स्याल पनि घोर्ले हुने जवानिको बेहोसिमा
एक्लैपारी दोबाटोमा घेर्नुको मजा छुट्टै

निमेशमै छुटी जान्छन दोबाटोमा मिल्नेहरु
सम्झनाकै अङ्गालोमा बेर्नुको मजा छुट्टै

मानिएन कुनै कुरा बा आमाको आग्रहमा
उन्ले भन्या सबैकुरा टेर्नुको मजा छुट्टै
***************************


अब यति कुराको छिनोफानो हुनु जरुरी छ
आकाश ओढ्नेको पनि छानो हुनु जरुरी छ

सधै कति खेप्नु खुकुरीको मार अचानोले मात्र
अब तल खुकुरी माथी अचानो हुनु जरुरी छ

जो बर्षौ हलि बनि सयौंलाई मुखिया बनायो
उस्को नि घरमा दुई चार  मानो हुनु जरुरी छ

न घर घर जस्तो छ न देश देश जस्तो छ यहाँ
भ्रस्ट नेता सम्हाल्ने यौटा रानो हुनु जरुरी छ

बर्षौ छोराको आशमा आँसु झार्छिन बुढी आमा
अब ती बृद्धको आँखा ओभानो हुनु जरुरी छ

घमण्डकै भरमा आफैले आफू ठूलो नसम्झ साथी
मान पाउन कि नम्र कि आफू सानो हुनु जरुरी छ ।
********************************

हेर्दा देशको राजनीतिक खेल अचम्म लाग्छ
आफ्नै स्वार्थको लागी तालमेल अचम्म लाग्छ

कर्णाली स्कुल जानू पूर्व पौडिन सिकाउछ
भाषणमा जहाज अनि रेल अचम्म लाग्छ।

आमा छोरो पढाउन ज्यान बन्धक राख्छिन
छोरो हर साल भैदिन्छ फेल अचम्म लाग्छ।

दूध बेच्न किसान घर घर घन्टी बजाउछ
भट्टी हेर्यो सधै ठेलामठेल अचम्म लाग्छ।

दुर्जन खादा लगाउदै डुलेको छ गाउँ गाउँ
 निर्दोषलाई  पठाइदिदै जेल अचम्म लाग्छ

दशकौ बित्दा यति कुरा बुझ्नै सकेन सूर्य
जो जल्छ उस्कै मुनि ओझेल अचम्म लाग्छ।

बाँकी यता >>

16 April 2017

गजल

. 16 April 2017
0 प्रतिक्रिया

म तिम्रो नयनको नजरमा हराए
नशालु गुलाबी  अधरमा हराए

यो कस्तो मायामा भुलायौ तिमिले
बर्षौ डुलेको  शहरमा हराए

बनाएर माली यो निश्चल जीवनको
यी खुसी लुटाउने रहरमा हराए

चलायौ सुवास त्यो कामुक बदनको
प्यासी चाहतको लहरमा हराए

पढेर हेर यो अनुहारको भाषा
एकैसाथ जिउने ठहरमा हराए।
बाँकी यता >>

14 August 2016

कविता (सपनाको बिमान )

. 14 August 2016
0 प्रतिक्रिया

 जब झोलाभरी कापी किताबको भारी बोक्थे
 त्यो बेला मेरा कल्पनाका रहरहरु
 बिश्वका प्रख्यात डक्टर, इन्जीनियर
 अन्वेषक , लेखक चित्रकार कवि साहित्यकार
 वा भनौ प्रख्यात शिक्षकको वरिपरि घुम्थे
  म माझ ती सुनेका  अदृश्य ब्यक्तीत्वहरु
  कहिले कसैको आवाजमा कम्पन्न भएर आउथे
  कहिले ती शैशबको भारीले थिचिएका शब्द भएर आउथे
  कहिले दक्षताको अनमोल खानी ठानीने
  उनै महाशयहरुको मुखार बिन्दुबाट निस्केका हुन्थे
 र तिनै दृश्यलाई नियाल्दै मेरा कल्पनाहरु शिखर चढथे।


ती कल्पनाहरुले शिखरको फेदि निर्धारण गर्दै गर्दा
शैशवको पाइलाले यौवनको फेद टेक्दा नटेक्दै
मेरो घरका हर चिजहरुले
मेरा कल्पनालाई गिज्याउदै थिए
आमाको बात र बाबाको दमले
मेरा कल्पनालाई निचोर्दै थिए
मेरा भाइबैनीको अबोध र सुकोमल मस्तिष्कले
उज्ज्वल भविष्यको भिख मागिरहेका थिए।
अनि
दक्ष र योग्यताको पाठ रटाउनेहरु
  भोक र रोगको लाचारतामा
  धम्की र आडम्बरको पाठ घोकाएका हुन्थे


