08 August 2018

आलिया

. 08 August 2018

आलिया (लघुकथा)

करिब दश बर्ष अगाडि गौरब कामको सिलसिलामा दुबई  पुगेको थियो।घरको आर्थिक अवस्था कमजोर भएका कारण पढाइमा अभ्यस्त भएर पनि उहिलेको एस एल सी सकेर रोजगारको लागि दुबई आएको थियो।

एउटा मल्टीनेशनल हाइपरमार्केटमा काम ,तलब र बस्ने सुबिधा पनि राम्रै थियो।कोठामा इन्टरनेटको सुबिधा पनि थियो ।अहिले जस्तो जताततै फेसबुकको चर्चा भने त्यतीबेला थिएन यद्यपि फेसबुक पनि चलाउथ्यो ऊ।हाइ ५,फ्रेन्ड्स्टार , स्काइप,याहो,बुढ्डी जस्ता संजालहरु बढी प्रयोग हुन्थे।

थाहै भएको कुरा हो ईन्टरनेटको माध्यमले बिश्वलाइ गोजिमा हालेर हिंड्न सकिने भएको छ अचेल।यस्तै साथीभाई बनाउने गफ गर्ने क्रममा उस्को एउटी आलिया भन्ने नेपाली केटीसँग याहोको नेपाली रुममा भेट भयो।कुरा गर्दै जाँदा उनिहरु असल साथीको रुपले नजिक हुँदै गए।अहिले जस्तो जताततै लोकेशन हेर्न मिल्ने ब्यवस्था पनि नभएको कारण उनिहरु कुन ठाउँबाट भन्ने कुरा नभनी थाहा हुदैन्थ्यो।

आलियाले आफू पनि दुबई भएको बताएपछि गौरबले आफू बसेको ठाँउ बताउन चाहेन।उस्ले आफू अष्ट्रेलियामा रहेको र त्यहीँबाट कुरा गरिरहेको बतायो। उनिहरु दिनहुँ कुरा गर्न लागे।एउटा असल मित्रताको सम्बन्ध गाँसेर  जहाँ जस्तो सुकै परिस्थिति आइपरे पनि आफुहरु एक अर्कामा मन खोलेर सहयोग गर्ने प्रतिज्ञा गरे।

दिन बित्दै गए मित्रता झन झन नजिक हुँदै गयो।एउटा असल मन मिल्ने साथीलाई आफू बसेको वास्तविक देश भनिदिउ र भेटन पनि जाऊ जस्तो नलागेको होइन गौरवलाई तर अझै केही महिना यत्तिकै कुरा गर्छु भनि रहस्य बताएन।उता आलियाले पनि यस्तो मिल्ने साथी भएपछि झुट बोल्नु हुन्न भनी आफू दुबई  नभै इजरायल रहेको र त्यहीबाट बोलेको भनी आफ्नो यथार्थका थप कुरा सुनाइन।एकछिन त रिसायो तर आफू पनि झुट नै बोलेको कारण फेरि कुरा अगाडि बढायो तर आफू दुबई  भएको कुरा बताएन।

यसरी नै एक अर्कामा मित्रताको डोरीले कसिदै उनिहरुको कुराकानी भिडियो सम्म पुग्यो।दिनहुुँ कुरा गर्दै आफ्ना घर देखि बिदेश सम्मका सबै कुरा  गरि दिन बित्न थाल्यो। जस्तो सुकै दुःख आँसु  रोदन र सुख सयलमा जहाँ जसरी रहेपनी अनुकूल अवस्था बनाएर सहयोगी भैरहने वाचा पनि गरे।

मित्रता अति धेरै नै गाढा भएपछि गौरबले पनि सत्य भनिदिन्छु जस्तो मान्यो।यस्तो प्रगाढ मित्रताको कसम खाएपछि ठाँउको कुराले के फरक पार्छ र?पहिले मलाई पनि उनले ढाटेकै हुन भन्ने सोचेर आफू अष्ट्रेलिया नभै दुबईमा कार्यरत भएको जानकारी गरायो।

गौरबको कुरा सुनेपश्चात आलियाको मुख कालो न कालो भयो। झटपट भिडियो च्याट बन्द गरेर आलिया अफ भइन। पछिका दिनहरुमा गौरबले धेरै मेसेज र फोन गर्यो।आलिया क्यै गरि सम्पर्कमा आइनन त्यो दिनदेखी। आफ्नो घनिष्ठ साथी एकाएक टाढीएपछि ऊ खिन्न बन्दै दिन कटाइरहयो।

1 प्रतिक्रिया:

Anonymous said...

Dearest Esteems,

We are Offering best Global Financial Service rendered to the general public with maximum satisfaction,maximum risk free. Do not miss this opportunity. Join the most trusted financial institution and secure a legitimate financial empowerment to add meaning to your life/business.

Contact Dr. James Eric Firm via
Email: fastloanoffer34@gmail.com
urgentloanoffer22.blogspot.com/
Whatsapp +918929509036
Best Regards,
Dr. James Eric.
Executive Investment
Consultant./Mediator/Facilitator

Post a Comment