12 March 2009

हुक्का चिलिम.. ब्लगर संग ब्लगरको फिलिङ..

. 12 March 2009

आज बुधबारको दिन बिहानै देखि आलस्य र आल्छिपना महशुस भैराखेकोछ। सधै कम्प्युटरमा इण्टरनेटको त्यन्द्रोमा मात्रै कति झुन्डिएर बस्ने? मनमा यस्तै कुराहरु खेलाउदै अल्छिको भारी मनलाई जागरको नाम्लोले उचाल्दै फेरी तिनै की बोर्डमा हात राख्न पुगे। एकताका खुबै बहस भएको थियो अल्छिपनाको चिरफार गर्ने कुटिकी कैलाश को आँगनमा । सबैका बिचारहरुलाई समेट्दै मिठो खाजा पस्किनु भएको थियो उहाले । सधै झै मेरो आलस्यलाई भगाउन केही क्षण साथिसंग रमाइलो गर्न भनि च्याट रुमको ढोका ढक्ढक्याउन पुगे।

यताउता साथिहरु संग कुराको सुरुवात गर्दै थिए भोजपुरे ब्लगका मित्र चन्द्र जी को आँगनमा ट्वाक्क बत्ति बल्यो । राम्रै संयोग परेछ क्यार। नेपाली शिष्टाचारको लगाम समाउदै स्वागतयोग्य नमस्करको सुरुवात संगै मिठो कुराकानि भयो । समयको पाउबन्दिले गर्दा छोटो गन्थन पछि फेरिभेटने बाचासहित छुट्टियौ । एकैछिन पछि साथिहरुको ब्लगमा छिर्दै जाने क्रममा संगमको चौतारीमा पाइला मात्र राखेको थिए उहा पनि त्यहीको शितल हावामा आल्छि र आलस्यको बोझीलोलाई कसरी कम गरने भन्दै राहतको खोजीमा हुनुहुदोरहेछ। हाम्रो त फेरि कर्मथलो पनि एउटै । संगै भएर पनि लामो समय सम्म तारमा गुजुल्टीएर रहेको हाम्रो साइनोलाई एउटा अबिष्मरणिय दिनको सृजना गर्ने हेतुले उहाँ समक्ष आजको दिन घुम्न जाने कसरतका साथ निम्तो दिए एकै बचनमा सहर्ष स्विकार गर्नु भयो एउटा निश्चित गन्त्ब्यलाई पछ्याउने बाचासहित लाग्यौ आ-आफ्नो तयारीमा । लामो समयको अन्तरालपछि भएको चौतारी र गोरेटोको भेटघाटलाई तिब्र बनाउने मनसाय सहित बढेको पाइला अन्तत यथार्तमा परिणत भयो नै । त्यसैका केहि झलकहरु

म बिरेन्द्र र संगम

हैन कति रमाएको बिरु त


त्यहाँ कार्यरत साथिहरु संगै म

चौतारीका संगम

आहा ।। कति फरासिला अनि मनका धनि हुनुहुदोरहेछ । चौतारीका शितल हावाले झै मनै शितलो पार्ने । हेर्दा पनि अति भलादमी अनि शिष्ट लाग्ने । शारिरिक बनावट पनि खन्दानी लाग्ने। नसोचेको कुरै भयो । जहाँ ईच्छा, त्यहाँ उपाए भनेझै करिब ७ महिने हाम्रो बिधुतिय सम्बन्धको ब्लगिङ यात्राले पुर्णता पाएरै छोडयो। संगमजीको साथैमा पाल्नुभएका भक्तपुरका मित्र पनि साह्रै नम्र स्वावलम्बी अनि उच्च बिचारका हस्ति हुनु हुदोरहेछ। आ- आफ्नो ब्यक्तित्वलाई एक आर्काबिच रुपान्तरण गर्दै मिठो कुराकानि सहित हाम्रो गन्तब्यलाई डोरयाउदै हुत्तियौ टेक्सी मार्फत ,खास गरी आजको हाम्रो योजना भनेको रियाद स्थित danya coffee shop मा गएर नेपाली परम्परामा बुढापाकाहरुले तान्ने तमाखु सहितको हुक्का लाई स्मरण गर्दै नयाँ नौलो स्वाद लिनु थियो । बिशेष गरी यहाँका स्थानिय र मध्य पुर्बको मानिसहरुको लागी भेट्घाट र मनोरन्जन प्रदान गर्ने उद्देश्य लिएर खोलीएका यस्ता कफी सपहरुमा weekend मा त निकै भिडभाड नै हुने रहेछ। निशुल्क प्रबेश तर १८ बर्ष भन्दा माथि उमेर भएका लागी मात्र खुल्ला रहने ।

