मेरो कन्ट्रोल प्यानल
New Post | Settings | Change Layout | Edit HTML | Fonts and Colors | Moderate Comments | Sign OutFollowers
बिधा
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
लोकप्रिय टाँसोहरु
-
न मस्कार! सम्पूर्ण ब्लग पाटोमा समाहित मित्रहरुलाई । लामो समय पश्चात कलम चलेको छ। समयले मलाइ धेरै पछाडी छोडेर गएछ या म समय संगै दौडिन सकिन। त...
-
पाहुनाझै दुइ दिन हाँसेर गई छोडि जुनेली रातमा ढाँटेर गई बसन्तमा संगसंगै फूल्छु भन्थि कोपिलामै बोटपात भाँचेर गई साधक बन्थ...
-
प्रतिक्षाको लामो घडि छोटिदैछ मेरी माया चर्किएको मुटु फेरि जोडिदैछ मेरी माया खोला नाला लेक बेसि गर्दै बित्ने अतित फेरि नदि बनि दोभानमा भेटिद...
-
२०६८ असोज ३ एउटा पत्र तिमीलाई कोरु कि जस्तो लाग्छ क्षितिजमै मिल्ने उडान भरु कि जस्तो लाग्छ शुन्यतामा हराउदा बहार बनि...
-
ब्लगिङ नगरेको पनि धेरै भैसकेछ । कहिले ईन्टरनेट संजालको समस्या,कहिले ब्यस्तता त कहिले अल्छिपनको रोग । निरन्तर हुन्छु भन्दाभन्दै पनि समस्याहर...
गोरेटोका पाइलाहरु
- अनुभूति/कल्पना (2)
- कविता (6)
- केहि रोचक् जानकारिहरु (2)
- गजल (20)
- गन्थनमन्थन (1)
- गीत (2)
- घटना/ बिचार (1)
- घुम्-घाम (1)
- चाँडबाँड र मनोरन्जन (1)
- जिवन् र भोगाई (1)
- टेन्सन फ्री (1)
- पाहुनाबाट (2)
- बिदेश् र कलाकार (1)
- मित्रता र मित्र (1)
- यात्रा /संस्मरण (1)
- लघुकथा (5)
- शुभकामना (2)
- संस्मरण (3)
- सिकारु (2)
छलफल
गोरेटोका आगन्तुकहरु
नेपाली तिथि-मिति यता
गोरेटोसंगको गफगाफ यता
27 December 2008
शुभकामना
17 December 2008
मात
प्रेम जडित ऐनाभित्र तिरस्कारको खात लाग्यो
प्रभातको घाम जस्तै कोपिलै थियौ बसन्तमा
पुतली झै उडि जाने कहिले तिम्रो पात लाग्यो
पिडाँ मात्रै दियौ सधै साहाराम बाच्न खोज्दा
निस्वार्थको पर्खाइमा जिवनभरको दास लाग्यो
पवन बनि खेल्दै थियौ शैशबमा रमी रमी
यौबनको नशा रोप्ने कुन मालिको साथ लाग्यो
मादलु र खैजडीमा दोहोरिमा बस्दा बस्दै
ड्रम र गितार चाहिँ कहिले देखि हात लाग्यो
सापटिको क्षणिक हाँसो उपहारको पासो थाप्दा
स्वार्थी मनको माला दियौ दुनियाको बात लाग्यो
बाह्रहाते पटुकिमा रोधि घरमा नाच्दा नाच्दै
डिस्को र क्याबिन छिर्ने कस्तो यो मात लाग्यो
14 December 2008
गजल

कति दिन्छौ भावनाका भावबाहिनि माधुर्यता
03 December 2008
प्रतिज्ञा
