19 March 2009

गीत

. 19 March 2009

बाहिर ठिक्क भित्र दिक्क मैले पनि सिकीसके
माया बनि घोच्ने काँडा मुट बाटै झिकीसके

नचाहदै विवशताले खुट्टा मेरो अडेको थ्यो
तिम्रो नामको बिषालु काँडा छाती भित्र गडेको थ्यो
आँखा तर्दै प्रेमी फेर्ने खेल तिम्रो देखिसके
चर्केका ती छिद्र सबै मदिराले सेकिसके

खोला नाला तर्दा सधै मेरै हात लिन्छु भन्थ्यौ
औसी राखी आफै संग पुर्णेको रात दिन्छु भन्थ्यौ
भुत बिर्सी भबिष्य कोर्ने नयाँ सुत्र भेटिसके
तिम्रो नामको प्रेम डायरी जुनिभरलाई मेटिसके

मन मन्दिरको देउता सम्झी आत्माभरी साँच्छु भन्थ्यौ
चिताको त्यो ज्वाला भित्र तिमिलाई नै रोज्छु भन्थ्यौ
भक्त बनि उपहास गर्ने देउता अन्तै सारिसके
नौनी जस्तै कोमल मन कठोरताले बारिसके

8 प्रतिक्रिया:

Unknown said...

सिकारु जी अचेल तपाईं धेरै प्रेमका अनुभुतीहरु कोर्न थाल्नु भयो, धेरै नै धोका खएए जस्तो लाग्यो, हुन सक्छ मेरो कुरा ले १००% मेल खाने छ। साँच्चीकै राम्रो गित छ।

Basanta said...

Good one Sikarujee!

Jotare Dhaiba said...

मायाको जालझेल भोग्दै-सिक्दै हुनुहुँदो रहेछ सिकारूजी । यस्तै हो माया, नपाएसम्म केके, पाएपछि र अनुभूति गर्न थालेपछि हिमआँधीमा समातिन आइपुगेको कोइला जस्तो- समातिराखूँ न फालिहालूँ ! मन साँच्चै काँडा नै जस्तो, तर झिकि चाहिँ नहाल्नुहोस् हे यसलाई । अरू सम्भन्धहरूमा यो काम लागिहाल्छ पक्कै । आखिर तपाईँले भावना पोखे पनि यो त वास्तविक पाटो नै हो नि, त्यसैले यति लेखेँ । मनमा गढ्यो मजैले ।

Yumesh Pulami said...

बाहिर ठिक्क भित्र दिक्क मैले पनि सिकीसके
माया बनि घोच्ने काँडा मुट बाटै झिकीसके
राम्रो लाग्यो सूर्य प्रकाश जी !

Anonymous said...

Nice composition! Liked it.

Anonymous said...

गीत मलाई पनि मनपर्यो...

Unknown said...

सुर्य भाइ सब्दहरु त राम्रा छ्न तर पिडा त सारै नराम्रो पो छ त यो आफ्नो त अबस्य पनि होइन हो यस्तो हुदा सम्म पनि मैले थाहा न पाउनु त कुरै हुदैन
फेरि पनि हुन सक्छ्न
चाहदै विवशताले खुट्टा मेरो अडेको थ्यो
तिम्रो नामको बिषालु काँडा छाती भित्र गडेको थ्यो
आँखा तर्दै प्रेमी फेर्ने खेल तिम्रो देखिसके
चर्केका ती छिद्र सबै मदिराले सेकिसके
यो सारै माया को पिडा मा परेर लेखे को जस्तो छ
छबिलाल न्यौपाने

डीआर न्यौपाने'सूर्य' said...

सर्वप्रथम प्रतिकृयाको लागि सबैलाई धन्यबाद । b.j.जी यस्तै रहेछ झरेको पातले फेरि बोट चुम्न नसक्ने पातको पिडा । गीत मन पराउनुभएकोमा खुसि लाग्यो।
जिवन जी केहि दिन तपाइको केफ मा पढेको कुरा फेरि सम्झन पुगे समयले बनाएको घाउलाई समयले नै औषधि लगाउछ भन्ने कुरालाई । हेरौ तपाइको अनुभुतिले मलाई पनि पोल्छ की त?

Post a Comment