15 June 2012

अस्त र उदयको चपेटामा- सूर्य

. 15 June 2012

पूर्वको लालिमा उदाएको सूर्य दिनसंगै ढल्दै पश्चिममको डाँडामा अस्त हुनुपर्ने, सन्ध्या संग मितेरि गास्दै रमाउने जुन प्रभातको उदयसँगै मलिन हुदै खुम्चिनु पर्ने । आ-आफ्नै अस्त र उदयको प्रक्रिया भोगिरहेका सम्पूर्ण बस्तुबिच झल्किएको वास्तविकता म मा पनि लागु हुनु कुनै नयाँ कुरा त पक्कै होइन  तर एउटा नियमसंगत तरिकाले नहुनु भने पक्कै अघोसित  बेवास्ताको रुप नै हो।यस्तै आरोह-अवरोहका बिच मेरा ब्लगिङका दिनहरु गुज्रिएका छन् । हुन त यो अवधिमा मैले थुप्रै कुरा पाए।धैरै सिके।तर गुमाउन भने केहि गुमाइन।यस्लाई म बचेको र उभ्रेको समयको प्राप्ति नै भन्दछु।

ध्रुव सत्य नै हो। जन्मे पछि मानिसले मृत्युको प्रतिक्षा गरिरहेकै हुन्छ। त्यहि प्रतिक्षाको बिच आउने क्रिया-प्रतिक्रिया, अवसर-चुनौति अनि आवेग र उदवेगहरुको उतार चढाव नै जीवन बनेर जन्म र मृत्युको बिच घुमिरहन्छ।यहि चक्रमा बनेका छापहरुको अस्तित्व नै जीवनलाई चिनाउने एउटा माध्याम रहेछ।तर यहाँ जीवनको कुरा अस्त र उदयको चपेटामा जोडिनु पक्कै सान्दर्भिक नहोला तर मेरा ब्लगिङका बर्षहरु पनि यसरी नै बितेका छन।आरम्भको मनोगत शैलिमा अडिग रहन नसक्नु र गोरेटोमा हुनुपर्ने समायोजनको प्रक्रियामा हृास आउनु यो अवधिका मुख्य चुनौति बने।

            समानान्तर ब्लगरहरुले चढेको खुडकिलोले शिखरलाई पछ्याउदै गरेको देख्न  पाउनु त मेरो सौभाग्य नै मान्छु म। शुरुबाति ब्लगिङ फितलो भएपनि समय संगै परिवर्तनको पथमा मेरो पनि पक्कै केहि उत्साहजानक सहभागिता झल्किएको अनुभुति भएकै हो तर निरन्तर लागिरहन नसक्नु दु:खको कुरा । अर्को कुरा ब्लग संसार र समग्र तरंग भित्र गासिएको छुट्टै प्रकारको आत्मियता पनि टुक्रदै र टाढिदै जाने रहेछ भन्ने कुरा मैले यो बिचको अन्तरालमा मनन गरेको छु। नयाँ कुरा पछयाउन नपाउनु,आगन्तुकहरुलाई स्वागत र प्रोत्साहन गर्न नपाउनु र समकक्षि लगायत पुरानाहरुलाई सम्मान दिन नसक्नु नमज्जाको बिषय बन्न पुगे।
अग्रजहरुको मार्गलाई पछयाउदा पाएको सुखद र हौसलाका अनुभूतिहरुलाई मनको भकारिभित्र टम्मै पारेर राखेको छु तर एकतर्फि मायाको स्वाद के स्वाद भने झै प्रतिक्रिया र प्रसंगमा दर्सिन नपाउनु नजिक भएर पनि टाढिएको जस्तो भान हुने रहेछ। जे होस समयसंग जोडिनुपर्ने आम आवस्यकतालाई मध्यनजर गर्दै बेला-बखत झुल्किनै मन लाग्छ।यस्लाई चट्कै माया मार्न नसकिने रहेछ।त्यसैले कहिलेकाही अस्त र उदयको दोधारमा उभिन पुग्छु र अस्त भन्दा त ढीलै भएपनि उदाकै राम्रो मानि झुल्किन पुग्छु ब्यस्तताका बादल पन्छाएर। अब त स्थितिले सोझो रुप लिएको जस्तो पनि भान हुदैछ जस्का कारण निरन्तरताको निकटमै आइपुगे जस्तो पनि लाग्छ। ब्लगमा देखा परि सिर्जना र चिन्तनहरु पस्किन नसके पनि यो अवधिमा निस्क्रिय नै भएर बसेको भने छैन। केहि चिन्तन मनन र सिर्जनाहरु डायरिमा संकलित भएकै छन। प्रस्तुत गर्ने काइदा मात्र नमिलेको हो।