हुन त उसले यस्तो कसम धेरै पटक् खाइसकेको छ बिगतमा पनि । हरेक दिन बिहान छोडछु भन्छ। त्यो नभए प्रत्येक महिनाको एक् गतेबाट चाँहि पक्कै। कैयौ पटक् मन्दिरमै गएर छाडछु भनेको छ उसले। अनि फेरी प्रत्येक साँझ आफै संग सम्झौता गर्ने गर्छ। सुत्र फेला पार्छ हप्तामा एकदिन् मात्र पिउने र त्यो पनि हाफ क्वाटर मात्र। उसलाई लाग्छ अब चै यो पक्का निर्णय हो। यसमा अरु कुनै सम्झौता गर्ने छैन। यसबाट फाइदै फाइदा छ, यसैबाट बिस्तारै रक्सीबाट छुटकारा पाउन पनि सकिन्छ, सकिएन भनेपनि हप्ता भरि सम्म पैसा पनि रहने, मन् पनि रहने । यस्तो सुत्र फेला परेकोमा आफै दंग पर्छ ।
बिहान ओछयानबाट उठेर चिया पियो, नुहायो र छिटै खाना खएर अफिस गयो । दिउसो पनि बिसन्चो भै नै रहयो । टाउको दुखन चै अलि कम् भयो र दिउसोको खाजा पछि हयाङओभर पनि क्रमस: अलि कम् हुदै गयो । पाँच बजे सम्म निक्कै सन्चो भैइसकेको महसुस भयो । अफिसबाट घर फर्कदा बाटामा सेकुवा हम्केको देखेपछि उसको मन् चन्चल् हुन थाल्यो । मुखबाट पानि आउन थाल्यो। भोक र तिर्खा झन् झन् जागेर आयो र सोच्यो अलि जाडो पनि त छ आज । यो साँझको पाँच बजे देखि सात बजे सम्मको समय काटनै गार्हो । थकाई भोक तिर्खा सबै लाग्ने। बिहानको प्रतिज्ञा क्रमस: फितलो हुदै गयो। राम्ररी सन्चो पनि त भएको छैन। हिजोको तल् तल् मेटाउनलाई अलिकति पिउँदा कसो ठिक नहोला । अलिकति सेकुवा र हाफ क्वाटर सम्म खाएर भोलिदेखि चाँहि ठयाम्मै पिउन छाडनु पर्ला जस्तो छ । भोलिदेखि रक्सीको सट्टा त्यो पैसाले फलफुल किनेर खाने गर्नु पर्यो, स्वास्थ्य पनि राम्रो हुने । धन पनि गुमाउनु, स्वास्थ्य पनि गुमाउनु । अब म यस्तो कदापि हुन दिन्न, कदापि भन्ने प्रतिज्ञा गर्छ ।
यो नयाँ सम्झौताको खाका तयार हुदा नहुदै उ भट्टि भित्र छिरिसकेको थियो।
साथिहरु तापाइहरुबाट यस सम्बन्धि कुनै नयाँ उपायको अपेक्षा राखेको छु।
15 November 2008
प्रेम् कस्तो ?
प्रेमपनि आजकालको बर्षायामको भेल जस्तो
बेदनाको मुशाफिरमा मिष्ठभाषी आभास छर्दै
प्रेमिकाको प्रणेता भै मुटु चोर्ने खेल जस्तो
पियुस जस्तो स्वच्छ मन ढल जस्तो बनाएर
सररर बास्ना दिने चमेलिको तेल जस्तो
आधुनिकताको खेल् जस्तो जिवनको मेल् जस्तो
प्रेमपनि आजकालको बर्षायामको भेल् जस्तो
26 October 2008
दिपावलि क्षितिजपारि.......... अनुभुति र सम्झनामा

हो त्यो दिन नै आज अतित बनेर बल्झिरहेको छ। सायद् कोर्नु पर्ने र सम्झनु त नपर्ने हो तर बेलाको बोलि भने झै चाडको बेला तैपनि बेदेशमा यादत आइहाल्ने रहेछ र मनमा गुम्साएर राखेको कुरालाइ बाहिर निकालेमा मन् हलुका हुन्छ भन्छन त्यसैले मन् हलुकाको लागि बिगतको सम्झना सहित २-४ शब्द दिपावलि संङै। अर्थहिन अक्षरहरु यहाँ असरल्ल छरेर तिम्रो नजर् भरि पारेर केहि काम् भएन।