हिजो जस्तै लाग्छ बिधुतिय तरंगमा तरंगीदै ब्लगीङ यात्रा शुरु गरी गुगुलको बृहत संसारभित्रको कुनै कणमा प्रवेश गरेको तर चलिरहेको घण्टाघरको घण्टीले बर्षदिनको संकेत गरिसकेछ । बशबिहिन समयको गतिलाई पछयाउदै सिकारु बनि हिडीरहेको यो गोरेटो सँग गाँसिएका बार्षिक साइनोहरु कस्ता रहे ? सिकारु जन्माउन अभिप्रेरित गर्ने र उत्प्रेरणा जगाउने जो कोहिलाई पनि बिर्सन सक्दिन आजको दिनमा ।
जन्म
बिज्ञानको चमत्कारमा होस वा भगवानकै लिलामा सबै कुराहरुमा बाँधक या साधक बनेर कुनै न कुनै रुपमा त्यही मायारुपी किराले आक्रमण गरेको कुरालाई नकार्न सकिदैन । चर्चित तानासाह देखि साधुसन्त सम्म, भगवानदेखि राक्षस सम्म,अनाडी देखि चतुर सम्म सबैको जीवनलाई कुनै न कुनै रुपले यो मायारुपी लहरोले बेरेकै छ । मेरो जीवनमा पनि तेस्तै भयो जसले सिकाइन माया गर्न, मिलनमा रमाउन अनि पीडा भुल्न उनैले फेरी तिनै कुरालाई उल्ट्याइदिइन । मायामा मेरो अबुझपन र कच्चापनलाई औल्याउदै नामलाई पुच्चर भिराएर जसले छोडिन त्यही बेचैनीलाई पछयाउदै गोरेटो जन्माए मैले पनि । प्रेमका इतिहासका (मिलन वा बिछोडमा) पानाहरुमा जस्तो मोनालिसा, ताजमहल या रानीमहल जस्ता महान कार्यहरु गरेर त्यो क्षणलाई अमर राख्न नसकेपनि सानो गोरेटो बनाएर हिडने दुस्साहास गर्न अभिप्रेरित गर्यो अतितले मलाई अनि न्वारन भयो सिकारुको फगत अन्त्यहिन प्रेमको नामलाई स्वीकारी बर्तमान सँग रमाउन । नाम सँगको फूर्कोले आधा दशक पुरा गरेपनि ब्लगमा औपचारिक रुपमा भर्खर एक बर्षको बालक भाएछ सिकारु ।
उत्प्रेरणा र मार्गदर्शन
एक हिसाबले सोच्दा मैले ठिकै पनि गरे जस्तो लाग्छ । सानो समयको अन्तरालभित्र यतिका साथी-संगीहरुको माझमा रमाउने अनि सिकारु बनेरै धेरै कुरा सिक्ने अवसर मिल्यो मलाई । जाबो एउटा बिछोडको लागी यति गर्नुपर्ने त के नै थियो र ? यो त जीवनको प्रकृया नै हो भन्थे शुरु शुरुमा त तर आज समयको घडी संगै बहकीदा लाग्छ मलाई सिकारु बनाएर जानेले अर्को मन भुलाउने अनि बेदना पोख्ने र कहिलेकाही रमाउने अवसर पनि दिलाएर गइन । त्यही कच्चापन र अबुझपनको भागदौडमा जन्मीएको गोरेटोले आज बषदिनको यात्रा पुरा गरेको छ ।
शुरुका दिनहरुमा निरन्तरता दिने कुराले अल्मल्यायो पनि । एक हप्ते खजाना लिएर उपस्थित हुने वाचाले अहिले कहीलेकाही दुई हप्ता पनि पुग्ने गरेको छ तर जे होस बेलामौकामा अर्धबिराम लागेपनि पूर्णबिराम भने लगाईसकेको छैन यो गोरेटोलाई । साहित्यिक र उच्च हस्तीहरुका बिचमा म कसरी उँभिन सकुला र जस्तो पनि लागेको हो । नगन्य रुपमा प्रकासित हुने मेरा झारेझुरे रचनाले के म यो गोरेटोमा टिक्न सकुला र जस्तो पनि नलागेको होइन तर जे होस मित्रहरुको हौसला, सुझाव, सल्लाह र प्रोत्साहनले आजसम्म हातेमालो गर्ने अवसर मिल्यो मलाई । त्सैले तपाईहरुको मार्गदर्शन नै मेरो अतित भुलेर बर्तमान खोतल्ने करौति भएको छ ।