मित्रहरु! यस्तै-यस्तै वास्तविकताहरु कथा बनेका छन मेरो जीवन संग आजभोलि।पुरानो बसाइलाई नयाँ बनाउने कोसिस,पहाड र तराइको अब्यवस्थित बसाई, र पारिवारिक स्तिथिलाई परिमार्जन गर्ने उद्देश्यका कारण म आफैमा हराइरहे। हजुरहरुप्रति (ब्लगर) मेरो मान ,सम्मान,आत्मियता र मित्रता  उत्तिकै रुपमा रहेको छ।मलाई यो तरंगमा जन्म दिदै बामे सर्न सिकाइ आफ्नै कोसिसमा अडिग रहन सहयोग गर्ने सबैलाई मुरि-मुरि धन्यबाद दिन चाहन्छु। कछुवाको चालमै भएपनि हिडिरहेका यि पाइला टेक्नमा यहाँहरुले दर्शाएको आक्षरिक र मौखिक सहयोगको लागि म आभारी छु।यो बिचमा धेरै साथीहरुको आगमन भएको छ ब्लगमा तर मेरो परिचय बाँकी नै भएपनि यसैबाट स्वागत दिन चाहन्छु। मेरो गोरेटोमा पाइला टेक्दै सुझाव,सल्लाह,हौसला र तालि दिनुहुने सबैमा मैत्रिभाव जगाउदै धन्यबाद प्रकट गर्दछु। हाम्रो साथ जीवन्त र दीगन्त बनिरहोस। कामना.................

*********************************************************************************

4 प्रतिक्रिया:

Milan said...

ठिकै छ नि...पुग्नु नै कहाँ छ र ! बेला बेला दौडिने, हिड्ने जोस चै मनमा रहिरहोस | अहिलेलाई म नि लामो बिश्राममा छु |

Suman Dahal said...

यो ब्लग मा बसे भने मेरा दिनहरु सजिलै कट्छन...

दूर्जेय चेतना said...

सही कुरा गर्नु भो। आजकल ब्लग धेरै खोलेका छन् तर लगातार पढ्नु पर्ने रुपमा केही मात्र छन्। अनि ब्यबसाहिक रुपमा नभएर शौखका लागि लेख्ने लेखकहरु कहिले काहिँ समयको चापले तलमाथि हुनु स्वाभाबिक नै हो। तर एउटा कुरा साचो मन पर्ने ब्लगमा आएर निशब्द फर्कनु पर्दा चाहिँ दुःख त लाग्छ नै..

Dilip Acharya said...

म पनि माथी दुर्जेय जी कै कुरामा 'हो' मा 'हो' मिलाउँछु है ।

बाँकी ब्लग मात्रै जिन्दगी पक्कै हैन् ...तैपनि राम्रो लेख्ने ब्लगरहरूले भने घरायसी र व्यावसायिक चापबाट मुक्त भएको बलेमा २-४ अक्षर कोर्दा नै राम्रो हुन्छ । फुर्सद र 'भाव आएको' बेलामा लेख्दै गर्नुस... ता कि हामी तपाईँको ब्लगमा आएर खालि हात फर्कनु नपरोस :

Post a Comment