25 April 2009

चुनाव र नेता

. 25 April 2009

चुनाव नजिकै आइरहेको छ । यत्रतत्र नेताहरु चुनाबको प्रचार प्रसारको लागि गाउँ-गाउँ जाने क्रम बढदो छ । आ-आफ्ना कार्यकर्ताहरुलाई चुनावको तयारिका लागि अंशबंडा गर्दै नेताहरुले भाषण गर्दै हिडने क्रम् जारि छ।


खोयागाउँ बिशेष गरि दलितहरुको बस्ति भएको ठाउँ। शिक्षा, स्वास्थ्य र बिकासको नामबाट अलि टाढै परेको छ यो गाउँ बाबु-बाजेका पाला देखि नै । प्रत्येक पटकको चुनाबमा नेताहरुले बिकासको आश्वासन दिदै जाने तर गर्न चाहि केहि नगर्ने बुझेर गाउलेहरुले यसपटक जो आएपनि भोट नदिने उल्टै लखेटेर पठाउने सल्लाहमा बसेछन । चुनाव आउन केहि दिन मात्रै बाँकी छ । पहिले जस्तै नेता पुगे खोयागाउँमा । नेता भन्ने बितिकै रिसले आगो हुने गाउँबासिहरु आज अलि बेग्लै मुद्राम देखिए । सुन्दै गए नेताहरुको खोकाई । नेता भन्दै थिए । "गाउले हरु बर्षौ भयो यो खोयागाउँमा अन्धबिस्वास, अशिक्षा र गरिबिले बास गरेको । जस्लाई तपाइहरुले भोट दिएर बिजयि बनाई पठाउनुभयो तिनिहरु आज शहरका ठुला-ठुला महलहरुमा बिन्दास जिवन बिताइ रहेका छन । हेर्नुस म तिनिहरु जस्तो हैन । यदि मलाई तपाइहरुले जिताउनु भयो भने म यो गाउँलाई नमुना गाउँ बनाउने छु । बिजुलि पानि बाटोमात्रै होइन बर्षौ देखि चलि आएको यो जात भात, छुवा छुत र मानिस प्रतिको अपहेलनालाई जरै देखि उखेल्ने छु । म तपाइहरुलाई बचन दिन्छु ।अब तपाइहरुका दिन आए । मेरो प्रमुख लक्ष भनेको तपाइहरु जस्तो उत्पिडन अनि दलित भनेर पछि परेका बर्गको उद्धार गर्नु हो" । आफ्नो गाउँमा आएका नेताको यस्तो कुरा गरेको सुनेर गाउँले हरु छक्क परे । हैन साथिहरु हो यि त असल नेता रहेछन अब चाहि हामि यो खोयागाउँ भनेर हेपिएर बस्न पर्दैन भनेर एक अर्काप्रति कानेखुसि गर्दै रमाउदै परररर तालि पिटदै जोसिन पुगे । नेतामाथि फूलमाला बर्षाउदै बडो सम्मानका साथ भोट दिने वाचासहित बिदाई गरे ।

कार्यक्रम सकियो सबैले नेतालाइ बडो भब्य तरिकाले बिदाइ गरे । नेता गाडिमा बसे । ड्राइभरले गाडि चलाउन शुरु गरे अलि पर के पुगेका थिए एउटि दलित महिलाले पानिको गाग्रो सहित आउदै थिइन। नेताको मुखबाट प्याच्च निस्कियो


"हिडने बेलामा बाटो काटी कमिनिले साइतै नपर्ने भयो "

9 प्रतिक्रिया:

Unknown said...

सिकारु जी!साह्रै राम्रो कथा लेख्‍नु भएछ। बिल्कुल हाम्रो देशको परिस्थिती सङ्ग मेल खाने।

Anonymous said...

तितो यथार्थको राम्रो प्रस्तुति...

Unknown said...

सिकारु महोदय सहि कुरा, ति दलितहरुले जिताएर माथी पुग्छन, भरै त्यहि दलितहरुलाई साईत वा कुसाईत को पात्र बनाउने हाम्रो नेपाल कहिले सुधृने हो कुन्नी, धेरै राम्रो प्रस्तुती, धन्यबाद।

Dilip Acharya said...

नेपालका ९०% नेताको १००% सहि चरित्र चित्रण।

Jotare Dhaiba said...

जुन जोगी आए पनि कानै चिरेका, जुन 'भगवान्' पनि सालिकभित्र कैद !
नेपाली राजनीतिको सदावहार पाटोलाई सोह्रै आना चाबुक दिने गरी जोख्‍नुभयो ।

Unknown said...

नेपालि राजनितिमा नेताहरुको मनपरितन्त्रको सहि चित्रण । राम्रो लाग्यो सिकारु जी ।

Anonymous said...

Liked the presentation. your story presents the actual political scenario of our country.

Prabesh said...

एकदमै राम्रो लाग्यो सिकारू जी !!! तर कामीको अनुहार हेर्यो भने र साइत हुन्छ भनेको सुनेजस्तो लाग्छ मलाई चैँ !! जे होस् !!! सहि चीत्रण नेपाली नेता र नेपाली जनताको !!

डीआर न्यौपाने'सूर्य' said...

सुन्न त मैले पनि सुनेको हो प्रवेश जी तर यो कुरा पनि ठाँउ अनुसार फरक फरक हुने रहेछ । तर यो चाहि नेताको बोलिमा लिउ ल ।
साथै प्रतिकृयाको लागि सबैलाई धन्यबाद ।

Post a Comment