यही ब्लगको शुरुवात संगै तपाइहरुले बर्षाएका कोशेलीहरु र पोका-पन्तेराहरुको त जति तारिफ गरेपनि कमै हुन्छ । तैपनि बर्षदिनको यो घडीमा एकपटक फेरी घुम्न मन लाग्यो बार्षिक सेरोफेरो ।
ब्लगको दुनिया चाहार्ने क्रममा पहिलो पटक को छिराइमा मोहित गराउन सफल भोजपुरे ब्लगका चन्द्रबान्तवा राई संगको सहयात्रा र ब्लग उब्जाउन उत्साहित गर्ने चौतारीका संगम संगको मिठो भलाकुसारी नै उत्साहको शिखर बन्नपुग्यो । ब्लग ब्यानर बनाउन भरपुर सहयोग गर्दै प्रफुल्लीत पार्ने बी जे दुम्माली र गोरेटो कोर्न उत्साहित गर्ने चौतारीका संगम प्रति हार्दिक् आभार ।
गोरेटो र सहयात्रीहरु
नेपाली ब्लगरहरुको भबिष्यलाई सुनिश्चित गर्न कम्मर कसेर आगाडी बढदै पहिलो अनलाइन ब्लगर बेला सम्पन्न गरेर एउटा नमुना बन्न सफल दौतरीको जति तारिफ गरेपनि कमै हुन्छ तैपनि एकपटक फेरी सफलताको शुभकामना । ब्लगीङ यात्रामा सम्पूर्ण मर-मसलायुक्त खजानाहरुको जानकारी दिदै नियमित सहयोग गर्दै गोरेटो धाउने आफ्नै बिचार अभिब्यक्तीका ब्ल. गुरु दिलीप आचार्य, लामो समयदेखि ब्लग चलाउदै यथेष्ट जानकारी सहित रमाइला अनि चौतर्फी कुराहरुलाई साथमा लिएर चारैतिर पुगी हौसला दिलाउने बसन्त गौतम, गल्तिलाई पूर्णबिराम लागाउन सहयोग गर्दै भाषागत त्रुटीमा पनि खबरदारी गराउने केफ मंगलका जोतारे धाइबा (जीवन कार्की), साहित्यलाई सर्वत्र फिजाउदै बिभिन्न सुगन्ध लिएर आउने साहित्य संसारका दीपक जडीत, ब्लगमा रमाउन उत्साहित गर्दै निरन्तर सहयोग गर्ने आफ्नै संसारका बेदनाथ (उमेश), तस्बिर बाटै संसार झल्काउने फोटो यात्राकी सुजन आचार्य, आफ्ना भावनालाई बिभिन्न आकारमा प्रस्तुत गर्दै नयाँ-नयाँ सहयोग गर्ने आकार पोस्ट का आकार, उच्च प्रतिभा बोकेर कुटीमा रम्दै कहिलेकाही कुटीको झ्यालबाट गोरेटो चियाउने कुटीकी कैलाश, गफगाफ संगै रमाइला प्रस्तुति सहित लहरिने रोचक गफगाफका प्रवेश पौडेल (उजेली), आफ्नै पलहरुमा खेल्दै नियमित मिठा सुझाव र सल्लाह दिने आफ्नै पलहरुका बी. जे. बान्तवा दुम्माली, साहित्यका सुवास छर्दै मन्त्रमुग्ध पार्ने साहित्य संसारका बिमल गौतम, साहित्य साधनालाई साथैमा लिएर नयाँ-नयाँ खुराक दिने साधना शर्मा । यहाँहरु सम्पूर्णमा हार्दिक कृतज्ञता ब्यक्त गर्न चाहछु
