आउन त आयौ नयाँ बर्ष
फेरी यो मन रम्दैन की
अब त बारीका काल्नाहरूमा
रगतका टाटाहरु जम्दैन की
नाङ्गो तरवार खेलाउने कान्छोले
आफ्नै दाजु भन्दैन की
दिदी, बैनी र अबला चेलीहरुको
सिउदोको सिन्दुर गन्दैन की ?
त्सैले भन्न मन लाग्छ तिमीलाई
सकाइदेउ दशकौको छाति चिर्ने खेल अब
हटाइदेउ शिर माथिको कालो बादल अब
प्रभातको सुनौलो किरणसंगै
बर्षाइदेउ शान्ति र सु-शासनका
अदभुत तरंगहरु
२०६७ ईतिहासको
स्वर्णिम र अविष्मरणिय
देशको रङ्ग भनेर ।
यो सरल कविताको कामना संगै समस्त ब्लगरहरु लगायत देश-बिदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा नयाँ बर्ष २०६७ को मंगलमय शुभकामना !! .गत बर्षले छोडेर गएका अधुरा, अपुरा र अशुभ कामहरुलाई यो बर्षले पुरा गर्दै नयाँ सोचमा शिखर चुम्न सफलता मिलोस।
******************************************
9 प्रतिक्रिया:
सुन्दर कविता! तपाईँ र ब्लगका समस्त पाठकहरुमा नववर्षको हार्दिक मंगलमय शुभकामना!
तीतो पाटोलाई लिँदै लेखिएको कामनामूलक कविताले सकारात्मक आह्वान बोकेको छ ।
यहाँलाई पनि नयाँ वर्ष २०६७ को कामना !
नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना !
नवबर्ष २०६७ सालको पावन अवसरमा सु-स्वास्थ्य,दिर्घायु तथा उत्तरोत्तर प्रगतिको निम्ति हार्दिक मगंलमय शुभकामना ...
तपाइंलाई र यो ब्लगका पाठकलाई नयाँ बर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना ! सदा झैं यो बर्ष पनि तपाइंलाई मेरो ब्लगमा स्वागत छ है ! आउन नभुल्नुहोला नि !
सिकारुजी, तपाईंलाई पनि नयाँ वर्ष २०६७ को हार्दिक मंगलमय शुभकामना। आशा गरौँ, तपाईंको कविताले अभिव्यक्त गरेका हामी सबैका साझा कामनाहरु पनि पूरा हुनेछन् वा पूरा हुने दिशामा अघि बढ्नेछन् यो नयाँ वर्षमा।
नयाँ वर्ष २०६७को म*गलमय कामना मेरो तर्फबाट पनि सूर्यजीलाई र यह गोरेटोका सबै ब्लगर मित्रहरुलाई ।
शुभकामनाको लागि सबैजनालाई धन्यबाद !
Happy new year surya g dhilai bhaepani.
Post a Comment