यि फगत् निर्धा अक्षर हरु तिम्रो लागि आँसु या हाँसो जे बनेपनि लेखिहाले दुख नमान्नु म त लालिगुराँस फुलेको हेर्न चाहान्थे हिमाल हाँसेको जस्तो हास्न चाहन्थे तर कालि नदि बिरहि बनेको मात्र देख्छु । हो मलाइ थाहा छ तिमिले भने झै बलिष्ठ पाखुरि देशका खम्बा हुन। तर के गर्नु र मलाइ पनि थियो नि जस् जसको रगत् कालिमा बगेको छ तो रगत् कालिको बाध बाध्न प्रयोग भएको भए हाम्रा दिन हरु कति रमाइला हुन्थे र बारिका पाटाहरु कति उर्बर् हुन्थे होला टुकिको कालो धुवा खाएर लेख्ने चिठि तिमिले पनि बिजुलिको ताजा प्रकासमा लेख्ने थियौ होला अनि तिनै बलिष्ठ पाखुरि हुम्ला,जुम्लामा र आफ्नै गाँउमा सडक पुरयाउन पहरा फोर्नमा प्रयोग गर्न सकेको भए आज यो बर्षदिनको रमाइलो चाँडमा तिम्रो न्यानो हातको सप्तरङि टिकाले मेरो सानो निधारमा बास पाउथ्योहोला। तर बिडम्बना लाखौ पौरखि हातहरु यसरि नै बिलौना गर्दै बिलाइरहेका छन् र विजय खोजिरहेकाछन् खरानिमा। तर आसागरौ कुनै दिन तो चौबाटो,त्रीबेणि, दोभान या गोरेटो कुनै ले त फेरि हाम्रो बाटोलाई मिलाउने छ त्यै दिपाबलिको भैलो र देउसिको सुमधुर संगितमा सप्तरङि टिका र र मखमलिको मालाको साथमा।
हो तिमिले भने झै धैरै चोटिको उपहार एकैचोटि दिएजस्तै भयो । तिमिलाई दिन भनि संगालेका हाँसो र खुसिका पोकाहरु क्षितिजमै बिलिन हुनपुगे ।त्यै दिपावलिको यादलाइ स्मरण गर्दै तिम्रो आशिर्बाद् अनि सयपत्री र मखमलिको मालासंगै आँगनभरि साथि संगि हरु देउसि भैलोमा नाचिरहेको गुन्जायमन ध्वनिलाई एनाले जस्तै प्रतिबिम्बित गर्न पाएपनि हुन्थ्यो भन्ने कल्पनालाई कल्पेर बस्न बाध्य भएको छु।हो चरिले जस्तै प्वाख हालेर उडन पाए त एक् दिनको लागि भए पनि आउथे होला तर बिडम्बना बिबशताले चर्किएको यो गरिबिको घाउलाई रियलको मलमले सेक्दासेक्दै,थाह छैन कति दिपावलिमा तिम्रा हातहरुले मेरो निधार स्पर्स गर्न नसक्ने हुन। अपरिभाषित जिन्दगिको यो मोडमा खाडिमा बगिरहेको मुल्यहिन पसिना माथि दिपावलिको रंगिलो टिकारुपि रुमालले पसिना पुस्ने रहर पनि रहरमै सिमित हुदैछ। आँगनमा गुन्जिरहेको देउसि,बरन्डामा खेलिरहेका तास,घरभरि चम्किरहेको दिपावलिको झीलिमिलि,तिमिले बनाएको मिठो परिकार र संसारनै जित्नु भनि भोकै बसि निधारमा बसालिदिएको टिका अतित बनेर घुमिरहेको छ आँखा आगाडि तर निराशा बिच आसाको दियो जगाउदै एकदिन त पक्कै पनि तिम्रो सप्तरंगि टिका र मखमलिको मालालाई गलामा सजाउने ठुलो रहर लिएर त्यै तिमिले गतसालको तिहारमा दिएको उपहाररुपि डायरिलाई तिम्रो निधार बनाएर यहि कलमरुपि टिकाले तिमिलाई भेटने प्रयास गर्दै रंगाएका यि अनार्थिक् शब्दहरु बिधुतिय तरंगमा समाबेश भै तिमिलाइ पुगेहोलान भन्दै बिदा चाहन्छु,केबल त्यै तिहार,त्यै टिका,त्यै परिकार,त्यै अनुभुति र त्यै सम्झनामा ...............................