यसरी नै अमूल्य रायहरु पोख्दै सिकारुलाई हातमा हात मिलाएर माथि उठाउन आउने सपना संसारमा रमाउदै हिडने सपना संसारका प्रदीप श्री, आफ्नै संगहका मिलन लम्साल, ब्लगको दुनियालाई एकत्रीत गरी एउटै छाता ओढाउन खोज्ने दौतरीका सम्पूर्ण टीम, कम्प्युटर सम्बन्धी जानकारी पस्केर राहत प्रदान गर्ने कम्प्युटर नेपाली का कृष्ण पोखरेल, रमाइला पक्षहरु समेटदै भबिष्यका सपनाहरुलाई जिवित राख्न सिकाउने नेभर स्टप ड्रीमिङ का दिपेन्द्र, अँधेरी रातलाई कुर्दै उज्यालो पर्खने कृष्णपक्षका कृष्ण थापा, चेतनाका भावहरुलाई पोखेर यथार्तमा रम्ने चेतनाका दूर्जेय, आफ्नै बिस्वासकी आशा गुरुङ, छोटा तर मिठा प्रस्तुती कोर्ने दीप श्रेष्ठ, कहिले चिसो त कहिले तातो हावामा मडारिने हाम्रै नेपालका हावा, यात्रालाई साहित्यमा रुपान्तरण गर्ने यात्राका सुस्केराका दिनेशराज, नेपाली मनका शिव प्रकाश प्रति पनि धेरै-धेरै धन्यबाद । त्यैगरी फूर्सदको समललाई खेर नफाली सिकारुलाई सुझाव दिन आउने अन्त्यहीन शुरुवातका चूडामणि भट्टराई, ब्लगलाई निरन्तरता दिन जोस्याउने गुल्मि दर्शनका सन्जु मगर ट्रेकीङकी रस्मिन, साहित्य बिचार र बिबिधका अर्जुन दुङमेन, जिन्दगीका तितामीठा पानामा रम्ने बिमल, बिचार र स्वतन्त्रता मञ्चका गोकुल ढकाल, आफ्नै आवाजका केशब घिमीरे, अन्तर बिचारका कलमबिर घोताने, छुट्टै पहिचानका समीर, कटुवालका मदन, अजबगजबका एन. के. एम., वियोगमा छहारी धाउने सार्थक सिम्खडा, संगमका प्रबिण थापा, नुवाकोटका सिताराम वस्ती, सहपाठी बनेर आउने कीरण राई, दौतरीका नेपालियन, प्रतिभाका धनी शेखर के सी, माउरोका साथीहरु, यात्राका सुमीरान,अनलाइन खसखसका राजेश यस्तै सहयोगको राहत स्वरुप सिकारुमा प्रवेश गर्ने द किराँत नयाँ प्रवेश भाई, बिचारका आकाश लगायत बेला-बेलामा रचना पठाएर सहयोग गर्ने छबिलाला दाजु साथै गोरेटो सँग सम्बन्धित सम्पूर्ण फलोवर्स, फेसबुकबाट जोडीने आदरणिय मित्रहरु लाई पनि बिशेश आभार गर्दै नाम लेख्न छुटेका ब्लगरहरुप्रति पनि क्षमा माग्दै धेरै धन्यबाद ज्ञापन गर्न चाहन्छु । ईमेलमा उस्काउने साथीहरु, भेटमा जोश दिने साथीहरु र अन्जानमा कोही छुटन गएकोमा वहाँहरुलाई पनि बार्षिक यात्रामा साथ दिनुभएकोमा धन्यबादका शब्दहरु समर्पित गर्न चाहन्छु र उल्लेखित सबैबाट आउदा दिनहरुमा अझ बढी माया हौसला र गल्तिहरुमा पूर्णबिराम लगाउन सक्ने तार्किक
प्रतिक्रियाहरुको अपेक्षा राख्दछु । happy blogging ....
मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign OutFollowers
बिधा
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
लोकप्रिय टाँसोहरु
-
न मस्कार! सम्पूर्ण ब्लग पाटोमा समाहित मित्रहरुलाई । लामो समय पश्चात कलम चलेको छ। समयले मलाइ धेरै पछाडी छोडेर गएछ या म समय संगै दौडिन सकिन। त...
-
पाहुनाझै दुइ दिन हाँसेर गई छोडि जुनेली रातमा ढाँटेर गई बसन्तमा संगसंगै फूल्छु भन्थि कोपिलामै बोटपात भाँचेर गई साधक बन्थ...
