14 September 2009

गजल

. 14 September 2009

गजलको आँगनबाट टाढीएको पनि धेरै भैसकेछ । एक दुई शेर सम्म त मुस्किलले जुराइन्छ त्यसपछी अडकिन्छ बिचैमा । करिब ५-६ महिना पहिले यो गजलको पूरा रुप (लामो रुपमा) नेपाल प्लसमा पनि प्रकासित भैसकेको छ । आज ब्लगलाई निरन्तरता दिन भनी काटकुट पारेर राखेको छु अलि काँचकाचै जस्तो छ ।


 चोट लिएर पनि बाहीर हाँसियो
 साथै नपाएपनी जीवन बाँचियो

स्वार्थ रोज्नेले आँगन नकुल्चेपनि
रोदनका पीडा मुस्कानमै राखियो

    
वाचा कसमको अतित मेटेर सबै
    भूल यौवनको भनी देउता भाकीयो
         
भेटाउने गोरेटो छुटाउने दोबाटो
सम्झेर मनको बाँध अन्तै सारीयो



11 प्रतिक्रिया:

कृष्णपक्ष said...

भन्न त भन्दै थे, हुदैन केही
तैपनि खै किन, सिन्को भाचियो

थाहा'थ्यो कोही, आउदैन फर्की
खै, कसको लागि, हृदय साँचियो ।

लौ सुर्यजी,यो सेर थमाएं है त मैले ।

Unknown said...

साह्रै मिठो गजल! एकदम मन छोयो!

दिनेश राज said...

मिठो गजल ।
यो जिन्दगिमा खै कसको आस अब ।
आफैंले गित गाइयो आफैं नाचियो ।
लौ जा त मैले पनि एउटा थपिदिएँ ।हाहाहा

डीआर न्यौपाने'सूर्य' said...

अपूरो गजलमा शेर थमाएर पुरा गरिदिनुभएकोमा कृष्णपक्ष र दिनेश जी लाई मुरी-मुरी धन्यबाद ।

Anonymous said...

हाइ प्रोफाईल जमघटमा आइ पुगिएछ |

गजल त्यसै नि राम्रो छ | त्यसमा मैले मानेका त्रिमुर्ति गजलकार कृष्णजी र दिनेश राजजीले अरु शेर थपिदिनु भए पछी त सुनमा सुगन्ध भएको छ | अब धाइबा जीको प्रतिक्षा रहने भो |

यो केटोले भने अरु शेर थप्ने आँट गरेन है |

बरु सिकारु जी ... अब टाइटल चाहिं शेयर गर्नु पर्यो भो भन्या... |

प्रबिण थापा said...

nice gajal.

chudamani said...

यो गजललाई काँचो भन्न मिल्दैन सिकारूजी | शिर्जना माथि अन्याय नगर्नुहोस | एकदम ठिक छ |

manoj said...

राम्रो गजल । अरु पनिलेख्दै गर्नु है साथी ।

Unknown said...

चोट पाए पनि हाँसेर जीउनु नै सर्वश्रेष्ठ कुरा हैन र ? मायामा बगेको राम्रो गजल ।

KATUWAL said...

matured feelings....matured GAZAL

Anonymous said...

कति मिठो गजल रहेछ साह्रै मन पर्यो
गहिराईमा पुगी हेर्दा कति आँशु झर्यो|
सुर्य दाई,सार्थक गजल| त्यसैले माथिको यही एउटा शेरले तपाइको वियोगान्त गजलको प्रशंसा र प्रतिक्रिया ब्यक्त गरेको छु
राजा शीलोरा"परदेशी" समुन्द्रपारि बाट
२०६६-६-१३/२८-०९-२००९

Post a Comment