12 April 2009

शुभकामना

. 12 April 2009

छंग छंग गर्ने झरना संगै
सरर बग्ने पवन संगै
आनन्दको अनुभुति गराउदै
आयौ नयाँ बर्ष तिमि

अशुद्ध आत्मालाई शुद्ध तुल्याउदै
प्यासी आँतलाई तृप्त पार्दै
सत्प्रेरणाको अनुयायी बनेर
ईच्छाशक्ती गति बढाई
अनाबृष्टिमा पुष्पबृस्टि गराउदै
चम्क तिमि नयाँ बर्ष

झुल्के प्रेमका शब्द लिएर
बिष होइन अमृत पिलाई
पाप होइन पुण्य दिलाई
काँडा होइन फूल फुलाई
हरेक युगल जोडि बिच
चन्द्र बनि उदाउ नयाँ बर्ष तिमि।

सुषुप्त रहेका प्रतिभाहरुलाई
अथक सृजनाको प्रेरणा दिदै
हुरि बतासको बेगलाई उछिन्दै
कर्मको दियो अटुट बाल्दै
सबैमाझ माधुर्य मैत्रीभावको
आलौकिक रोशनि फैलाउदै
आउ नयाँ बिहानि लिएर
तिमिलाई मेरो शुभकामना ।

सम्पुर्ण ब्लगर मित्रहरु, पाठक र देश-बिदेशमा रहनुभएका नेपालिहरुमा नयाँ बर्ष २०६६ को मंगलमय शुभकामना सहित सुख सम्बृदिको कामना गर्न चाहन्छु ।

17 प्रतिक्रिया:

Yumesh Pulami said...

सिर्जनाले भरेर - शुभकामना व्यक्त गर्नु भएको रहेछ - राम्रो लाग्यो अनि -
स्वतन्त्र सिर्जनामा रम्न पाइयोस र नेपालको प्रगतिका कुराहरु टासोको रूपमा टास्न पाइयोस भन्दै

यहाँ लगायत सम्पूर्ण ब्लगर मित्रहरुलाई म हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । धन्याबाद !

Anonymous said...

A nice poem! Loved it.
And a very happy and prosperous new year 2066 to you and all the visitors of this blog!

Unknown said...

……नया बर्ष २०६६ ले सबै मेरा मित्र हरु तथा मन्यजन हरु मा सुख सान्ति ल्यावोस यहि नै मेरो सुभ कामना छ र सुर्य भाइ ले दिए को सुभकामना स्विकार गर्दै भाइ तथा स-परिवार मा सुख सन्ति को कामना
छबिलाल न्यौपाने
गुल्मि अर्बेनि
हाल साउदि अरब बाट

Unknown said...

naya barshako shubhakaamana hai sikaaru jee, khusi laagyo kabitako saathamaa nayaa barsha update hudaa.

Jotare Dhaiba said...

मङ्गल होस्---
ब्लगर, ब्लग र ब्लगका शुभेच्छुक मितेरी जन सबैलाई । नयाँ वर्षले काँचुली ल्याओस् जीवनमा ।

कामनामय कविताको लागि हार्दिक आभार सिकारूजी ।

Admin said...

naya barsha 2066 ko subhakamanaa sikaaru jee ra sampurna blogger mitraharulai.

Unknown said...

नयाँ वर्षको शुभकामना सिकारुजीलाई साथै सबै मित्रहरुलाई । राम्रो कविताको निम्ती धन्यवाद !

Prabesh said...

तपाईँलाई पनि धेरै शुभकामना नयाँ वर्षको !!

प्रबिण थापा said...

नयाँ बर्ष २०६६ को तपाईं लगायत सम्पुर्ण तपाईंका सहयोगी ब्लगर हरुलाई अनि सम्पूर्ण नेपाली हरुप्रती शुभकामना! नयाँ उमङ्ग नयाँ जोस का साथ स्वतन्त्र सम्बृद र शान्तिपुर्ण नेपालको तपाइ हाम्रो चाहनाले यस् बर्स मुर्त रुप लिन सकोस भन्ने कामना पनि गर्दछु।

Dilip Acharya said...

नयाँ बर्ष मंगलमय रहोस!
उत्तरोत्तर प्रगतीको कामना सहित ।
दिलीप आचार्य

chudamani said...

२०६६ ले यहाँलाई जीवनको पक्षमा हमेशा ऊर्जा प्रदान गरिरहोस | जीवन स्वयंमा एउटा श्रृजना हो यसलाई २०६६ ले अझ बिभिन्न फाँटबाट श्रृजनशील बनाउन संपूर्ण ब्लगर मीत्रमा उत्साहा प्रदान गरिरहोस् |

यति खेर राष्ट्र कवि लाई सम्झन्छु -

"आइ कहिले कहिले पनि नसकिने चैत बैशाख मेरा
लाइ कहिले पनि नसकिने प्रीत नौ लाख मेरा || "

चूडामणि भट्टराई
हाल : प्रबासबाट

धन्यबाद |

friendlyniraj said...

पूर्वको मधूरो
घाम नयाँ होस् ।
बदलियोस् नारा
काम नयाँ होस् ।
फेरियोस् युग
नयाँ होस् जमाना ।
नव वर्ष २०६६ को
हार्दिक शुभकामना

Krishna said...

सुमधुर शब्दले नयाँ बर्षको शुभकामनाको बर्षात अती सितल छ । यही सितलता तपाईंलाई साथै सम्पूर्ण मित्रलाई पनि मिलोस यही मेरो शुभ कामना

Basanta said...

सिकारुजी र यो गोरेटोका यात्रीहरु सबैमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!

डीआर न्यौपाने'सूर्य' said...

शुभकामना आदान-प्रदान गर्ने सबै मित्रहरुलाई धन्यबाद । फेरि पनि सबैमा सु-स्वास्थ्यको कामनासहित नयाँ बर्षको शुभकामना ।

Anonymous said...

मेरो तर्फबाट पनि साथी सिकारू र सम्पूर्ण ब्लगर मित्र र सम्पूर्ण नेपालीलाई नव बर्ष २०६६ को हार्दिक मंगलमय शुभकामना...

बिमल गिरी said...

सुर्य जी
नमस्कारम,
साह्रै पछीपरेछु एता उता हेदै
सुटुक्क छिरिरहेछु। ढिलाई भयो।
कोही अघी कोहिपछी त भाईहाल्छ नि होइन र?
प्रक्रितीका बर्णन,शब्द सम्योजन र लेखाइमा
सुझाब सल्लाहा र प्रेरणारहित दिनिभएको
शुभकामना अबिरल स्वच्छ र कन्चन नदिझै
बगेकाछन। मेरो पनि शुभ कामना यहाँहरुलाई।

Post a Comment