-
प्रतिक्षाको लामो घडि छोटिदैछ मेरी माया चर्किएको मुटु फेरि जोडिदैछ मेरी माया खोला नाला लेक बेसि गर्दै बित्ने अतित फेरि नदि बनि दोभानमा भेटिद...
-
२०६८ असोज ३ एउटा पत्र तिमीलाई कोरु कि जस्तो लाग्छ क्षितिजमै मिल्ने उडान भरु कि जस्तो लाग्छ शुन्यतामा हराउदा बहार बनि...
-
ब्लगिङ नगरेको पनि धेरै भैसकेछ । कहिले ईन्टरनेट संजालको समस्या,कहिले ब्यस्तता त कहिले अल्छिपनको रोग । निरन्तर हुन्छु भन्दाभन्दै पनि समस्याहर...
गोरेटोका पाइलाहरु
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
छलफल
गोरेटोका आगन्तुकहरु
नेपाली तिथि-मिति यता
गोरेटोसंगको गफगाफ यता
26 August 2009
सिकारु बर्षदिनमा... गोरेटो र ब्लगरहरु...
लेखक-
डीआर न्यौपाने'सूर्य'
.
26 August 2009
Subscribe to:
Post Comments (Atom)
मेरो बारेमा
फेसबुक पाना
फेसबुक साइनो
साथीहरुको ब्लगसंसार
-
-
-
-
-
भ्रष्टाचारको जरा10 months ago
-
मामु आखिर तिमी आयौ1 year ago
-
2 years ago
-
-
-
Chakendra Kaidi ko Transit2 years ago
-
-
कविता (अपेक्षित प्रेम)3 years ago
-
मिस्टिका रिभ्यु3 years ago
-
Epilators vs Waxing?4 years ago
-
जिन्दगीको एक यात्रा5 years ago
-
Adjust contrast of a pdf free6 years ago
-
-
५ वटा कुरा6 years ago
-
slave of technology6 years ago
-
एक पत्र– सम्पादकलाई7 years ago
-
फक्रिन नसकेको हाम्रो भ्यालेनटाईन8 years ago
-
-
A Letter To The Shadow8 years ago
-
धरहरा8 years ago
-
-
-
-
गीत10 years ago
-
-
पुस्तक गफ : कतै चर्चा नभएको उपन्यास 'इन्साफ'10 years ago
-
-
नेपाल बाहिरका नेपाली11 years ago
-
दशैको अवसरमा पिङमा रमाउनेहरु...11 years ago
-
-
-
एक सय एक प्रतिज्ञा - मनोज गजुरेल11 years ago
-
-
-
Hello..12 years ago
-
यादेँ II12 years ago
-
हिउँसगँको वैचारिक आगमन ...13 years ago
-
मैले देखेको, मेरो क्यामेराले खिचेको - ६13 years ago
-
-
vari jaon part213 years ago
-
Finally!!! made it..13 years ago
-
म फिर्दैछु फेरी ...!14 years ago
-
अन्य भाषाको परिपे्रक्ष्यमा चामलिङ भाषा14 years ago
-
तपाईं के भन्नु हुन्छ, झन्डा फेर्ने कि नफेर्ने ?14 years ago
-
-
-
कुटीको कैलाश अर्कै कुटीमा छिर्दा...14 years ago
-
-
पुस्तकले देखाएको गोरेटो15 years ago
-
भाउजु15 years ago
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
26 प्रतिक्रिया:
ब्लग यात्रामा वर्षदिन पुरा गर्नुभएकोमा तपाईंलाई र वर्षदिनको यात्रा पुरा गरेकोमा तपाईंको गोरेटोलाई हार्दिक बधाई ! निरन्तरता रहिरहोस् साथमा शुभ कामना पनि । नियमित क्रमका सम्पुर्ण ब्लगर मित्रहरुलाई नबिराई सम्झना राख्ने तपाईंको जाँगरलाई सलाम !
Happy Blogging !
ब्लग को बार्सिकोउत्सवमा सुर्य जी लाइ उतर उतर प्रगतिको कामना छ | गएको बर्ष झैँ मिठा र रमाइला प्रसंगहरु लिएर उदाई रहनुस | सधै मित्र हरु को मन जित्न सफल रहनुस !
Daju dherai dherai subhakamana chha blog ko 1 barsa pura vayeko ma .........ajhai yestai stariya lekh haru padhna paios.........pragatiko subhakamana..............