19 October 2008
हाम्रा नेता
पसले-पाँच सय रुपया
ग्राहक-ओहो। यो पैसाले त जुतै आउछ नि
पसले-आएर के गर्नु, जुता त घाटिमा बाध्नुहुन्न होलानि ।
मालिक-कस्तो ब्रेक लगाएको? झन्डै शिशामा ठोकिए।
ड्राइभर्-मालिक अगाडि ढुंगा थियो त्यसैले
मालिक-बेबकुफ् हर्न बजाउनु पर्दैन त?
रमा- तारा आज कति चिटिक्क परेर बसेकि?
बाहिर जाने प्रोग्राम छ कि क्या हो?
तारा-हैन आज दालमा नुन् चर्को भएछ,तेसैले उहाँको मन् येतै तिर भुलोस भनेर नि।
14 October 2008
03 October 2008
ईतिहासको पहिलो सांस्कृतिक् दिन-०१-अक्टुबर्-२०६५
रहरले होइन बाध्यताले बिदेशिदै गाँउघर् अनि समाजमा साथै सिंङो रास्ट्रमा नै ठुलो दलबलका साथ् उभिएको गरिबिको तो गोर्खे लौरिलाइ केहि हद्सम्म भयपनि लडाएर् आफ्नो घर्,समाज् अनि आफन्तको न्यानो मायालाइ केबल् सम्झनामा सिमितगराइ, आफ्नो मातृभुमि प्रति आँसुका थोपा अर्पित् गर्दै अगाडि बढाएका नेपालि पाइलाहरुले तो दिन् नेपालि राष्टृय कलाकार र नेपालि संस्कर्तिसङै लडबडिएर हाँसो खुसि रोदन् र पिडाँ साटने अवसर पाएकोमा आयोजक युनाइटेड् वेल्फेयर सोसाइटिलाइ मुरि-मुरि धन्यबाद् दिदै यो एतिहासिक कार्यको सरहना गर्दै छोटकरिमा आफ्नो हासो र खुसि संगै रमाएको त्यो दिनलाइ तपाइहरु समक्ष प्रस्तुत गर्दैछु।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा पाल्नुभएका साउदिका लागि नेपालि राजदुत् हमित आन्सारिका अनुसार् करिब ३५ बर्स लामो नेपालिहरुको रोजगारिको सिलसिलामा यो नै पहिलो र ऐतिहासिक कार्यक्रम भएको दावि गर्नु भयो।र भन्नुभयो हामिले यसको लागि ठुलो संघर्स र लामो समय खर्च गरेको छौ।धेरैले त यो कार्यक्रम नहुने र हामिहरु झुटो बोलेको पनि भने तर हामिले स्-कुसल सम्पन्न गरेकोमा आज तिनि हरुको मुख बन्द भएको छ। हो साचै नै यो एउटा महान् कर्य नै हो। साथै कार्यक्रममा अन्य अतिथिको रुपमा-नेप्लिज वेल्फर् सोसाइटिका दिलचन् बुढा मगर्,सह-सचिव बाम् प्रसाद लावति, एन आर एन का प्रतिनिधि लाल चन्द्र सौफ,तथा अन्य थुप्रै पदाधिकारिहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित कलाकार हरु मध्ये कल कान्तिपुर् का सन्चालक् सुरज् सिङ्ह् ठकुरिको बेजोड उदघोषण मा जितु नेपाल् 'मुन्द्रे' को अभिनयमा मुटु मिचि मिचि हासिरहेका दर्शकहरु किरण् केसि 'राता मकै' र 'मुखमा हान्नु जस्तो 'शिबहरि पौडेल' को नेता प्रतिको ब्ङ्गात्मक जिबन्त अभिनयले सबैलाइ नेपालमै भयजस्तो भान् बनायो हामिलाइ त्याहा । त्यसपछि शिला आले र मिलन् लामाको रमाइलो दोहोरिमा निशा सुनुवारको पातलो बारुले कम्मर् मर्काइको नाचले त सम्पुर्ण् दर्शक् नै छमछम् नाचिरहेका थिए ।साथै निशा र मिलनको दोहोरिमा रमाएका दर्शकहरु को माझमा सुरजको उदघोषण निकै रमाइलो थियो । कार्यक्रममा पाल्नुभएका कला