करिब करिब २ सयजति कोठाहरु प्रत्येकमा T.V.सहितको अत्याधुनिक सुबिधा। एकै कोठाबाट अरुलाई पनि मज्जाले नियाल्न सकीने कृतिम हरियालीको साथै VIP.कोठाहरुको पनि ब्यव्स्था । ओहो.. कस्ता थरिथरिका बनावटमा सजीएका मनमोहक हुक्काहरु, मन नभएपनि तानु तानु लाग्ने । झ्वाट्ट याद आयो गाँउघर तिर बुढापाकाले चिलिममा कोइला राखेर गडरर गडरर गर्दै बेस्सरि तानेर ब्वाङ्ग धुँवा उडाएर हामी केटाकेटी हुदा जिस्कीएको कुरा । मेरा सहयात्री संगमलाई फेरि शेर्पेनि दिदिको भट्टिमा तुम्बा र तिनपानीको रंगिन झझल्कोको याद आयो रे ।सहयात्री मध्य दिवाकर र बिरेन्द्र ले पनि आफुहरुलाई अत्यन्तै रमाइलो अनुभव भएको सुनाउनु भयो । रमाइलो कुरा त के भने coffee shop मा ग्राहको सेवामा खटिनु भएका weater साथिहरु पनि नेपाली नै हुनु भएको ले हाम्रो यात्रा झन् उत्साहित र रमाइलो हुन पुग्यो ।

हुन त म पनि चुरोट पीउदिन तर पनि नयाँ ठाँउमा पुगेपछि पाइने नयाँ कुराको स्वाद लिन भने मनै पर्छ । मन फुकाएर तानियो त्यो दिन । म र संगम जी को त बाजी नै प-र्यो कसले बढि तान्ने भनेर ? यात्राका साथिहरु भने धुँवा भने पछि अलि टाढै बस्न रुचाउने बिरेन्द्र र दिवाकर कसैलाई पनि बाँकी राखेन त्यो दिन नयाँ स्वादले । सर्विस गर्ने साथिहरुपनि कति खप्पिस । स्वागतको प्रक्रीया पनि पाहुना अनुसार फरक फरक । हासो मजाक पनि उत्तीकै। उहाँहरुको बिनम्रतालाई कोट्याउदै सोधि हाले । हैन साथि ग्राहक प्रति देखाउनु भएको अनुशाशित र मर्यादित वाताबरणले त हामीलाई पनि आफ्नो कर्म पर्ति बफादारको पाठ सिक्ने अवसर मिलिरहेको छ। मेरो सत्यतालाई ब्यङ्ग्यमा परिणत गर्दै भन्नु भयो । 'यति नगरे त कहाँबाट २-४ पैसा झदर्छ र हजुर' ।।



हुक्का चिलिमले


धर्धरि रुवाउछ की


माया पिरिमले...





त्सैपनि गाँउघरको परिबेशमा हुर्कीएको मान्छे माया पिरतीका नाममा प्रयोग गरीएको त्यो पुरानो गीत फेरि ताजगी भएर आयो मनमा। स्वाद मानेरै तानियो नकारात्मक असर र बेफाइदाको कुरालाई बिर्सेर । ब्लगको तारमा तैरीएको साइनोले पुर्णता पाएको यो अबिस्मरणिय दिनको सम्झनालाई अझ प्रगाढ बनाउन २- ४ प्रति फोटोको पनि आवस्यकता सम्झेर कैद ग-र्यौ क्यामरामा सम्झनाका डोबहरु । यसरी रम्दा रम्दै दिन बितेको थाहै भएनछ । बिहानै फेरि नुनको सोझो गर्न लाई जागीर गर्नै पर्ने । संगम जी लाई यो अ्मीट छापको डोबलाई चौतारीमा बिसाई साथिहरुमाझ पुरयाउने निम्तो दिएको थिए उहाँले पनि आफ्नो ब्यस्ततालाई थुपारेर मतिरै पन्छाइदिनु भयो। अन्त्यमा हाम्रो यो मित्रताको रमाइलो यात्रामा अर्धबिराम लागेपनि पुर्णबिराम चाहि नलागोस भन्दै बिदाईको हात हल्लाउदै बाटो ततायौ आ-आफ्नो । अफुर्सतका बाबजुत लत्पत्याउदै भएपनि टाँस्ने दुस्सहास गरे यो सम्झनाको दिनलाई । छोट्याउने कोशिस गर्दा गर्दै पनि अलि लामो हुन गयो । तपाइहरुलाई झर्को लाग्यो होला त्यस्को लागी क्षमा चाह्न्छु ।

यदि मित्रहरु तपाइहरुले पनि कतै हुक्का चिलिमको स्वाद लिनुभएको छ भने आफ्नो अनुभवलाई बाडन अवस्य भुल्नु हुने छैन भन्ने आग्रह गर्दछु ।

13 प्रतिक्रिया:

आकार said...

कहिलेकाँहि त हुक्का चिलिम को गफ पनि रमाइलो नै हुन्छ । अनि मेरो सन्दर्भमा चाँहि, आफू यस्ता कुराहरुबाट अलि टाढै छु, हाहाहा!

B.J. Dummali said...