म ती हरेक दृश्यहरुको साक्षी बनीरहेको थिए
गलत र सहीको अर्थ बुझ्ने पनि भएको थिए
 यी सब कुराले निर्धारण गरेका आधार स्तम्भहरु
 जोगाउन खोज्दा खोज्दै
 कल्पनाले शिखरको चुचुरो चुम्दा नचुम्दै
 मेरा सपनाहरुले बाटो मोडेका छन।


फेरि नयाँ सपनाहरुको योजनाले मन तीखो पार्दै
आफ्ना पुराना ईच्छा र कल्पनालाई
भाईबैनीको झोलामा कोच्न लगाउदै
बा आमाको एउटै सपनालाई मुर्त रुप दिन भन्दै
बाको दम र आमाको बात निमिट्यान्न पार्छु भन्दै
एउटा ठूलो अनौठो सपना बोकेर
रगत पसिनाले सिङ्गो सपना सिन्चित गर्ने अठोटले
स्वाभिमान र ईमान्दारीताको झन्डा उत्तोलन गरर्दै
म हावा सङ्गै बहकिएर उडेको छु सपनाको बिमानमा।
बाँकी यता >>

04 May 2016

केही मुक्तकहरु

. 04 May 2016
0 प्रतिक्रिया

लेखक फेरीन्छन तर कृति फेरीदैन यहाँ
नेतृत्व फेरीन्छ तर प्रवृत्ति फेरीदैन यहाँ
लेख्ने र लेखाउनेको तालमेल मिलेरै होला
कुरा फेरीन्छन तर मनोवृत्ति फेरीदैन यहाँ ।
~~~~~~~~~~~~~~~~~~~~~~
अचेल सपनिमा उनी सधै डराएको देख्छु
कोही फेद काटदै रुखमाथी चढाएको देख्छु
पक्कै केही अनर्थ हुनेछ उनिमाथी नत्र
किन आफ्नै सन्तानबाट आमा डराएको देख्छु
~~~~~~~~~~~~~~~~~~~~~~
कसरी बदलिन्छ जगत सधै आफै गुरु हुन्छौ
बिसङती र कुरुती निम्त्याउदै जहाँ त्यही सुरु हुन्छौ
खै तिम्रो आचरणमा बदलाव कहिले देखायौ
किन  सत्य र निष्ठा बोक्न थुरु थुरु हुन्छौ?
बाँकी यता >>

25 May 2014

. 25 May 2014
1 प्रतिक्रिया

पाहुनाझै दुइ दिन हाँसेर गई 
छोडि जुनेली रातमा ढाँटेर गई 

बसन्तमा संगसंगै फूल्छु भन्थि 
कोपिलामै बोटपात भाँचेर गई 

साधक बन्थि सान्त्वना देखाई 
 बेमौसमि मायाप्रेम गाँसेर गई 

शालिन ठान्दै निशर्त रमाए 
बिटपको मुकुट टाँसेर गई 

सचित्र कोर्दै अनन्त जिवनको
रोँदनलाई यौबनले साटेर गई
बाँकी यता >>

21 December 2012

गजल

. 21 December 2012
2 प्रतिक्रिया


२०६८ असोज ३ 


एउटा पत्र  तिमीलाई कोरु  कि जस्तो लाग्छ   
क्षितिजमै मिल्ने उडान भरु कि जस्तो लाग्छ

शुन्यतामा   हराउदा   बहार बनि उमंगको 
गोधुलिलाई उषासंगै जोरु कि जस्तो लाग्छ

आत्मिय र  स्पर्शको  साथ छुट्दा घरि-घरि 
बन्धनको बन्द ताला  फोरु कि जस्तो लाग्छ

कोपिलामै  छरिदियौ  सुवासका   परागहरु
फूल बनि तिम्रै नजिक झरू कि जस्तो लाग्छ

"सूर्य" बनि कति बस्नु बादलुको  घुम्टोभित्र 
गगन छोडी धर्तितिरै सरु  कि जस्तो लाग्छ


*********************************************
                                        

     
बाँकी यता >>

07 August 2012

कविता

. 07 August 2012
1 प्रतिक्रिया


२०६८ असोज 

आँखा तिनै मन त्यहि
तर दृष्य फरक
नानिमा टल्किने छायाहरु फरक


आसा र बिस्वासको दियो निभ्ने हो कि
भन्ने डरले कापिँरहेको मुटु लाई
पुस माघको सिरेटोले झन कमाउदै
दिवा स्वप्न झै न्यानो घामको आसमा
रत्तिएका कल्पनाहरु बाटो कुर्दैछन !