कार मध्ये खेमराज् गुरुङ्को वारि जमुना,आभा मुकारुङ्को काँहा हिडेको, र शिला आलेको पन्चे बाजामा सारै उत्साहित दर्शकहरुलाई कोन्ट्रोल गर्नको लागि मिलन् लामाले भावुक लोक गित् गाएर यथा स्थितिमा ल्याएका थिए। त्यसैगरि निशा र मिलन को दोहोरि पनि आन्नदमय थियो भने स्थानिय कलाकार एस पि शेर्पा को प्रस्तुति पनि रमाइलो भयो । कार्यक्रममा भयका बेजोड अभिनय र जिबन्त प्रस्तुतिले गर्दा सम्पुर्ण दर्शकहरुले फेरि पनि यस्ता कार्मक्रम हरु गर्न आयोजकलाइ निमन्त्रणा गरेका छन् । र अन्त्यमा तेहि ऐतिहासिक दिनका केहि रमाइला तस्बिर् हरु मेरो तर्फबाट तपाइहरुलाइ ।
26 September 2008
जिवन् मेरो आँखामा

समयको खेल् भनौ या बिधिको नियम या भनौ बैज्ञानिक चमत्कारको सनसनिपुर्ण दुनिया होस् अथवा कलियुगको संसार होस जे भए पनि जिवनको परिभाषा लाइ खोज्नुपर्दा जिउने मान्छेमा नै भर् पर्दछ ।आजको समयसम्म करिब २८ औ बसन्तहरुलाइ पार गरिसकेको अवस्थामा मेरो भुझाइ र भोगाइमा जिवनलाइ म एउटा संघर्सको मैदान र भाग्यको लेखा भन्न मन् पराउछु किनकि यो मैदानमा अहिलेसम्म सयौ खेलहरु खेलिएहोलान तर आफुले बिजयको शिखरलाइ कहिले पनि चुम्न सकिएन वा भनौ भाग्यले सगरमाथाको चुचुरोलाइ चुम्न असफल् बनायो।तैपनि मनमा थोरै आसा र रहर् लिएर अझैपनि यो जिवनको लडाइमा बिजय हात पार्ने आसामा भौतारिरहेको छु।मित्रबृन्द; हुन त मैले जिवनमा प्रबेश गरिसकेपछि पनि कतिले सगरमाथाको चुचुरोलाइ चुमे होलानर कति त्यो क्रममा आफ्नै सङ्घर्समय जिवनलाइ गुमाउन पनि पुगेहोलान कतिका प्रेममा संयोगान्तका क्षणहरुले खुसि र बसन्तका बहारहरु ल्याइदियो होला भने कतिले आफ्नो जिवन् मा बियोगन्तको कठिन पिडालाइ खप्दै छटपटाइरहेका होलान। लाखौ ,करोडौले यस् धर्तिमा पाइला टेके होलान भने असंख्यले आफ्नो चाहना र इच्छाहरु लत्याउदै धर्ति बिहिन भए होलान। कतिका ओठमा हाँसो र खुसि आयो होला भने कतिले पाएको अ्मुल्य जिवनलाइ नैरस्यताको भागमा बिताए होलान तर ति सबै कुरा आँखा अगाडि नभएपनि सत्य नै हुन।यिनै सत्यतालाइ मननगर्दै यस सङ्घर्सशिल जिवनमा पाइला अड्याइरहेको छु तैपनि धर्तिको माटोबिना । जन्मभुमिलाइ ल्त्याएर बिदेशलाइ कर्मभुमि बनाउने हामि असंख्य नेपालिहरुले जिवनलाइ परिभाषित गर्नुपर्दा सायद् सबैको कुरा एउटै नभएपनि शाब्दिक सारांश चाहि एउटै हुन्छ जस्तो मलाइ लाग्दछ।
वास्तबमा, अफ्नो जिउने क्रममा आफ्नो भोगाइ र खोजाइमा भेटटाइएका घटनाक्रम् र तितो सत्यताबाट प्राप्त् भएका यथार्त अनि क्षितिज जस्तै फराकिलो हाँसो र सागरको पानि जस्तो नुनिलो अश्रुधाराको बिचमा,कल्पनाको सागरमा डुबुल्किमार्दै समयको गतिलाइ पछ्याउदै ,रंगि-बिरंगि फुलहरुको बिचमा तेर्सिएका काडाँहरु बिच एउटा सुन्दर फुल् हो जिवन्। हुन त मैले पनि जिवनलाइ हिमाल् जस्तो अग्लो चुचुरो बाट र सागरको