सुर्य सिकारु जी धेरै खुशी लाग्यो, परदेशमा साथी हरुसँगको भेटघाटलाई आधार बनाई पस्कनु भएको रहेछ, एउटा गितको टुक्रा हुक्का चिलिमले धरधरि रुवाउँछ माया पिरिमले मुहाहाहाहाहाहा interesting....!

Dilip Acharya said...

तपाईले लामो बयो होला भन्नु बएको रहेछ । मैले त इकै सासमा पढी सक्काएँ, रमाईलो लाग्यो ।

हुन त म पनि धुमपान र मद्यपान बाट टाढै छु तर फोटो हेर्दा त मलाई पनि 'तानौं तानौं' भो है !

Arjun Dungmen said...

लौन सिकारु जि, गजबै भयो नि ! बिदेशको ठाउँमा "हुक्का चिलिमले.. धर्-धरी रुवायो माया पिरिमले !" आफु त कैदी झै भएर बिदेशी जिबन बिताई रहेको बेलामा पनि कता तिर हुक्का चिलिम नै खोज्नु लागुँ कि जस्तो लाग्यो ।

बेदनाथ पुलामी ( उमेश ) said...

सूर्य जी को संगम जी सँग को भेट घाट त रमाइलो र स्मरणीय भएछ - खुसी लाग्यो मलाई पनी तपाईहरुको भेट देखेर ।
यो त ठ्याकै हाम्रो restaurant को जस्तो लाग्यो हुका .... पुरा उस्तै हो तर आफु त धुवा को संसार देखि टाढै भएको ले यसको स्वाद लिएको छुइन ... नत्र त म पनी लेख्ने थिए एस्को बारेमा ।

Chhabilal said...

भाइ सुर्य यो लेखन सैलि सबै राम्रो छ साथि भाइ सगै बसि रमाइलो गरे को सारै राम्रो लाग्यो र यो होका हाम्रो गाउघर तिर को जस्तो नसालु होइन यो फलफुल को भये को ले तेति असर गर्ने खालको त होइन र दिनदिनै राम्रो पनि होइन कहिले काहि मनोरन्जन को लागि ठिकै हो
छबिलाल न्यौपाने

Prabesh Poudel "उजेली" said...

दुई ब्लगरको भेट भएको कुराले निकै खुसी लाग्यो । अनि अस्ति शिवरात्रीको दिन मैले पनि हुक्का तानेको साथीहरूसँग । स्ट्रवेरी फ्लेवरको हुक्क तानेको धेरै सफ्ट हुँदोरहेछ । मज्जा आ'को थियो हुक्का तान्न पनि !!!

सिकारु said...

सर्वप्रथम् प्रतिकृयाको लागि सबै जनालाइ धन्यबाद ।
दिलिप जी खै मलाई अलि लामो जस्तो लागेको थियो अरु पोस्टको तुलनामा । एकै सासमा पढनुभएकोमा आभारि छु ।

बेढनाथ जी भेटको क्षण अबिष्मरणिय नै भयो । अनि तपाईको रेस्टुरेण्टमा पनि यस्तै छ र भन्या? अनि स्वाद मात्रै लिएर त के नै फरक पर्छ र?

प्रबेश जी तपाइले त स्ट्रवेरी फ्लेवरको तान्नु भएछ मैले त एप्पल र बनानाको तानेको ।

सिकारु said...

अर्जुन जी गोरेटोमा राख्नुभएको पाइलालाई स्वागत । तर डियुटी नै छोडेर हुक्का खोज्न चाही नलाग्नु है । हा।। हा।
म तपाईको खुसिको दिनमा पनि आउने गरेको छु । बिशेश गरी भोजपुरे ब्लगमा हजुरको लेखहरु हेरिरहन्छु।

Ivo Serentha and Friends said...

Greetings from Italy,good luck

hello,Marlow

sangamkirati said...

ओ,हो,सबै मित्रहरुले ब्लग मार्फत नै हुक्काको स्वाद लि सक्नु भएछ,धन्यबाद सबै मित्रहरुलाई अनि बिषेस गरी सिकारु जि लाई यो हाम्रो छोटो भेटघाटलाई पनि यसरी सैलि हालेर ब्लगमा टासो लगाउनु भएकोमा,, आभारी नै छु भन्नु पर्ला,,हा,हा,,,हा,,,,

sameer said...

la blogger shathi haru ko bheta ghata bhaye cha ramro lageyo

>Jotare Dhaiba< said...

ढिलो आएँ र पनि स्वाद परेको कुरा भन्नै मन लाग्यो । हुन त हुक्का तपाईँहरूले तान्नुभयो, मजा बने यतासम्म आइपुग्यो । म पनि आफू धूमपान-मद्यपानदेखि टाढै रहे पनि तपाईँहरूको हुक्का-सफरले तै एक झमट चाहिँ चाख्‍नुपर्ला भन्ने पो लाग्यो :) ब्लगर-ब्लगरको आमनेसामनेमा जीवनको त्यो एक दिन कम्ता रमाइलो थिएन होला ! निजी यात्राको यति रसिक जमघटबारे बाँड्नुबएकोमा धेरै आभार ।

Post a Comment