ब्लग लेख्न थालेपछिको तपाईलाई चिने पनि ब्लग सुरु गर्नु अगिको तपाईको बारेमा भने थाहा थिएन। जे होस जिवनको तिता-मिठा अनुभवलाई खुलस्त र ईमान्दारीका साथ राख्नु भएको रहेछ। एकदमै आभार छ त्यसकालागि ।
मलाई पनि ब्लगीङ भनेको जिवनको एउटा रचनात्मक पाटो जस्तो लाग्छ । (कमसेकम यसमा लाग्नु खराव त हैन भन्ने मा कसैको दुईमत नहोला)
यो पक्कै पनि एक-अर्कामा बिचार बाँढने र केही सिक्ने सिकाउने सबैभन्दा राम्रो माध्यम बन्दै गएको छ ।
तपाईको बिगत एक सालको यात्रा पनि पक्कै पनि रोचक नै रह्यो होला भन्दै म तपाईको ब्लगिङ र व्यक्तिगत जीवन दुबैमा सफलताको कामना गर्दछु ।
सिकारुजी, हार्दिक बधाई! र आगामी दिनहरुमा पनि निरन्तरता र सफलताको लागि हार्दिक शुभकामना!
सिकारुजी, हार्दिक बधाई तथा मंगलमय शुभकामना - तपाईंको ब्लगको यो वार्षिकोत्सबको सुखद उपलक्ष्यमा ।
तपाईंको ब्लगिङ यात्राको लागि फेरी पनि शुभकामना !
ब्लगिङ यात्राको वर्षिकोत्सवको उपलक्ष्यमा धेरै धेरै बधाई एवम् शुभ कामना ।
तपाईको ब्लगको निरन्तरता, लेखन र निजी जीवनमा पनि उत्तरोत्तर सफलताको कामना गर्दछु ।
Dherai Dherai badhai Sikaru ji...
Wish you a great blogging career ahead...
सागर छल्किएर नयाँ छाल बनाएछ।
पालुवा पलाएर नयाँ बसन्ता दिएछ।
फूलहरु फुलेर नयाँ सुबास दिएछन।
ॠतु परिबर्तन भएर नयाँ मोड लिएछ।
लौ है हजुर सुर्य शिकारु जीको बर्षदिन पुगेछ।
हार्दिक हार्दिक शुभकामना म लगायत मेरो भोजेपुरे ब्लग अनि मेरो पलहरुको तर्फ बाट, तपाईंको आगमी दिनहरु यसरी नै खोला किनारसँग साउती मार्दै बगे जस्तो सुर्यले रोशनीसँग मिलाप गर्दै पृथ्बी हेरे जस्तो, चाँदनीले शितल किरण धर्ती र जीबहरुमा फ्याँके जस्तै चलिरहोस तपाईंको ब्लग, धन्यबाद।
सिकारु जी , तपाईं जस्तो निर्णय सबै ब्यक्तिले सहि ठाउँमा गर्न सकेका हुन्नन् कति बिछोड पछिका दिनमा सम्हालिनु नसक्ने अवस्थामा पुगेको पनि देखिन्छ हाम्रै वरिपरि । तपाईंको त्यो निर्णयलाई मेरो सलाम ।
रचनात्मक कार्यले सहकार्य भेट्छनै कुनै शंका छैन ।
यहि ब्लग संसारका मित्रहरुको सिर्जना ले हाम्रो जीवनमा कति राम्रा प्रभावहरु पारेकै छन् ।एक अर्कासँग सिक्दै सिकाउँदै ,जीवनका तिता मिठा पलहरु बाड्दै हातेमालो गर्दै अगाडी बढौं ।
तपाईंका रचना नियमित पढ्न पाइयोस यहि अपेक्षाका साथ बर्षदिन पुरा गर्नु भएकोमा बधाइ अनि धन्यबाद ।
सुर्यजी को ब्लगिंग यात्राका एक वार्षिकोत्सवको उपलक्ष्यमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।
हजारौं लाखौँ पाइलाहरु चाल्दै सफलताका गन्तव्यहरु तर्फ तपाईको यो गोरेटो निरन्तर लम्किरहोस ...