थाह छैन मुलबाटो कहाँ छ
दोबाटो र गोरेटोको संगम कसरी हुदैछ
तर यि चालहरु सक्रिय छन
खुसि र उमंग पाउने आशमा !!


कल्पनाका फलहरु
यथार्तका काँडा हुन कि
बोक्न नसक्ने ईच्छा र
भुल्न नसक्ने यादहरु
मष्तिष्को उत्कर्ष मात्रै हो कि
स्नेह र निर्दोषको सोझो खेलमा
आशक्ति र स्वार्थको जित हो कि !!!


बिक्षिप्त छातिका रंगिन सपना
दोबाटोका पत्थर बन्दा
लक्षभित्रका स्वर्णिम चाहानामा
कलिलो ह्रदयमा अंकुरित भावनामा
बज्रपातको तुसारो पर्दा
आफै गलेछु,च्यातिएर टुक्रा-टुक्रा भएछु!!!!



समाधान खोज्दै पाइला सार्दा
हुरि बतासको बेग संगै
क्षितिज नियाल्दै उडिरहे,
यै एउटा जीवन जिउने बहानामा
यै एउटा जीवन जिउने बहानामा !!!!!

                                 **************************************************** 
                                           
बाँकी यता >>

08 July 2012

गजल

. 08 July 2012
3 प्रतिक्रिया


केहि समय पहिले फेसबुकमा मतलाको रुपमा प्रस्तुत यो भावले गजलको आकार पाएकोले ब्लगमा राखेको छु।

थाहै नपाइ जिन्दगिमा कताबाट फाटो आयो
धोई पखाली नमेटिने मायारुपि टाटो आयो

जारी थियो यात्रा हाम्रो दोबाटोमा एकै साथ
छेके पछी कोहि आई छुटाउने बाटो आयो

जल थियो मल थियो मनको हरपल थियो
नफक्रिदा मनको फूल मुटुभित्र गाँठो आयो

 बलिदानमा प्राप्ति  खोज भन्थे प्रेम गर्नेहरु
  त्याग सबै ब्यर्थ हुदा  यौटा दुख्ने पाटो आयो

                  ************************************************
बाँकी यता >>

15 June 2012

अस्त र उदयको चपेटामा- सूर्य

. 15 June 2012
4 प्रतिक्रिया

पूर्वको लालिमा उदाएको सूर्य दिनसंगै ढल्दै पश्चिममको डाँडामा अस्त हुनुपर्ने, सन्ध्या संग मितेरि गास्दै रमाउने जुन प्रभातको उदयसँगै मलिन हुदै खुम्चिनु पर्ने । आ-आफ्नै अस्त र उदयको प्रक्रिया भोगिरहेका सम्पूर्ण बस्तुबिच झल्किएको वास्तविकता म मा पनि लागु हुनु कुनै नयाँ कुरा त पक्कै होइन  तर एउटा नियमसंगत तरिकाले नहुनु भने पक्कै अघोसित  बेवास्ताको रुप नै हो।यस्तै आरोह-अवरोहका बिच मेरा ब्लगिङका दिनहरु गुज्रिएका छन् । हुन त यो अवधिमा मैले थुप्रै कुरा पाए।धैरै सिके।तर गुमाउन भने केहि गुमाइन।यस्लाई म बचेको र उभ्रेको समयको प्राप्ति नै भन्दछु।

ध्रुव सत्य नै हो। जन्मे पछि मानिसले मृत्युको प्रतिक्षा गरिरहेकै हुन्छ। त्यहि प्रतिक्षाको बिच आउने क्रिया-प्रतिक्रिया, अवसर-चुनौति अनि आवेग र उदवेगहरुको उतार चढाव नै जीवन बनेर जन्म र मृत्युको बिच घुमिरहन्छ।यहि चक्रमा बनेका छापहरुको अस्तित्व नै जीवनलाई चिनाउने एउटा माध्याम रहेछ।तर यहाँ जीवनको कुरा अस्त र उदयको चपेटामा जोडिनु पक्कै सान्दर्भिक नहोला तर मेरा ब्लगिङका बर्षहरु पनि यसरी नै बितेका छन।आरम्भको मनोगत शैलिमा अडिग रहन नसक्नु र गोरेटोमा हुनुपर्ने समायोजनको प्रक्रियामा हृास आउनु यो अवधिका मुख्य चुनौति बने।

