04 May 2010

गजल

. 04 May 2010

मात्रै  गोला बारुदको गाँउ  देखे
खाटोलाई बल्झाएको घाऊ देखे

खोसेर हजारौ आमाका कोख
निचोरी भ्रुण  खाने माउ देखे

आस्थाको दियोमा वाचा बाँधी
हुरी डाकी उड़ाउने दाउ देखे

अतृप्त बन्दै सत्ताको ढुकुटीमा
नुनमाथि  सुनको  भाउ देखे

काटीए शाशकका गोडा भन्थे
निमुखाकै छाति माथि पाउ देखे

13 प्रतिक्रिया:

Prabesh said...

राम्रो लाग्यो सिकारूजी !!!

Dilip Acharya said...

हालको परिस्थिति संग ठ्याक्कै मेल खाने गज्जबको शब्द संयोजन !

अन्तिम मक्ता अझै यथार्थ र सशक्त लाग्यो ।

Aakar said...

यही नै यथार्थ हो, अहिले को !

Bed Nath Pulami said...

दामी रहेको छ - सुर्य जी !

Dhruba Panthi said...

यथार्थ यस्तै छ !

Anonymous said...

Reality of present mode of nepal.. thanx 4 sharing surya g.

Unknown said...

Good one! keep it up Surya Jee.

Unknown said...

सुर्य जी गजलमा प्रखरता छाउँदै छ, गजल सृजना बिभिन्न नियमहरुका बिच सृजना हुने एउटा सुन्दर मनोभाव भएपनि यसका नियमहरुले सताउने गर्छन, म तपाइको गजलका भाव पक्ष मन पराएँ बाहेक काफिया दम्दार चह्न। मक्ता बलियो भेंटें निरन्तर रहोस धन्यबाद।

डीआर न्यौपाने'सूर्य' said...

गजलमा सुझाव पोख्ने र मन पराउने सबैलाई धन्यबाद ।

कृष्णपक्ष said...


निकै ओजिला भावहरु भरिएका छन तपाईका गजलका शेरहरुमा... विशेष यसले छोयो ।

काटीए शासकका गोडा भन्थे
निमुखाकै छातीमाथि पाउ देखें ।।

दूर्जेय चेतना said...

Nekai nai ramro lekhnu bhayo. Yo desh ko bastabik pida pokhnu vayo. lots of thanks for this wonderful writing and feeling ... appreciated

MANYU said...

तीतो, तर यथार्थ। आशा राखौँ बाँचेकै समयमा देशवासीका मुस्काएका मुहारहरू हेर्न पाउँ।

Unknown said...

very nice

Post a Comment