06 May 2009

न बिर्से तिमिलाई....

. 06 May 2009

मातृभुमिको माया र नेपालिपनको गौरवमा शिर ठाडो पारेर बिश्व सामु सगरमाथको ताज पहिरिएर हिडेका हामिहरुको राजनैतिक खिचातानिको कारण सबैकुरा भएर पनि केहि नभए जस्तै भिखारिको चालमा हात फैलाउदै हिडनु परेको छ । गतिछाडा र पथभ्रष्ट राजनितिको लहरोले मौलाउने मौका पाएको देशमा फेरि अब कुन संकटको घडिले बेर्ने हो थाहा छैन । त्सैले यो मनलाई शान्ति दिलाउने क्रममा गीत गजल अनि संगीतका कर्णपृय स्वर र शब्दहरुको भावनासंग उठिबस गर्नु नै उत्तम् होला जस्तो लाग्यो । यसै क्रममा एउटा मिठो गजल फेला पारे यु टियुब बाट । अन्जु पन्तको सुरिलो स्वरमा सजिएको यो गजल सुन्दा लाग्छ मनमा कुनै भोक सुर्ता छैन । दुई मायालुको मिठो अतितको मिलनलाई बर्तमानले आत्मसाथ नगरेपनि मनको सम्झनाको बाँधलाई सपनिमा आंगालेर भएपनि उसैको यादमा भिजाएका आखाँहरुको बिहोसिलाई मार्मिक अनि ज्यादै सरल पारामा लेखिएको यो गजल तपाइहरुलाई पनि बाँडन लागिरहेको छु तर यस्तो मिठो गजलमा देखेको भिडियोले चाहि मनमा अलि खल्लो महशुस भएर आयो । नेपालि गजलमा हिन्दि गीतको भिडियो तैपनि अलि उताउलो पाराको लाग्यो मलाई । या त यु टियुबमा राख्नको लागि त्यसो गरेको हो या के कारणले हो ? थाहा भएन । अनि थाहा भएमा प्रस्तुतिकर्ता र संगितकारको पनि जानकारि दिन नभल्नुहोला । समय छ भने हेर्नुहोस तलको भिडियो अनि भन्नुहोस तपाइहरुको बिचार ।


न बिर्से तिमिलाई न पाए तिमिलाई
बिना अर्थ दिलमा सजाए तिमिलाई

त्यो यात्रा सुनौलो अनि साथ तिम्रो
सम्झेर भेटन बोलाए तिमिलाई

आयौ समिपै जब तिमि निदरिमा
यो हलचल यो धडकन सुनाए तिमिलाई

रमाएर एकैछिन पछि आँशु झ-र्यो
अनि आँशु पुछदै पठाए तिमिलाई

भयो आश रित्तो र यो मन निराश भो
अनि बेहोसिमै कराए तिमिलाई


अनायासै मेरो दुख्यो जिन्दगिमा

परेलि भिजाई बगाए तिमिलाई

15 प्रतिक्रिया:

Unknown said...

सिकारु जी गजल को लगि धन्यबाद । तँपाईले भने झै सुन्दा त साहैं मिठो छ, तर गजलमा देखेको भिडियो भने मलाई पनि मन परेन ।सायद उताउलो पाराको भएर नै होला ।।

Jotare Dhaiba said...

Hi Sikaruji,
I like your way to get refreshment.
Yes, there is no any option to be happyness in our country.
This ghazal is very popular in Nepal nowadays. your choice is right.
In this ghazal, lyrics is by Bipin Kiran and music compose is by Mahesh Khadka.

Unknown said...

Sikaaru jee, haameele kahile po sukhale saasa ferekaa chhua ra ho, jun jogi aae pani kaanai chiraa, haamro deshako awasthale garda yuwaa shaktee sabai bideshamaa, aba npal bhaneko sabai tyahi jahile ekale arkaako khichaatanee gardai nepal sakinchha.

pransaga badalau gajala dherai ramro chha.

Anonymous said...

झन्डै दुई महीना अघि मात्र पहिलो पटक मैले यो गीत सुनेको थिएँ | मलाई यती राम्रो लाग्यो की मैले त्यसलाई तुरुन्तै मोबाइलमा रिंग टोन र रिंग ब्याक टोन दुबै बनाएर राखें...

शायद अन्जु पन्तले यो गीत को म्यूजिक भिडियो नबनाएको भएर होला...यसको यु-ट्यूबमा अरु नै भिडियोमा यो गीत मिसाएर बनाएको १०/ ११ वटा बेग्ला बेग्लै भिडियो पाइन्छ...

आज फेरी एक पटक गीतलाइ सुन्ने अबसर जुटाई दिनु भएकोमा सिकारूजीलाइ हार्दिक धन्यबाद...

Dilip Acharya said...

देशको हालतको बारेमा बने केहि सोच्न र बोल्न पनि नसकिने स्थिति छ।

तर यो गजल भने दामि रहेछ, मैले त पहिला सुनेको थिईन।

धन्यवाद् स्तरीय संगीत बाँडनु भएकोमा

Unknown said...

साच्चै मिठो गजल रहेछ । सुनिरहु जस्तो धन्यबाद बाडनु भएकोमा ।

Anonymous said...

मैले पनि पहिलो पटक सुनेको । मनभरि मायालुको अनुभुति गर्दै सुनिरहे पटक् पटक । सिकारु जी सुनाउनु भएकोमा धन्यबाद ।

Unknown said...

भाइ सुर्य गजल सारै राम्रो लाग्यो सुनिरहु जस्तो रहेछ यस को लागि घन्यबाद तथा अझ राम्रो तथा पर्गति को कामाना चाहन्छु

छबिलाल न्यौपाने

डीआर न्यौपाने'सूर्य' said...

प्रतिकृयाको लागि सबैजनालाई धन्यबाद । धाइवा जी जानकारिदिनु भएकोमा आभारि छु ।

Anonymous said...

mitho gajal n nice blog keep it up sikaru sir ..

दूर्जेय चेतना said...

मलाई पनि मन पर्‍यो यो गजल, मैले भने सुन्न पाएको रहेनछु। राम्रो लाग्यो। गजलको लागि एकदमै धन्यबाद तपाईंलाई। अती राम्रो सब्द र स्वर रहेछ। भिडियोको बारेमा म तपाईंसँग सहमत छु।

KeshaB GhimirE said...

it is not actual video for this song

Yumesh Pulami said...

तपाईहरु त निकै पर दौडी सक्नु भएछ म त पुच्छरमा आएर है !
अहिलेको अबस्थामा एउटा आफ्नो भविष्यको बारेमा चिन्ता गर्ने सजन नागरिक र देशको बारेमा सोच्ने व्यक्तिलाइ विल्कुल खल्लो त लागी हाल्छ नि देशको यस्तो हालत देखेर !अनि यो गजल त साचिकै सुनिरहु जस्तो लाग्छ - मलाई निकै मनपर्छ |
अनि ब्लग मार्फत शेयर गर्नु भएको मा धन्यबाद !

pradeep sapkota said...

ma lai pani blog banauna sikaunu hos hai

NepaliSongsownload said...

Download Latest Nepali Mp3 Songs

Post a Comment