सिकारु जि धेरै-धेरै धन्यबाद सहित बधाई छ तपाई लगएत तपाईको गोरेटो रुपि ब्लगलाई,हुनत तपाई हाम्रो उदेश्य फरक भए पनि कुनै बेला एउटै गोरेटोमा यात्रा गर्न पुगिएछ।जुन सानो भलाकुसारीले तपाईको ब्लगको जन्म भयो।र आज निरन्तर्ताको साथै बर्षदिन पनि पुगेछ खुसि लाग्यो अनि भबिस्यमा पनि यस्तै निरन्तर्ताको साथ अगाडी बडोस हार्दिक-हार्दिक सुभकामना!!!! संगम
ब्लगिगंको एक बर्षसंगै आफ्नो सारा यात्रा बयान अनि संपूर्न ब्लगरलाइ सम्झेको मा धन्यबाद तथा बधाइ।
तपाइको ब्लगीगं अझ माथिल्लो उचाइमा पुगोस, बर्षौं बर्ष यसरीनै शुभकामना बाड्न पाइयोस।
तपाइको ब्लगको बर्षदिनको शुभकामना स्वरुप दौंतरीमा ब्लग भित्र ब्लगको निम्ता पनि टक्राउन चाहान्छू।
सिकारु जी ढिलै भयेपनि Happy Anniversary है त ...बर्ष दिनको यात्रा सफलताको साथ पुरा गर्नु भएकोमा बधाई तथा आउँदो दिनहरुको निम्ती शुभकामना र All The Best भन्न चाहन्छु ।
धेरै धेरै शूभकामना सिकारुजी !!! मेरो पनि अस्ति १ वर्ष पुगेछ जाँचको बेला परेर मैले त मनाउनै भ्याइनँ । हाम्रो पारस्परिक सहयोग र सहकार्य अझ बलियो र सुदृढ बनेर जानेछ प्रत्येक ब्लगहरूले खुड्किला पार गर्दै जाँदा !!
सिकारुजी तपाईलाई हार्दिक बधाई र शुभकामना छ। तपाईको ब्लगिङको यात्रा अझ सुन्दर र सफल रहोस।
यहाँलाई बर्षदिनको शुभकामना । यात्रा निरन्तर चलिरहोस् ।
सरी है सुर्य ब्रो, मैले त पैला नै हेरिसके भनेको त यो पोस्ट हेरेकै रैनछु.. तपाईंको जन्मदिन को पोस्ट
ठिकै हो, तपाईं ले अली अघी को कथामा लेखे जस्तो जुवा तास खेलेर ट्याम पास गर्नु भन्दा त ब्लग्गिङ धेरै रचनात्मक कार्य हो.. एक बर्ष पुगेर म भन्दा जेठो ब्लगर हुनु भएछ.. बधाई अनी निरन्तरता को शुभकामना
अनी आफ्नो वार्षिक अंक को लेख मा यो चिसो तातो हावालाई पनि बहन दिनु भएको मा हार्दिक आभार ब्यक्त गर्दछु
जय नेपाल
गोरेटोलाई र ब्यक्तिगत जीवनलाई पनि सफलताको लागि बधाई एवं शुभकामना दिनुहुने सम्पूर्ण आदरणिय मित्रजनहरुमा धेरै-धेरै धन्यबाद दिन चाहन्छु ।
पक्कै दिलीप जी यो कार्यमा लागेर फाल्तु समयलाई सदुपयोग गर्दै सबैसँग परिचित हुने अवसर मिल्नुका साथै हजारौ कुराहरुको भलाकुशारी गरि तमाम कुराहरु सिक्ने अवसर पाइएको छ । सायद यसभन्दा अघिको समयमा (ब्लग शुरु गर्नु भन्दा पहिले) चिनाजानी कसैसँग थिएन यही यात्राले यतिका साथीहरुसँग घुलमेल हुने अवसर मिलेको छ । यो निश्चय पनि सकारात्मक पक्ष नै हो ।
दिनेश जी बियोगमा मानिसले गर्ने कार्यप्रति सजग रहने प्रयास पनि हो यो मेरो।
बी. जे. जी खै कुन शब्दले सम्मान दिउँ हजुरलाई । मिठो कबिता सहितको आगमनले अत्यन्त खुसी छु ।
प्रबेश जी गफगाफ पनि बर्षदिन पुगेकोमा बधाई तथा शुभकामना यहीबाट टक्राउछु साथै जाँचमा सफलताको कामना ।
