22 December 2010

गजल

. 22 December 2010

मन भन्छ सधै तिम्रो साथमा रहन्छु
स्पर्श नपाएनि तिम्रो बातमा रहन्छु
         
नसा नसामा बगाउला तिमीलाई सधै
बिना सराब तिमी संग मातमा रहन्छु

प्रभात संगै उदाउन सन्ध्या बोकेर
प्रहर रोकी तिम्रो चन्द्र रातमा रहन्छु

मुस्काउ तिमी फुल बनि म भमरा हुला
चुमी सारा खुसी त्यो सुबासमा रहन्छु

उषा बोकेर चम्कन सूर्य तिमी संगै छ
बढाउ सामिप्यता म त्यै तापमा रहन्छु ।

4 प्रतिक्रिया:

वेदनाथ पुलामी (उमेश) said...

आहा ! कति मोठो बात सुर्य जी !
मायाको कुरा आए पछी यस्तै हो -मन न हो ...
"मन भन्छ सधै तिम्रो साथमा रहन्छु
स्पर्श नपाएनि तिम्रो बातमा रहन्छु"

Anonymous said...

Ramro gajal.. kep it up surya - manisha.

Chaitanya said...

गजब मीठा भावनाहरुको संगालो !

प्रकाश समीर said...

सूर्य जी गजल बारे खासै जानकार नभएपनि तपाईंका अन्य गजल जस्तै चटक्क "नुन-भुटुन" मिलेको तरकारी जस्तै लाग्यो है यो पनि।

Post a Comment