21 June 2011

गजल

. 21 June 2011

ब्लगिङ नगरेको पनि धेरै भैसकेछ । कहिले ईन्टरनेट संजालको समस्या,कहिले ब्यस्तता त कहिले अल्छिपनको रोग ।  निरन्तर हुन्छु भन्दाभन्दै पनि समस्याहरुलाई निराकरण गर्न नसक्नुले ब्लगर साथिहरुसंगको सहयात्रा अलि पातलिदै गैरहेको छ। यो समयाबधि भित्र भेट गर्न नसकेका सम्पुर्ण मित्रजनहरुलाई हार्दिक सम्झना तथा नमस्कार भन्दै बिगतमा कोरिएको यो गजल टाँसेर औपचारिकता पुरा गर्ने जमर्को गरेको छु ।




नयनले नपढाउ प्रेमका ति पाठहरु
अझै अघि नबढाउ मुट् दुख्ने बातहरु

जलिराछ जिन्दगी स्वार्थको हुरि चल्दा
हुरि माझ नबढाउ दियो बाल्ने हातहरु


यौबनको मातसंगै मनभित्र आगो बाल्दा
राप लाग्छ जिन्दगिमा परै राख तापहरु

मित्रताको दोबाटोमा स्वच्छ भै बसे पनि
सपनिमा नआउन  डाहा गर्छन रातहरु

आक्षेप र उपेक्षाको समाधिमा सूर्य”लाई
फुल टिपि नचढाउ ईश्र्या गर्छन् पातहरु

8 प्रतिक्रिया:

Jotare Dhaiba said...

निरन्तरताको सूचकस्वरूप राखिएको गजल भाव पक्षमा राम्रो छ । अन्तिमको सेर बढी मन पर्‍यो । तखल्लुसको सार्थक प्रयोग !

प्रकाश समीर said...
This comment has been removed by the author.
प्रकाश समीर said...

समस्याका अनेक तगाराहरु पन्छाउँदै ढिलो गरी भएपनी फेरी मूलबाटोमा भेट हुँदा भावपूर्ण कोशेली बोकेर आउनु भएछ राम्रो लाग्यो।

Dilip Acharya said...

ठ्याक्कै छ महिना पछि ब्लगमा झुल्किनु भयो । जे होस "देर आए दुरुस्त आए" भने जस्तै उही आकर्षण र उही सौन्दर्यका साथ गजल बाटै पुनरागमन गर्नु भएको छ ।

तपाईँका गजलहरू सधैं सरलता भित्र पनि रोचकता सहीतका हुन्छन् त्यसैले त्यसको बारेमा मैले केही बोली रहनु पर्दैन ... निरन्तरताको कामना भने अवश्य नै गर्छु !

वेदनाथ पुलामी said...

लामो समयको अन्तरालमा उदाउनु भाएको छ ........स्वागत छ यहा लाइ सुर्य जी !

डीआर न्यौपाने'सूर्य' said...

Mero yo lamo antaralpachhiko bhetma malai maya didai sujhav ra shubhakamna dinuhune yehaharusabailai dherai2 dhanyabad!yhaharuko shubhakamnalai sadhaibhari bachairakhna saku bhanne biswaska satha nirantar hune prayas garnechhu.

दूर्जेय चेतना said...

हराउनु नै भएको हो त ब्लग तिर .. हामी ब्यापक खोजीरहेका छौ है। कृपया निरन्तरता दिनु होला

- कृष्ण प्यासी said...

nice blog n creation.... can we share our blog eachother? http://www.krishnapyasi.blogspot.com

Post a Comment