            समानान्तर ब्लगरहरुले चढेको खुडकिलोले शिखरलाई पछ्याउदै गरेको देख्न  पाउनु त मेरो सौभाग्य नै मान्छु म। शुरुबाति ब्लगिङ फितलो भएपनि समय संगै परिवर्तनको पथमा मेरो पनि पक्कै केहि उत्साहजानक सहभागिता झल्किएको अनुभुति भएकै हो तर निरन्तर लागिरहन नसक्नु दु:खको कुरा । अर्को कुरा ब्लग संसार र समग्र तरंग भित्र गासिएको छुट्टै प्रकारको आत्मियता पनि टुक्रदै र टाढिदै जाने रहेछ भन्ने कुरा मैले यो बिचको अन्तरालमा मनन गरेको छु। नयाँ कुरा पछयाउन नपाउनु,आगन्तुकहरुलाई स्वागत र प्रोत्साहन गर्न नपाउनु र समकक्षि लगायत पुरानाहरुलाई सम्मान दिन नसक्नु नमज्जाको बिषय बन्न पुगे।
अग्रजहरुको मार्गलाई पछयाउदा पाएको सुखद र हौसलाका अनुभूतिहरुलाई मनको भकारिभित्र टम्मै पारेर राखेको छु तर एकतर्फि मायाको स्वाद के स्वाद भने झै प्रतिक्रिया र प्रसंगमा दर्सिन नपाउनु नजिक भएर पनि टाढिएको जस्तो भान हुने रहेछ। जे होस समयसंग जोडिनुपर्ने आम आवस्यकतालाई मध्यनजर गर्दै बेला-बखत झुल्किनै मन लाग्छ।यस्लाई चट्कै माया मार्न नसकिने रहेछ।त्यसैले कहिलेकाही अस्त र उदयको दोधारमा उभिन पुग्छु र अस्त भन्दा त ढीलै भएपनि उदाकै राम्रो मानि झुल्किन पुग्छु ब्यस्तताका बादल पन्छाएर। अब त स्थितिले सोझो रुप लिएको जस्तो पनि भान हुदैछ जस्का कारण निरन्तरताको निकटमै आइपुगे जस्तो पनि लाग्छ। ब्लगमा देखा परि सिर्जना र चिन्तनहरु पस्किन नसके पनि यो अवधिमा निस्क्रिय नै भएर बसेको भने छैन। केहि चिन्तन मनन र सिर्जनाहरु डायरिमा संकलित भएकै छन। प्रस्तुत गर्ने काइदा मात्र नमिलेको हो।

मित्रहरु! यस्तै-यस्तै वास्तविकताहरु कथा बनेका छन मेरो जीवन संग आजभोलि।पुरानो बसाइलाई नयाँ बनाउने कोसिस,पहाड र तराइको अब्यवस्थित बसाई, र पारिवारिक स्तिथिलाई परिमार्जन गर्ने उद्देश्यका कारण म आफैमा हराइरहे। हजुरहरुप्रति (ब्लगर) मेरो मान ,सम्मान,आत्मियता र मित्रता  उत्तिकै रुपमा रहेको छ।मलाई यो तरंगमा जन्म दिदै बामे सर्न सिकाइ आफ्नै कोसिसमा अडिग रहन सहयोग गर्ने सबैलाई मुरि-मुरि धन्यबाद दिन चाहन्छु। कछुवाको चालमै भएपनि हिडिरहेका यि पाइला टेक्नमा यहाँहरुले दर्शाएको आक्षरिक र मौखिक सहयोगको लागि म आभारी छु।यो बिचमा धेरै साथीहरुको आगमन भएको छ ब्लगमा तर मेरो परिचय बाँकी नै भएपनि यसैबाट स्वागत दिन चाहन्छु। मेरो गोरेटोमा पाइला टेक्दै सुझाव,सल्लाह,हौसला र तालि दिनुहुने सबैमा मैत्रिभाव जगाउदै धन्यबाद प्रकट गर्दछु। हाम्रो साथ जीवन्त र दीगन्त बनिरहोस। कामना.................

*********************************************************************************
बाँकी यता >>