गहिराइमा डुबुल्कि मारेर हेर्ने अवसर त पाएको छैन तैपनि यो बिशाल संसार भित्रको सिमित् जिन्दगिलाइ हेर्ने मौका मात्र पाएको छु। हुनसक्छ मेरो भावना र परिभाषासंग हजुरको भावना नमिल्न पनि सक्छ तेसैले अ्मुल्य जिवनको यो ठुलो मैदानमा लडिरहनु भएका हजुरहरुसमक्ष्, मेरा यि २-४ शब्दको प्रतिकृया दिदै,जिवन् सम्बन्धि प्रश्न-उत्तरको यो खेलमा सहभागि भै तपाइका मिठा मित्रताका शब्दरुपि तिरहरुले मेरो यो कम्मेन्ट बोक्समा प्रहार गरि मेरो यो बोक्सलाइ खालि हुनबाट बचाउनु हुनेछ भन्ने बिस्वासका साथ् बिदा हुन चाहन्छु ।- सुर्य प्रसाद 'सिकारु'
24 September 2008
केहि रोचक् जानकारिहरु


साथै दाहिने पट्टि रहेको चित्रमा बिस्वको सबैभन्दा ठुलो ट्री हाउस जुन् ६ हजार स्क्वाएर फुट्मा फैलिएको छ र यस्को उचाइ ५६ फीट रहेको छ भने यस्मा क्याफे सहित् बिभिन्न कुरहरुको साथै १२० जना सजिलै अटाउन सक्ने रेस्टुरेन्ट् पनि रहेको छ ,यो ट्री हाउस हेरि पोटोर भन्ने फिल्ममा प्रयोग गरिएको छ ।
23 September 2008
सिकारु
19 September 2008
सिकारुको सिकाईमा मित्रता
26 August 2008
नेपालि हिन्दु नारि र तिज्


मेरो नेपाल - मेरो गौरव
मेरो बारेमा
फेसबुक पाना
फेसबुक साइनो
साथीहरुको ब्लगसंसार
-
Do you want to learn new software?3 hours ago
-
कुन रङको खेलौं होली ?3 weeks ago
-
जय भोले !5 weeks ago
-
-
-
-
केही गजलहरु5 years ago
-
-
हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु6 years ago
-
-
Adjust contrast of a pdf free7 years ago
-
५ वटा कुरा7 years ago
-
-
-
-
म बहुलाउन सक्छु9 years ago
-
A Letter To The Shadow9 years ago
-
नबुझेकै बुझ्छन् मान्छे10 years ago
-
-
हाम्रा प्रकाशनहरु !!10 years ago
-
-
Dedicated to all the बाटो को केटाहरु10 years ago
-
-
महामुद्रा10 years ago
-
-
गीत11 years ago
-
-
पुस्तक गफ : कतै चर्चा नभएको उपन्यास 'इन्साफ'11 years ago
-
-
-
नेपाल बाहिरका नेपाली12 years ago
-
दशैको अवसरमा पिङमा रमाउनेहरु...12 years ago
-
-
-
एक सय एक प्रतिज्ञा - मनोज गजुरेल12 years ago
-
-
-
Hello..13 years ago
-
यादेँ II13 years ago
-
हिउँसगँको वैचारिक आगमन ...14 years ago
-
मैले देखेको, मेरो क्यामेराले खिचेको - ६14 years ago
-
-
vari jaon part214 years ago
-
Finally!!! made it..14 years ago
-
म फिर्दैछु फेरी ...!15 years ago
-
अन्य भाषाको परिपे्रक्ष्यमा चामलिङ भाषा15 years ago
-
तपाईं के भन्नु हुन्छ, झन्डा फेर्ने कि नफेर्ने ?15 years ago
-
-
-
संस्कृति कला प्रदर्शनीका कलाहरु15 years ago
-
-
पुस्तकले देखाएको गोरेटो16 years ago
-
भाउजु16 years ago
-
नबनाउ आफ्नो मलाई16 years ago
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-
-