17 December 2008

मात

. 17 December 2008

मदिराको माया दियौ त्यै नशाको मात लाग्यो
प्रेम जडित ऐनाभित्र तिरस्कारको खात लाग्यो

प्रभातको घाम जस्तै कोपिलै थियौ बसन्तमा
पुतली झै उडि जाने कहिले तिम्रो पात लाग्यो

पिडाँ मात्रै दियौ सधै साहाराम बाच्न खोज्दा
निस्वार्थको पर्खाइमा जिवनभरको दास लाग्यो

पवन बनि खेल्दै थियौ शैशबमा रमी रमी
यौबनको नशा रोप्ने कुन मालिको साथ लाग्यो

मादलु र खैजडीमा दोहोरिमा बस्दा बस्दै
ड्रम र गितार चाहिँ कहिले देखि हात लाग्यो

सापटिको क्षणिक हाँसो उपहारको पासो थाप्दा
स्वार्थी मनको माला दियौ दुनियाको बात लाग्यो

बाह्रहाते पटुकिमा रोधि घरमा नाच्दा नाच्दै
डिस्को र क्याबिन छिर्ने कस्तो यो मात लाग्यो

13 प्रतिक्रिया:

Basanta said...

राम्रो छ सिकारुजी! गज्जबसंग सलल बगेको छ!

Dilip Acharya said...

मिठो भावको सटिक चित्रण !!

Unknown said...

ramro chha, kasaile na ramro mannu parne kurai chhaina sabda haru pani thik chhan

Chhabilal neupane
riyadh

Collection from world said...

सिकारु महोदय, तपाइको ब्लग हेरेर धेरै खुसी लाग्यो, यसरी नै प्रगती गर्दै जनुहोस किनकी म यो दोस्रो पल्ट छिर्दैछु तपाईको ब्लगमा,, र हाल तपाई कहाँ बाट ब्लग प्रकाशन गर्नुहुन्छ? तपाईको ब्लगको जय होस भन्दै शुभकामना।

कैलाश said...

malai chahi yesko titlele nai tanyeko ho hai.

डीआर न्यौपाने'सूर्य' said...

बि जे जि ब्लगमा छिर्नुभएकोमा धेरै धेरै धन्यबाद । म त पहिले देखि नै हजुरको ब्लग हेरिरहन्थे । सारै राम्रो लाग्छ । अनि म चाहि रियाद मा छु र यहिबाट नै जानि नजानि ब्लगमा मन् लागेका कुराहरु लेख्छु । आसा छ तपाइहरुको सहयोग् पाउने नै छु भन्ने । साथै प्रतिकृयाको लागि सबैलाई धन्यबाद ।

बिमल गिरी said...

Sikaru jee
Namaskaram.Yahaka bhawanaharu jharana jhai bagirahun shubhakamana.

Aakar said...

म भनौँ कस्तो मात लाग्यो ???

मलाई त साह्रै मात लाग्यो, तपाईको लेखाइको ।

Collection from world said...

सम्झना फुल्ने कुनै निस्चित याम् हुदैन
त्यसो त बिर्सनै पर्छ जुन कुराको काम हुदैन
एउटै कुरालाई बिर्सदै सम्झन त कहाँ सकिन्छ र?
भए अशुभ सम्भवत: झरीसँगै घाम हुदैन।

धेरै राम्रो कबिता मलाई पनि तपाईको ब्यक्तीगत डाइरीमा कोरीदिएँ गल्ती भए माफ गर्नु होला....!

Jotare Dhaiba said...

सिकारुजीको कलमको वेगमा म पनि लहरिन आएँ । गजल र कविताको महकमा विशेष रमाउनुहुने रहेछ । लघुकथा र सामयिक मुद्दामा पनि तपाईँको भावावेग सबल रूपले बगेको पाएँ । अबको पलमा हामी साथसाथ रहनेछौँ । तपाईँको अक्षर-यात्रा चुलिँदै जाओस् ।

Anonymous said...

Indeed a beautiful composition! Liked it.

Prabesh said...

कति रमाइलो कविता हौ !! निकै नै मनपर्‍यो मलाई त !!

wosti nuwakote said...

o verey nice your peoms so nice

Post a Comment