हावा ब्रो केहि छैन कतै पहाडमा ठोकीनुभएर ढिलो भए जस्तो छ ।
नेपालियन जी ब्लगभित्र ब्लगमा आमन्त्रण गर्नु भएकोमा धेरै धेरै खुसी छु । छिटै मिलाउने छु समयलाई ।
भाइ सुर्य ब्लग को बर्ष पुरा भय को उपलक्ष मा हार्दिक बधाइ तथा सुभकामना र आउदो दिन हरु मा पनि रमाइला रमाइला प्रस्तुति हरु अबस्य नै आउने नै छन
धन्यबाद
छबिलाल न्यौपाने
ढिलै भएपनि सुर्य जि लाइ मेरो पनि बधाई छ! यो तपाईंको ब्लगगिङ यात्रा को १ बर्ष पुरा गर्नु भएकोमा र शुभकामना छ आगामि सुखद र सफल यात्राको लागि। साँच्चै तपाइका लेखहरु मननिय छन् समयले भ्यायसम्म म पनि mysansar र तपाइको blog पनि पढ्ने गर्छु भलै प्रतिकृया लेख्ने मेसो नपाएपनि। तापाइको यो प्रयास निरन्तर अगाडि बढिरहोस!
म त ब्लगिङ दुनियाँबाटै एक कोस पर बसेको बेला यो वर्षदिनको सिकारु-सम्झौटो तयार भएछ । प्रतिकृया लेख्न ढिलो भयो । निकै धेरै शुभ कामना !
सिकारुको गोरेटो पछिल्ला समयमा निकै झ्याङ्गिदै एउटा अलग्गै मूलबाटो स्थापनामा चिनारी बनाउन थालेको पाएको छु । यो लगन जारी रहोस् । गोरेटो यात्राको क्रममा हाम्रो चिनाजाना को मूल्य पनि अचाक्ली प्रिय छ ।
प्रेमको तापले सुरु गर्नुभएको रहेछ ब्लगिङ, राम्रो काममा पोखियो प्रेमको ऊर्जा ।
अनि पुछारमा गोरेटाका सहयात्रीमा रहेका सबै साथीहरुको सूची नबिराई उतार्नुभएछ, सम्झनाको लागि धेरै धन्यवाद ! आफ्नो नाम भने सच्याइमाग्द कुनै अन्यथा नहोला , म रमेश कार्की होइन, जीवन कार्की हुँ । अनि, कतिपयले मेरो नाम Jotare Dhaiba लाई नेपालीमा उच्चारण गर्दा 'जोतारे धैब', कतैकतै दैब भन्नुहुन्छ, यो मेरो साहित्यिक नामको सही हिज्जे 'जोतारे धाइबा' हो, यही आँगनीबाट सबैलाई सूचना गर्छु ।
हत्तेरी, माफी त मैले माग्नु पर्ने भएछ है धाइबा जी । यति परिचित भएर पनि बिराएछु । क्षामा त पक्कै गर्नुहुन्छ होला । रमेश जी बाट जीवन जी भनेर सच्चाएको पनि जानकारी गराउन चाहन्छु यही बाट ।
अन्तिममा सिकारु भेटन आउने सबै सथीहरुलाई धन्यबाद ।
सिकारुका पाइलाहरु नै हुन जसले पछि लिड गर्छ ।
यहाको ब्लगिड अगाडी बढोस्
ब्लग गर्ने मामलामा हामी कटुवाल अनलाइनमा अल्टरनेटिभ आवाजको पक्षमा छौं
Happy Birthday dear Blogger! Congratulations for completing one year of successful blogging. Best wishes for many such years to follow...
Never Stop Dreaming...
कालोपत्रे र हवाइजहाजको जमानामा सरल नेपाली गोरेटोबाट नै पाठकलाई सहि गन्तब्य/ निष्कर्षमा पुर्याउन सक्नु यो ब्लगको खुबी हो | यो ब्लगले सरलता र सकारात्मकको बास्तबिक उदाहरण दिएको छ |
जन्मदिनको उपलक्ष्यमा सुर्यजी र छबिलाल न्यौपानेजीलाई हार्दिक शुभकामना |
Post a Comment